News Ticker

sports

मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

Posted by Unknown | Monday, October 13, 2014 | Posted in ,


घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।

घटना अर्जेन्टिनाको हो । अर्जेन्टिनाको सेन्ट्रो क्षेत्रमा रहेका एक किसानको बाख्राले प्रसुतिको समय नै नपुगी मान्छेको अनुहार जस्तै भएको पाठो जन्माएपछि त्यसले ठूलै हंगामा मच्चायो ।

यद्यपि बाख्राले मरेको तथा जिउ नै राम्ररी विकशित नभएको पाठो जन्माएको थियो र ती किसानले तत्कालै त्यो पाठोलाई गाडेका थिए । तर एक जना छिमेकीले त्यो पाठो जन्मिने बित्तिकै त्यसको फोटो खिच्न भ्याएछन् र त्यसलाई अनलाइनमा समेत राख्न भ्याएछन् ।

त्यसपछि त के चाहियो र ? त्यसले ठूलै चर्चा पायो । कतिपय गाउँलेले त्यो बाख्रीका मालिक परिवारका पुरुष सदस्यले बाख्रीमाथि करणी गरेको र मानिसबाटै गर्भिणी भएका कारण बाख्रीले त्यस्तो बच्चा जन्माएको भनेर हौवा फिँजाउन पुगे ।
मान्छेको अनुहार जस्तै भएको पाठो पाउने त्यो बाख्रीकी मालिक्नी ओल्गा भिलाल्बाले आफ्नो परिवारमाथि लागेको त्यस्तो घृणित आरोपको सख्त खण्डन गर्दै त्यो बाख्रीमाथि कसैले पनि त्यस्तो करणी नगरेको दाबी गरेकी छिन् ।

त्यो पाठो जन्मिदा नै मरिसकेको र त्यसलाई देख्न नसकेर आफुहरुले खाल्डोमा पुरेको भन्दै उनले किटनाशक औषधिको अत्यधिक प्रयोगले त्यस्तो उत्परिवर्तन भएको बताइन् ।

हरियो रङका छाउरा जन्मिए

Posted by Unknown | Saturday, June 14, 2014 | Posted in ,


हरियो रङको कुकुर देख्नुभएको छ ? सायद छैन होला, अहिलेसम्म हरियो रङको भुत्ला भएको कुकुर विश्वमा कहिँकतै भएको सुनिएको थिएन । यो अभावलाई अन्त्य गर्दै स्पेनमा एक कुकुरले हरियो रङका छाउरा जन्माएको छ ।

स्पेनको लगुना दी डुएरोकी बासिन्दा अइडा मोलिनाको घरमा पालिएको कुकुरले छाउरा जन्माउने बित्तिकै बालिक्नी अइडा अचम्ममा परिन् । सुरुमा त उनले छाउराको सरीरमा कहाँबाट हरियो रङ पोखियो ? भनेर अचम्म मानिन् । तर त्यो कुनै रङ पोखिएको थिएन, कुकुरका छाउराको भुत्ला साँच्चीकै हरियो रङको थियो ।
ती हरियो रङका छाउराको नाम उनले हक पप्पिज राखेकी छिन्, एक नाटकको हिरोबाट प्रभावित भएर ।
वैज्ञानिकहरुका अनुसार आमाको गर्भाशयमा सालमा भएको बिल्लिभिडि्रन तत्वका कारण छाउराको भुत्लाको रङ हरियो भएको हो । दुखको कुरा ती दुइ छाउरामध्ये एउटा जन्मिएको केही समयमै मर्यो भने अर्काको पनि स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताइएको छ ।

साँच्चीकै राक्षस : महिलालाई काटेर मासु कपाकप

Posted by Unknown | Thursday, June 12, 2014 | Posted in , ,


भनिन्छ मान्छे आफ्नै व्यवहार तथा कर्मले देवता बन्छ र आफ्नै व्यवहार तथा कर्मले दानव । देउता र दानव दुबै यहीँ मानव चोलाभित्रै पाइन्छन् । अमेरिकामा एकजना मानिसले यस्तो व्यवहार देखाएका छन् की उनलाई दानव वा राक्षस नभन्ने को होला र ?

३७ वर्षका एक पुरुषले एकजना महिलालाई मारेर उनको सरीर टुक्राटुक्रा पार्दै कपाकप मासु खाए ।
समाचार अनुसार टेनिसीका बासिन्दा ग्रेगोरी स्कट हेलले लिसा हेदर नामकी महिलाको हत्यामात्र गरेनन् उनको टाउको, खुट्टा तथा हात लगायतका अंग काटेर छुट्टाए र टुक्राटुक्रा पारे ।
समाचार अनुसार उनले ती महिलाको मासु काटेर खाए पनि । अनि बाँकी रहेको सरीर आफ्नैै घर अगाडि ग्ँडे ।
राक्षसी पुरुषले आफुले महिलाको सरीरको मासु खाएको अनुसन्धान अधिकारी समक्ष स्विकार गरेको सिएनएनले जनाएको छ ।
अनुसन्धान अधिकारीहरुका अनुसार मारिने महिला र ती पुरुषबीच पूर्व चिनजान थिएन । ती पुरुषले एक्कासी महिलालाई मारेर त्यस्तो हिंश्रक काम गरेका हुन् । हत्याको एक दिन पछि उनी पक्राउ परे ।
उनी विरुद्ध परेको मुद्दाको अभियोगपत्रमा लेखिए अनुसार महिलालाई मारेपछि ती पुरुषले उनको टाउको र हात छिनालेर एउटा बाल्टिनमा राखे भने खुट्टा र अरु सरीरुलाई अर्को बाल्टिनमा राखे । त्यसपछि केही मासु खाएर बाँकी रहेको शवका टुक्राहरु जमिनमूनि गाडे । उनीमाथि निर्मम हत्या र लासलाई समेत दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको छ ।


किन चाहियो ट्याक्सी ? एयरपोर्टबाट सुटकेसमा चढेर घर पुग्नुहोस्

Posted by Unknown | Monday, June 2, 2014 | Posted in , ,

एयरपोर्टको साझा नियति हो गह्रौं सुटकेश गुडाउँदै ट्याक्सी खोज्नु । चाहे नेपालमा होस् वा अन्य बिकशित देशमा ट्याक्सी नै मनोमानी भाडा त लिइहाल्छन नै ।

तर, कल्पना गर्नुस् त, गुडाउँदै गरेको सुटकेशमाथि बसेर घर पुग्न पाए कस्तो हुन्छ होला ? ट्याक्सी भाडा पनि बचत, गुडाउने झण्झट पनि अन्त्य ।

हो, यस्तै कल्पना अब पुरा हुँदैछ । एक चिनियाँले यस्तो सुटकेशको आबिस्कार गरेका छन् जसमा बसेर तपाईं आरामले घर पुग्न सक्नुहुन्छ ।
ही लियाङकाईले बनाएको इलेक्ट्रोनिक सुटकेसको तौल १५ पाउण्ड छ । यसमा व्याट्री लगाइएको छ । यो फुल चार्ज भएको समयमा दुई जना बसेर ३७ माइलसम्म यात्रा गर्न सकिन्छ ।

गुडाउनका लागि अगाडिको भागमा ह्याण्डलको व्यवस्था गरिएको छ, जसमा ब्रेकसमेत छ । चीनको हुनान प्रान्तका ही लियाङकाई यही सुटकेटमा बसेर रेल स्टेशनको ७ माइल आसपास पुग्छन् ।

उनले इलेक्ट्रोनिक सुटकेस १० वर्ष लगाएर बनाएका हुन् । सन् १९९९ मा उनले कार सेफ्टी सिस्टम बनाएका थिए, जसका कारण अमेरिकामा अवार्ड समेत जिते ।

गुगलले निकाल्यो आफैँ चल्ने कार

Posted by Unknown | Wednesday, May 28, 2014 | Posted in , , ,

(एजेन्सी)– गुगलले विभिन्न टेक्नोलोजीको प्रयोग गरेर विभिन्न उपकरणहरुको विकास गर्ने क्रम जारी छ यस्तैमा अब यसले आफैँ चल्ने कार निकाल्ने भएको छ ।
उक्त कारमा ‘स्टप–गो’ अर्थात् ‘चल्ने–बन्द हुने’ बटन मात्र राखिएको छ, यसमा कन्ट्रोल, स्टिरिङ व्हिल र पेडल केहि पनि हुँदैन ।

गुगल कारको यी तस्बिरहरुले यो कार चलाउनमा निकै सजिलो, राम्रो डिजाइन भएको र मानिसहरुलाई आफै चल्ने प्रविधिसँग जानकार गराउँदछ ।
यसका सह–संस्थापक सर्जे ब्रिनले क्यालिफोर्नियामा भएको सम्मलेनमा यसको भावी योजनाको बारेमा खुलासा गरे ।
‘हामी यो कारका निम्ति धेरै खुसी छौँ । यो एउटा यस्तो प्रविधि हो जसले कारको आफैँ चल्ने क्षमताका बारेमा प्रयोगकर्ताहरुलाई जानकार गराउँदछ र यसको सिमाको बारेमा पनि मानिसहरुलाई सचेत गराउँदछ । ’
उक्त कारले मानिसहरुको गतिशीलतालाई बदलेर जीवन सुधार्ने पनि उनले थपे ।

दाह्रीवाल ‘गायिका’ले जिते युरोभिजन अवार्ड

Posted by Unknown | Monday, May 12, 2014 | Posted in ,

युरोप क्षेत्रमा लोकप्रिय गायन प्रतियोगिता युरोभिजनको उपाधि दाह्रीवाल ‘गायिका’ले जितेका छन् । यिनैका कारण गत साता सम्पन्न युरोभिजन प्रतियोगिता अहिले बिश्वभर चर्चाको बिषय बनेको छ ।

तस्वीर देखिने यी बिजेता हुन अष्ट्रियाका ड्याग क्विन । जसको सक्कल झट्ट हेर्दा महिलाको जस्तो लाग्छ । सुरिलो स्वर, बारुले कम्मर, लामो कपाल र अनुहार पनि महिलाको जस्तो । तर, उनको अनुहारभरि झपक्कै कालो दाह्री छ ।

दाह्रीका कारण मात्र हैन, जैविकरुपमा यिनलाई भगवानले पुरुषकै स्वरुपमा जन्माइदिएका हुन् । किशोरअबस्था पार गर्दै गर्दा उनलाई लाग्यो कि आफु पुरुष भन्दा महिला हुँदा बढि न्याय हुन्छ ।

उनले आफुलाई महिलाका रुपमा बदल्न सुरु गरे । बिस्तारै सक्कल महिलाको जस्तो भयो, स्वर पनि महिलाको जस्तो बनाए । उनले पुरुष निशानी केही थियो त केवल दाह्रीमात्र । उनले त्यो निशानलाई मेट्न चाहेनन् ।

ड्याग क्विन अब कोन्चिता वर्स्ट बने ।

साउदीमा ‘मृत्यु भएकी’ महिला नेपालमा जीवितै

Posted by Unknown | Wednesday, April 9, 2014 | Posted in , , ,

साउदी अरब– बीस महिनाअघि आत्महत्या गरेकी एक घरेलु कामदार नेपाली महिलाकोे शव सद्गत भइनसक्दै उनी नेपालमा ज्युँदै रहेको पाइएको छ।नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लेखित ठेगानाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनी जीवितै रहेको जानकारी प्राप्त भएको हो।


कागजपत्रअनुसार नेपाली राहदानी नम्बर ४००५६०५ का लमजुङ जिल्ला प्याराजुंग गाविस– ८ निवासी ४२ वर्षीय दुर्गाकुमारी गुरुङ घरेलु कामदारका रूपमा सन् २०११ डिसेम्बर ७ मा साउदी अरब आएकी थिइन्। त्यसको ८ महिना १३ दिनपछि २०१२ अगस्ट २० मा उनले आत्महत्या गरिन्। लमजुङ जिल्ला प्रशासन कार्यालयबाटै प्रदान गरिएको राहदानी र नागरिकता मृतकको साथमै फेला परेका थिए। त्यसमा उनकै तस्बिर छ। यसले नेपाली राहदानीको दुरुपयोग खुलासा गरेको छ।
उनको नागरिकता लमजुङ जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी जेपी अर्यालको हस्ताक्षरमा जारी गरिएको उल्लेख छ। नागरिकता नम्बर ४५२६३/४८७ भएको र जन्ममिति २०२६ कात्तिक २८ गते उल्लेख गरिएको नागरिकता प्रमाणपत्रमा बाबुको नाम हेमराज गुरुङ लेखिएको छ।
सन् २००८ जुन २९ मा जारी गरिएको र २०१८ जुन २८ सम्म म्याद रहेको राहदानीमा निकटतम नातेदारका रूपमा देवराज गुरुङको नाम छ। राहदानीमा गुरुङको जन्ममिति सन् १९७० जुलाइ २८ उल्लेख छ। यो जन्ममिति नागरिकतामा उल्लेखितभन्दा ८ महिना १५ दिन फरक पाइएको छ।
राहदानी र नागरिकतामा भएको विवरणका आधारमा दूतावासले सोधखोज गर्दा जिल्ला प्रशासन कार्यालय लमजुङले ...दुर्गाकुमारी गुरुङ विदेश नगएको र हालसम्म गाउँमै बसोबास गरिरहेको' पत्र पठाएको थियो।
दूतावासका अनुसार मृतक महिला भारतीय हुनसक्ने र उनी विदेशमा महिला बेचबिखन गर्ने गिरोहमार्फत साउदी अरब आएकी हुनसक्छिन्। उनले सम्पर्क गरेका टेलिफोन र मोबाइल नम्बरमा भारतीय कोड नम्बर भएकाले पनि उनी भारतीय भएको अनुमान गरिएको हो। मृतक महिलाले ००९१–७११०४४०५१, ००९१–९४०४९६६४३९ लगायत नम्बरमा फोन गरेको पाइएको छ। उनले पैसासमेत भारततर्फ नै पठाउने गरेको उनको मालिकले बताएका छन्।
मृतक नेपाली नागरिक नभएको दूतावासले पुष्टि गरेपछि उनको शव बेवारिसे भएको छ। सनाखत हुन नसकेको शवलाई साउदी सरकारले देश बाहिर लान अनुमति नदिने भएकाले बेवारिसेसरह मुस्लिम संस्कारअनुसार दफन गरिने छ।
दूतावासका अनुसार नेपाली नागरिकले नै अन्य नेपालीको राहदानी प्रयोग गरेर आएको भए राहदानीबमोजिमै सनाखत गरेर नेपाल पठाउने र काठमाडौं विमानस्थलमा मृतकको सम्बन्धित नातेदारलाई नै बुझाउने गरिएको छ। त्यसैगरी मृतकले पाउने बिमा रकमसमेत सम्बन्धित हकदारलाई नै उपलब्ध गराउने गरिएको छ।
दूतावासमा नेपाली राहदानी लिएर भारत हुँदै साउदी अरबमा आउने नेपाली मात्रै नभई भारतीय महिलासमेत प्रशस्त पाइएको छ। दूतावासका अनुसार अन्य मुलुकका महिला भए पनि नेपाली राहदानी भएकै कारण साउदी सरकारले नेपाली दूतावासलाई जिम्मा लगाउने गरेको छ। उनीहरूलाई मानवताका आधारमा दूतावासले उद्धार गर्दै आएको छ। नेपाली राहदानीमा विशेष गरेर भारतीय महिला आउने गरेका छन्।

पिसाबमा उमालिएका अण्डा लोकप्रिय

Posted by Unknown | Saturday, April 5, 2014 | Posted in , ,

चीनको एउटा प्रान्तमा यस्तो अचम्मको परिकार खाने चलन छ जुन सुन्दा तपाईंलाई घिन लाग्नसक्छ । यो यस्तो मेनू हो, जुन पुरुषको पिसाबमा अण्डा उसिनिन्छ र खाने गरिन्छ ।

चीनको झेजियाङ प्रान्तको डोङयाङ सहरमा यो मेनू प्रचलित छ । तर यो परिकार नौलो होइन, हजारौं वर्षदेखि यहाँका उपभोक्ताहरुले खाइरहेका छन् । होटलका सेफहरु यो परिकार निकै स्वास्थवर्द्धक भएको दावी गर्छन् । स्थानीय एक होटलका सेफ लू मिङ भन्छन् ‘अलि अमिलो स्वाद हुन्छ, उपभोक्ताहरु रमाइ-रमाइ खान्छन् ।’

यो प्रान्तमा हजारौं वर्षदेखि बच्चाको पिसाबमा अण्डा उसिनेर खाने चलन भएकोले यो परिकारले सांस्कृतिक पहिचान बोकेको छ ।

उनका अनुसार होटलले स्थानीय विद्यालयहरुमा केटाकेटीका पिसाब संकलन गर्न बाल्टिन राखेका हुन्छन् । हरेक दिन ताजा पिसाब संकलन गरिने उनको भनाइ छ ।
उनी पिसाबमा उमालिएको अण्डा निकै स्वास्थ्यवर्द्धक हुने दावी गर्छन् । यो अण्डा खाँदा ज्वरो नियन्त्रण र थकानको बेला ताजगी महसुस हुने उनी बताउँछन् ।



उनी यो परिकार निर्यात पनि गर्नुपर्ने बताउँछन् । ‘म चाहन्छु, चीनभन्दा बाहिरका उपभोक्ताले पनि यो परिकारको प्रशंसा गरुन्’ उनले भने ।

सन् २००८ मा स्थानीय सहरले यो अण्डा परिकारलाई सांस्कृतिक पहिचान दिएको छ । युनेस्कोको विश्व पहिचान सूचीमा राखिदिन पनि स्थानीय नगरपालिकाले आवेदन दिएपछि यसको चर्चा निकै भएको थियो ।

स्थानीय बासिन्दा वाङ जुग्सिङ पिसाबमा उमालिएको अण्डाको सेवनले रुघाखोकी, फ्लू आदि निको हुने स्थानीय मान्यता रहेको बताउँछन् । ‘तर मलाई यो मान्यतामा विश्वास छैन र खान्न पनि’ उनी भन्छन् ।
अण्डा उमाल्न प्रयोग गरिने पिसाव स्थानीय स्कूलबाट संकलन गरिन्छ जहाँ केटाहरुलाई पिसाव फर्ने वाल्टीहरु राखिएको हुन्छ । सेफ भन्छन- हामी हरेक दिन पिसाव संकलन गर्न जान्छौं ।

एक बर्षसम्म ब्यस्त सडकमै झुण्डीएको शव कसैले नदेख्दा

Posted by Unknown | Thursday, April 3, 2014 | Posted in , , , , , ,

 काठमाडौं, २० चैत्र (एजेन्सी) : चीनमा एक व्यक्तिको शव एक वर्षसम्म होर्डिङबोर्डमा झुन्डिरह्यो, तर कसैको पनि ध्यान त्यतातिर गएन । शवलाई जब बोर्डबाट उतारियो, त्यसवेला अस्थिपञ्जरबाहेक केही पनि बाँकी थिएन । बोर्ड मर्मतका लागि गएका मजदुरले त्यसमा लास झुन्डिएको थाहा पाएका थिए ।


प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले बोर्डमा झुन्डिएर कसैले आत्महत्या गरेको हुन सक्ने बताएको छ । शव भेटिएको बोर्ड भएको सडक चीनको डेजियांग प्रान्तको डोंगयांग सहरको राजमार्ग हो । जहाँ दैनिक हजारौँ गाडी गुड्छन् । स्थानीय प्रहरीका अनुसार उक्त सडक धेरै व्यस्तमध्येको एक हो ।

प्रहरीको अनुमान छ, वर्षभरिमा कैयौँ मानिसले शव देखे होलान्, तर उनीहरूले विज्ञापनका लागि गरिएको ‘स्टन्ट’ सम्झेर पुलिसलाई खबर नगरेका होलान् ।

प्रहरी अधिकारीका अनुसार शव चिन्न सम्भव छैन । यो पूरै सडिसकेको छ । तर, अनुसन्धानका लागि फोरेन्सिक जाँचमा पठाइएको छ । मृतकको शरीरको मासु चराले खाइसकेको प्रहरीले अनुमान गरेको छ ।

डाक्टरले नमानेपछि बिरामीले घरमै बञ्चरोले काटे हात

Posted by Unknown | Saturday, March 29, 2014 | Posted in , ,

मोटसाइलक दुर्घटनामा परेर घाइते भएको हातले १६ बर्षदेखि दुःख दिइरहेको थियो बेलायतका ४४ बर्षिय मार्क गोडर्डलाई ।

बायाँ हातमा लागेका घाउ १६ बर्षसम्म निको बनाउन नकसेपछि उनी बिरक्त थिए । हात काटन उनले डाक्टरलाई आग्रह पनि गरेका थिए, तर डाक्टरले काट्नु नपर्ने भन्दै अस्वीकार गरिदिए ।


तर, उनले आफ्नो पीडालाई यसै बिर्सनेवाला थिएनन् । त्यसका लागि उनले घरेलु उपाय अपनाए । उनले घरमै इलेक्ट्रीक बञ्चरो बनाए र आफ्नो बायाँ हातलाई त्यहाँ राखेर काटिदिए ।

घरमा कोही नभएका बेला उनले यस्तो हर्कत गरेका थिए । १० मिनेटपछि आएकी श्रीमती आत्तिदै आकस्किम नम्बरमा फोन गरेर सहायता मागिन् । तर, प्रहरी र चिकित्सकको टोली आइपुग्दासम्म उनको काटिएको हात मरिसकेको थियो ।

तर, मार्कले यसका लागि पुरै तयारी गरेका थिए । उनले हात काटदा नदुखोस् भनेर ४४ वटा पेन किलर खाएका थिए ।

‘पीडा अन्त्य गर्न यो चरम अवस्थामा जानु पर्ने थिएन । विकल्पहरु थिए । तर, अस्पतालमा कसैले मलाई सहयोग गरेनन् ।’ उनले गुनासो गरे ।

डाक्टरसित आक्रोशित मार्कले उनीहरुलाई देखाउनकै लागि भएपनि आफैले अप्रेसन गरेको बताए । ‘उनीहरुले मेरो हात अप्रेसन गर्न सकिन्न भने, तर मैले घरमै अप्रेसन गरेर त्यो पिडाबाट मुक्ति पाएँ ।’ उनले भने । यो घटनामा उनले दुई पिन्ट रगत गुमाएका छन् ।

किचनमा ‘सु’ गरेको भेटिएपछि पिजाहट बन्द

Posted by Unknown | Thursday, February 20, 2014 | Posted in ,

यदि तपाई पिज्जा खानुहुन्छ भने यो अब होशियार हुनुस् । जुन पिज्जा तपाई स्वाद मानेर खानुहुन्छ, त्यो यसरी पनि बन्न सक्छ ।

खबर भर्जिनियाको हो । पिज्जा हट आउटलेटका एक कर्मचारीलाई हात धुने ठाउँमा सुसु गर्दै गर्दा पक्राउ गरिएको छ । उनको यो घटिया हर्कत अनुगमनका क्रममा सीसीटीभी फुजेटमा देखिएको थियो ।

घटना लगतै त्यहाँको स्वास्थ्य विभागले पिज्जा हट बन्द गर्न आदेश दिएको छ । कम्पनीले भने कर्मचारीको व्यवहारप्रति दुःख व्यक्त गर्दै उनलाई तत्काल सेवाबाट बर्खास्त गरेको छ ।

भारत मा लुम्बिनी नक्कल

Posted by Unknown | Saturday, February 8, 2014 | Posted in

Duplicate Lumbini in India


पतिलाई आफ्नै कपालबाट बुनेको स्वीटर उपहार

Posted by Unknown | Wednesday, February 5, 2014 | Posted in

पहिले–पहिले गाउँघरतिरका महिलाहरु आफ्नो परिवारलाई चाहिने स्वीटर लगायतका उनीका कपडा आफै बुन्थे । आजकल मेसिनको जमाना आयो र त्यो चलन हरायो । तर, चीनमा एक महिलाले उनीको हैन, आफ्नै कपालको प्रयोग गरी स्वीटर र टोपी बुनेर उपहार दिएकी छिन् ।


 चोङकिङ निवासी यी अवकाशप्राप्त शिक्षिकाले आफ्ना १ लाख १६ हजार ५८ वटा रौंको प्रयोग गरी स्वीटर बुनेकी छिन् । यसका लागि उनलाई ११ वर्ष लाग्यो । ‘बैंशका बेला म चम्किलो लामो कपालका लागि प्रसिद्ध थिएँ’ आफ्ना यौवनकाल सम्झँदै ६० बर्षीया सियान रेनसियानले भनिन–‘जब म बढ्दै गएँ, मलाई लाग्यो मेरो सौन्दर्यजस्तै यो पनि नासिएर जाँदैछ ।’ ‘मैले यसलाई सम्हालेर राख्न चाहान्थेँ’ उनले डेलीमेलसँग भनिन–‘ र, आइडिया निकालेँ– पतिका लागि केही सम्झनायोग्य चीज बनाइदिने ।’ ३४ वर्षको उमेरदेखि उनको कपाल झर्न थालेको थियो । उनले ती कपाललाई एक–एक गरी जम्मा पारेर राखिन् । त्यसलाई के मा प्रयोग गर्ने भन्ने उनीसँग केही योजना थिएन् । ४९ वर्षको उमेरमा अथार्त सन् २००३ मा उनलाई आइडिया आयो श्रीमानका लागि स्वीटर बुनिदिने । ‘पछिल्ला ११ वर्षमा मैले सवै कपालका रौं गनेँ र तीनलाई स्वीटर बुन्न प्रयोग गरिरहेँ ।’ उनी भन्छिन–‘ मैले १ लाख १६ हजार ५८ वटा रौं प्रयोग गरेर स्वीटर बनाएँ जसको तौल ३ सय ८२ दशमलव २ ग्राम छ ।’ आफ्नै कपालबाट उनले ११९ दशमलव ५ ग्रामको टोपी पनि बनाएकी छिन् । ‘जब मैले बुन्ने तरिका जानेँ, तब मलाई यो सबै गर्न कुनै कठिनाई भएन् ।’ उनी भन्छिन–‘यसका लागि मात्र धैर्यता चाहिन्छ र समय पनि ।’ ‘यो स्वीटरले मेरो जवानी सम्झाइदिने छ, मैले र मेरा पतिले बिताएका सुन्दर क्षणलाई बाँकी जीवनभर ताजा बनाइदिने छ’ उनले भनिन् । अब पतिका लागि कट्टु बनाइदिने ? संचारकर्मीको प्रश्नमा उनले भनिन– ‘यो प्रोजेक्ट त सकियो, अब के बनाउने भनेर सोच्दै छु ।’ 

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive