Published On:Friday, March 28, 2014
Posted by Unknown
अप्ठयारोमा फुलेको नेपाली क्रिकेट
Chetan Pandey(चेतन पाण्डे द्वारा लेखित )- भनिन्छ, खेलकुद त्यस्तो क्षेत्र हो, जहाँ धनी–गरिब, कमजोर–बलिया बीच विभेद हुँदैन। सबै शानले एउटै मैदानमा उभिन्छन्। तर, क्रिकेटको हकमा सतप्रतिसत यो भनाइ लागू हुँदैन।
अन्य खेल निकायझैं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) पनि रंगभेदी नीतिको कट्ट्र समर्थक हो। कुनै खेलाडीले अर्को खेलाडीको रंगका बारेका बोलेको खण्डमा मात्रै आइसीसीको कारवाही सामना गर्नु पर्छ। रंगका बारेमा उदार देखिए पनि आइसीसी कमजोर र बलियाका मामिलामा उदार छैन। आइसीसी चलाउन लगानी गर्नेको इशारामा यसले काम गर्छ, वर्षौदेखि लाग्दै आएको आरोप हो यो।
यथार्थ, यही हो। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआइ) आइसीसीको सबैभन्दा ठूलो लगानीकर्ता हो। भारतीय बजारले आइसीसीको हरेक निर्णयको नियन्त्रण गर्छ। आइसीसीले क्रिकेट प्रसारण अधिकारबाट अर्वौ डलर कमाउने गर्छ, त्यसको प्रमुख बजार भारत नै हो। अनि अरु केही मुलुक।
भारत अनि त्यसपछि केही अंशमा अस्ट्रेलिया, अक्षिण अफ्रिका र इंग्ल्यान्ड कै इशारामा आइसीसीको निर्णय प्रभावकारी बन्ने गर्छ।
ठूला मुलुकको हेपाहा प्रवृति नदेखिएको भए आज टि२० विश्व कपमा सानदार प्रदर्शन गरेपनि नेपाल यति चाँडै घर फकर्नु पर्ने थिएन। टिम नेपाल बंगलादेश उड्दा नै सबैलाई थाहा थियो, विश्व कपको हाम्रो यात्रा कहाँ टुंगिन्छ भन्ने।
टेस्ट खेल्ने भनिएका ठूला मुलुकहरुलाई एसोसियट मुलुकसँग खेलेर समय बर्बाद गर्न मन लागेन वा उनीहरुले चाहना देखाएनन्, आइसीसीले हामी जस्ता टोलीलाई दोस्रो दर्जामा राखिहाल्यो। आइसीसीले रंगभेदभन्दा पनि चित्त दुख्दो नियम बनायो, अनि नेपाल जस्ता टोलीलाई विश्व कपमा स्थान दिए जस्तो देखायो। अर्कोतर्फ टेलिभिजन प्रसारकले विज्ञापन बटुल्न नसक्ने खेलहरु कम गराउन बाध्य बनाएपछि पनि आइसीसीले विश्व कप जस्तो विशिष्ठ प्रतियोगितामा विभेदपूर्ण खेल तालिका बनायो। हाम्रा मुलुक जस्ता टोलीलाई लोप्पा ख्वायो।
वास्तवमा भन्ने हो भने नेपाल जस्ता मुलुकका लागि यो विश्व कप असली विश्व कप होइन। सधैं टिभीमा देखिइरहेका टेस्ट मुलुकका खेलाडीहरु विरुद्ध ब्याटिंग र बलिंग गर्न मात्र पाएका भए हाम्रा लागि त्यो वास्तवमा नै सपनाको विश्व कप हुन्थ्यो। हामीलाई आइसीसीले अति नराम्रोसँग झुक्कायो, जसरी एउटा सानो बालकलाई झुक्काएर मासु भनेर आलु ख्वाइन्छ।
आइसीसीले विभेदकारी नीति नबनाएको भए मनमा खालीपना बोकेर टिम नेपाल स्वदेश फर्कनु पर्दैन्थ्यो। हाम्रा खेलाडीहरु अझै केही दिन बंगाली रणभुमिमा डटिरहेका हुन्थ्ये, थप सुनौलो इतिहास कोरिरहेका हुन्थ्ये। तर, जति अवसर पाइयो, टिम नेपालले त्यसको भरपुर फाइदा उठायो।
हुन त, यो विश्व कपमा नेपालले आफूसँग खेलिरहने मुलुकहरुलाई नै हरायो। तर, नेपालले जुन मैदानमा जित दर्ता गरायो, त्यहाँबाट प्रभाव हुने सन्देशको महत्व बेग्लै हुन्छ। लामो समयदेखि नेपाललाई जितबाट बंन्चित गराइरहेको अफगानिस्तानलाई हराउनु विश्व कप यात्राको सबैभन्दा मिठो जित बन्यो।
नेपाली टोलीले आफ्ना केही कमजोरीमाथि जित पाउनसक्ने हो भने योभन्दा ठूला सफलता टाढा छैन, जस्तो लाग्न थालेको छ। नेपालको टि२० विश्व कपको सफल यात्रामा खेलाडीको अथक मेहनत त छदैछ, साथै प्रशिक्षक पुबुदु दसानायकेको योगदान पनि बिर्सन मिल्दैन।
विश्व कपमा सहभागिता जनाउनु मात्र होइन आफ्नो उपस्थितिलाई सम्झनलायक समेत बनाएको नेपाली क्रिकेटलाई अब विद्यमान संरचनामा नै अगाडि बढाउने भुल गर्नु हुँदैन। मरि सकेको क्लब क्रिकेटलाई अब फेरी ब्यँुताउनु त पर्छ नै प्रतियोगिता आयोजनामा पनि व्यापक सुधारको खाँचो छ। अनि टि२० को प्रिमियर लिग त हुनै पर्छ, त्यो पनि स्तरिय रुपमा।
सरकारले भौतिक पूर्वाधार तथा रंगशाला निर्माणमा चासो देखाइ सकेको छ। फलाम ताति सकेको छ, घनले हिर्काउन मात्र बाँकी छ। सम्बन्धित निकायले यो मौकालाई अवसर र चुनौतीका रुपमा लिनसक्यो भने मात्र समयमै रंगशाला बन्नेछ, अनि क्रिकेट विकासले गति पनि लिनेछ। मोफसलमा पनि क्रिकेट पूर्वाधार निर्माण हुनु पर्छ। नाम मात्रमा मोफसलमा नत्र पूर्णरुपमा काठमाडौंकै सेरोफेरोमा घुमिरहेको क्रिकेट विकेन्द्रित हुनै पर्छ। नत्र साँघुरो घेरामा बन्दि बनेको खण्डमा अब खोजिने नतिजा यो संरचनाको क्रिकेटले दिन सक्दैन।
स्तरिय विदेशी क्लब तथा राष्ट्रिय टोलीहरुसँग नियमित खेल्न पाएको खण्डमा पनि खेलाडीको स्तरमा व्यापक सुधार आउँछ नै, मनोबल पनि बढ्छ नै। यो विश्व कपमा हाम्रा ब्याट्सम्यानहरु लामो सट खेल्न केही असमर्थ देखिए। त्यसको एकमात्र कारण स्तरिय टोलीहरुसँग अभ्यासमा कमी नै हो। नेपाली ब्याट्म्यानहरु खुल्न सके भने लामो सट पनि खेल्न सक्छन् भन्ने त देखिएकै छ। यो विश्व कप टिम नेपालका लागि अनुभव संगाल्ने थलो बन्यो, अब क्यानले अनुभवहिन टिम नेपाललाई अनुभवी टोली बनाउन तर्फ ध्यान दिनु पर्छ। ठट्टै–ठट्टामा यति धेरै सफलता कमाइसकेको नेपाली क्रिकेट टोलीप्रति अब राज्य नै गम्भीर बन्नसक्नु पर्छ, नतिजा दिलाउँदा मात्र होइन।
साथै, अफगानिस्तानमाथिको रवाफिलो जितसँगै नेपालले स्वादिलो रुपमा विश्व कपको यात्रा टुंगायो। यसले हरेक नेपालीलाई गौरवान्वित त बनायो नै, यो विश्व कपमा टिम नेपालको प्रदर्शनले अन्य धेरै उपलब्धि पनि दिलाएको छ।
के तराई, के पहाड अनि के हिमाल। हरेक बलसँगै सबैको धड्कनको चाल एउटै रह्यो, सबैको तालीको लय एकै रह्यो, सबैको हात एकै पटक छातिमा पुग्यो, सबैको श्वास एकै पटक रोकियो। न जातियता, नतै संघीयता अनि कत कुनै भेदभाव सबैको चाहना एउटै थियो, नेपालको जित। क्रिकेट बुझ्ने त रमाए नै, नबुझ्ने पनि नेपालको जितमा हर्षविभोर बने। यसरी राज्य अनि हरेक जनतालाई एकआपसममा बाध्नसक्ने खेल क्षेत्रलाई वेवास्ता गर्न राज्यलाई कदापि सुहाउँदैन।
फेरी एक पटक सलाम गर्नै पर्छ, ति खेलाडीलाई जसले सारा नेपालीलाई खुशी हुने बहाना दिए। हामीलाई नेपाली हुन पाएकोमा गौरवान्वित बनाए। सलाम! कप्तान पारस खड्काको टोलीलाई।