एक किलो महको मूल्य ७ लाख रुपैयाँ ?
२००९ मा गुफामा माहुरी आवत जावत गरिरहेको देखेपछि यो मह भएको आशंका गरिएको थियो । ब्यबसायिक आरोहीको सहयोगमा गुफाभित्र गएपछि १८ किलो मह भेटिएको थियो । उक्त मह फ्रान्सेली ल्याबमा परिक्षण गर्दा यो सात बर्ष पुरानो भएको र महत्वपूर्ण तत्वले भरिपूर्ण पाइएको थियो । २००९ मा फ्रान्सको स्टाक एक्सचेन्जमा पहिलो पटक एक किलो मह ४ हजार ५ सय यूरोमा बेचिएको थियो । त्यसको एक वर्षपछि चीनका फर्मासिस्टले २८ हजार यूरोमा मा किनेका थिए । अहिले यसको मूल्य ५ हजार युरो प्रतिकिलो तोकिएको छ । टर्कीमा सामान्यतयाः ५ हजार भन्दा कम मूल्यमै नयाँ कार आउँछ । तर, कारभन्दा महंगो यो महको चर्चा र माग पनि उत्तिकै छ ।