Published On:Wednesday, February 19, 2014
Posted by Unknown
२५ प्रतिशत अमेरिकीलाई थाहा छैन पृथ्वीले सूर्यलाई घुम्छ भन्ने
तपाईमध्ये कतिलाई थाहा छ– पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने ? सायद अधिकांशले ठान्नुहुन्छ होला यति सामान्य प्रश्न गरेर पाठकलाई मूर्ख बनाउन सावित गर्न खोजेको ?
हो, यही सामान्य बिषयमा बेखवर छन, सुपरपावर मुलुकका सुपर सिटिजन्स अर्थात अमेरिकी नागरिक ।
अमेरिकाको नेसनल साइन्स फाउण्डेसनले हालै गरेको सर्वेक्षणमा २५ प्रतिशत अमेरिकीलाई यो सामान्य बिषयमा पनि ज्ञान नभएको पाइएको छ ।
समाचार संस्था एएफपीले जनाएअनुसार सर्वेक्षणमा सहभागी करिव २ हजार दुई सयमध्ये एक चौथाईले मात्र सही जवाफ दिएका थिए । योभन्दा अझै अचम्मको कुरा त के छ भने मानिसको उत्पत्ति जनावरकै पूर्खाबाट भएको हो भन्ने कुराको जानकारी जम्मा ४८ प्रतिशत सहभागीलाई मात्र पाइयो ।
सहभागीलाई बिज्ञानका बिभिन्न ९ वटा प्रश्न गरिएको थियो ।
पृथ्वी र सूर्यको सम्बन्धका बिषयमा अमेरिकीभन्दा युरोपेली झनै झुर रहेछन् । युरोपेली युनियनका जम्मा ६६ प्रतिशत मानिसले मात्र यसको सही जवाफ दिएको समाचारमा जनाइएको छ ।
यो सर्वेक्षण रिपोर्ट राष्ट्रपति कार्यालयमा बुझाएपछि मात्र थप तथ्यहरु बाहिर आउनेछन् ।