सौता बनेर आफ्नै आमा आएपछि….
विवाह गरेको ३ महिना नवित्दै श्रीमतीलाई अलग राखेर सासुसँग सम्बन्ध राख्ने ज्वाँइ र सासुलाई प्रहरीले आइतबार पक्राउ गरी सरकारी वकिलमार्फत हाडनाता करणीमा मुद्दा चलाएको छ ।
सुगाभवानीपट्टी ६ का २२ वर्षीय राजकिशोर महतो र भ्रमरपुरा २ की ३२ वर्षीया रेखादेबी महतोलाई हाडनाता सम्बन्धमा विवाह गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पीडित १५ वर्षीया हीराकुमारी महतोले पतिले आफ्नै आमासँग विवाह गरी अलग बस्दै आएको जनाउँदै हाडनाता करणीमा शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकाले ज्वाइँ र सासु दुबैलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी निरीक्षक एकलाल हवारीले बताए ।