News Ticker

sports

सुआरेज चम्किदा इंल्याण्ड स्तब्ध

Posted by Unknown | Thursday, June 19, 2014 | Posted in , , , ,

लुईस सुआरेजको दुई गोल गरेपछि उरुग्वेले कठिन खेलमा इंल्याण्डलाई २ १ ले हराएर नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ । चोटमुक्त भएर मैदान फर्केका सुआरेजले ३९ औं मिनेटमा हेडमार्फत गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए ।

एडिन्सन काभानीले उपलब्ध गराएको बललाई उनले पोष्टको दिशा दिएका थिए । तर, वायन रोनीले ७५ औं मिनेटमा गोल गर्दै इंल्याण्डलाई बराबरी स्थितिमा फर्काए । रोनीले ग्लेन जोनसोनको क्रसमा वान टच गोल गरेका थिए । त्यसपछि स्वारेजले उरुग्वेका लागि ८५ औं मिनेटमा निणर्ायक गोल गरेर उरुग्वेलाई ३ अंक दिलाए ।
इंल्याण्डले आकर्षक खेल पस्कियो । उसले निरन्तर आक्रमण पनि गर्यो तर उरुग्वेको बलियो डिफेन्सलाई चिर्न सकेन । त्यसैले खेल नियन्त्रणमा राखेर पनि इंल्याण्डले चाहिएको जित निकाल्न सकेन । उरुग्वेले सुआरेजको पुनरागमनमा सुधारिएको खेल पस्कियो ।
उरुग्वले समूह चरणको अन्तिम खेल इटालीविरुद्ध खेल्नेछ । इटालीसंग पराजित इंल्याण्डले अर्को खेल कोष्टारिकासंग खेल्नेछ । समूह डि को खेलमा भोलि इटाली र कोष्टारिका भिड्दैछन् । त्यसमा जित पाए इटाली एक खेल अगावै अन्तिम चरणमा पुग्नेछ । यस्तोमा अर्को टिमको छिनोफानो समूहको अन्तिम खेलबाट हुनेछ ।

जापान र ग्रिसस सफलताको खोजीमा

Posted by Unknown | | Posted in , , , ,

नाटल (एएफपी)- जापान र ग्रिससले विश्वकपमा खराब सुरुआत गरे । दुवैले पहिलो खेेल गुमाए । दुवै टिम बिहीबार एकापसमा भिड्दै छन् । यो खेलको हारले दुईमध्ये एक टिमको विश्वकप यात्रामाथि पूर्णविराम लाग्नेछ । जापानले आइभरिकोस्टसँग २-१ को हार बेहोरेको थियो भने ग्रिससलाई कोलम्बियाले शनिबार ३-० ले हरायो ।

त्यसैले यो खेलको हारले दुईमध्ये एक टिम समूह 'सी' बाट बिदा हुनेछन् ।
 कोलम्बिया र आइभरिकोस्टबीचको खेलको नतिजाले पनि दुईमध्ये एक टिमको भविष्यबारेटुंगो लाग्नेछ । जापानका डिफेन्डर माया योसिदाले ग्रिससविरुद्धको खेल महत्त्वपूर्ण रहेको बताए । उनले भने,'पक्कै हामीले पहिलो खेल हार्‍यौं । हामी निकै दुःखी पनि भयौं । तर अझै हामीसँग दुई खेल बाँकी छन् ।' एसियन जायन्ट जापान विश्वकपको इतिहासमा तेस्रो पटकमात्र नकआउट चरण पुग्न सफल भएको छ । 'ग्रिससले पनि पहिलो खेलमा हार बेहोरेको छ, तर ऊसँग राम्रा डिफेन्डर छन्,' योसिदाले भने । केइसुकी होन्डाले पहिलो हारपछि टिमले गल्ती पहिल्याएको बताए । 'हामी हाम्रो सिस्टमभन्दा बाहिर गयौं,' उनले भने,'हार हाम्रा लागि अप्रत्याशित थिएन । तर हामीले क्षमताअनुसार खेल्न सकेनौं ।' 
जापानका पूर्वकप्तान हिडेतोसी नाकटाले प्रशिक्षक अबर्टो जाचिरोनीको रणनीतिलाई लिएर प्रश्न उठाएका छन् । 'हामीले कस्तो खेल खेल्नेछांै भनेर थाहा पाउनुपर्छ,' उनले प्रशिक्षकबारे गुनासो गरे,'उनले अहिलेसम्म के गर्नर् खोजेको स्पष्ट देखिएको छैन ।' म्यानचेस्टर युनाइटेडका मिडफिल्डर सिन्जी कागावाले अघि बढ्नका लागि धेरै कुराको पछि नलाग्ने बताएका छन् ।
'ग्रिससले हामीलाई आक्रमण गर्छ, हामीसँग अब अरू तरिका छैन, हामीले पनि उनीहरूलाई त्यस्तै गर्नुपर्छ,' कागावाले भने । ग्रिससका प्रशिक्षक फर्नान्डो सान्तोसले आइभरिकोस्टसँगको प्रदर्शनपछि जापानी टिमको कमजोरी औल्याएका छन् । 'हामीले उनीहरूले आइभरिकोस्टसँग खेलेको हेर्‍यौं,' सान्तोसले भने,'हामीले रोमाञ्चक सूचना बटुलेका छौं । खेल्नुअघि हामी त्यसबारे खेलाडीलाई जानकारी दिनेछौं ।'

कोलम्बियाको लगातार दोस्रो जित

Posted by Unknown | | Posted in , , , ,

कोलम्बियाले विश्वकप २०१४ मा बिहीबार लगातार दोस्रो जित निकालेको छ । उसले समूह 'सी' को खेलमा अफ्रिकी प्रतिद्वन्द्वी आइभरीकोस्टलाई स्टाडियो नासिनाल डे ब्रासिलामा २-१ ले हरायो । दक्षिण अमेरिकी टिम यस जितसँगै छ अंकमा समूहको शीर्ष स्थानमा रह्यो र उसको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।

कोलम्बियाले विश्वकप इतिहासमा लगातार दुई जित हात पारेको यो पहिलो पल्ट हो । पराजित कोस्टारिका तीन अंकमा दोस्रो स्थानमा छ । यस समूहमा अरु दुई टिम जापान र ग्रिस जित विहीन छन् । यस समूहबाट कोलम्बियाको दोस्रो चरण पुग्ने यात्रा शुक्रबार जापान र ग्रिस हुने खेलले तय गर्नेछ । कोलम्बियाले आफ्नो पहिलो खेलमा ग्रिसलाई पराजित गरेको थियो ।

आफ्नो अन्तिम लिग खेलमा उसले जापानको सामना गर्नेछ । गोलरहित पहिलो हाफपछि खेलले रोमाञ्चक रूप लिएको हो । कोलम्बियाले ६४ औं मिनेटमा जेम्स रोडरिगेको गोलले अग्रता लिन सफल रह्यो । जुवान कुड्राडोको कर्नरमा शक्तिशाली हेड गर्दै रोड्रिग्वेजले गोलको खाता खोले । कोलम्बियाको दोस्रो गोल ७० औं मिनेटमा सम्भव भयो, जति बेला आइभरीकोस्टको कमजोर क्लियरेन्समा सब्टिच्युट जुवान क्वान्टेरोले गोल गरे ।

लगतै ७३ औं मिनेटमा आइभरीकोस्टले एक गोल फर्कायो र यसपल्टको विश्वकपको अहिलेसम्मकै उत्कृष्ट व्यक्तिगत गोल रह्यो । गेरभिन्होले कोलम्बियाली डिफेन्डरलाई एकपछि अर्को गोल गर्दै छलाएर सुन्दर गोल गरे । आइभरीकोस्टले दोस्रो हाफमा अनुभवी डिडिएर ड्रोग्बालाई उतारे उनले जादुयी प्रदर्शन दोहराउन सकेनन् ।

रोचक खेलमा नेदरल्याण्डसको जित

Posted by Unknown | Wednesday, June 18, 2014 | Posted in , , , ,

पोर्टो एलेग्रे, ब्राजिल (एजेन्सी)-सब्सिच्युट मिडफिल्डर मेम्फिस डिपायले निर्णयक गोल गरेपछि चार बर्षअघिको उपविजेता नेदरल्यान्ड्सले रोमाञ्चक खेलमा अस्टे्रेलियालाई ३-२ ले हराएर वुधबार विश्वकप फटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । योसँगै ६ अंक जोडेको नेदरल्यान्ड्स समूह 'बी'बाट नकआउट चरण पुग्ने लगभग पक्का भएको छ ।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई ५-१ ले हराएको नेदरल्यान्ड्सले अग्रता लिन धेरैबेर कुर्नुपरेन । आर्जेन रोबेनले २० औं मिनेटमै लोभलाग्दो गोल गर्दै डच टिमलाई १-० ले अघि बढाए । डेली ब्लिन्डको पासमा नियन्त्रण गर्दै अगाडि लगेको बललाई सेकेन्ड बार च्याप्दै उनले सुन्दर गोलमा परिणत गरेका थिए । उनले डिफेन्डिङ च्याम्पियन स्पेनविरुद्ध दुई गोल गरेका थिए ।

तर, नेदरल्यान्ड्सको अग्रता लामो समय टिकेन । टिम केहिलले गोल गर्दै अस्टे्रेलियालाई २१ औं मिनेटमै १-१ को बराबरीमा पुर्‍याए । यो गोल पनि निक्कै उत्कृष्ट रह्यो । रायन म्याकगोवनले मैदानको मध्य क्षेत्रबाट उपलब्ध गराएको बललाई उनले बायाँ खुट्टाले 'भली' गरेका थिए । त्यसमा बलले पोष्ट चुम्दै गोल लाइन पार गरेको थियो । उनले अल्लिो खेलमा चिलीविरुद्ध पनि गोल गरेका थिए ।
ब्रोजोभिचको क्रसमा डच खेलाडी जानमाटको हातमा बल लागेपछि रेपि|mले ५४ औं मिनेटमा अस्टे्रेलियालाई पेनाल्टी प्रहार गर्ने अवसर दियो । त्यसमा कप्तान माइल जेडिनाकले सहजै गोल गर्दै अस्टे्रलियालाई २-१ को अविश्वसनीय अग्रता दिलाए । तर, उसले अग्रता जोगाउन सकेन ।
डच कप्तान रोबिन भान पर्सीले ५८ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई २-२ को बराबरीमा पुर्‍याए । मिडफिल्डर वेस्ली स्नाइडरको चलाखीपूर्ण पासमा डिपायले दिएको बललाई भान पर्सीले उक्त गोल गरेका थिए । स्पेनविरुद्ध दुई गोल गरेका उनले यो विश्वकपमा गोल संख्या ३ पुर्‍याए । डिपाय र स्नाइडरले मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै अस्टे्रेलियन डिफेन्सलाई दबाबमा राखे ।
एसियन टिम अस्टे्रेलियाले ६७ औं मिनेटमा अग्रता लिने राम्रो अवसर पाएको थियो । ओयरको क्रसमा सिक्स यार्ड बक्सनिर रहेका लेकीले छातीले बललाई पोष्टको दिशातर्फ प्रहार गरेपनि डच किपर सिलेसेनले असफल पारिदिएका थिए । लगत्तै सिर्जना गरेको अवसरमा गोल गर्दै नेदरल्यान्ड्स फेरि अगाडि बढ्यो ।
सब्स्िटच्युट मिडफिल्डर मेम्फिस डिपेले अस्टे्रेलियन क्षेत्रमा खुलेर खेल्ने अवसर उपयोग गर्दै पेनाल्टी क्षेत्रबाहिरैबाट ६८ औं मिनेटमाप्रहार गरेको बलले जाली चुमेपछि नेदरल्यान्ड्सले ३-२ को अग्रता लियो । जोनाथन डे गुजजमानको पासमा डिपेले प्रहार गरेको बल अस्टो्रेलियन किपर रायन पनि रोक्न असफल रहे । अन्ततः त्यही अग्रता जोगाएर नेदरल्यान्ड्सले विश्वकपमा लगातार दोस्रो जित हात पार्‍यो ।
खेल निक्कै रोमाञ्चक रह्यो । दुवै टिमले आक्रमक खेल पस्किए । दुवैले एकपछि अर्को गर्दै निरन्तर गोलका अवसर सिर्जना गरे । यस्तोमा नेदरल्यान्ड्सले स्पेनविरुद्ध दोस्रो हाफमा गारेको प्रदर्शन अस्टे्रेलियाविरुद्ध देखाउन सकेन । अस्टे्रेलियाले भने चिलीविरुद्धको खेलको तुलनामा उत्कृष्ट प्रदर्शन गर्‍यो । उसले पहिलो खेलमा चिलीसँग ३-१ को हार बेहोरेको थियो ।
ब्रुनो मार्टिन्स इन्डीलाई फल गरेपछि केहिलले ४३ औं मिनेटमा पहेंलो कार्ड बेहोरे । दुई पहेंलो कार्ड भएकोले उनले समूह चरणको तेस्रो खेल गुमाउनेछन् । त्यसमा चोट बेहोरेका इन्डी तत्काल मैदानबाटै बाहिरिए । उनको स्थान मेम्पिmस डिपायले लिए । अस्टे्रेलियाका स्पिरानोभिचलाई कुहिनाले प्रहार गरेकाले पहेंलो कार्ड पाएका डच कप्तान रोबिन भान पर्सी पनि चिलीविरुद्ध खेल्न पाउने छैनन् । उनले अघिल्लो खेलमा पनि पहेंलो कार्ड बेहोरेका थिए ।
लुईस भान गालले स्पेनविरुद्धजस्तै अस्टे्रेलियासँग पनि ५-३-२ को संरचनामा टिम उतारेका थिए । उनले डिपेलाई मैदान पठाएर दोस्रो हाफमा भने ४-४-२ को स्वरुप अपनाएका थिए । अस्टे्रेलियाल ४-५-१ को शैलीमा खेलेको थियो ।
समूह 'बी'को खेलको छैटौं मिनेटमै नेदरल्यान्ड्सले अग्रता लिने अवसर पाएको थियो । तर, स्पिरानोभिचले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको बल रोबेनले नियन्त्रणमा राख्न सकेनन् र नेदरल्यान्ड्स चाँडै अग्रता लिन चुक्यो । लगत्तै अस्ट्रेलियाले पनि गोलको अवसर गुमायो । डच डिफेन्सको गल्तीमा माकयले १० औं मिनेटमा प्रहार गरेको बल डिफेन्डर गोलकिपर सिलेसेनले क्लियर गरे ।

डिफेन्डिङ च्याम्पियन स्पेन बाहिरियो

Posted by Unknown | | Posted in , , , ,

डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकप २०१४ बाट बाहिरिएको छ । अन्तर्राष्ट्रिय फुटबलमा तीन ठूला प्रतियोगिताको पछिल्लो विजेता रहेको स्पेनले समूह 'बी' मा आफ्ना सुरुआती दुवै खेल गुमाएपछि यो दुर्भाग्य बेहोर्नु परेको हो । ऐतिहासिक माराकाना फुटबल मैदानमा स्पेन चिलीको हातबाट बिहीबारको खेलमा २-० ले पराजित रह्यो ।

दुवै गोल पहिलो हाफमा भएका थिए । समूहको यसअघिको खेलमा नेदरल्यान्ड्सले अस्टे्रलियालाई ३-२ ले हराएको थियो । यस्तोमा दुई दुई खेल जितेर नेदरल्यान्ड्स र चिली यसपल्टको विश्वकपमा दोस्राे चरण पुग्ने पहिलो दुई टिम भएका छन् । समान छ अंकमा गोल अन्तरले नेदरल्यान्ड्स पहिलो स्थानमा छ । उनीहरूबीचको खेलले अब समूह विजेताको निर्णय हुनेछ ।

स्पेनको हारले लगातार दुई हार बेहोरेको अस्टे्रलियाको सम्भावना पनि समाप्त भएको छ । अब स्पेन र अस्टे्रलियाबीचको खेलले कुनै औपचारिक महत्त्व बोक्ने छैन् । स्पेन समूहको अन्तिम स्थानमा छ । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा स्पेनको प्रभुत्व पनि समाप्त भएको छ । प्रशिक्षक भिन्सेन्ट डेल बस्कको स्पेन दुई पल्टको युरोपेली उपाधिको डिफेन्डिङ च्याम्पियन नि हो ।

चिलीले २० औं मिनेटमा एडुरर्डो भारगासको गोलले अग्रता लिएको थियो । एलेक्सेस सान्चेजले सिर्जना गरेको मौकामा चाल्र्स एरागुजले पास मिलाएपछि भारगासले सुन्दर गोल गरेका हुन् । त्यस अवसरमा स्पेनी गोलरक्षक इकेर कासियासले बचाउको कुनै मौका नै पाएनन् । दोस्रो गोल कसियासकै भुलले सम्भव भएको थियो ।

सान्चेजको फ्रि-किकलाई राम्रोसँग क्लियर गर्न नसकेपछि नेपोलीको फरवार्ड एरागुजले गोल गरेका हुन् । स्पेनले ब्राजिलमा यसपल्ट दुई खेलमा सात गोल खाएको छ र यो उसले पछिल्ला १२ विश्वकप संस्करणमा समग्रमा खाएको गोल संख्या बराबर भएको छ । स्पेन नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ५-१ ले पराजित रहेको थियो ।

क्रोएसियाको ऐतिहासिक जितमा क्यामरुन निरिह

Posted by Unknown | | Posted in , , , ,

मानुस,ब्राजिल-क्यामरुनविरुद्ध ४ ० को ऐतहासिक जित दर्ता गर्दा क्यामरुनले जारी विश्वकपमा दोस्रो चरण पुगने सम्भावना खुला राखेको छ । पहिलो हाफमा एलेक्स सङले रेडकार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सीमित क्यामरुनलाई क्रोएसियालाई खेल अवधीभर निरिह बनायो ।

जितसंगै क्रोएसियाको दोस्रो चरणको सम्भावना जिवित बनेको छ । समूह ए को अन्य टोली ब्राजिल र मेक्सिकोको दुई खेलसहित समान ४ अंक छ । क्यामरुनले विश्वकपमा आज सबैभन्दा ठूलो अन्तरको जित हासिल गरेको हो ।

क्रोएसियाको लागि पहिलो हाफको ११ औं मिनेटमा ईभिका ओलिकले अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा ईभान पेरिसिकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । क्यामरुनका गोलकिपर इटाड्जे अघि बढेको मौका सदुपयोग गर्दै पेरिसिकले गोल गरेका थिए ।

७३ औं मिनेटमा मारियो मान्डुकिजले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । उनले कर्नरमा पाएको हेडमार्फत गोल गरेका हुन् । त्यसको केही बेरपछि नै मान्डुकिजले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४ ० को स्थितिमा पुर्याए ।

आजको हारसंगै क्यामरुन विश्वकपमा लगाचार ६ खेल हार्ने दोस्रो टोली बनेको छ  । यसअघि यो रेकर्ड स्वीटजरल्याण्डको नाममा थियो । घाइते स्ट्राईकर स्यामुयल ईटाको उपस्थिति बिना मैदान भित्रिएको क्यामरुन टोलीले केही राम्रा अवसर पनि सदुपयोग गर्न सकेन ।

मान्डुकिजलाई लडाएपछि रातो कार्ड पाएका सङको बहिर्गमनपछि क्यामरुन झन् कमजोर बन्यो ।

समूह ए को पहिलो खेलमा क्यामरुन ब्राजिसंग ३ १ गोल अन्तरले पराजित भएको थियो । दुई खेलमा हार व्यहोरेको क्यामरुन समूहमा अंक विहिन छ । मेक्सिकोविरुद्ध जित दर्ता गरे क्यामरुन सन् १९९८ पछि पहिलो पटक दोस्रो चरणमा पुग्नेछ । सन् १९९८ मा क्यामरुन सेमीफाइनलसम्म पुगेको थियो ।

कोरिया र रुसले अंक बाडे

Posted by Unknown | Tuesday, June 17, 2014 | Posted in , , , ,

दक्षिण कोरियाले १-० को अग्रता लिएर पनि रुसविरुद्ध १-१ नतिजा निकाल्दै अंक बाडेर विश्वकप २०१४ को यात्रा वुधबार सुरुआत गरेको छ । एसियाली महारथी दक्षिण कोरियाले सब्स्सिच्युट ली कुन-होले पेनाल्टी क्षेत्रबाहिरैबाट ६८ औं मिनेटमा प्रहार गरेको बल रुसका गोलकिपर अकिनफिवको कमजोरीमा गोलमा परिणत भएको थियो ।

आफ्नै क्षेत्रमा आएको बलले अकिनफिवले रोक्दारोक्दै गोललाइन पार गरेको थियो ।
तर, कोरियाको अग्रता धेरैबेर टिकेन । अलेक्जेन्डर केर्जाकोभले ७४ औं मिनेटमा गोल गर्दै रुसलाई १-१ को बराबरीमा पुर्‍याएका थिए । निरन्तर आक्रमण गर्ने क्रममा आन्द्रे एसेन्कोले उपलब्ध गराएको बललाई नजिकबाट उनले गोल गर्दै रुसलाई १ अंक दिलाएका थिए ।
एरेना पन्तनल कुइएबा दक्षिण कोरियाविरुद्ध रुसको खेल विश्वकप २०१४ मा तेस्रो बराबरी नतिजा हो । यी दुई टिम रहेको समूह एचको पहिलो खेलमा वेल्जियमले अल्जेरियालाई २-१ ले पराजित गरेर ३ अंक जोड्यो । कोरियाविरुद्ध रुसको खेलसगै विश्वकप २०१४ मा समूह चरणमा एक चरणको खेल पूरा भएका छन् ।

ब्राजिल मेक्सिको बराबरी

Posted by Unknown | | Posted in , , , ,

फोरटलेजा- विश्वकप २०१४ को आप\mनो दोस्रो खेलमा ब्राजिल बुधबार मेक्सिकोको हातबाट गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलले लगातार आक्रमण बुनेपनि गोल गर्न सकेन् । यससँगै समूह 'ए' मा दुवै टिम समान चार/चार अंकमा रहे । गोल अन्तरमा ब्राजिल अगाडि रहेको छ ।

 यो समूहका अरु टिम क्यामरुन र क्रोएसिया अंक विहीन छन् ।

बेल्जियमको अर्को पुर्नआमगन जित

Posted by Unknown | | Posted in , , , ,

बेलोहोरिजेन्टे- बेल्जियम विश्वकप २०१४ मा उत्कृष्ट पुर्नआगमन रच्ने अर्को टिम भएको छ । एक गोलले पछाडि रहेको स्थिति उल्टाउँदै बेल्जियमले मंगलबार स्टोडियो मेनेरियो अल्जेरियालाई २-१ ले हरायो र समूह 'एफ' मा सुरुआती अग्रता लिन सफल रह्यो ।

यसपल्टको विश्वकपमा बेल्जियम पछाडि रहेर पनि खेल जित्न सफल छैटौं टिम बनेको छ ।

उसका लागि दुवै गोल सब्टिच्युट खेलाडीले गरे । बेल्जियमका लागि डि्रस मार्टेन्सले ८० औं मिनेटमा विजयी गोल गरे । एडन हेजार्डको पासमा नेपोलीका खेलाडी मार्टेन्सले बललाई पोस्टको जाली चुमाए र कर्नरतर्फ गएर खुसीयाली मनाए । यसपल्टको विश्वकपमा 'डार्क हर्स' मानिएको बेल्जियम प्रतियोगितामा लामो समयसम्म रहन सक्ने बलियो टिमका रूपमा रहेको छ ।

म्यानचेस्टर युनाइटेडका मरोउने फेलानीले ७० औं मिनेटमा हेडबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । फेलानीले अल्जेरियाली डिफेन्सलाई तोड्दै गोल गरेका हुन् । यसअघि अल्जेरियाले २४ औं मिनेटम सोफिने फेघोलीको गोलले अग्रता लिएको थियो । उनले पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् ।

बेल्जियमका डिफेन्डर जान भेरटोगनले फेघोलीलाई आप\mनो पेनाल्टी एरियामा लडाएपछि अल्जेरियाले पेनाल्टीको अवसर पाएको थियो । बेल्जियमले दोस्रो हाफमा उत्कृष्ट पुर्नआगमन रच्दै अल्जेरियालाई दबाबमा राख्न सफल भएको हो । यो समूहका अरु टिममा रुस र दक्षिण कोरिया रहेका छन् ।

ब्राजिलको आँखा दोस्रो चरणमा

Posted by Unknown | | Posted in , , , ,

ब्राजिलले विश्वकप २०१४ को आफ्नो दोस्रो खेलमा मंगलबार मेक्सिकोको सामना गर्नेछ र उसको उद्देश्य रहनेछ, जितसँगै दोस्रो चरणमा पुग्ने । ब्राजिलले समूह 'ए' को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३-१ ले हराएको थियो । उत्तरपूर्वी सहर फोटेलेजामा हुने खेलमा ब्राजिलले मेक्सिकोलाई हराए दोस्रो चरणको बाटो खुल्नेछ ।

मेक्सिकोले आफ्नो पहिलो खेलमा क्यामरुनलाई १-० ले पन्छाएको थियो । यस्तोमा मेक्सिकोको पनि समान उद्देश्य हुनेछ, ब्राजिललाई हराएर दोस्रो चरण पुग्ने । क्यामरुन र क्रोएसियाबीचको अर्को खेल बराबरी भए मंगलबारको विजेता नकआउट चरण पुग्ने निश्चित हुनेछ । 'मेक्सिकोको सामना गर्नु अर्को कठिन खेल हुनेछ,' ब्राजिली प्ले-मेकर ओस्कार मान्छन् ।
उनका अनुसार, 'जुन खेलले अर्को चरण पुग्ने टिमको तय गर्छ, प्रायः त्यस्तो खेल गाह्रो हुने गर्छ ।' ल्याटिन अमेरिकी दुई प्रतिद्वन्द्वीबीच पछिल्ला केही वर्षमा धेरैपल्ट एकापसमा खेल भएको छ । गत वर्ष कनफेडेरेसन कपमा ब्राजिलले मेक्सिकोलाई हराएको थियो । तर सन् २०१२ को ओलम्पिकमा मेक्सिकोले नेयमर र ओस्कार सम्मिलित युवा ब्राजिली टिमलाई पराजित गरेको थियो ।
'त्यो हार अझै पीडादायी छ, हामीले त्यतिबेला मेक्सिकोविरुद्ध जित निकाल्न सक्नुपर्ने थियो,' ओस्कार मान्छन्, 'तर हामीलाई यो पनि राम्रोसँग थाहा छ कि मेक्सिको कति बलियो टिम हो भनेर । यसपल्ट ब्राजिल र मेक्सिको भिड्दा त्यो दुवैका लागि सजिलो खेल हुने छैन । हामी दोस्राे चरण प्रवेशका लागि अन्तिम खेलसम्म कुर्ने पक्षमा छैनौं र सुरुमै ढुक्क हुन चाहन्छौं ।'
कनफेडेरेसन कपको दोस्रो चरणको खेल फोटेलेजामा भएको थियो र त्यसमा ब्राजिल २-० ले विजयी रहेको थियो । त्यसमा नेयमर र जोले गोल गरेका थिए । तर मेक्सिकोले पाँचपल्टको विश्वकप विजेता ब्राजिलविरुद्धका पछिल्ला १५ खेलमध्ये सातमा जित निकालेको छ । अझ पछिल्ला चारमध्ये दुई खेल मेक्सिकोकै पक्षमा थिए ।

अल्जेरियाको सामना गर्दा बेल्जियम आत्मविश्वासी

Posted by Unknown | | Posted in , , , ,

बेलो होरिजोन्टे (एपी)-बेल्जियम १२ वर्षपछि विश्वकपमा फर्कदैछ र यो फर्काइ आत्मविश्वासले भरिएको छ । समूह 'एच' को पहिलो खेलमा अल्जेरियाको सामना गर्दा बेल्जियम राम्रो प्रदर्शनका लागि ढुक्क हुन सक्नेछ, किनभने वर्तमान टिमका खेलाडीलाई मानिएको छ, बेल्जियमको 'स्वणिर्म पुस्ता' खेलाडी ।

अहिले टिमभित्र सुरुआती ११ खेलाडीमा पर्न तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
यो प्रतिस्पर्धा कति चर्को छ भने अभ्यास सत्रमा खेलाडी खेलाडीबीच हानाहानको स्थिति पनि आएको छ । प्रशिक्षक मार्क विलमोट मान्छन्, यो तीव्र प्रतिस्पर्धाको सोचले अन्ततः टिमलाई नै फाइदा पुर्‍याउनेछ । उनको टिमले पछिल्लो समय आक्रामक फुटबल पस्केको छ, तर बेल्जियमलाई के थाहा छैन भने अफ्रिकी टिमको रणनीति के हुनेछ ।
'अल्जेरियाले कस्तो खेल्ने हो, त्यो थाहा छैन । उनीहरूको हजार उपाय होला,' उनी मान्छन्, 'तर हामी त्यसको सामना गर्न पूर्ण सक्षम
छौं ।' यो समूहमा बेल्जियम पहिलो स्थानमा रहेर नकआउट चरण प्रवेशका लागि सबैभन्दा ठूलो दाबेदार मानिएको छ ।
टिममा प्रमुख फरवार्ड क्रिस्टियन बेन्टेके चोटका कारण अनुपस्थित रहे पनि त्यसले चिन्ता उत्पन्न गराएको छैन ।
बेल्जियमसँग युवा तथा प्रतिशाली खेलाडीको लामो सूची छ, जसले स्पेन र इङलिस लिगमा लगातार उत्कृष्ट प्रदर्शन गरेका
छन् । त्यो सूचीमा प्रमुख नाम हुन्, गोलरक्षक थिबुट कोरिटोस, मिडफिल्डर एडेन हेजार्ड र कप्तान भिन्सेन्ट कोम्पनी । अल्जेरिया पनि यसपल्ट सन् १९८२ को उलटफेर नतिजा निकाल्ने उद्देश्यले ब्राजिल आएको छ ।
त्यतिबेला उसले आफ्नो पहिलो खेलमा तात्कालीन युरोपेली विजेता पश्चिम जर्मनीलाई हराएको थियो । यसलाई विश्वकप इतिहासमै अहिलेसम्मकौ सबैभन्दा ठूलो अप्रत्याशित नतिजा मानिएको छ । अहिले पनि अल्जेरियालाई उत्तर अफ्रिकाको सबैभन्दा राम्रो टिम मानिन्छ ।
अल्जेरियाली प्रशिक्षक भाहिद हलिहोडिच पनि मान्छन्, समूहमा बलियो बेल्जियम नै हो । 'हामी बेल्जियमविरुद्ध पहिलो खेल खेल्दैछौं र यो बलियो टिम हो । तर फुटबलमा सबै खाले सम्भावना खुला हुन्छ । ब्राजिलमा अप्रत्याशित नतिजा निकाल्न हामीले धेरै मिहिनेत गरेका छौं । हामीसँग
पनि बलिया पक्ष छन्, जुन ब्राजिलमा देखिनेछ ।'

दक्षिण कोरियाको अनुभवविरुद्ध रुस

Posted by Unknown | | Posted in , , , ,

कुएबा (एपी)- खेलाडीका रूपमा हङ्ग मयङ-बोले चौथो तथा अन्तिम विश्वकप खेल्दा दक्षिण कोरियालाई सन् २००२ मा सेमिफाइनल पुर्‍याएका थिए । यिनै मयङ अहिले दक्षिण कोरियाली टिमका प्रशिक्षक छन् ।

अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धिको १२ वर्षपछि उनको नेतृत्वमा दक्षिण कोरिया समूह 'एच' बाट दोस्रो चरण पुगे, त्यो उत्तिकै ठूलो उपलब्धि हुनेछ ।
दक्षिण कोरियाको एसियाली विश्वकप छनोट राम्रो हुन सकेको थिएन, त्यसैले मंगलबार फाबियो कपेलोको रुसी टिमको सामना गर्दा दक्षिण कोरियालाई आत्मविश्वासको कमी हुनेछ । तर टिमसँग विश्वकप खेल्ने पर्याप्त अनुभव भने रहेको छ । 'चार वर्ष अगाडि हामी नकआउट चरण पुगेका थियौं, यसपल्ट पनि त्यस्तै उपलब्धिका लागि मिहिनेत गर्नेछौं,' मिडफिल्डर कि सुङ-येङ मान्छन् ।
उनलाई राम्रोसँग थाहा छ, यो सजिलो हुने छैन । 'यसपल्ट समूह चरणमा हाम्रा प्रत्येक खेल कठिन छन्,' सुङ-येन मान्छन् । यही समूहमा 'गोल्डेन जेनेरेसन' युक्त बेल्जियम र अल्जेरिया छन् । दक्षिण कोरियाका लागि विश्वकप अगाडिका मैत्रीपूर्ण खेल सुखद रहन सकेको छैन । घानासँगको अन्तिम अभ्यास खेलमा कोरियाली टिम ४-० ले पराजित रहेको थियो ।
नोभेम्बरमा दुबईमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा दक्षिण कोरिया रुसको हातबाट २-१ ले पराजित रहेको थियो । रुसी प्रशिक्षक कपेलोका लागि आफ्नो सर्वाधिक प्रभावशाली खेलाडी तथा मिडफिल्डर रोमन सिरोकोभलाई गुमाउनु चर्को रहेको छ । सिरोकोभ ढाडको चोटका कारण विश्वकप खेल्न असमर्थ भएका हुन् । कपेलोले यसपल्टको ब्राजिल भ्रमण रुसका लागि सन् २०१८ मा आफ्नै देशमा हुने विश्वकपको पूर्वाभ्यास मानेका छन् ।
यस्तोमा रुसी टिममाथि राम्रो प्रदर्शनको दबाब पनि हुनेछ । केही हदसम्म कमजोर समूह रहेको स्थितिमा असफलता रुसका लागि ठूलो असफलता पनि सावित हुन सक्नेछ । 'विश्वकप जस्तो ठूलो प्रतियोगितामा खेलेको अनुभव गतिलो हुन्छ,' कपेलो मान्छन्, 'चार वर्ष अगाडि म इङलिस टिमसँग आबद्ध थिएँ ।'
'अहिले म फरक टिमसँग छु र त्यहीअनुसार काम गरिरहेको छु ।' तर पुरानो अनुभवले मलाई राम्रो काम गर्न सहयोग भने मिलेको छ,' उनको दाबी छ । दक्षिण कोरिया र रुसबीचको खेलसँगै विश्वकप २०१४ मा सबै टिमले आ-आफ्नो पहिलो खेल खेल्नेछन् ।

जर्मनीको जितमा मुलरको ह्याट्रिक

Posted by Unknown | Monday, June 16, 2014 | Posted in , , , ,


साल्भाडोर- थोमस मुलरले विश्वकप २०१४ को पहिलो ह्याटि्रक गरेपछि जर्मनीले सोमबार पोर्चुगललाई एकपक्षीय रूपमा ४-० ले हरायो । जितले जर्मन टिम समूह 'जी' को शीर्ष स्थानमा रहेर दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ । चार वर्ष अगाडि दक्षिण अफ्रिकामा सर्वाधिक पाँच गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका मुलर ब्राजिली भूमिमा छाउन सफल रहे ।
मुलरको यो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक हो र विश्वकपमा उनको व्यक्तिगत गोल संख्या सात खेलमा आठ पुगेको छ । जहाँ जर्मनीका लागि ब्राजिल यात्राको पहिलो खेल प्रभावशाली रह्यो, ठीक त्यहीं पोर्चुगलका लागि केही पनि राम्रो रहेन । पोर्चुगलले अधिकांश समय दस खेलाडीमा सीमित रहेर खेलेको थियो । रोनाल्डो पनि फिक्का देखिए र उनले कुनै जादुयी खेल प्रदर्शन गर्न सकेनन् ।

हारपछि पोर्चुगलले आफ्नो दोस्रो खेलमा उत्कृष्ट पुर्नआगमन गर्नु पर्नेछ । जर्मनीले मुलरको पेनाल्टी गोलबाट १२ औं मिनेटमा अग्रता लिएको थियो । मारियो गोट्जलाई जाओ परेराले पोर्चुगाली पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीलाई बायर्न म्युनिख खेलाडी मुलरले सजिलै गोलमा परिणत गरे । म्याट्स हुमेल्सले ३२ औं मिनेटमा दोस्रो गोल थपे ।

टोनी क्रोजको कर्नरमा बोर्सिया डर्टमन्ड डिफेन्डरले शक्तिशाली हेड गर्दै बललाई पोस्टको दिशा दिएका हुन् । लगतै मुलरलाई टाउकोले ठक्कर दिएपछि पोर्चुगाली डिफेन्डर पेपे रातो कार्ड खाँदै ३७ औं मिनेटमा मैदान छाड्न बाध्य रहे । इन्ज्युरी समयको पहिलो मिनेटमा मुलरले दुई पोर्चुगाली डिफेन्डरबीच प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

मुलरको ह्याट्रिक भने ७८ औं मिनेटमा पूरा भएको थियो । आन्द्रेयी स्कलरको पासमा मुलरले आफ्नो तेस्रो गोल पूरा गरे । अब मुलरसामु लगातार दोस्रो विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट अवार्ड जित्ने सम्भावना रहेको छ ।

ईरान र नाईजेरियाले अंक बाँडे

Posted by Unknown | | Posted in , , , ,


ईरान र नाईजेरियाले जारी विश्वकपको पहिलो गोलरहित खेल खेल्दै अंक बाँडेका छन् । एरेना डे बैछाडा रंगशालामा भएको खेलमा नाईजेरियाले बल पोसेसन आफ्नो पक्षमा पारे पनि गोल गर्न भने असफल रह्यो । सन् १९९८ देखि विश्वकपमा कुनै खेल नजितेका दुवै टोलीले आजको खेलाम जित खोजेका थिए तर असफल रहे ।

समूह एफ बाट लियोनल मेसीको अर्जेन्टिनालाई समूह विजेता अनुमान गरिएको छ । सोही समूहमा रहेको बोस्निया एण्ड हर्जगोभिनाको फुटबल पनि यि दुवै टोलीको भन्दा बलियो छ । आजको खेलमा अंक बाँडेका दुवै टोलीलाई आगामी खेल जित्नु पनि ठूलो चुनौति हुनेछ ।
पहिले अनुमान गरिएजस्तै ईरानले आफ्नो रक्षपंक्तीलाई बलियो बनाएर खेलेको थियो । ईरानविरुद्ध नाईजेरिया प्रमुख हतियार ईमेनिक चल्न सकेनन् । नाईजेरियाले खेलको सातौं मिनेटमै ईरानमाथि गोल गर्ने गरेको भएपनि रेफ्री कार्लोस भेराले त्यसलाई मान्यता दिएनन् । त्यसको दुई मिनेटपछि नै ओनाजीको कडा प्रहार गोल हुन सकेन ।
खेलो ३३ औं मिनेटमा ईरानको लागि रेजाले हेडमार्फत गरेको सुन्दर प्रहार नाइजेरियाली गोलकिपर ईन्येमाले बचाए ।

रोमाञ्चक खेलमा अमेरिकाको जित

Posted by Unknown | | Posted in , , , ,


सब्सिच्युट जोन ब्रुक्सले ८६ औं मिनेटमा निर्णयक गोल गरेपछि अमेरिकाले घानालाई २-१ ले हराएर मंगलबार विश्वकप २०१४ मा राम्रो सुरुआत गरेको छ । एस्टाडियो डास डुनास नाटलमा भएको खेलमा ब्रुक्सले ग्राहम जुसीको क्रसमा हेडद्वारा गोल गर्दै अमेरिकालाई जिताएका हुन् ।

रोमाञ्चक खेलमा अग्रता पनि अमेरिकाले नै लिएको थियो । उसको लागि  क्लिन्ट डेम्सीले पहिलो मिनेटमै गोल गरे । जेरमाइन जोन्सको पासमा उनले दुई डिफेन्सलाई छक्याएर गरेको गोल लोभलाग्दो थियो । घानाले राम्रै चुनौती दिएपनि पहिलो हाफ अमेरिकाको पक्षमा १-० मै सकियो ।
आन्द्रे अयवले ८२ औं मिनेटमा गोल गरेर घानालाई १-१ को बराबरीमा पुर्‍याएका थिए । निरन्तर आक्रमण गर्ने क्रममा उनको गोल निस्किएको थियो । तर, त्यसको चार मिनेटपछि नै जोनले गोल गर्दै अमेरिकाको जित निकाले ।
यो नतिजासगै अमेरिकाले चार बर्षअघि दक्षिण अपि|mकामा बेहोरेको हारको बदला घानासंग लिएको छ । समूह 'जी'मा अमेरिकार र जर्मनीले जितसहित ३-३
अंक जोडेका छन् । पोर्चुगल र घाना पहिलो खेलबाट अंकको खाता खोल्न असफल रहे । यो समूहको चारै टिम विश्वकप २०१० मा नकआउट चरण पुगेका थिए ।

स्विटजरल्यान्डद्वारा इक्वेडर स्तब्ध

Posted by Unknown | Sunday, June 15, 2014 | Posted in , , , ,


ब्रासिया- स्विट्जरल्यान्डले विश्वकप २०१४ मा आइतबार अर्को पुर्नआगमनको जित रचेको छ । इस्टाडियो नासिनाल डे ब्रासियामा भएको समूह 'ई' को पहिलो खेलमा उसले इक्वेडरलाई २-१ ले पराजित गर्‍यो । हारिस सेभेनोभिचले इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मदतले स्विट्जरल्यान्ड विजयी सुरुआत लिन सफल रहेको हो ।

स्विट्जरल्यान्डले दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराएको यो पहिलोपल्ट हो । यसका लागि उसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको थियो । खेल बराबरीमा टुंगिने छाँट देखिएको बेला इन्ज्युरी समयको तेस्रो मिनेटमा सब्टिच्युट सेभेनोभिचले विजयी गोल गरेका हुन् । उनले नजिकको दूरीबाट ट्याप गर्दै बललाई पोस्टको दिशा दिन सफल भएका थिए ।

इक्वेडरले पहिलो हाफमा अग्रता लिएयता त्यसलाई कायम राख्न सकेन् । स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुमा बराबरी गोल फर्काएको थियो । इक्वडेरले इना भ्यालेन्सियाको गोलले २२ औं मिनेटमा अग्रता लिएको थियो । वाल्टर अयोभीको फ्रि-किकमा नजिकको दूरीबाट भ्यालेन्सियाले हेडबाट गोल गरे । त्यस गोलमा स्विस गोलरक्षक डिएगो बेन्गालोको भुल देखिन्थ्यो ।

उनी त्यस अवसरमा आफ्नो गोल लाइनबाट अगाडि रहेको देखिन्थे । इक्वेडरका लागि भ्यालेन्सियाको यो पाँचौं अन्तर्राष्ट्रिय गोल हो । स्विट्जरल्यान्डले ४७ औं मिनेटमा बराबरी गोल फर्कायो । स्विस प्रशिक्षक ओटमर हिट्जफेल्डले दोस्रो हाफमा टिम संरचनामा केही परिवर्तन गरेका थिए र त्यसको असर तुरुन्त देखिएको थियो ।

बायर्न म्युनिख र बोर्सिया डर्टमन्डका पूर्व प्रशिक्षकका लागि सब्टिच्युट एडमिर मेहमेदीले बराबरी गोल गरे । इक्वडेरको कमजोर डिफेन्सको फाइदा उठाएर उलने नजिकबाट हेड गर्ने अवसर पाएका थिए । मेसेडोनियामा जन्मेका मेहमेदीले सन् २०१२ बाट स्विट्जरल्यान्डका लागि खेल्न सुरु गरेका हुन् । समूह 'ई' का अरु टिममा पूर्व विजेता फ्रान्स र होन्डुरस रहेका छन् ।

फ्रान्स सजिलै विजयी

Posted by Unknown | | Posted in , , , ,


फ्रान्सले विश्वकप २०१४ मा सोमबार विजयी सुरुआत लिएको छ । फ्रान्सले दस खेलाडीमा सीमित होन्डुरसलाई सजिलै ३-० ले पराजित गरेको हो । चार वर्ष अगाडि दक्षिण अफ्रिका भएको विश्वकपमा खराव प्रदर्शन गरेको फ्रान्स यस जितसँगै आप\mनो समूह 'ई' को शीर्ष स्थानमा रह्यो र दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाउन सफल रह्यो ।
यसअघि समूहको अर्को खेलमा स्विट्जरल्यान्डले इक्वेडरलाई २-१ ले पराजित गरेको थियो । डिडिएर डेसक्याम्पको फ्रान्सका लागि यसपल्ट सबैभन्दा विश्वास गरिएका रियल म्याडि्रड खेलाडी करिम बेन्जमाले दुई गोल गरे । उनले ४५ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । त्यसमा विल्सन प्यालेकसले फल खेलेका थिए र उनी रातो कार्ड खाँदै मैदान छाड्न बाध्य रहे ।

त्यसबीच ४८ औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको उपहार पायो । होन्डुरसका नोएल भाल्डरेस आत्मघाती गोल गर्ने अभाग्यशाली खेलाडी रहे । यो गोलले औपचारिकता पाउन 'गोल लाइन टेक्नोलजी' प्रयोग गरिएको थियो । विश्वकप इतिहासमा यो प्रविधि प्रयोग भएको यो पहिलो पल्ट हो । बेन्जमाले ७२ औं मिनेटमा तेस्रो गोल थपे ।

अर्जेन्टिनाको कठिन जित

Posted by Unknown | | Posted in , , , ,


लियोनल मेसीको आकर्षक गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकपकेा नवप्रवेशी बोस्निया एन्ड हर्जगोभिनालाई २-१ ले हराएर ब्राजिलमा सुखद् सुरुआत गरेको छ । मेसीको फ्रि-किकमा बोस्नियन डिफेन्डर कोलासिनाचले आफ्नै पोष्टमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो ।
अर्को गोलको लागि उनले गोन्जालो हिगुइनसँग वान-टु पास खेलेपछि दुई डिफेन्सलाई छक्याएर २-० ले अर्जेन्टिनालाई अगाडि बढाए । अन्ततः त्यही गोल निर्णयक सावित भयो ।

बोस्नियाको लागि भेदाद इबिसेभिचले अन्त्यतिर सान्त्वना गोल गरे । दुईपल्टको विश्वकप विजेता अर्जेन्टिनाले जितसँगै समूह 'ई'मा ३ अंक जोड्यो ।

खेल अर्जेन्टिनाले जितेपनि फुटबलप्रेमीको मन भने बोस्नियातिर मोडियो । किनभने उसले स्टारहरुले भरिएको अर्जेन्टिनालाई कडा चुनौती दियो । उसले १६ सट पोष्टमा प्रहार गर्‍यो । यो संख्या अर्जेन्टिनाको तुलनामा ४ बढी हो ।



ऊँट शाहिनको भविष्यवाणी फेरी मिल्यो, अब इंगल्याण्ड पनि हार्यो

Posted by Unknown | Saturday, June 14, 2014 | Posted in , , , ,

–वल्र्ड कप फुटबलमा दुबईको एक ऊँट ‘शाहिन’ले अचम्मको भविष्यवाणाी गरिरहेको छ । शाहिनले शनिबार भएको इंगल्याण्ड र इटालीको खेलमा इटलीको जीत हुने भविष्यवाणी गरेको थियो र उक्त भविष्यवाणी मिलेको छ ।


 राती खेलिएको उक्त खेलमा इटलीले इंगल्याण्डलाई २–१ ले हरायो । शुक्रबार स्पेन र नेदरल्याण्ड बिच भएको खेलमा पनि शाहिनले स्पेनको हार र नेदरल्याण्डको जीतको भविष्यवाणी गरेको थियो । यस्तै क्रोयशिया विरुद्ध ब्राजिलको जीतको पनि भविष्यवाणी शाहिनले गरेको थियो । यस प्रकारले शाहिनको अहिलेसम्मको तीन भविष्यवाणीहरु सत्य सावित भएको छ । शाहिनले कसरी गर्छ भविष्यवाणी ? खेल हुने दिन शाहिनले जित्ने समूहको झण्डाको निशाना भएको लठ्ठीलाई आफ्नो नाकले छुने गर्दछ । शाहिनले ब्राजिल र क्रोएसियाको खेलमा ब्राजिलको झण्डालाई आफ्नो नाकले छोएको थियो । शुक्रबारको खेल सुरु हुनुभन्दा शाहिनले नेदरल्याण्डको झण्डा भएको लठ्ठीलाई नाकले छोएको थियो । 

आइभोरी कोष्टसँग जापान पराजित

Posted by Unknown | | Posted in , , , ,


असार १ – एशियाली देश जापान यसवर्षको विश्वकप फुटबलको पहिलो खेलमा पराजित भएको छ ।
आइतबार बिहान भएको समूह सी को खेलमा जापान आइभरिकोष्टसंग २–१ ले पराजित भएको हो । १६ औं मिनेटमा होण्डाको गोलमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा जापान पराजित भयो ।


पहिलो हाफसम्म १–० ले पछि रहेको स्थिति उल्टाउँदै आइभोरी कोष्टका लागि ६४ औं मिनेटमा विल्प्रेड बोनी र ६६ औं मिनेटमा गेर्बिन्होले गोल गरेर देशलाई जित दिलाए । समूह सी कै शनिबार राती भएको खेलमा कोलम्बियाले ग्रिसलाई पराजित गरेर शीर्ष स्थानमा पुगेको छ ।
जापान र अाइभोरी काेष्टबिचको खेलको केही तस्बिर हेर्नुहोस्:

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive