News Ticker

sports

ब्राजिलको जितमा नेमारको चार गोल

Posted by Unknown | Tuesday, October 14, 2014 | Posted in

टोकियो : युवा स्टार स्ट्राइकर नेमारको ह्याट्रिकमा ब्राजिलले मैत्रीपूर्ण खेलमा मंगलबार जापानलाई ४-० गोलले हराएको छ। ब्राजिलले गरेका सबै गोल नेमारको नाममा रहे। खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका नेमारले ७७ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए।

डिएगो टार्डेलीको पासमा नेमारले पहिलो गोल गरेका थिए। उनले कोउटिन्होको पास सदुपयोग गर्दै ४८ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। तेस्रो गोल भने उनले एकल प्रयासमा गरेका थिए। नेमारले काकाको पासमा ८१ औं मिनेटमा चौथो गोल थपेका थिए।

एक साताभित्र ब्राजिलको यो दोस्रो जित हो। गत साता भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनालाई २-० गोलले हराएको थियो। गत विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाविरुद्ध टार्डेलीले दुवै गोल गरेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा टार्डेलीले पहिलो गोल गरेका थिए।
सन् २०१० मा राष्ट्रिय टोलीमा डेब्यु गरेका २२ वर्षीय नेमारले ५८ वटा अन्तर्राष्ट्रिय खेलमा ४० गोल गरेका छन्। घरेलु मैदानमा भएको गत विश्वकपको क्वार्टरफाइनलमा ढाडको हड्डी भाँचिएपछि त्यसयता प्रतियोगिताबाट बाहिरिएका नेमारको अनुपस्थितिमा ब्राजिलले कमजोर प्रदर्शन ग:यो।

सेमिफाइनलमा जर्मनीसँगको खेलमा घरेलु टोली ७-१ गोलले पराजित भएको थियो। नेमार उपचारपछि केही महिना अघिमात्र खेलमा फर्किएका हुन्। नेमारले ह् २०१४ मा राष्ट्रिय टोलीका लागि खेलेका १२ खेलमा १३ गोल गरेका छन्। उनले राष्ट्रिय टोलीका लागि एकै वर्ष गरेको यो सर्वाधिक गोल हो।

यसअघि उनले सन् २०१० मा दुई खेलमा एक गोल, सन् २०११ मा १३ खेलमा सात गोल, २०१२ मा १२ खेलमा नौ गोल गरेका थिए। सन् २०१३ मा उनले १९ खेलमा १० गोल गरेका थिए। नेमारले बार्सिलोनाका लागि चालू सिजन(२०१४/२०१५) आठ खेलमा आठ गोल गरेका छन्।

उनले गत सिजन बार्सिलोनाका लागि ४१ खेलमा १५ गोल गरेका थिए। अर्को मैत्रीखेलमा अर्जेन्टिनाले हङकङलाई ७-० गोलले हरायो।

 खेडाली टोक्‍ने स्वारेजले पनि गोल गरे

विवादास्पद स्ट्राइकर लुइस स्वारेजले गोल गरेपछि उरुग्वेले सोमबार राति खेलिएको मैत्रीपूर्ण खेलमा ओमनलाई ३-० गोलले हरायो। बार्सिलोनाका स्ट्राइकर स्वारेजले दुई गोल गरे। विश्वकपपछि स्वारेजले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका हुन्। ब्राजिलमा यसै वर्षको जुलाईमा सकिएको विश्वकपछि स्वारेजले गत सातामात्र राष्ट्रिय टोलीका लागि खेलेका थिए।

गत जुलाईमा ब्राजिलमा सकिएको विश्वकपको समूहगत चरणको खेलमा इटालीका रक्षक जर्जियो चेलिनीलाई टोकेपछि स्वारेजलाई विश्व फुटबल महासंघ (फिफा)ले चार महिना र नौ अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएको थियो। अपिल गरेका स्वारेजले प्रतिबन्धका अवधीमा राष्ट्रिय टोलीका लागि मैत्रीपूर्ण खेल खेल्ने छुट दिएको थियो।

सोमबार राति स्वारेजले ओमनविरुद्ध ५७ औं मिनेटमा गोल गरेका थिए। उनले ६६ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। जोनाथन रोड्रिगुएजले ८७ औं मिनेटमा गोल थपे। यसअघि उरुग्वे गत शुक्रबार साउदी अरेबियासँग बराबरीमा रोकिएको थियो। स्वारेजले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेकै दिन सात वर्षपछि सोमबार राति दुई गोल गरेका हुन्। उनले विश्वकप २०१० का लागि भएको महादेशीय छनोटमा मोन्टोलिभोमा बोलिभियाविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। स्वारेजले राष्ट्रिय टोलीका लागि ७९ खेलमा ४२ गोल गरेका छन्। -एजेन्सी

Click Down for More

Popular Posts

COCKTIME

Powered by Blogger.

    Blog Archive