News Ticker

sports

श्रीमतीलाई बुई बोकी दौडने प्रतियोगिता हुने

Posted by Unknown | Friday, March 28, 2014 | Posted in ,

 बेलायतीहरुको सिको गर्दे  क्षेत्रीय होटल संघ तनहुँसँग आवद्ध होटल व्यवसायीहरुले श्रीमतीलाई बुई बोकी दौडने प्रतियोगिता आयोजना गर्ने भएका छन् ।

नयाँ वर्ष २०७१ को अवसर पारेर होटल व्यवसायीहरुले दमौलीमा प्रतियोगिता आयोजना गर्न लागेका हुन्। यस्तै किसिमको दौड प्रतियोगिता केही समय अगाडि बेलायतीहरुले लण्डनमा आयोजना गरेका थिए ।


आयोजक क्षेत्रीय होटल संघ तनहुँले दिएको जानकारी अनुसार दौड प्रतियोगिता १०० मिटर लामो रहने छ । प्रतियोगितामा ३० वर्ष माथिका श्रीमान् श्रीमतीले भाग लिन पाउने छन्।

महोत्सवमा नयाँ रौनकता थप्नका लागि यस किसिमको प्रतियोगिता आयोजना गरिएको आयोजकहरुले जनाएका छन् । श्रीमतीलाई बुई बोक्ने दौड प्रतियोगिताका अलावा नयाँ बर्षको अवसरमा दमौलीको  चोक चोकमा दोहोरी,चुट्का, पप ,घाटु, भजन र कन्र्सट समेत आयोजना गरिने आयोजकहरुको भनाई छ ।

‘२०७० साललाई विदाई गरौं,नयाँ बर्षलाई स्वागत गरौं’भन्ने नाराका साथ  पहिलो पटक नयाँ बर्ष महोत्सव आयोजना गरिएको क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठको भनाई रहेको छ । अध्यक्ष श्रेष्ठ राती १२ बजेर १ मिनेट जाँदा २०७१ सालको स्वागत गरिने बताउँछन् ।त्यसक्रममा बेलुन उडाएर ताली बजाईने अध्यक्ष श्रेष्ठको भनाई छ।

अध्यक्ष श्रेष्ठ दमौलीमा आयोजना गर्न लागिएको नयाँ बर्ष महोत्सव करिब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताउँछन् ।

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive