Posted by Unknown | Monday, October 13, 2014 |
Posted in
poltical,
poltical News,
Poltics

नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले आन्दोलन तत्काल फिर्ता नलिए एमाले प्रचण्ड संयोजक रहेको उच्चस्तरीय राजनीतिक समितिमा नबस्ने चेतावनी दिएका छन् ।
उनले पहिचान पक्षधरहरुको आन्दोलन संविधान भाँड्ने षडयन्त्र भएको दावी गरे । पहिलो संविधानसभामा प्रचण्डले दोहोरो भूमिका खेलेर संविधान आउन नदिएको र अहिले पनि त्यस्तै भूमिकामा प्रस्तुत भएको उनको आरोप छ ।
रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा एमाले सचिव ज्ञवालीले भने-‘प्रचण्ड आफैं राजनीतिक समितिको संयोजक हुने, अनि आन्दोलन पनि गर्ने यो नैतिकताले दिँदैन । आन्दोलन गरिरहने हो भने संयन्त्रको औचित्य सकिन्छ ।’
शासकीय स्वरुपमा तीन वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने गरी कांग्रेसको प्रस्तावमा सहमति नजिक रहेको स्पष्ट पार्दै उनले सात वटा प्रदेश भने एमालेको बटमलाइन भएको बताए ।
कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले कांग्रेसले संघीयता र शासकीय स्वरुपमा प्रस्तुत गरेको धारणा बटमलाइन नभई विकल्प भएको स्पष्ट पारे । जातीय द्वन्द्व मेटिने र सबैको पहिचान स्थापित हुने गरी कांग्रेसले अवधारणा प्रस्तुत गरेको भन्दै उनले एकल जातीय पहिचान स्वीकार्य नभएको बताए ।
कार्यक्रममा एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले कांग्रेस र एमाले पहिलो संविधानसभाको उपलब्धि र विगतका सम्झौता विपरित अघि बढे माघ ८ मा संविधान आउन नसक्ने चेतावनी दिए ।
रायमाझीले १० प्रदेश आफूहरुको बटमलाइन भएको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारिणी, समानुपातिक निर्वाचन प्रणाली कुनै पनि हालतमा नछाड्ने समेत बताएका छन् ।
एमाओवादीकै अर्का नेता खिमलाल देबकोटाले कांग्रेसको प्रस्ताव विगतका सहमति विपरित भएको बताए । कांग्रेसको प्रस्ताव विकल्प नभएर बटमलाइन भए माघ ८ मा संविधान नबन्ने उनले ठोकुवा गरे ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले साना पार्टीहरुको मोर्चा रारा मञ्च कांग्रेस एमालेको संघीयता र शासकीय स्वरुपको प्रस्तावको नजिक रहेको तर निर्वाचन प्रणालीमा पूर्ण समानुपाति हुनु पर्ने बताए ।
Posted by Unknown | |
Posted in
poltical,
poltical News,
Poltics
२७ असोज, काठमाडौं । राष्ट्रसंघका लागि नेपाली स्थानीय नियोग, जेनेभाको स्थायी प्रतिनिधि दिपक धिताल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिस संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति डा. रामवरण यादवले सोमबार परराष्ट्र मन्त्रालयका सहसचिव धिताललाई नियुक्त गरेका हुन् ।
अन्तरिम संविधानको धारा १५० बमोजिम धितालको नियुक्ति भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Posted by Unknown | |
Posted in
poltical,
poltical News,
Poltics
पूर्व युवराज पारस विक्रम शाह थाइल्याण्डमा ८ ग्राम अवैध लागुऔषध गाँजासहित पक्राउमा परेको भनि थाइ पत्रिकाको हावाला दिंदै नेपालका कथित राष्ट्रिय संचारमाध्यमले धमाधम फोटोसहित प्रकाशित समाचार अन्ततः असत्य रहेको पुष्टी भएको छ ।
Posted by Unknown | |
Posted in
poltical,
poltical News,
Poltics
लागु औषधसहितसमातिएका पूर्वयुवराज पारस शाहलाई छुटाउने र सघाउने प्रयोजनका लागि शाही परिवारको दूतका रुपमा पारसका पूर्वस्वकीय सचिव राजेश सिंह बैंकक पुगेका छन् ।

पारसकी बहिनी प्रेरणा र काका धीरेन्द्रका छोरीहरु दिलाशा, शितास्मा र पूजाको पहलमा राजेश आइतबार केही पैसासमेत लिएर बैंकक गएको जीवनकुन्ज स्रोतले जनाएको छ ।
जीवनकुन्ज पूर्वअधिराजकुमार धीरेन्द्रको निवास हो, जहाँ अहिले उनका छोरीहरु बस्छन् ।
पारसले आफ्नी बहिनी प्रेरणालाई भन्दा उनीहरुलाई बढ्ता विश्वास र माया गर्ने गरेकाले उनीहरुले पारसलाई सघाउँदै आएका छन् ।
पछिल्लो समयमा चरम आर्थिक संकट झेलिरहेका पारसलाई बहिनीहरु दिलाशा, शितास्मा र पूजाका साथै ज्वाइँ डा. राजीव शाहीले आर्थिक सहयोग पठाउने गरेको जीवनकुन्ज स्रोतले जनाएको छ ।
निर्मल निवास भन्छ-ज्ञानेन्द्र र पारसको सम्वन्ध बाहिर प्रचार गरिएजस्तो खराब छैन
स्रोतका अनुसार धीरेन्द्रका छोरीहरु पनि पारसलाई भेट्न बैंकक जाने तयारीमा छन् । तर, उनीहरु पूर्वराजाको अनुमति लिएर मात्रै जाने निकट स्रोतले बतायो ।
निर्मल निवासको चासो
पारसको पक्राउपछि पूर्वराजारानी थप ‘टर्चर’मा परेको निर्मल निवाससँग सबन्धित एक उच्च अधिकारीले बताए । ‘एकमात्र छोराको हालतले कुन बाबुआमालाई टर्चर नहोला’ उनले भने, ‘तर बाहिर हल्ला गरेर मात्र त केही हुन्न’ ।
निर्मल निवासले पारसलाई बेवास्ता गरेको, अत्याचार गरेको जस्ता टिप्पणीहरु आधारहीन रहेको पूर्वराजा निकट स्रोतले जनाएको छ ।
पारसका हरेक दिनका गतिविधिप्रति निर्मल निवासको चासो रहेको र यसअघि हृदयघात हुँदा सबै परिवार बैंकक गएर पुनस्र्थापना केन्द्रमा राखेर फर्किएको स्रोतले अनलाइनखबरलाई बतायो ।
‘बाबुछोराको बीचमा राम्रो सम्बन्ध छैन र पारसको यो हालत हुनुमा निर्मल निवास पनि दोषी छ भन्ने जस्ता आरोपहरु पूर्वराजपरिवारलाई बदनाम गराउने राष्ट्रिय अन्तर्राष्ट्रिय षडयन्त्रबाट आएका हुन्,’ पूर्वराजाका एक सहयोगीले भने ।
‘निर्मल निवासलाई बदनाम गराउन अन्तर्राष्ट्रिय चलखेल भइरहेको छ । लोग्ने अर्कोसित लागेपछि हिमानीको चित्त दुखाइ सामान्य हो । बीचमा पारसलाई बच्चाले भेटेर आएका छन्,’ स्रोतले भन्यो, ‘पारस र निर्मल निवासको सम्बन्ध बाहिर प्रचार गरिएजस्तो खराब छैन ।’
तर, जुनेबला नेपालमा हिन्दू राज्य र राजतन्त्रको पक्षमा जनमत बन्न थाल्छ, त्यहीबेला पारसलाई गाँजा काण्डमा फसाउने गरिएको निर्मल निवासको गुनासो छ । ‘यता हिन्दूत्वको पक्षमा माहौल बन्दा उता पारस गाँजामा समातिन्छन्, उनलाई थाइ सरकारले डिपोर्ट पनि गर्दैन,’ स्रोतले भन्यो, ‘यसमा केही शक्तिले खेलेका छन्’ ।
पारसलाई नेपाल फर्कन कसले रोक्यो ?
पारसलाई नेपाल फर्किन निर्मल निवासले नदिएको आरोपमा पनि सत्यता नरहेको स्रोतको दाबी छ । ‘बाबुलाई हृदयघात हुँदा पारसलाई बोलाउने हो कि आफैं आउने हो ?’ निर्मल निवास भन्छ- ‘पारस आफैं नेपाल नआएका हुन्, उनलाई कसैले रोकेको छैन ।’
हारिन् हिमानी
पारस र उनकी पत्नी हिमानीको सम्बन्धचाहिँ अब औपचारिक र कानुनी मात्र रहेको स्रोतले जनाएको छ ।
थाइ प्रेमिकासँग पारस उतै बसेर दुव्र्यसनी बनेपछि गैरजिम्मेवार पतिको भर पर्न हिमानीले छाडेको हिमानी ट्रष्टका एक पदाधिकारीले बताइन् ।
‘एउटी नारी, त्यसमा पनि हिन्दू महिलाले आफ्नो पति अर्कैसँग बसेपछि सहने कुरा भएन,’ ती पदाधिकारीले भनिन्, ‘अझै पनि पारसले त्यो केटीलाई छाडेर निर्मल निवासको अनुशासनभित्र बस्न आउँछन् भने हिमानीले माफी दिन सक्छिन् ।’
यस बीचमा पनि हिमानीका छोराछोरीले बैंककमा गएर पितालाई भेटेको स्रोतले जनाएको छ । पारसको पछिल्लो प्रकरणबारे हिमानी बेखबर छैनन्, तर उनले पारसलाई खासै चासो भने नदिएको स्रोतको दाबी छ । त्यसो त विगतमा पिटाइ खाँदासमेत हिमानीले पारसलाई सुधार्न प्रयास नगरेकी चाँहि होइनन् ।
Posted by Unknown | |
Posted in
poltical,
poltical News,
Poltics
एकीकृत नेकपा माओवादी सचिव बर्षमान पुन अनन्तले जनतासँग गरिएको बाँचा अनुसार आगामी माघ ८ मा जसरी पनि संविधान जारी गर्नुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ रोल्पाले सोमबार गरेको पत्रकार भेटघाटमा सचिव पुनले विवादित विषयमा सहमति कायम गरी सबैलाई मान्य हुने संविधान माघ ८ मै जारी गर्नुपर्ने नैतिक दायित्व भएको बताए । कसैलाई बाईपास गर्न नहुने भन्दै उनले सर्वमान्य संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहेको जिकिर गरे ।
कांग्रेस र एमालेले विपक्षी दलहरुलाई कमजोर बनाउन खोजेको आरोप लगाउदै एमाओवादी सचिव पुनले आफूहरुको हैसियतलाई ख्याल गर्न आग्रह गरे ।
सत्ताधारी नेताहरुो सहमति नगर्ने नियतका कारण समस्या बल्झिएको भन्दै उनले पेल्न खोजे परिवर्तनकारी शक्तिहरुले संघर्ष गर्ने चेतावनी दिए ।
Posted by Unknown | Thursday, April 3, 2014 |
Posted in
poltical,
poltical News,
Poltics
संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरले तोकिएकै मितिमा संविधान जारी हुने बताएका छन् । उनले पछिल्लो समयमा दलहरुबीच वार्ता र संवाद सकारात्मक हुँदै गइरहेकाले अबको आठ महिनाभित्र संविधान जारी हुने विश्वास व्यक्त गरेकी हुन् ।

क्रान्तिकारी पत्रकार सङ्घले बिहीवार रोल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण हुनु नै संविधान बन्ने मुख्य आधार भएकाले तोकिएकै मितिमा संविधान जारी हुने बताइन् । लोकतान्त्रिक संविधान पाउनका लागि जनताले निकै लामो समयदेखि प्रतीक्षा गरिरहेकाले जनतालाई त्यस्तो संविधान दिन दलहरु एक हुनुको विकल्प नरहेको उनको भनाई थियो ।
उनले संविधानसभाको निर्वाचनमा दलहरुले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता जनाइसकेकाले पनि यस विषयमा दलहरुले मतभेद गर्न नहुनेमा जोड दिइन् । रोल्पा क्षेत्र नं २ का सभासद्समेत रहेकी उपाध्यक्ष घर्तीमगरले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि सहमतिमा ल्याएर संविधान निर्माण गर्नुको विकल्प नरहेको बताइन् ।
संविधानसभामा महिलाको सहभागिता निकै कम भएकाले कम्तीमा ३३ प्रतिशत महिला सहभागिताका लागि आफूले दबाब दिइरहेको उनले जानकारी दिइन् । रासस