News Ticker

sports

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

Posted by Unknown | Thursday, February 20, 2014 | Posted in


एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्षेत्रका एकजना किसानले भने एउटै भैंसी हैर राँगो पालेर वर्षकै ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) कमाएका छन् । अर्थात्, मासिक ५ लाखभन्दा बढी ।

कुरुक्षेत्र, सुनरिया गाउँका करमबीर सिंहले आफूले पालेको ‘युवराज’ नामक मुर्रा जातको राँगोबाट आकर्षक कमाइ गरेका हुन् । उनले राँगोको सिमेन (विर्य) बिक्रीबाट यति ठूलो कमाइ गरिरहेका छन् ।

‘साढे पाँच वर्षदेखि हामीले यो भैंसीबाट यथेष्ट कमाइ लिइरहेका छौं’ हिन्दुस्तान टाइम्ससित करमवीरले भने ।

युबराजको बीर्य प्रति डोज ३ सय भारुमा बेच्ने गरिएको छ । वार्षिक १५ देखि २० हजार डोज बीर्य उत्पादन भई बिक्री गर्दै आएको उनी बताउँछन् ।

शुद्ध मुर्रा जातको भैंसीले वार्षिक ४० हजार लिटरसम्म दूध दिने गर्दछ । वर्णशंकर भैंसीले मुस्किलले वार्षिक २ हजार लिटर दूध दिन्छ । करमबीरका अनुसार उनको युवराजको आमाले पनि दैनिक २७ लिटर दूध दिने गरेको करमबीरले सुनाए । दूध बढी दिने र धेरै अवधिसम्म लैनो हुने भएकोले सो जातको राँगोको बीर्यको माग उच्च भएको हो ।

उन्नत नश्लका मुर्राको बीर्य स्थानीय भैंसीमा कृत्रिम गर्भाधानमार्फत् प्रयोग गर्न सकिन्छ । यसबाट स्थानीय भैंसीको दूध क्षमता पनि उच्च वृद्धि हुने गर्दछ ।

‘दूध उत्पादकत्व बढी हुने भएकोले शुद्ध जातको मुर्रा भैंसी पालन लोकप्रिय भइरहेको छ’ पञ्जाब राज्य किसान आयोगका डेरी विशेषज्ञ अनिल कौरा भन्छन् ‘हामीले पनि सिफारिस गरेका छौं ।’

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive