मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Monday, October 13, 2014
Posted by Unknown

प्रचण्डले आन्दोलन फिर्ता नलिए राजनीतिक समितिमा बस्दैनौं : एमाले सचिव

नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले आन्दोलन तत्काल फिर्ता नलिए एमाले प्रचण्ड संयोजक रहेको उच्चस्तरीय राजनीतिक समितिमा नबस्ने चेतावनी दिएका छन् ।

उनले पहिचान पक्षधरहरुको आन्दोलन संविधान भाँड्ने षडयन्त्र भएको दावी गरे । पहिलो संविधानसभामा प्रचण्डले दोहोरो भूमिका खेलेर संविधान आउन नदिएको र अहिले पनि त्यस्तै भूमिकामा प्रस्तुत भएको उनको आरोप छ ।

रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा एमाले सचिव ज्ञवालीले भने-‘प्रचण्ड आफैं राजनीतिक समितिको संयोजक हुने, अनि आन्दोलन पनि गर्ने यो नैतिकताले दिँदैन । आन्दोलन गरिरहने हो भने संयन्त्रको औचित्य सकिन्छ ।’

शासकीय स्वरुपमा तीन वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने गरी कांग्रेसको प्रस्तावमा सहमति नजिक रहेको स्पष्ट पार्दै उनले सात वटा प्रदेश भने एमालेको बटमलाइन भएको बताए ।

कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले कांग्रेसले संघीयता र शासकीय स्वरुपमा प्रस्तुत गरेको धारणा बटमलाइन नभई विकल्प भएको स्पष्ट पारे । जातीय द्वन्द्व मेटिने र सबैको पहिचान स्थापित हुने गरी कांग्रेसले अवधारणा प्रस्तुत गरेको भन्दै उनले एकल जातीय पहिचान स्वीकार्य नभएको बताए ।

कार्यक्रममा एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले कांग्रेस र एमाले पहिलो संविधानसभाको उपलब्धि र विगतका सम्झौता विपरित अघि बढे माघ ८ मा संविधान आउन नसक्ने चेतावनी दिए ।

रायमाझीले १० प्रदेश आफूहरुको बटमलाइन भएको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारिणी, समानुपातिक निर्वाचन प्रणाली कुनै पनि हालतमा नछाड्ने समेत बताएका छन् ।

एमाओवादीकै अर्का नेता खिमलाल देबकोटाले कांग्रेसको प्रस्ताव विगतका सहमति विपरित भएको बताए । कांग्रेसको प्रस्ताव विकल्प नभएर बटमलाइन भए माघ ८ मा संविधान नबन्ने उनले ठोकुवा गरे ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले साना पार्टीहरुको मोर्चा रारा मञ्च कांग्रेस एमालेको संघीयता र शासकीय स्वरुपको प्रस्तावको नजिक रहेको तर निर्वाचन प्रणालीमा पूर्ण समानुपाति हुनु पर्ने बताए ।

About the Author

Posted by Unknown on 6:24 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 6:24 AM. Filed under , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "प्रचण्डले आन्दोलन फिर्ता नलिए राजनीतिक समितिमा बस्दैनौं : एमाले सचिव "

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली