News Ticker

sports

बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु

Posted by Unknown | Monday, October 13, 2014 | Posted in

काठमाडौंको बबलमहलमा सोमबार साँझ भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । उनीहरू मध्ये दुर्इको अवस्था गम्भीर छ ।





बनेपाबाट काठमाडौं आउँदै गरेको बा १ ख ८६७६ नम्बरको मिनीबसले काठमाडौं जिल्ला अदालत अगाडि चार बटा मोटसाइकल बा ५६ प ५३३८, बा ३२ प २३७६, बा ३७ प ७६३९ र बा ६२ प ३६९८ लाई ठक्कर दिएको थियो ।  तिव्र गतिमा रहेको बस अनियन्त्रित भएर भिडाइडरमा ठोक्किएर पल्टिएको र मोटरसाइकलहरूलार्इ किचेको दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए । मृतक मध्ये महोत्तरीका तिलकुमार गौतम र बाराको मकदुद मियाँ ठाकुरायनको सनाखत भएको छ । अर्का एकको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा कैलाली पदमप्रसाद शर्मा र पाँचथर यमकुमार मगर गम्भीर घाइते भएका छन् । उनीहरूको शिभिल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा सिन्धुपाल्चोका चिउरे बाइबा, धादिङकी देविका लामा, कीर्तिपुका निमेश नकर्मी, मैतिदेवीका आशिष काफ्ले, ललितपुर भैसेपाटीका ठकुन्ना श्रेष्ठ र न्यूरोडका नानु श्रेष्ठ पनि घाइते भएका छन् ।

साउदीमा ‘मृत्यु भएकी’ महिला नेपालमा जीवितै

Posted by Unknown | Wednesday, April 9, 2014 | Posted in , , ,

साउदी अरब– बीस महिनाअघि आत्महत्या गरेकी एक घरेलु कामदार नेपाली महिलाकोे शव सद्गत भइनसक्दै उनी नेपालमा ज्युँदै रहेको पाइएको छ।नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लेखित ठेगानाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनी जीवितै रहेको जानकारी प्राप्त भएको हो।


कागजपत्रअनुसार नेपाली राहदानी नम्बर ४००५६०५ का लमजुङ जिल्ला प्याराजुंग गाविस– ८ निवासी ४२ वर्षीय दुर्गाकुमारी गुरुङ घरेलु कामदारका रूपमा सन् २०११ डिसेम्बर ७ मा साउदी अरब आएकी थिइन्। त्यसको ८ महिना १३ दिनपछि २०१२ अगस्ट २० मा उनले आत्महत्या गरिन्। लमजुङ जिल्ला प्रशासन कार्यालयबाटै प्रदान गरिएको राहदानी र नागरिकता मृतकको साथमै फेला परेका थिए। त्यसमा उनकै तस्बिर छ। यसले नेपाली राहदानीको दुरुपयोग खुलासा गरेको छ।
उनको नागरिकता लमजुङ जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी जेपी अर्यालको हस्ताक्षरमा जारी गरिएको उल्लेख छ। नागरिकता नम्बर ४५२६३/४८७ भएको र जन्ममिति २०२६ कात्तिक २८ गते उल्लेख गरिएको नागरिकता प्रमाणपत्रमा बाबुको नाम हेमराज गुरुङ लेखिएको छ।
सन् २००८ जुन २९ मा जारी गरिएको र २०१८ जुन २८ सम्म म्याद रहेको राहदानीमा निकटतम नातेदारका रूपमा देवराज गुरुङको नाम छ। राहदानीमा गुरुङको जन्ममिति सन् १९७० जुलाइ २८ उल्लेख छ। यो जन्ममिति नागरिकतामा उल्लेखितभन्दा ८ महिना १५ दिन फरक पाइएको छ।
राहदानी र नागरिकतामा भएको विवरणका आधारमा दूतावासले सोधखोज गर्दा जिल्ला प्रशासन कार्यालय लमजुङले ...दुर्गाकुमारी गुरुङ विदेश नगएको र हालसम्म गाउँमै बसोबास गरिरहेको' पत्र पठाएको थियो।
दूतावासका अनुसार मृतक महिला भारतीय हुनसक्ने र उनी विदेशमा महिला बेचबिखन गर्ने गिरोहमार्फत साउदी अरब आएकी हुनसक्छिन्। उनले सम्पर्क गरेका टेलिफोन र मोबाइल नम्बरमा भारतीय कोड नम्बर भएकाले पनि उनी भारतीय भएको अनुमान गरिएको हो। मृतक महिलाले ००९१–७११०४४०५१, ००९१–९४०४९६६४३९ लगायत नम्बरमा फोन गरेको पाइएको छ। उनले पैसासमेत भारततर्फ नै पठाउने गरेको उनको मालिकले बताएका छन्।
मृतक नेपाली नागरिक नभएको दूतावासले पुष्टि गरेपछि उनको शव बेवारिसे भएको छ। सनाखत हुन नसकेको शवलाई साउदी सरकारले देश बाहिर लान अनुमति नदिने भएकाले बेवारिसेसरह मुस्लिम संस्कारअनुसार दफन गरिने छ।
दूतावासका अनुसार नेपाली नागरिकले नै अन्य नेपालीको राहदानी प्रयोग गरेर आएको भए राहदानीबमोजिमै सनाखत गरेर नेपाल पठाउने र काठमाडौं विमानस्थलमा मृतकको सम्बन्धित नातेदारलाई नै बुझाउने गरिएको छ। त्यसैगरी मृतकले पाउने बिमा रकमसमेत सम्बन्धित हकदारलाई नै उपलब्ध गराउने गरिएको छ।
दूतावासमा नेपाली राहदानी लिएर भारत हुँदै साउदी अरबमा आउने नेपाली मात्रै नभई भारतीय महिलासमेत प्रशस्त पाइएको छ। दूतावासका अनुसार अन्य मुलुकका महिला भए पनि नेपाली राहदानी भएकै कारण साउदी सरकारले नेपाली दूतावासलाई जिम्मा लगाउने गरेको छ। उनीहरूलाई मानवताका आधारमा दूतावासले उद्धार गर्दै आएको छ। नेपाली राहदानीमा विशेष गरेर भारतीय महिला आउने गरेका छन्।

एक बर्षसम्म ब्यस्त सडकमै झुण्डीएको शव कसैले नदेख्दा

Posted by Unknown | Thursday, April 3, 2014 | Posted in , , , , , ,

 काठमाडौं, २० चैत्र (एजेन्सी) : चीनमा एक व्यक्तिको शव एक वर्षसम्म होर्डिङबोर्डमा झुन्डिरह्यो, तर कसैको पनि ध्यान त्यतातिर गएन । शवलाई जब बोर्डबाट उतारियो, त्यसवेला अस्थिपञ्जरबाहेक केही पनि बाँकी थिएन । बोर्ड मर्मतका लागि गएका मजदुरले त्यसमा लास झुन्डिएको थाहा पाएका थिए ।


प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले बोर्डमा झुन्डिएर कसैले आत्महत्या गरेको हुन सक्ने बताएको छ । शव भेटिएको बोर्ड भएको सडक चीनको डेजियांग प्रान्तको डोंगयांग सहरको राजमार्ग हो । जहाँ दैनिक हजारौँ गाडी गुड्छन् । स्थानीय प्रहरीका अनुसार उक्त सडक धेरै व्यस्तमध्येको एक हो ।

प्रहरीको अनुमान छ, वर्षभरिमा कैयौँ मानिसले शव देखे होलान्, तर उनीहरूले विज्ञापनका लागि गरिएको ‘स्टन्ट’ सम्झेर पुलिसलाई खबर नगरेका होलान् ।

प्रहरी अधिकारीका अनुसार शव चिन्न सम्भव छैन । यो पूरै सडिसकेको छ । तर, अनुसन्धानका लागि फोरेन्सिक जाँचमा पठाइएको छ । मृतकको शरीरको मासु चराले खाइसकेको प्रहरीले अनुमान गरेको छ ।

डाक्टरले नमानेपछि बिरामीले घरमै बञ्चरोले काटे हात

Posted by Unknown | Saturday, March 29, 2014 | Posted in , ,

मोटसाइलक दुर्घटनामा परेर घाइते भएको हातले १६ बर्षदेखि दुःख दिइरहेको थियो बेलायतका ४४ बर्षिय मार्क गोडर्डलाई ।

बायाँ हातमा लागेका घाउ १६ बर्षसम्म निको बनाउन नकसेपछि उनी बिरक्त थिए । हात काटन उनले डाक्टरलाई आग्रह पनि गरेका थिए, तर डाक्टरले काट्नु नपर्ने भन्दै अस्वीकार गरिदिए ।


तर, उनले आफ्नो पीडालाई यसै बिर्सनेवाला थिएनन् । त्यसका लागि उनले घरेलु उपाय अपनाए । उनले घरमै इलेक्ट्रीक बञ्चरो बनाए र आफ्नो बायाँ हातलाई त्यहाँ राखेर काटिदिए ।

घरमा कोही नभएका बेला उनले यस्तो हर्कत गरेका थिए । १० मिनेटपछि आएकी श्रीमती आत्तिदै आकस्किम नम्बरमा फोन गरेर सहायता मागिन् । तर, प्रहरी र चिकित्सकको टोली आइपुग्दासम्म उनको काटिएको हात मरिसकेको थियो ।

तर, मार्कले यसका लागि पुरै तयारी गरेका थिए । उनले हात काटदा नदुखोस् भनेर ४४ वटा पेन किलर खाएका थिए ।

‘पीडा अन्त्य गर्न यो चरम अवस्थामा जानु पर्ने थिएन । विकल्पहरु थिए । तर, अस्पतालमा कसैले मलाई सहयोग गरेनन् ।’ उनले गुनासो गरे ।

डाक्टरसित आक्रोशित मार्कले उनीहरुलाई देखाउनकै लागि भएपनि आफैले अप्रेसन गरेको बताए । ‘उनीहरुले मेरो हात अप्रेसन गर्न सकिन्न भने, तर मैले घरमै अप्रेसन गरेर त्यो पिडाबाट मुक्ति पाएँ ।’ उनले भने । यो घटनामा उनले दुई पिन्ट रगत गुमाएका छन् ।

काठमाडौबाट झापा जाँदै गरेको बस दुर्घटना,एकको मृत्यु, सोह्र घाइते

Posted by Unknown | Friday, March 28, 2014 | Posted in


पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर–६ स्थित सडकखण्डमा आज बिहान सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

घाइतेमध्ये छजना यात्रुको अवस्था गम्भीर छ। काठमाडौबाट काँकडभिट्टातर्फ जाँदै गएको ना.४ख ३७८८ नम्बरको यात्रुवाहक बसले सडकमै रोकिराखेको ना.२ख ९६०९ नम्बरको मालवाहक ट्रकलाई उछिन्ने क्रममा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी बसमा सवार भारतको जलपाईगुरी निवासी २६ वर्षीया रश्मी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

 दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङको सप्तरीको नकटी रायपुरस्थित युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 घाइते भएका सातको लहानस्थित अस्पतालमा, सातको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तथा दुईजना युनिक अस्पतालमा उपचार भइरहेको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो।

 दुर्घटनाग्रस्त बस र ट्रकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ। रासस

छोरीको निधनमा बरर्र खसे प्रचण्डका आँसु

Posted by Unknown | | Posted in

 जेठी छोरी ज्ञानु केसीको बिहीबार निधन भएपछि दिउँसो आर्यघाटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भावुक भेटिए।

पशुपति प्राङ्गणमा उनकी छोरीको मृत शरीर पार्टीको झण्डा ओढाएर राखिएको थियो।

ज्ञानुका दुई छोरी ‘नजानू न ममी’ भन्दै अनवरत रोइरहेको दृश्यले आर्यघाट आएका सर्वसाधारणको आँखा पनि रसाएका थिए। छोरीको लास राखिएको छेउको पाटीमा दाहाल नातिनीहरुको आर्तनाद सुन्दै आँखाभरि आँसु बनाइरहेका थिए। दाहालका वरिपरि उनका श्रीमती, छोरीज्वाइँहरु र आफन्तहरु पनि शोकमुद्रामा थिए।

श्रद्धान्जलीका लागि चढाएका मालाले छोरीको लास पुरिइसकेको थियो। तैपनि बेलाबेला दाहाल तन्केर त्यतै हेर्दै थिए। दाहालले आफ्नी छोरी जाँदा आँसु थाम्न सकेनन्।

ज्ञानु केसीको बिहीबार बिहान पौने १२ बजे निधन भएको थियो। उनी १० वर्षयता स्तन क्यान्सरले पीडित थिइन्। उनलाई नेपालमात्र होइन, भारत र अमेरिका लगेर गरिएको उपचारले समेत निको पार्न सकेन।

पछिल्लो समय भारतमा उपचार गराइरहे पनि डाक्टरले रोग निको हुन नसक्ने भनेपछि नेपाल ल्याइएको थियो। नेपाल ल्याएपछि ज्ञानुलाई ओम अस्पतालमा डाक्टरहरुको निगरानीमा राखिएको थियो।

लामो समयसम्म अस्पतालमा राखिएकी उनलाई बुधबार बेलुका ओम अस्पतालबाट घर ल्याइएको थियो।

‘निकै पछि, बिहानभरि ठूलोबुवा, आमाहरु र दिदीहरु सपरिवार बसेर गफ गर्दै चिया खाइरहनु भएको थियो, अकस्मात दिदीलाई बिमारले च्यापेर अस्पताल लगिएको थियो, त्यहीँ दिदी बित्नुभयो,’ आर्यघाटमा आएकी दाहालकी भतिजीले भनिन्।


दाहालपुत्री ज्ञानुलाई श्रद्धान्जली दिन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य पनि आएका थिए। दाहाल बसेको पाटीको बेन्चमा दाहिने र देब्रेतिर मोहन वैद्य र बाबुराम भट्टराई शोकमुद्रामा बसेका थिए। पार्टी फुटेर टाढिएका उनीहरु शोकमा एकै ठाउँमा भेटिए।

एमाओवादी नेताहरु वर्षमान पुन, ओनसरी घर्ती, हिसिला यमी, टोपबहादुर रायमाझीलगायत नेताकार्यकर्ता र पत्रकारहरुको पनि बाक्लै भिड थियो।

अन्तिम दर्शनका लागि आर्यघाटको छेउमा राखिएकी ज्ञानुलाई चितामा राखेपछि हिन्दु संस्कार अनुसार उनका श्रीमान अर्जुन केसीले दागबत्ती दिएका थिए।

दागबत्ती दिएर फर्किँदै गर्दा दाहाललाई भेट्न एमाले नेता माधव नेपाल आर्यघाट पुगेका थिए।

बेपत्ता जहाज सम्पर्क विच्छेदपछि पनि चार घन्टा उडेको अमेरिकी दाबी

Posted by Unknown | Thursday, March 13, 2014 | Posted in

 बेपत्ता मलेसियन एयरलाइन्सको विमानबारे खोजबिन गरिरहेको अमेरिकी अनुसन्धानकर्ताहरुको टोलीले हवाई उड्डयन कक्षसँगको अन्तिम सम्पर्कपछि पनि उक्त जहाज चार घन्टा उडेको हुनसक्ने सम्भावना व्यक्त गरेको छ। बिहीबारसम्म दर्जन देशका ४२ पानीजहाज र ३९ विमानले उक्त बेपत्ता विमानको खोजी गरिरहेका छन्।

रोयटर्सले वाल स्ट्रिट जर्नललाई उद्धृत गर्दै लेखेअनुसार अमेरिकी उड्डयन अनुसन्धानकर्ता र सुरक्षा अधिकारीले बोइङको इन्जिनबाट स्वतः प्राप्त हुने जानकारीका आधारमा उक्त जहाज जम्मा पाँच घन्टा उडेको बताएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरबाट आइतबार सखारै बेइजिङतर्फ उडेको उक्त जहाज एक घन्टापछि नै सम्पर्कविच्छेद भएको थियो। यस आधारमा हवाई उड्डयन कक्षसँग सम्पर्क टुटेको अर्को चार घन्टासम्म उक्त जहाज उडेको थियो।

आधुनिक हवाई इतिहासकै रहस्यमय उक्त दुर्घटनाको सत्यतथ्य छैँटौँ दिनसम्म पनि हात लाग्न सकेको छैन। जहाज हराएको छैटौ दिन थुप्रै विमानहरुले चीन र नजिकका समुद्रमाथि उक्त जहाजको खोजी गरिरहे पनि कुनै सुराकी लाग्न सकेको छैन।

न्युयोर्क टाइम्सका अनुसार मलेसियाली सेनाले उक्त जहाजको आपतकालीन संकेत सुरुमा बेवास्ता गरेको स्वीकार गरेको छ। संकटमा परेपछि उक्त विमानले पठाएको आपतकालीन संकेत मलेसियाली सेनाको उड्डयन कक्षमा आए पनि उनीहरुले त्यस्ता संकेतमा ध्यानै दिन सकेनन्।

अमेरिकी अनुसन्धानकर्ताको पछिल्लो सूचनाअनुसार यदि उक्त जहाज पाँच घन्टा उडेको भए थप २२ सय माइल टाढा पुगेको हुनुपर्छ। त्यत्ति दूरीमा उक्त जहाज पाकिस्तान, हिन्द महासागरका कुनै भुभाग वा उत्तरतर्फ उडेको भए मंगोलियासम्म पुग्नसक्छ।

अमेरिकी अनुसन्धानकर्ताको यो सूचनालाई मलेसियन एयरलाइन्सका अधिकारीले पुष्टि गरेका छैनन्। त्यस्तै बोइङ ७७७ को इन्जिन उत्पादनकर्ता रोल्स रोयस कम्पनीकी वरिष्ठ अधिकारीले यसबारे कुनै प्रतिक्रिया दिएनन्। यसअघि मलेसियन एयरलाइन्सले हवाई सम्पर्क विच्छेद भएपछि रोल्स रोयसको इन्जिनले पनि संकेत पठाउन छाडेको जानकारी दिएका थिए।

मलेसियामाथि दबाब
जहाज दुर्घटनाबारे कुनै तथ्य पत्ता लगाउन नसकेपछि चीनले मलेसियालाई खोजी कार्यको समन्वयमा सुधार ल्याउन दबाब दिएको छ। जहाजमा चढेकामध्ये दुई तिहाइ यात्रु चिनियाँ थिए। चिनियाँ प्रधानमन्त्री ली केयाङले बेइजिङमा पत्रकार सम्मेलनमा बोल्दै ‘सम्बन्धित पक्ष’सँग समन्वयको माग गरेका छन्। त्यस्तै चिनियाँ उड्डयन प्रमुखले मलेसियाबाट सहज सूचना चाहेको बताएका छन्। दुर्घटनाबारे मलेसियाली छानबिनको आलोचना भइरहेको छ।

भियतनामी र मलेसियाली जहाजले समुद्रमाथि खोजबिन गरिरहेका छन् भने एउटा स्टाटेलाइटले समुद्रमा तीनवटा शंकास्पद वस्तु तैरिरहेको तस्बिर खिचेको छ। तस्बिर खिचेको स्थान विमानले सम्पर्क गुमाएको ठाउँनजिक छ।

दक्षिण चिनियाँ समुद्रनजिकको उक्त स्थानमा जहाजहरुले खोजबिन गरिरहे पनि कुनै पनि वस्तु भेट्न नसकेको खोजी कार्यमा सँगै रहेका रोयटर्सका एक पत्रकारले बताए। मलेसियन हवाई सेना प्रमुखले भने बुधबार थाईल्यान्डको फुकेटनजिकैै जहाजजस्तै एउटा संदिग्ध वस्तु राडारको संकेतमा आएको बताएका छन्।

बोइङ ७७७ अहिलेसम्मकै उत्कृष्ट सुरक्षा रेकर्ड भएको विमान मानिन्छ।

किचनमा ‘सु’ गरेको भेटिएपछि पिजाहट बन्द

Posted by Unknown | Thursday, February 20, 2014 | Posted in ,

यदि तपाई पिज्जा खानुहुन्छ भने यो अब होशियार हुनुस् । जुन पिज्जा तपाई स्वाद मानेर खानुहुन्छ, त्यो यसरी पनि बन्न सक्छ ।

खबर भर्जिनियाको हो । पिज्जा हट आउटलेटका एक कर्मचारीलाई हात धुने ठाउँमा सुसु गर्दै गर्दा पक्राउ गरिएको छ । उनको यो घटिया हर्कत अनुगमनका क्रममा सीसीटीभी फुजेटमा देखिएको थियो ।

घटना लगतै त्यहाँको स्वास्थ्य विभागले पिज्जा हट बन्द गर्न आदेश दिएको छ । कम्पनीले भने कर्मचारीको व्यवहारप्रति दुःख व्यक्त गर्दै उनलाई तत्काल सेवाबाट बर्खास्त गरेको छ ।

ब्रेष्ट सर्जरीले ब्रेष्ट सर्जरीले निम्त्याएको यो दुखद् कहानीनिम्त्याएको यो दुखद् कहानी

Posted by Unknown | Wednesday, February 5, 2014 | Posted in

ब्रेस्ट सर्जरीको असर लिन्डा पेरेजले भन्दा बढी अरु कसैले बुझ्न सक्दैनन् । मियामीकी १९ वर्षीया लिन्डाले २०१३ अगष्टमा बक्षस्थल आकर्षक बनाउन सजरी गरेकी थिइन् । जसको केही घण्टामै उनी कोमामा गइन् । उनी अहिले कोमाबाट बाहिर त आएकी छिन् तर, अरुको सहारा विना न चल्न सक्छिन् न बोल्न । उनको शरीर निकै कमजोर भएको छ । 




चिकित्सकहरुले उनी अब ठिक हुनेमा आशंका गरेका छन् । उनकी आमाले भने अझै आश मारिसकेकी छैनन् । मियामी होराल्डलाई लिएको अन्तर्वार्तामा लिन्डाकी आमा मरिलाले भनिन्–मलाई अझै आश छ, किनकी उ जीउँदैछे र घरमै छे ।’ लिन्डा डिप्रेसनमा गएकी छिन् र हरेक समय रोइरहन्छिन् । लिन्डाले १८ वर्षको उमेरमा अगष्ट २०१३ मा ब्रेस्ट इनलार्ज सजरी गरेका थिइन् । सर्जरी गरेको एक घन्टामै उनको दिमागले काम गर्न छाड्यो र कोमामा गइन् । दुई महिनासम्म अस्पतालमा राखेर उपचार गरेपछि कोमाबाट निकालिएको छ । लिन्डाको सर्जरी गर्ने डाक्टरले उनको पुरानो रेकर्डहरु हेरिरहेका छन् । उनको आशंका छ कि सर्जरी गर्नुअघि लिन्डाले आफ्नो शारीरसँग जोडिएको महत्वपूर्ण जानकारी भनिनन्, जसका कारण उनी कोमामा गइन् । उनी एक सन्तानकी आमा समेत हुन् । उनका परिवारका सदस्यहरुले लिन्डाको बच्चालाई कानूनी अभिभावक बनाउन अदालतमा माग गरेका छन् । उनकी आमाले डाक्टरविरुद्ध समेत मुद्दा हालेका छिन् । 

Search Terms:

    Hot and sexy rakhi sawant
    Bollywood item girl Rakhi Shawant
    Rakhi Shawant Hot Photos
    Fashion of Rakhi Shawant Hot Girl
    Latest sexy image of bollywood actress Rakhi Shawant

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive