News Ticker

sports

रिहानाको पारदर्शी गाउन: नग्नजस्तो भान (फोटोफिचर)

Posted by Unknown | Wednesday, June 4, 2014 | Posted in , ,

(एजेन्सी)– बहुचर्चित पप स्टार रिहानाको समाचारले मिडियामा तहल्का मच्चाएको छ । यस पटक रिहाना आफ्नो गाउनका कारण मिडियामा छाएकी छिन् ।




रिहानाले काउन्सिल अफ फेसनद डिजाइनर्स अफ अमेरिकाको वार्षिक अवार्ड कार्यक्रममा यस्तो पारदर्शी गाउन लगाएर उपस्थित भइन् जसबाट उनको गोप्य अंग मज्जाले देखिएको थियो ।
समारोहमा रिहानाले नेटको गाउन लगाएकी थिइन् । सबैले रिहानाले केहि पनि नलगाई उपस्थित भएको सम्झेका थिए । जालीदार ब्याकलेस गाउनलाई मिल्ने पञ्जा पनि उनले लगाएकी थिइन् ।
केहि दिन पहिले मात्र रिहानाले अभिनय गरेको एक टेलिभिजन विज्ञापनलाई अश्लिल बताउँछै प्रदर्शनमा रोक लगाइएको थियो । यो विज्ञापनमा रिहाना पूरै नाङ्गो भएजस्तै देखिन्थिन् ।
समारोहमा उनले सन् २०१४ को फेशन आइकन अवार्ड पनि पाएकी थिइन् । योभन्दा पहिले यो अवार्ड लेडी गागा, केट मस, निकोल किडम्यान र जनी डेपले पाइसकेका छन् ।

दुई अर्बले हेरे गंगनम स्टाइल

Posted by Unknown | Monday, June 2, 2014 | Posted in

कोरियन गायक पीएसवाईले गाएको चर्चित गीत ‘गांगनम स्टाइल’ युटुबमा दुई अर्ब दर्शकले हेरेका छन् ।

उक्त गीतले युट्युबमा शनिबार राति दुई अर्बको आँकडा पार गरेको हो । गंगनम स्टाइल सवैभन्दा बढि हेरिने किर्तीमानी भिडियो बनेको छ ।

गायक पीएसवाईले कीर्तिमान बनाउन सहयोग गर्ने सवै दर्शकलाई ट्वीटरमार्फत आभार ब्यक्त गरेका छन् ।

‘दुई अर्ब अवलोकन…यो एकदम सम्मानजनक र थाम्नै नसकिने संख्या हो’, पीएसवाईले ट्वीट गरेका छन्, ‘आभार जनाउँदै र अझ आनन्ददायक प्रस्तुति लिएर आउनेछु ।’

सन् २०१२ जुलाईमा रिलिज हुनासाथ यो गीत हिट भएको थियो । ६ महिनाको अबधिमै युट्युवमा एक अर्ब दर्शक पुगेका थिए ।

गायक पीएसवाईलाई यो गीतले निकै मालामाल बनायो । उनले ६ महिनाको अबधिमै यसमा अंश प्रयोग भएका बिज्ञापनमार्फत् ८० लाख अमेरिकी डलर कमाएका थिए ।

गंगनमको लोकप्रियताबाट संसारभर चिनिएका पीएसवाईले २०१३ मा रिलिज गरेको ‘जेन्टलम्यान’ ले भने गंगनम स्टाइलजस्तो लोकप्रियता पाउन सकेन् । युट्युवमा यसका करिव ७० करोड दर्शकले हेरेका छन् ।

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive