मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Sunday, March 16, 2014
Posted by Unknown

ट्वान्टी २० विश्वकप क्रिकेटमा नेपालको यात्रा वास्तविक सपना, सफलता र ऐतिहासिक क्षण

नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासको १८ वर्षपछि आइतबार बंगलादेशको चित्तागोङस्थित जाहुर अहमद चौधरी स्टेडियममा ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्दैछ ।

नेपालका लागि अहिलेसम्मको ठूलो सफलता हो, ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्नु । यही प्रतियोगिताले नेपाललाई विश्वसामु चिनाउने अवसर समेत जुराउने छ ।

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट माथिल्लो स्तरका राष्ट्रले  खेल्ने क्रिकेट हो र यसको सफलता नेपाललाई छोटो खेल इतिहासमै जुरेको छ । अर्को अन्तर्राष्ट्रिय क्रिकेट ‘एकदिवसीय क्रिकेट’को नजिक पुगे पनि नेपाल त्यसका लागि छनोट हुन असफल भएको थियो ।

आइतबार नेपालले  चिरप्रतिद्वन्दी हङकसँग खेल्दैछ र नेपालको परीक्षा त्यही खेलबाट सुरु हुनेछ । गएको नोभेम्बरमा युएईमा भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटको प्लेअपमा नेपालले हङकङलाई नै पराजीत गर्दै ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको यात्रा तय गरेको थियो । आइतबारको खेलमा नेपालले त्यही खेललाई निरन्तरता दिँदै विश्वकप यात्रालाई अझ मजबुद बनाउन प्रयास गर्ने छ ।

तर, गएको जनवरीमा नै भएको एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा हङकङले नेपालललाई १० विकेटले पराजित गरेको थियो । नेपाललाई पराजित गर्दै हङकङले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाइसकेको छ । पछिल्लो समय हङकङले सुधारिएको प्रदर्शन गर्दै आइरहेको छ भने नेपालको खेलको स्तर केही खस्किएको छ ।

विश्वकपको ६ वर्षे यात्रा

ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न थालेको ६ वर्षपछि नै नेपाल विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको हो । सन् २००७ मा कुवेतमा भएको एसीसी ट्वान्टी ट्वान्टी कपबाट नेपालले औपचारिकरुपमा ट्वान्टी ट्वान्टी क्रिकेट खेल्न थालेको हो । त्यसपछि सन् २००९ मा युईमा भएको एसीसी ट्वान्टी ट्वान्टी कपमा पनि नेपालले सहभागिता जनाएको थियो । तर, त्यतिवेला पनि नेपालले अपेक्षा गरेअनुसारको प्रदर्शन गर्न नसक्दा समूह चरण नै पार गर्न सकेन ।

नेपालले सन् २००९ को एसीसी ट्वान्टी ट्वान्टीमा मलेसिया, युएई, ओमानसँग पराजित भएको थियो । नेपालका लागि ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रवेश गर्न पनि एसीसी ट्वान्टी ट्वान्टी कपमा फड्को मार्नु आवश्यक थियो ।

सन् २०११ मा नेपालले एक अर्थमा त्यो फड्को मार्‍यो । नेपालको त्रिभुवन विश्वविद्यलायको मैदानमा भएको खेलामा नेपाल सेमिफाइनल पुग्यो । त्यतिवेला नेपाल युएईलाई पछि पार्दै सेमिफाइनल पुग्यो र त्योसँगै ट्वान्टी-ट्वान्टी विश्वकपका लागि छनोट भयो ।

त्यसपछि नेपाललाई अर्को चुनौती थियो एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटकै । सन् २०१३ मा पुन काठमाडौमै भएको एसीसी ट्वान्टी ट्वान्टी कप क्रिकेटमा पनि नेपालले अझ सुधारिएको प्रदर्शन गर्‍यो । युएईलाई पराजित गर्दै नेपाल चौथो प्रयासमा सन् २०१३ मा एसीसी ट्वान्टी ट्वान्टी कप क्रिकेटको फाइनलमा पुग्यो ।

तर फाइनलमा भने नेपालले अफगानिस्तानसँग हार व्यहोर्दै दोस्रो स्थानमै चित्त बुझाउन पुग्यो । एकपछि अर्को सफलता हात पार्दै आएको नेपालले ट्वान्टी ट्वान्टी विश्वकप छनोट क्रिकेट खेल्न युएई पुग्यो । नेदरल्याण्ड्स, स्कटल्याड्स, केन्या, पपुवा न्युगिनी, बर्मुडा, डेनमार्क, अफगानिस्तानजस्ता बलिया टोलीसँग खेल्नु पर्ने र विश्वकप क्रिकेटका लागि बाटो खुलाउन सहज थिएन नेपाललाई ।

नेपालले अफगानिस्तान, नेदरल्याण्ड्स र स्कटल्याण्डविरुद्धको खेलमात्रै गुमायो अन्य खेलमा जीत हात पार्‍यो ।  नेपालले त्यसबेला प्लेअपमा हङकङलाई नै हराउँदै ट्वान्टी ट्वान्टी क्रिकेटका लागि छनोट भएको हो ।

तेस्रो एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट कप अघि नेपाली टोली सम्हाल्न आएको हुन्  श्रीलंकाली मुलका क्यानेडेली प्रशिक्षक पुबुदु दसानायके । उनी प्रशिक्षक भएर नेपाल आएपछि नेपालले क्रिकेटमा राम्रो प्रगति गरिरहेको छ ।

सपना सार्थक बनाउने मौका

बंगलादेशको चित्तागोङस्थित जाहुर अहमद चौधरी स्टेडियममा आइतबार साँझ सवा ७ बजे सुरु हुने विश्वकप क्रिकेटमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आफ्नो पहिलो खेलमा जीत हात पार्दै अघि बढ्ने योजनाका साथ मैदान उत्रिदैछ ।

ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न थालेको ६ वर्षपछि पाएको यो उच्च सफलतालाई कायम राख्न नेपाली टोलीलाई बंगलादेशलगायत देश बाहिर रहेका नेपालीहरु तथा नेपालमै रहेका नेपालीहरुको बलियो साथ छ ।

सारा नेपालीले प्रतिक्षा गरेको त्यो सुनौलो दिन, सुनौलो प्रतियोगिता हो यो ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट । कप्तान पारस खड्का टसका लागि मैदान प्रवेश गरेसँगै नेपाल ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने १७ औँ राष्ट्र बन्ने छ ।

यसपटकको विश्वकप क्रिकेटमा १६ टोलीको सहभागिता रहेको छ भने ८ देशले प्रारम्भीक चरण खेल्दैछन् । नेपाल, बंगलादेशसँगै अफगानिस्तान र हङकङ रहेको समूह ए मा छ भने समूह बीमा युएई, नेदरल्याण्ड्स, जिम्बाबे र आयरल्याण्ड छन् ।

एक दिवसीय क्रिकेटमा प्रवेश गर्न असफल भएको पीडा नेपाली टोली र नेपालसँग छ । त्यो पीडालाई बिर्साउने पनि यो मौका हुनेछ । एक दिवसीय क्रिकेटका लागि भएको छनोट खेलमा खराब प्रदर्शनका पछाडि प्रमुख खेलाडी चोटमुक्त हुन नसक्नु नै थियो ।

नेपालले ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि मैदान उत्रिनुअघि बंगलादेशमा खेलेका अभ्यास खेलमा युएई र आयरल्याण्डसँग पराजित भएको थियो ।

यही पराजयलाई हौसलामा बदल्दै ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सुधारिएको प्रदर्शन गर्दै विजयी हात पार्दै अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई चिनाउने अवसर हुनेछ ।   बंगलादेशमामा जित हात पार्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गर्न सके नेपाली क्रिकेटका लागि ठूलो सफलता हुनेछ ।

About the Author

Posted by Unknown on 3:16 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 3:16 AM. Filed under , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for " ट्वान्टी २० विश्वकप क्रिकेटमा नेपालको यात्रा वास्तविक सपना, सफलता र ऐतिहासिक क्षण"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली