News Ticker

sports
Published On:Wednesday, February 5, 2014
Posted by Unknown

बान्ता गरेर पेन्टिङ बनाउने युवती

मानिसहरु बिरामी नभई बान्ता गर्दैनन् । तर, बेलायतकी एक शाकाहारी युवती दिनमा दर्जनौंपटक बान्ता गर्छिन र सुन्दर चित्र बनाउँछिन् ।२७ वर्षीया मिली ब्राउन सफा क्यान्भासमा रंगीन उल्टी गरेर अमूर्त चित्र बनाउँछिन् । पेन्टिङ गर्ने परम्परागत आर्ट शैलीबाट दिक्क भएपछि उनलाई केही नयाँपन दिने जोस जाग्यो ।

 सन् २००५ बाट बान्ता गरेर आर्ट बनाउन सुरु गरेकी मिलीले अहिले लाइभ परफर्मेन्स दिँदै आएकी छिन् । लाइभ परफर्मेन्स गर्नु पर्ने भएपछि उनी दुई दिनअघि देखि नै खाना खान बन्द गर्छिन् । जसका कारण उनको पेट पूर्ण रुपमा खाली हुन्छ, ताकि उनलाई जुन रंगले पेन्टिङ गर्नुछ, त्यो पेटको भित्रसम्म पुग्न सकोस् । उनी रंगलाई दुधमा मिसाएर पिउँछिन् । चार लिटरसम्म तरल पदार्थ पिउन सक्ने उनको दावी छ । एउटा रंगको झोल पिएर बान्ता गरेपछि उनले १५ मिनेट जति आराम गर्छिन् । दुई रंग नमिसिउन भनेर यसो गरिएको हो । उनको बान्ता कलाका पारखी बढिरहेका छन् । ती फ्यानमा लेडी गागा समेत पर्छिन् । गागाको एउटा भिडियोमा मिलीले रंगीन बान्ता गरेको दृष्यसमेत देख्न सकिन्छ । 

About the Author

Posted by Unknown on 8:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 8:52 AM. Filed under . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "बान्ता गरेर पेन्टिङ बनाउने युवती"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive