मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Friday, March 28, 2014
Posted by Unknown

छोरीको निधनमा बरर्र खसे प्रचण्डका आँसु

 जेठी छोरी ज्ञानु केसीको बिहीबार निधन भएपछि दिउँसो आर्यघाटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भावुक भेटिए।

पशुपति प्राङ्गणमा उनकी छोरीको मृत शरीर पार्टीको झण्डा ओढाएर राखिएको थियो।

ज्ञानुका दुई छोरी ‘नजानू न ममी’ भन्दै अनवरत रोइरहेको दृश्यले आर्यघाट आएका सर्वसाधारणको आँखा पनि रसाएका थिए। छोरीको लास राखिएको छेउको पाटीमा दाहाल नातिनीहरुको आर्तनाद सुन्दै आँखाभरि आँसु बनाइरहेका थिए। दाहालका वरिपरि उनका श्रीमती, छोरीज्वाइँहरु र आफन्तहरु पनि शोकमुद्रामा थिए।

श्रद्धान्जलीका लागि चढाएका मालाले छोरीको लास पुरिइसकेको थियो। तैपनि बेलाबेला दाहाल तन्केर त्यतै हेर्दै थिए। दाहालले आफ्नी छोरी जाँदा आँसु थाम्न सकेनन्।

ज्ञानु केसीको बिहीबार बिहान पौने १२ बजे निधन भएको थियो। उनी १० वर्षयता स्तन क्यान्सरले पीडित थिइन्। उनलाई नेपालमात्र होइन, भारत र अमेरिका लगेर गरिएको उपचारले समेत निको पार्न सकेन।

पछिल्लो समय भारतमा उपचार गराइरहे पनि डाक्टरले रोग निको हुन नसक्ने भनेपछि नेपाल ल्याइएको थियो। नेपाल ल्याएपछि ज्ञानुलाई ओम अस्पतालमा डाक्टरहरुको निगरानीमा राखिएको थियो।

लामो समयसम्म अस्पतालमा राखिएकी उनलाई बुधबार बेलुका ओम अस्पतालबाट घर ल्याइएको थियो।

‘निकै पछि, बिहानभरि ठूलोबुवा, आमाहरु र दिदीहरु सपरिवार बसेर गफ गर्दै चिया खाइरहनु भएको थियो, अकस्मात दिदीलाई बिमारले च्यापेर अस्पताल लगिएको थियो, त्यहीँ दिदी बित्नुभयो,’ आर्यघाटमा आएकी दाहालकी भतिजीले भनिन्।


दाहालपुत्री ज्ञानुलाई श्रद्धान्जली दिन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य पनि आएका थिए। दाहाल बसेको पाटीको बेन्चमा दाहिने र देब्रेतिर मोहन वैद्य र बाबुराम भट्टराई शोकमुद्रामा बसेका थिए। पार्टी फुटेर टाढिएका उनीहरु शोकमा एकै ठाउँमा भेटिए।

एमाओवादी नेताहरु वर्षमान पुन, ओनसरी घर्ती, हिसिला यमी, टोपबहादुर रायमाझीलगायत नेताकार्यकर्ता र पत्रकारहरुको पनि बाक्लै भिड थियो।

अन्तिम दर्शनका लागि आर्यघाटको छेउमा राखिएकी ज्ञानुलाई चितामा राखेपछि हिन्दु संस्कार अनुसार उनका श्रीमान अर्जुन केसीले दागबत्ती दिएका थिए।

दागबत्ती दिएर फर्किँदै गर्दा दाहाललाई भेट्न एमाले नेता माधव नेपाल आर्यघाट पुगेका थिए।

About the Author

Posted by Unknown on 12:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 12:50 AM. Filed under . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for " छोरीको निधनमा बरर्र खसे प्रचण्डका आँसु"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली