माघ ८ मा संविधान जारी गर्नु नैतिक दायित्व : एमाओवादी सचिव
क्रान्तिकारी पत्रकार संघ रोल्पाले सोमबार गरेको पत्रकार भेटघाटमा सचिव पुनले विवादित विषयमा सहमति कायम गरी सबैलाई मान्य हुने संविधान माघ ८ मै जारी गर्नुपर्ने नैतिक दायित्व भएको बताए । कसैलाई बाईपास गर्न नहुने भन्दै उनले सर्वमान्य संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहेको जिकिर गरे ।
कांग्रेस र एमालेले विपक्षी दलहरुलाई कमजोर बनाउन खोजेको आरोप लगाउदै एमाओवादी सचिव पुनले आफूहरुको हैसियतलाई ख्याल गर्न आग्रह गरे ।
सत्ताधारी नेताहरुो सहमति नगर्ने नियतका कारण समस्या बल्झिएको भन्दै उनले पेल्न खोजे परिवर्तनकारी शक्तिहरुले संघर्ष गर्ने चेतावनी दिए ।