News Ticker

sports

सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने

Posted by Unknown | Monday, October 13, 2014 | Posted in

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले अत्यधिक तिव्र गतिको वाइफाइ प्रविधिको विकाश गरेको छ ।

सामसुङका अनुसार उसले यस्तो अत्याधुनिक वाइफाइ प्रविधिको विकाश गरेको छ जसले विद्यमान इलेक्ट्रोनिक्स डिभाइसबाट हुने डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ ।

६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीले १ गिगाबाइटको फिल्मलाई ३ सेकेण्डमै डाउनलोड वा ट्रान्सफर गर्न सकिनेछ । सामसुङका अनुसार यो उच्चगतिको वाइफाइ प्रविधिबाट मोबाइल तथा टेलिभिजनबाट प्रशारित एच डी भिडियोहरुलाई वास्तविक समयमै  स्टि्रमिङ गर्न सकिनेछ ।

साथै यो प्रविधिले वास्तविक गति तथा सैद्धान्तिक गतिविधको अन्तरलाई हटाउने र विद्यमान वाइफाइ प्रविधिभन्दा १० गुणा उच्च गति प्रदर्शन गर्ने दाबी सामसुङको छ ।

सामसुङका अनुसन्धान तथा विकाश केन्द्रका प्रमुख किम चाङ योंगले एक विज्ञप्तीमा भनेका छन्, ‘सामसुङले ६० गिगाहर्ज वाइफाइ प्रविधिको व्यवसायीकरणमा रहेको बाधा सफलतापूवर्क पार गरेको छ र यसले वाइफाइको भविष्यको विकाशका लागि नयाँ सम्भावनाको ढोका खुलेको छ ।’

६० गिगाहर्ज वाइफाई प्रविधिलाई अर्को वर्षदेखि व्यवसायिक रुपमा बजारमा ल्याउने लक्ष्य सामसुङको छ । श्रव्य दृश्य सामाग्री, मेडिकल डिभाइस तथा दूरसंचार उपकरणमा यो वाइफाइ प्रविधिको प्रयोग गर्ने योजना सामसुङको छ ।

गुगलले निकाल्यो आफैँ चल्ने कार

Posted by Unknown | Wednesday, May 28, 2014 | Posted in , , ,

(एजेन्सी)– गुगलले विभिन्न टेक्नोलोजीको प्रयोग गरेर विभिन्न उपकरणहरुको विकास गर्ने क्रम जारी छ यस्तैमा अब यसले आफैँ चल्ने कार निकाल्ने भएको छ ।
उक्त कारमा ‘स्टप–गो’ अर्थात् ‘चल्ने–बन्द हुने’ बटन मात्र राखिएको छ, यसमा कन्ट्रोल, स्टिरिङ व्हिल र पेडल केहि पनि हुँदैन ।

गुगल कारको यी तस्बिरहरुले यो कार चलाउनमा निकै सजिलो, राम्रो डिजाइन भएको र मानिसहरुलाई आफै चल्ने प्रविधिसँग जानकार गराउँदछ ।
यसका सह–संस्थापक सर्जे ब्रिनले क्यालिफोर्नियामा भएको सम्मलेनमा यसको भावी योजनाको बारेमा खुलासा गरे ।
‘हामी यो कारका निम्ति धेरै खुसी छौँ । यो एउटा यस्तो प्रविधि हो जसले कारको आफैँ चल्ने क्षमताका बारेमा प्रयोगकर्ताहरुलाई जानकार गराउँदछ र यसको सिमाको बारेमा पनि मानिसहरुलाई सचेत गराउँदछ । ’
उक्त कारले मानिसहरुको गतिशीलतालाई बदलेर जीवन सुधार्ने पनि उनले थपे ।

अब ३० सेकेण्डमै मोवाइलको ब्याट्री फुलचार्ज!

Posted by Unknown | Wednesday, May 14, 2014 | Posted in

इजरायलको एक कम्पनीले ३० सेकेन्डभन्दा पनि कम समयमा चार्ज हुने ब्याट्री विकसित गरेको दावी गरेको छ। यो ब्याट्री तेल अभिवमा आयोजना गरिएको एक प्रविधि सम्मेलनमा प्रदर्शन गरिएको हो।

माइक्रोसफ्टका थिंक नेक्सट सम्मेलनमा इजरायलको स्टार्ट–अप स्टोर डटले जैविक संरचनाबाट निर्मित ब्याट्री प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा ब्याट्रीले एक सामसुङ एस ४ स्मार्टफोनको चार्ज सकिएको ब्याट्रीलाई २६ सेकेन्डमा पूर्ण चार्ज गरेको थियो। ब्याट्री हालका लागि प्रायोगिक रुपमा मात्र प्रस्तुत गरिएको छ। आगामी तीन वर्षमा व्यवसायिक उपयोग लायक हुने बताइएको छ।

स्टोर डटका संस्थापक डा. डार्न मेयर्सडार्फले बीबीसीसँग भेने–हामी तीन वर्षभित्र व्यवसायिक रुपमा प्रयोग हुने ब्याट्री तयार गर्न सक्छौ। तेल अभिव विश्वविद्यालयमा दश वर्षअघि अल्जाइमर रोगसँग सम्बन्धित शोधका क्रममा पहिलोपटक यस्तो नैनो क्रिस्टल पत्ता लागेको थियो, जुन स्वयममा आपसमा जोडिन सक्षम थिए। यो ब्याट्रीमा त्यही नैनो क्रिस्टल पत्ता लागेको थियो। स्टोर डटले ती नैनो डट्सको उल्लेख ‘स्थिर, बजबुत गोलको रुपमा गरेको छ। जसको ब्यास २.१ नैनोमिटर छ। र, यो पेप्टाइड अणुबाट बनेको छ। डा. मेयर्सडार्फले भने यो प्रविधि कयौ प्रकारले उपयोग गर्न सकिन्छ।
Upcoming Tags-Watch NPL LIVE ,Nepal Premier League live update on tv and online, nepal premieer leagur 2014 nepal live updates, score updates , nepal premier league,nepal premier league,Watch NPL LIVE ,Nepal Premier League live update on tv and online, nepal premieer leagur 2014 nepal live updates, score updates , nepal premier league,nepal premier league,League online Colors x factors vs Kantipur gurkhas,live updates

सामसुङ एस फाइभ अब कपर गोल्ड कलरमा

Posted by Unknown | | Posted in ,

 सामसुङ ग्यालेक्सी एस फाइभ स्मार्टफोन नेपाली बजारमा कपर गोल्ड कलरमा पनि उपलब्ध भएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेजले एस फाइभ कपर गोल्ड कलरमा उपलब्ध गराएको हो ।


कपर गोल्ड कलर सबै उमेर समुहलाई सुहाउनुका साथै उपभोक्तालाई प्रोफेशनल समेत देखाउँछ । हरेक समुहका उद्योगी व्यवसायी तथा  पेशाकर्मीहरुलाई यो कलर उपयुक्त हुने कम्पनीले दाबी गरेको छ ।

कपर गोल्ड कलरसँगे एस फाइभ विभिन्न ४ कलरमा उपलब्ध भएको छ । यसअगाडी कम्पनीले सेतो, कालो र इलेक्टि्रक ब्लु कलरमा एस फाइभ उपलब्ध गराइसकेको छ । अहिले नेपाली बजारमा एस फाइभको मूल्य ७६ हजार रुपैयाँ पर्छ ।

एन्ड्रोइड हातेघडी

Posted by Unknown | Thursday, April 10, 2014 | Posted in , ,

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको अर्को उद्देश्य हो यस्ता डिभाइसका एप बनाउनेलाई आकर्षित गर्नु।
प्रविधिको संसार अहिले एप केन्द्रित हुँदै गएकाले नयाँ ग्याजेटतर्फ डेभलपरहरूलाई आकर्षित नगरे अगाडि बढ्न सकिन्न।
'हामी सधैँ मानिसको जीवनलाई प्रविधिबाट कसरी सहज बनाउन सकिन्छ भन्ने ध्येयमा सक्रिय छौँ र यो त्यसैको परिणाम हो,' गुगलको एन्ड्रोइड एन्ड क्रोम डिभिजनका प्रमुख सुन्दर पछाईले कम्पनीको आधिकारिक ब्लगमा लेखेका छन्। एन्ड्रोइड वेयर नाम दिइएको यो स्मार्ट घडीले प्रयोगकर्ताको आवश्यकताअनुसार सूचना प्रवाह गर्छ। साथै स्मार्टफोनसँग कनेक्ट गराएर प्रयोगकर्ता र ग्याजेटबीच पुलको पनि काम गर्छ।

गुगल घडीको डेमो भिडियोमा देखाइएअनुसार यो डिभाइसले गुगलको नेक्ससले जस्तै काम गर्छ। जस्तो कि गुगल म्यापबाट तपाईं सुन्धाराबाट बौद्ध जाने बाटो जसरी पहिचान गर्नुहुन्छ गुगलको यो घडीमा पनि त्यस्तै सुविधा उपलब्ध हुनेछ। गुगलकै भ्वाइस पहिचान गर्ने प्रविधि पनि यसमा समेटिएको छ। नाडी घडीलाई प्रश्न गर्नुस् उसले तपाईंको बोली पहिचान गरेर सोधेको कुराको जबाफ दिन्छ। बोलीलाई टेक्स्टमा रूपान्तरण गरी सर्च इन्जिनमा पठाउँदै यो प्रविधिले काम गर्छ। यसमा एन्ड्रोइड फोनमा हुने धेरैखाले फिचर उपलब्ध छन्। गुगल नेक्ससका धेरै सुविधा यसमा पनि छ।
औपचारिक ब्लग बाहेक गुगलले यो ग्याजेटमा अरू के–के उपलब्ध छ भन्ने चाहिँ खुलाएको छैन। गुगलले हातेघडी सार्वजनिक गर्नुअघि नै गुगल ग्लास सार्वजनिक गरिसकेको छ। यो ग्याजेट एउटा चस्मा हो जसबाट प्रयोगकर्ताले स्मार्ट फोनका धेरै सुविधाहरू प्रयोग गर्नसक्छन।
यसअघि यस्तै सुविधाको हातेघडी सामसुङ, एलजीजस्ता कम्पनीले पनि बजारमा ल्याइसकेका छन्। प्रविधि बजारमा पहिलो स्थानमा रहेको एप्पल पनि के कम। एप्पलले पनि यस्तै प्रविधिमा आधारित हातेघडी तयार पारिरहेको छ। मोबाइलको बजार बढ्ने क्रमसँगै एकाएक हातेघडीको बजार विस्थापित भएको थियो। तर, स्मार्ट प्रविधिमा आधारित भएर घडी आउनेक्रम सुरु भएपछि के हातेघडी पहिलेकै अवस्थामा पुग्ला? यसका लागि केही समय प्रतीक्षा नै गर्नुपर्ला।

फेसबुकको १० वर्षे यात्रा

Posted by Unknown | Wednesday, April 9, 2014 | Posted in ,

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार पार्न बाध्य पारेको छ। करिब एक अर्ब मानिस अहिले यो सामाजिक सञ्जालमा अटाएका छन्। यस अर्थमा फेसबुक संसारकै सबैभन्दा ठूलो परिवार बन्न सकेको छ।
मार्क जुकरबर्ग र उनका केही साथीको प्रयासमा फेसबुक तयार भएको थियो। सन् २००४ फेब्रुअरी ४ बाट सामाजिक सञ्जालले सामाजिक र आर्थिक जीवनका धेरै पक्षलाई प्रभावित पार्योए। फेसबुकले १० वर्षमा विश्वलाई एउटै छाताभित्र समेट्यो।

परम्परागत मिडियाका रेटिङहरू यो सामाजिक सञ्जालसामु निरीह बन्दै गए। फेसबुक सामाजिक सञ्जालको दुनियाँमा शीर्ष स्थानमा रह्यो। चर्चित सर्च इन्जिन गुगललाई समेत धेरै देशमा पछि पार्दै लोकप्रिय रहन सफल फेसबुकले कुनै पनि समाज, जाति, लिंग र परिवेशलाई आफूभन्दा बाहिर राखेन। फेसबुक आफैँ भने यस बीचमा अपग्रेड हुने क्रम जारी रह्यो। फेसबुक आफू धनी त भयो, समाजमा पनि यसले विशिष्ट छाप छाड्न सफल भयो। 'ह्याप्पी ए डिकेड फेसबुक!' भनिरहँदा यो सामाजिक सञ्जालले विश्व समुदायमा छाडेका प्रभावलाई बिर्सन सकिन्न।
जन्मदिनको शुभकामना
आफ्ना निकट जो कसैको पनि जन्मदिन सम्झाइदिन फेसबुकले महत्वपूर्ण भूमिका निर्वाह गर्योभ। जन्मदिन सम्झँदैमा हुने त केही होइन तर यसले सम्बन्धलाई नजिक्याउँछ। फेसबुकमा दर्ता भएकाहरूले आफ्नो जन्मदिन इन्ट्री गरेअनुसार उनीहरूसँग जोडिएका सबैले जन्मदिनको नोटिफिकेसन पाउन सके। फेसबुक आउनुअघि जन्मदिनको शुभकामना दिने १० जना हुन्थे भने त्यो दुई सयभन्दा माथि पुग्ने स्थिति बन्यो। कतिपय अवस्थामा सँगै रहेकाले समेत जन्मदिन बिर्सन्थे, फेसबुक नभएको भए।
भर्चुअल एल्बमले लियो ठाउँ
तपाईंको घरमा रहेको एल्बमबाट फोटो गायब भएको सम्झना छ? प्रिन्टको विकल्प नहुँदा मानिसहरू आफ्नो फोटो संग्रह गर्न अरूको एल्बम रित्याइदिन पछि पर्दैन थिए। फेसबुक आएपछि अभौतिक एल्बमले ठाउँ लियो। तपाईंका एल्बमबाट फोटो झिकिने दिन सकिए। अझ भनौँ, तपाईंको घरमा एल्बम राख्ने चलन नै सकिन थाल्यो। फोटो धुलाउने र साट्ने परम्परा समाप्त भयो। सामाजिक सञ्जालमा रहेको फोटोमा ट्याग गरिदिने प्रचलन सुरु भयो। फोटो हराउने पिर त गयो–गयो, धुलाउने परम्परा पनि सकियो। फोटो सेयर गर्ने र टाइमलाइनमा समावेश गर्ने प्रचलनले सबैभन्दा बढी त फोटोको व्यापार गर्नेलाई असर पार्योप। अनौपचारिक गतिविधिका फोटो धुलाउने प्रचलन अहिले समाप्तप्रायः भएको छ।
जोड्यो पुराना सम्बन्ध
फेसबुकले यो १० वर्षमा धेरैलाई पुनर्मिलन गराएको छ। साथीभाइ हुन् या नातागोता, लामो समयदेखि टाढा रहेको भए पनि यो सामाजिक सञ्जालले जोड्दै ल्यायो। नयाँ सम्बन्धका लागि आधार थियो नै तर पुराना साथीभाइलाई भर्चुअल दुनियाँमा भेट गराउनु आफैँमा महत्वपूर्ण घटना हुन्थ्यो। देशभित्र या बाहिर रहेकाबीच पुनर्मिलन हुन थाल्यो। यसले टुटेका सम्बन्धमा नयाँ आयाम ल्यायो। सँगै, समान रुचि र पेशा भएकालाई पनि एकता गराउने थलोको रूपमा विकास भयो फेसबुक। शिक्षक, पत्रकार, लेखक, कलाकार यसैबाट परिचित हुन थाले।
समाज सुधार्ने थलो
फेसबुक समाजका विभिन्न पक्षबारे आवाज उठाउने थलो बन्यो। कतिपय एजेन्डा फेसबुकमा तय हुन थाले। मिडियाले नदेखेका कुरा सामाजिक सञ्जालले उठाउन थाले। मिडियामाथि 'वाचडग'को भूमिकामा पनि रहन थाल्यो फेसबुक। च्यारिटीदेखि रक्तदानसम्मका गतिविधि यो सामाजिक सञ्जालको भरमा सफल हुन थाले। उपचार नपाएर थलिएकाले फेसबुकको सहयोगले उपचार पाउनसक्ने अवस्था भयो। सहयोगी हातहरूकै सञ्जाल बन्न थाल्यो।
व्यापार प्रवर्द्धनमा सहयोगी
व्यापार विस्तारका लागि सामाजिक सञ्जाल गतिलो थलो हो। फेसबुकमा कुनै प्रोडक्ट राख्नुस् र प्रवर्द्धन गर्नुस्। पैसा हुनेका लागि फेसबुकमा आफैँले विज्ञापन गर्नसकिने सुविधासमेत छ। फेसबुकमा कुनै पनि उमेर समूहको उपस्थिति छ। युवा पुस्ताको उपस्थिति त सबैभन्दा बलियो रहेको छ। यस अर्थमा व्यापार गर्न चाहनेका लागि यो राम्रो फोरम हो। पैसा तिरेर विज्ञापन नै गर्ने हो भने पनि फेसबुकसँग रहेको डेटाबेसका आधारमा लक्षित समूहमा मात्र पुग्ने गरी प्रचार गर्न सकिन्छ। पछिल्लो समय त कुनै उत्पादनलाई लाइक र सेयर गराउने होडबाजी नै चलेको छ। यसले ठूलो लगानीमा पत्रिका, टेलिभिजन वा रेडियोमा विज्ञापन नै नगरी प्रवर्द्धन गर्न सकिने अवस्था ल्याएको छ। धेरै कम्पनीले यसबाट फाइदा लिइरहेका पनि छन्।
सेलिब्रिटीसँग सम्बन्ध
तपाईं सेलिब्रिटी हुनुहुन्छ भने फेसबुकबाट तपाईं आफूलाई मन पर्ने फ्यानसँग जोडिन सक्नुहुन्छ। उनीहरूसमक्ष आफ्ना कुरा राख्न सक्नुहुन्छ र उनीहरूको प्रतिक्रिया थाहा पाउन सक्नुहुन्छ। कुनै पनि मुलुकमा रहेर कुनै पनि मुलुकका सेलिब्रिटीसँग नजिकिनु आफैँमा रमाइलो विषय हो। फ्यान पेजबाट पनि सेलिब्रिटीसँग नजिकिन सकिन्छ। टेलिभिजन कलाकारदेखि नेतासम्म फेसबुकभन्दा बाहिर छैनन्। भर्चुअल रूपमा उनीहरूसँग सम्बन्ध राख्ने यो अब्बल माध्यम बन्यो।
पारिवारिक सम्बन्धमा चिसोपन

फेसबुकले धेरैको जीवनमा नकारात्मक असर पनि पारेको छ। सामाजिक जीवनमा गरिने टिप्पणीबाहेक निजी जीवनमा पनि फेसबुक प्रभावकारी माध्यम बनेको छ। यसैकारण फेसबुकमा गरिने टिप्पणी, च्याटलगायत गतिविधिले पारिवारिक सम्बन्धमा जटिलता ल्याउने गरेको छ। फेसबुकका कारण सम्बन्ध–विच्छेदका घटना पनि सार्वजनिक भएका छन। तर, राम्रा पक्षका तुलनामा यस्ता घटनाको संख्या भने ज्यादै न्यून रहने गरेको छ।
आपराधिक गतिविधि र दुष्प्रचार
फेसबुकले सबैलाई लागेको कुरा लेख्न दियो। यसको प्रयोग राम्रोका लागि जसरी भयो, नकारात्मक प्रचारका लागि पनि हुने क्रम सुरु भयो। कसैको विरुद्ध जेहाद नै छेड्ने अभियानहरू पनि यो सामाजिक सञ्जालबाट हुन थाल्यो। अश्लील तस्बिर पोस्ट गर्ने र मानिसका निजी कुरालाई सार्वजनिक गरिदिने माध्यम पनि बन्यो यो।
०००
सिक्काका दुइटा पाटा हुन्छन्। सामाजिक सञ्जाल फेसबुकका पनि दुवै पाटा छन्। तर, महत्वपूर्ण के हो भने यसको सकारात्मक पाटो यति धेरै बलियो छ कि त्योसँग टाँसिएको नकारात्मक पक्ष तुलनात्मक रूपमा ज्यादै कमजोर छ। अर्को कुरा, फेसबुक आफैँमा राम्रो या नराम्रो भन्ने होइन। राम्रा या नराम्रा मानिसले फेसबुकलाई राम्रो या नराम्रो दुई भागमा विभाजित गरिदिएका छन्।

स्मार्टफोन 'आँखाको दुश्मन'

Posted by Unknown | | Posted in , , ,

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

अध्ययनअनुसार २५ वर्षभन्दा कम उमेरका युवा मोबाइल फोनको प्रयोग दिनमा ३२ पटकभन्दा बढी गर्दछन्।स्मार्टफोनका साथै कम्प्युटर, ट्याबलेट र फ्ल्याट स्त्रि्कन भएका टिभीको अत्यधिक प्रयोगले पनि आँखामा दीर्घकालीन असर पर्ने अध्ययनमा देखिएको छ।
'स्मार्टफोनको स्क्रिनबाट निस्कने नीलो प्रकाश आँखाका लागि हानिकारक छ,' अप्टिसियन एन्ड्र हेपवर्थले भन्छन्, 'यो आँखाको पछिल्लो भागका लागि खतरनाक हुन्छ।'
उनका अनुसार यो नीलो प्रकाशकमा 'म्याकुलर डिजेनेरेसन'को खतरा हुन्छ, जसले मानिस अन्धोसमेत हुन सक्छ। निरन्तर नीलो प्रकाशमा हेर्नाले निद्रा र दिमागमा असर गर्छ। स्मार्टफोन चलाउँदा हामी आँखा कमै झिम्क्याउँछौं। फोनसँग आँखाको दुरी पनि कम हुन्छ, जसले गर्दा आँखामा बढी असर पर्दछ।
'आँखाको समस्या र स्मार्टफोनसँग त्यसको सम्बन्धबारे हामी अनभिज्ञ छौं,' हेपवर्थ भन्छन्, 'तर प्रयोगशालामा गरिएको परीक्षणबाट स्मार्टफोनले आँखालाई असर गर्ने कुराको ठोस प्रमाण प्राप्त भएको छ।'

विन्डोज एक्सपी बन्द

Posted by Unknown | | Posted in , , ,

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि सर्वाधिक रुचाइएको अपरेटिङ सिस्टम विन्डोज एक्स पी माइक्रोसफ्टले आजदेखि बन्द गरेको छ।
फेसबुक, सन्यापच्याट, इफोन र आइप्याड आउनु अगाडिको लोकप्रिय ओएस एक्सपीलाई माइक्रोसफ्टले बन्द गरेको हो। झन्डै १३ वर्ष जीवित रहेको एक्सपीका विश्वभरि अझै पनि २० देखि २५ प्रतिशत धेरै प्रयोगकर्ता छन्। अमेरिकामै ३० प्रतिशत कम्प्युटरमा एक्सपी रहेको जनाइएको छ।

अनलाइनमार्फत सिस्टम अपग्रेड गर्ने सेवा निरन्तर उपलब्ध रहने उसले जनाएको छ।

विन्डोजमा प्रवेश गर्न सक्ने हानिकारक मालवेयर तथा भाइरसबाट जोगाउन एक्सपीका लागि माइक्रोसफ्टले दिने सपोर्ट बन्द गरिएको छ। अफिसियल सुरक्षा बन्द गरिँदा विन्डोज एक्सपीका कम्प्युटरमा ह्याकरको खतरा बढेको छ।

माइक्रोसफ्टले विन्डोज एक्सपीको बिक्री सन् २००१ मा सुरु गरेको थियो । नेपालमा पनि एक्सपीका धेरै प्रयोगकर्ता छन्। सपोर्ट बन्द गरिँदा नेपालका प्रयोगकर्तालाई भने खासै असर पर्ने छैन। यहाँका अधिकांश प्रयोगकर्ता पाइरेटेड भर्सन चलाउने हुँदा उनीहरुले माइक्रोसफ्टबाट पहिलैदेखि सपोर्ट पाएका छैनन्।

होन्डाको सानदार स्कुटर ‘वल्टस’

Posted by Unknown | Saturday, April 5, 2014 | Posted in ,

काठमाडौं । जपानीज प्रख्यात अटो निर्माता कम्पनी होन्डाले भविष्यको सुन्दर स्कुटरको नमुना सार्वजनिक गरेको छ । कम्पनीले जापानमा भएको ओसाका मोटरसाइकल शोमा सुन्दर स्कुटर ‘एनएम ४ वल्टस’ को नमुना सार्वजनिक गरेको हो ।
 
झट्ट हेर्दा वल्टस कुनै एनिमेटेड फिल्ममा हावामा उड्ने सुपर बाइकभन्दा कम देखिदैन् । आकर्षक र सानदार डिजाइनमा रहने वल्टस देख्दा जो सुकै पनि आकषिर्त हुनेछन् । होन्डाले यस डिजाइनलाई छिट्टै पुर्णता दिने बताएको छ ।

कम्पनीको युवा डिजाइन टिमले वल्टसको डिजाइन गरेका थिए । टिमले फ्युचर स्कुटरको सानदार नमुना पेश गरेका छन् । जस्ले स्कुटरका पारखीहरुलाई आकषिर्त गर्ने निश्चित छ । स्कुटरको बनावट र स्टाइल बेजोड प्रकारको रहेको छ ।


हेर्दा हेभी बाइकको झल्को लाग्ने गरि डिजाइन गरिएको वल्टसले पूर्णता पाएपछि स्कुटर बजारमा हंगमा मच्चाउने अपेक्षा गरिएको छ  । डिजाइनहरुले वल्टसको अगाडीको भागमा धेरै फोकस गरेका छन् । वल्टसको हेडलाइट, टेल लाइट, इन्डिकेटर्स लाइटहरु एलइडी हुनुका साथै आकर्षक समेत रहेका छन् ।

वल्टसको डिजाइनलाई जापानी एनिमेशनका असली उदाहरणका रुपमा लिन सकिने भारतीय सञ्चार माध्यम दैनिक भाष्करले बताएको छ । यस सानदार स्कुटरमा पछाडीको सिट फोल्ड गरेर स्कुटर चलाउनेले आडेस लाग्न सक्छ । यसलाई स्कुटर जगतकै चमत्कारका रुपमा लिइएको छ ।

वल्टससमा ७४५ सीसीको डबल सिलिन्ड इञ्जिनको प्रयोग हुने छ । सिक्स स्पीड डबल क्लच ट्रान्समिशनले यसको अगाडीको चक्कामा पावर दिने छ । स्कुटर चलाउँदा चालकले अटोमेटिक र म्यानुअल मोडमध्ये कुन मोडमा चलाउने छान्न सक्नेछ ।

विन्डोज ८.१ सार्वजनिक, थुप्रै नयाँ सुबिधा, एप स्टोर सुधार्ने मेगा प्रोजेक्ट

Posted by Unknown | | Posted in , , ,

मोबाइल अपरेटिङ सिस्टममा आफ्नो बजार हिस्सा बढाउने कोसिसमा रहेको माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको नयाँ भर्सन सार्वजनिक भएको छ ।


विन्डोज ८.१ नाम दिइएको यो नयाँ अपरेटिङ सिस्टममा विन्डोज ८ मा देखिएका प्रायः सवै समस्या समाधान गरिएको छ भने यस्ता थुप्रै नयाँ फिचर थपिएको छ जसले एन्ड्रोइड र एप्पल अपरेटिङ सिस्टमसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्छ ।

अप्रिल महिनाको अन्त्यसम्ममा नयाँ फोन किन्ने ग्राहकले विन्डोज ८.१ चलाउन पाउनेछन् । पुराना प्रयोगकर्ताले भने केही समय कुर्नुपर्ने छ ।

थपिएका सुबिधा

कोर्टानाः एप्पलको ‘सिरी’ र एन्ड्रोइडको ‘गुगल नाव’ जस्तै विन्डोजले पनि कोर्टाना फिचर थपेको छ जसले फोन प्रयोगकर्तालाई सघाउने छ । कोर्टानामा सिरी र गुगल नावको हाइब्रिड भर्सनजस्तो देखिन्छ जसले दुवै खाले सेवा सेवा दिन्छ । अर्थात तपाईले कोर्टानामार्फत् भ्वाइस कमाण्ड दिन सक्नुहुन्छ भने गुगल नावजस्तै इमेल पढने र सोहीअनुसार नोटिफिकेसन सेट गर्ने काम पनि गर्ने छ । तपाईले दिएका भ्वाइस कमाण्डको रेकर्ड स्टोर भएर पनि बस्नेछ जसले फोन प्रयोगकर्तालाई सजिलो बनाइदिने छ ।

गुगल र एप्पलभन्दा भिन्न कोर्टानाले तेस्रो पक्षले बनाएका फेसबुक लगायतका मोबाइल एप्समा पनि काम गर्ने छ । कोर्टानामा विङ सर्च इन्जिन उपलब्ध छ । तत्कालका लागि यो सेवा अमेरिकामा मात्र उपलब्ध हुनेछ ।

एक्सन सेन्टरः यो विन्डोज फोनमा जडित नोटिफिकेसन सुबिधा हो जो एन्ड्रोइड र एप्पल अपरेटिङ सिस्टममा समेत उपलब्ध छ । यसमा चारवटा अप्सन राखिएको छ– वाईफाई, ब्लुटुथ, एरोप्लेन मोड र इन्टरनेट सेयरिङ । यसले ब्याट्री र नेटवर्कको सूचना समे दिने छ ।

होम स्क्रिनमा सुधारः नयाँ भर्सनको होम स्क्रिनमा विन्डोजले धेरै सुधार गरेको छ । ठूलो साइजका विन्डोज फोन निर्माण हुँदै गर्दा हाइ डेन्सिटी अप्सन राखिएको छ जसले गर्दा प्रयोगकर्ता स्क्रिनमा आफुले चाहेका टाइल अप्सन थप्न सक्नेछन् । यसैगरि प्रयोगकर्ताले आफ्नो छनौटको तस्वीरलाई वालपेपर र ब्याकग्राउन्ड वालपेपर बनाउन सक्नेछन् ।

अन्य सुबिधाः विन्डोज ८.१ मा किवोर्ड परिवर्तन गरि स्वाईप किवोर्ड ल्याइएको छ भने इन्टरनेट एक्सप्लोरर ११ इन्स्टल गरिएको छ । यो सँगै माइक्रोसफ्टले डेस्कटप भर्सनको विन्डोज ८.१ मा पनि सुधार गरेको जसमा स्टार्ट मेनलाई पुन डेस्कटपमा ल्याइएको छ । अब प्रयोगकर्ताले स्टार्ट मेनु क्लिक गर्दा त्यहाँ इन्स्टल गरिएका एप र युजर इन्टरफेसमा पनि एक्सेस पाउने छन् ।

एप्समा ब्यापक सुधार

आजकल स्मार्टफोनको बिक्रिको मुख्य आधार नै एप्स भएका छन् । जति सजिलो एप्स स्टोर त्यति धेरै फोन बिक्रि । यहि तथ्य बुझेर होला माइक्रोसफ्ट आफ्नो एप्स रणनीतिमा ब्यापक सुधार गर्दै छ ।

एप्स सुधारसम्बन्धी मेगा परियोजना हालै डेभलपरको सम्मेलनमा सुनाइएको थियो । जसअनुसार अब एउटै एप्सले डेस्कटप, मोबाइल, ट्याबेलट र गेम कन्सोल एक्सबक्समा समेत काम गर्ने छ ।

प्रयोगकर्ताले एउटा डिभाइसमा डाउनलोड गरेको एप अर्कोमा पनि प्रयोग गर्न सक्नेछन् । तर, यस्तो अधिकार प्रयोगकर्तालाई दिने कि नदिने भन्ने कुराको निर्धारण डेभलपरले गर्न पाउने छन् ।

कम्पनीको नयाँ रणनीति सुनेका डेभलपरहरु, जो यसअघि एप्पलमा मात्र आफ्ना एप्स बेचिरहेका थिए, विन्डोजसँग काम गर्न उत्साहित देखिएका छन् । विन्डोज कोर्टानाले साँच्चै एप्पल सिरी र गुगल नावलाई चुनौती दिने उनीहरुको बुझाइ छ । एप स्टोर सुधार रणनीतिले मोबाइल बजारमा विन्डोजको बजार हिस्सा बढाउने र एप्सको बजार पनि फैलिनेमा उनीहरु आशाबादी देखिएका छन् ।

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive