Published On:Saturday, March 29, 2014
Posted by Unknown
सिटीले आर्सनलसँग अंक बाँड्यो
म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिग लिडर चेल्सी क्रिष्टल प्यालेससँग १–० ले पराजित भएको केही घण्टापछि सिटी आर्सनलसँग भिडेको थियो ।
तर, आर्सनलसँग १–१ को बराबरीमा रोकिएपछि सिटीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । चेल्सीको ३२ खेलबाट ६९ अंक छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ३१ खेलबाट ६८ र सिटीको ३० खेलबाट ६७ अंक भएको छ । आर्सनल ३२ खेलबाट ६४ अंकका साथ चौथो स्थानमा छ ।
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा सिटीले १४ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको थियो । तर, ५३ औं मिनेटमा फ्लामिनीले आर्सनलका लागि बराबरी गोल फर्काए ।