Published On:Sunday, March 30, 2014
Posted by Unknown
पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै
१६ चैत, काठमाडौं । ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । आइतबार भएको सुपर टेनको तेस्रो खेलमा घरेलु टोली बंगलादेशलाई ५० रनले पराजित गरेको छ ।
समूह बीबाट भारत अन्तिम खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ । वेष्टइण्डिज ४ अंकका साथ दोस्रो स्थानमा छ भने समान अंक जोडेको पाकिस्तान रन रेटका आधारमा तेस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तान र वेष्टइण्डिज एकआपसमा भिड्ने छन् । लगातार दुई हार व्यहोरेका अष्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् ।

मिरपुरमा पहिले व्याटिङ गरेको पाकिस्तानले अहमद शहजादको शतकको मदतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९० रन बनायो । ६२ बलको सामना गरेका शहजाद १० चौका र पाँच छक्काको मदतमा १ सय ११ रनमा अविजित रहे । उनी म्यान अफ दि म्याच बने । शोएब मल्लिकले २५ रन बनाए भने शाहिद अफि्रदीले ९ बलमा २२ रन जोडे ।
जवाफमा बंगलादेश २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रनमा समेटियो । उसका लागि सकिव अल हसनले ३८ रन जोडे पनि टोलीको हार टार्न सकेनन् ।
पाकिस्तानका उमर गुलले ३० रन दिएर ३ विकेट लिए भने सइद अजमलले २ विकेट लिए ।