Posted by Unknown | Thursday, April 10, 2014 |
Posted in
information,
science & technology,
TECHNOLOGY
गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको अर्को उद्देश्य हो यस्ता डिभाइसका एप बनाउनेलाई आकर्षित गर्नु।
प्रविधिको संसार अहिले एप केन्द्रित हुँदै गएकाले नयाँ ग्याजेटतर्फ डेभलपरहरूलाई आकर्षित नगरे अगाडि बढ्न सकिन्न।
'हामी सधैँ मानिसको जीवनलाई प्रविधिबाट कसरी सहज बनाउन सकिन्छ भन्ने ध्येयमा सक्रिय छौँ र यो त्यसैको परिणाम हो,' गुगलको एन्ड्रोइड एन्ड क्रोम डिभिजनका प्रमुख सुन्दर पछाईले कम्पनीको आधिकारिक ब्लगमा लेखेका छन्। एन्ड्रोइड वेयर नाम दिइएको यो स्मार्ट घडीले प्रयोगकर्ताको आवश्यकताअनुसार सूचना प्रवाह गर्छ। साथै स्मार्टफोनसँग कनेक्ट गराएर प्रयोगकर्ता र ग्याजेटबीच पुलको पनि काम गर्छ।

गुगल घडीको डेमो भिडियोमा देखाइएअनुसार यो डिभाइसले गुगलको नेक्ससले जस्तै काम गर्छ। जस्तो कि गुगल म्यापबाट तपाईं सुन्धाराबाट बौद्ध जाने बाटो जसरी पहिचान गर्नुहुन्छ गुगलको यो घडीमा पनि त्यस्तै सुविधा उपलब्ध हुनेछ। गुगलकै भ्वाइस पहिचान गर्ने प्रविधि पनि यसमा समेटिएको छ। नाडी घडीलाई प्रश्न गर्नुस् उसले तपाईंको बोली पहिचान गरेर सोधेको कुराको जबाफ दिन्छ। बोलीलाई टेक्स्टमा रूपान्तरण गरी सर्च इन्जिनमा पठाउँदै यो प्रविधिले काम गर्छ। यसमा एन्ड्रोइड फोनमा हुने धेरैखाले फिचर उपलब्ध छन्। गुगल नेक्ससका धेरै सुविधा यसमा पनि छ।
औपचारिक ब्लग बाहेक गुगलले यो ग्याजेटमा अरू के–के उपलब्ध छ भन्ने चाहिँ खुलाएको छैन। गुगलले हातेघडी सार्वजनिक गर्नुअघि नै गुगल ग्लास सार्वजनिक गरिसकेको छ। यो ग्याजेट एउटा चस्मा हो जसबाट प्रयोगकर्ताले स्मार्ट फोनका धेरै सुविधाहरू प्रयोग गर्नसक्छन।
यसअघि यस्तै सुविधाको हातेघडी सामसुङ, एलजीजस्ता कम्पनीले पनि बजारमा ल्याइसकेका छन्। प्रविधि बजारमा पहिलो स्थानमा रहेको एप्पल पनि के कम। एप्पलले पनि यस्तै प्रविधिमा आधारित हातेघडी तयार पारिरहेको छ। मोबाइलको बजार बढ्ने क्रमसँगै एकाएक हातेघडीको बजार विस्थापित भएको थियो। तर, स्मार्ट प्रविधिमा आधारित भएर घडी आउनेक्रम सुरु भएपछि के हातेघडी पहिलेकै अवस्थामा पुग्ला? यसका लागि केही समय प्रतीक्षा नै गर्नुपर्ला।
Posted by Unknown | Wednesday, April 9, 2014 |
Posted in
information,
science & technology
सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार पार्न बाध्य पारेको छ। करिब एक अर्ब मानिस अहिले यो सामाजिक सञ्जालमा अटाएका छन्। यस अर्थमा फेसबुक संसारकै सबैभन्दा ठूलो परिवार बन्न सकेको छ।
मार्क जुकरबर्ग र उनका केही साथीको प्रयासमा फेसबुक तयार भएको थियो। सन् २००४ फेब्रुअरी ४ बाट सामाजिक सञ्जालले सामाजिक र आर्थिक जीवनका धेरै पक्षलाई प्रभावित पार्योए। फेसबुकले १० वर्षमा विश्वलाई एउटै छाताभित्र समेट्यो।
परम्परागत मिडियाका रेटिङहरू यो सामाजिक सञ्जालसामु निरीह बन्दै गए। फेसबुक सामाजिक सञ्जालको दुनियाँमा शीर्ष स्थानमा रह्यो। चर्चित सर्च इन्जिन गुगललाई समेत धेरै देशमा पछि पार्दै लोकप्रिय रहन सफल फेसबुकले कुनै पनि समाज, जाति, लिंग र परिवेशलाई आफूभन्दा बाहिर राखेन। फेसबुक आफैँ भने यस बीचमा अपग्रेड हुने क्रम जारी रह्यो। फेसबुक आफू धनी त भयो, समाजमा पनि यसले विशिष्ट छाप छाड्न सफल भयो। 'ह्याप्पी ए डिकेड फेसबुक!' भनिरहँदा यो सामाजिक सञ्जालले विश्व समुदायमा छाडेका प्रभावलाई बिर्सन सकिन्न।
जन्मदिनको शुभकामना
आफ्ना निकट जो कसैको पनि जन्मदिन सम्झाइदिन फेसबुकले महत्वपूर्ण भूमिका निर्वाह गर्योभ। जन्मदिन सम्झँदैमा हुने त केही होइन तर यसले सम्बन्धलाई नजिक्याउँछ। फेसबुकमा दर्ता भएकाहरूले आफ्नो जन्मदिन इन्ट्री गरेअनुसार उनीहरूसँग जोडिएका सबैले जन्मदिनको नोटिफिकेसन पाउन सके। फेसबुक आउनुअघि जन्मदिनको शुभकामना दिने १० जना हुन्थे भने त्यो दुई सयभन्दा माथि पुग्ने स्थिति बन्यो। कतिपय अवस्थामा सँगै रहेकाले समेत जन्मदिन बिर्सन्थे, फेसबुक नभएको भए।
भर्चुअल एल्बमले लियो ठाउँ
तपाईंको घरमा रहेको एल्बमबाट फोटो गायब भएको सम्झना छ? प्रिन्टको विकल्प नहुँदा मानिसहरू आफ्नो फोटो संग्रह गर्न अरूको एल्बम रित्याइदिन पछि पर्दैन थिए। फेसबुक आएपछि अभौतिक एल्बमले ठाउँ लियो। तपाईंका एल्बमबाट फोटो झिकिने दिन सकिए। अझ भनौँ, तपाईंको घरमा एल्बम राख्ने चलन नै सकिन थाल्यो। फोटो धुलाउने र साट्ने परम्परा समाप्त भयो। सामाजिक सञ्जालमा रहेको फोटोमा ट्याग गरिदिने प्रचलन सुरु भयो। फोटो हराउने पिर त गयो–गयो, धुलाउने परम्परा पनि सकियो। फोटो सेयर गर्ने र टाइमलाइनमा समावेश गर्ने प्रचलनले सबैभन्दा बढी त फोटोको व्यापार गर्नेलाई असर पार्योप। अनौपचारिक गतिविधिका फोटो धुलाउने प्रचलन अहिले समाप्तप्रायः भएको छ।
जोड्यो पुराना सम्बन्ध
फेसबुकले यो १० वर्षमा धेरैलाई पुनर्मिलन गराएको छ। साथीभाइ हुन् या नातागोता, लामो समयदेखि टाढा रहेको भए पनि यो सामाजिक सञ्जालले जोड्दै ल्यायो। नयाँ सम्बन्धका लागि आधार थियो नै तर पुराना साथीभाइलाई भर्चुअल दुनियाँमा भेट गराउनु आफैँमा महत्वपूर्ण घटना हुन्थ्यो। देशभित्र या बाहिर रहेकाबीच पुनर्मिलन हुन थाल्यो। यसले टुटेका सम्बन्धमा नयाँ आयाम ल्यायो। सँगै, समान रुचि र पेशा भएकालाई पनि एकता गराउने थलोको रूपमा विकास भयो फेसबुक। शिक्षक, पत्रकार, लेखक, कलाकार यसैबाट परिचित हुन थाले।
समाज सुधार्ने थलो
फेसबुक समाजका विभिन्न पक्षबारे आवाज उठाउने थलो बन्यो। कतिपय एजेन्डा फेसबुकमा तय हुन थाले। मिडियाले नदेखेका कुरा सामाजिक सञ्जालले उठाउन थाले। मिडियामाथि 'वाचडग'को भूमिकामा पनि रहन थाल्यो फेसबुक। च्यारिटीदेखि रक्तदानसम्मका गतिविधि यो सामाजिक सञ्जालको भरमा सफल हुन थाले। उपचार नपाएर थलिएकाले फेसबुकको सहयोगले उपचार पाउनसक्ने अवस्था भयो। सहयोगी हातहरूकै सञ्जाल बन्न थाल्यो।
व्यापार प्रवर्द्धनमा सहयोगी
व्यापार विस्तारका लागि सामाजिक सञ्जाल गतिलो थलो हो। फेसबुकमा कुनै प्रोडक्ट राख्नुस् र प्रवर्द्धन गर्नुस्। पैसा हुनेका लागि फेसबुकमा आफैँले विज्ञापन गर्नसकिने सुविधासमेत छ। फेसबुकमा कुनै पनि उमेर समूहको उपस्थिति छ। युवा पुस्ताको उपस्थिति त सबैभन्दा बलियो रहेको छ। यस अर्थमा व्यापार गर्न चाहनेका लागि यो राम्रो फोरम हो। पैसा तिरेर विज्ञापन नै गर्ने हो भने पनि फेसबुकसँग रहेको डेटाबेसका आधारमा लक्षित समूहमा मात्र पुग्ने गरी प्रचार गर्न सकिन्छ। पछिल्लो समय त कुनै उत्पादनलाई लाइक र सेयर गराउने होडबाजी नै चलेको छ। यसले ठूलो लगानीमा पत्रिका, टेलिभिजन वा रेडियोमा विज्ञापन नै नगरी प्रवर्द्धन गर्न सकिने अवस्था ल्याएको छ। धेरै कम्पनीले यसबाट फाइदा लिइरहेका पनि छन्।
सेलिब्रिटीसँग सम्बन्ध
तपाईं सेलिब्रिटी हुनुहुन्छ भने फेसबुकबाट तपाईं आफूलाई मन पर्ने फ्यानसँग जोडिन सक्नुहुन्छ। उनीहरूसमक्ष आफ्ना कुरा राख्न सक्नुहुन्छ र उनीहरूको प्रतिक्रिया थाहा पाउन सक्नुहुन्छ। कुनै पनि मुलुकमा रहेर कुनै पनि मुलुकका सेलिब्रिटीसँग नजिकिनु आफैँमा रमाइलो विषय हो। फ्यान पेजबाट पनि सेलिब्रिटीसँग नजिकिन सकिन्छ। टेलिभिजन कलाकारदेखि नेतासम्म फेसबुकभन्दा बाहिर छैनन्। भर्चुअल रूपमा उनीहरूसँग सम्बन्ध राख्ने यो अब्बल माध्यम बन्यो।
पारिवारिक सम्बन्धमा चिसोपन

फेसबुकले धेरैको जीवनमा नकारात्मक असर पनि पारेको छ। सामाजिक जीवनमा गरिने टिप्पणीबाहेक निजी जीवनमा पनि फेसबुक प्रभावकारी माध्यम बनेको छ। यसैकारण फेसबुकमा गरिने टिप्पणी, च्याटलगायत गतिविधिले पारिवारिक सम्बन्धमा जटिलता ल्याउने गरेको छ। फेसबुकका कारण सम्बन्ध–विच्छेदका घटना पनि सार्वजनिक भएका छन। तर, राम्रा पक्षका तुलनामा यस्ता घटनाको संख्या भने ज्यादै न्यून रहने गरेको छ।
आपराधिक गतिविधि र दुष्प्रचार
फेसबुकले सबैलाई लागेको कुरा लेख्न दियो। यसको प्रयोग राम्रोका लागि जसरी भयो, नकारात्मक प्रचारका लागि पनि हुने क्रम सुरु भयो। कसैको विरुद्ध जेहाद नै छेड्ने अभियानहरू पनि यो सामाजिक सञ्जालबाट हुन थाल्यो। अश्लील तस्बिर पोस्ट गर्ने र मानिसका निजी कुरालाई सार्वजनिक गरिदिने माध्यम पनि बन्यो यो।
०००
सिक्काका दुइटा पाटा हुन्छन्। सामाजिक सञ्जाल फेसबुकका पनि दुवै पाटा छन्। तर, महत्वपूर्ण के हो भने यसको सकारात्मक पाटो यति धेरै बलियो छ कि त्योसँग टाँसिएको नकारात्मक पक्ष तुलनात्मक रूपमा ज्यादै कमजोर छ। अर्को कुरा, फेसबुक आफैँमा राम्रो या नराम्रो भन्ने होइन। राम्रा या नराम्रा मानिसले फेसबुकलाई राम्रो या नराम्रो दुई भागमा विभाजित गरिदिएका छन्।
Posted by Unknown | |
Posted in
Featured,
information,
science & technology,
TECHNOLOGY
लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

अध्ययनअनुसार २५ वर्षभन्दा कम उमेरका युवा मोबाइल फोनको प्रयोग दिनमा ३२ पटकभन्दा बढी गर्दछन्।स्मार्टफोनका साथै कम्प्युटर, ट्याबलेट र फ्ल्याट स्त्रि्कन भएका टिभीको अत्यधिक प्रयोगले पनि आँखामा दीर्घकालीन असर पर्ने अध्ययनमा देखिएको छ।
'स्मार्टफोनको स्क्रिनबाट निस्कने नीलो प्रकाश आँखाका लागि हानिकारक छ,' अप्टिसियन एन्ड्र हेपवर्थले भन्छन्, 'यो आँखाको पछिल्लो भागका लागि खतरनाक हुन्छ।'
उनका अनुसार यो नीलो प्रकाशकमा 'म्याकुलर डिजेनेरेसन'को खतरा हुन्छ, जसले मानिस अन्धोसमेत हुन सक्छ। निरन्तर नीलो प्रकाशमा हेर्नाले निद्रा र दिमागमा असर गर्छ। स्मार्टफोन चलाउँदा हामी आँखा कमै झिम्क्याउँछौं। फोनसँग आँखाको दुरी पनि कम हुन्छ, जसले गर्दा आँखामा बढी असर पर्दछ।
'आँखाको समस्या र स्मार्टफोनसँग त्यसको सम्बन्धबारे हामी अनभिज्ञ छौं,' हेपवर्थ भन्छन्, 'तर प्रयोगशालामा गरिएको परीक्षणबाट स्मार्टफोनले आँखालाई असर गर्ने कुराको ठोस प्रमाण प्राप्त भएको छ।'
Posted by Unknown | |
Posted in
information,
science & technology,
technical education,
TECHNOLOGY
तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि सर्वाधिक रुचाइएको अपरेटिङ सिस्टम विन्डोज एक्स पी माइक्रोसफ्टले आजदेखि बन्द गरेको छ।
फेसबुक, सन्यापच्याट, इफोन र आइप्याड आउनु अगाडिको लोकप्रिय ओएस एक्सपीलाई माइक्रोसफ्टले बन्द गरेको हो। झन्डै १३ वर्ष जीवित रहेको एक्सपीका विश्वभरि अझै पनि २० देखि २५ प्रतिशत धेरै प्रयोगकर्ता छन्। अमेरिकामै ३० प्रतिशत कम्प्युटरमा एक्सपी रहेको जनाइएको छ।

अनलाइनमार्फत सिस्टम अपग्रेड गर्ने सेवा निरन्तर उपलब्ध रहने उसले जनाएको छ।
विन्डोजमा प्रवेश गर्न सक्ने हानिकारक मालवेयर तथा भाइरसबाट जोगाउन एक्सपीका लागि माइक्रोसफ्टले दिने सपोर्ट बन्द गरिएको छ। अफिसियल सुरक्षा बन्द गरिँदा विन्डोज एक्सपीका कम्प्युटरमा ह्याकरको खतरा बढेको छ।
माइक्रोसफ्टले विन्डोज एक्सपीको बिक्री सन् २००१ मा सुरु गरेको थियो । नेपालमा पनि एक्सपीका धेरै प्रयोगकर्ता छन्। सपोर्ट बन्द गरिँदा नेपालका प्रयोगकर्तालाई भने खासै असर पर्ने छैन। यहाँका अधिकांश प्रयोगकर्ता पाइरेटेड भर्सन चलाउने हुँदा उनीहरुले माइक्रोसफ्टबाट पहिलैदेखि सपोर्ट पाएका छैनन्।
Posted by Unknown | |
Posted in
Good Work,
government,
information
काठमाडौं-राजधानीमा भित्री बजारका साँघुरा गल्ली सम्झेर जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख किशोरकुमार भट्टराई बेलाबेला झस्किइरहन्थे। गल्लीका घरपसलमा आगलागी हुँदा दमकल छिराउन नसकेर ठूलो क्षति बेहोर्नुपरेको उनी आफैंले पटकपटक देखिसकेका थिए।

दमकल छिर्नै नसक्ने यी गल्लीमा आगो निभाउने विकल्प के होला? सोच्दासोच्दै उनले जुक्ति मात्र फुराएनन्, अहिले उनका अगाडि त्यस्ता दस ‘फायर मोटरबाइक' तम्तयार छन् जसले आगो निभाउन सघाउन सक्छन्।
‘अब राजधानीका साँघुरा गल्ली, ट्राफिक जामले आगलागी नियन्त्रणमा अवरोध पुर्याउने छैन,' भट्टराईले सोमबार नागरिकसँग भने, ‘राजधानीको कुनै पनि स्थानमा आगलागी हुनासाथ पहिला फायर बाइक पुग्नेछ। त्यसले प्राथमिक रूपमा आगलागी नियन्त्रण गरेपछि आवश्यकता हेरेर मात्र दमकल पठाउनेछौं।'
साँघुरो सडक, सवारी जाम र लत्रिएका तारको अवरोधका कारण घटनास्थलमा समयमै दमकल पुर्याउन नसक्नु काठमाडौं उपत्यकाका अग्निनियन्त्रकको टाउको दुखाइ नै हो।
‘हामी आगलागीको खबर पाएको एक मिनेटमै दमकल लिएर निस्कन्छौं, तर घटनास्थल पुग्न समय लाग्दा क्षति धेरै भइसकेको हुन्छ,' भट्टराईले भने, ‘साँघुरा सडक, जाम र अनियन्त्रित तारको अवरोध छिचोल्नै हम्मेहम्मे पर्छ। समयमै पुग्दा सजिलै नियन्त्रण गर्न सकिने आगो ढिला पुग्दा दन्किसकेको हुन्छ, अब यस्तो समस्यामा हामीलाई फायर बाइकले सघाउनेछ।'
पानीको सट्टा ‘ड्राई केमिकल पाउडर' लगायत रसायन प्रयोग गरेर सुरुआती आगो फैलिनबाट रोक्न सकिने र त्यसपछि दमकल ल्याएर आगो साम्य पार्न सकिने मोटरसाइकल प्रयोगमा ल्याएर आगलागी नियन्त्रण र उद्धार मात्र होइन, सवारी दुर्घटना, बाढीपहिरो र इनारमा खसेकाको उद्धार गर्न पनि सजिलो हुने उनले बताए।
आफ्नो जुक्तिलाई सफल बनाउन भट्टराईले हंसराज हुलासचन्द एन्ड कम्पनीको साथ पाएका छन्। कम्पनीले भट्टराईकै योजना पत्याएर कार्यालयलाई दसवटा ‘एभेन्जर' मोटरसाइकल दिएको छ। सुरुमा एउटा मोटरसाइकललाई अग्निनियन्त्रक सवारीमा रूपान्तरण गरेर देखाउनुपर्ने सर्तमा सफल भएपछि कम्पनीले एकसाथ दसवटा मोटरबाइक दिएको उनले सुनाए।
‘हामी नमुनाका रूपमा एउटा भए पनि फायर बाइक चलाउने भनेर कम्पनीसँग मोटरसाइकल माग्ने योजनामा थियौं,' भट्टराईले भने, ‘कम्पनीले डिजाइन हेर्छु, मन परे १० वटा दिन्छु भन्यो।'
ती दसवटै मोटरसाइकल आगलागी नियन्त्रणका उपकरणलगायत सामग्री जडान भएर काठमाडौंका गल्लीमा कुद्न तयार पारिएको उनले जानकारी दिए।
कम्पनीले निःशुल्क उपलब्ध गराएका फायर बाइकको सोमबारबाट औपचारिक सुरुआत गरिएको हो। त्यसलाई ‘तुफान' नाम दिइएको छ। उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सोमबार फायर बाइक सेवाको औपचारिक शुभारम्भ गरे।
जापान, सिंगापुरलगायत देशमा समेत फायर बाइक प्रयोग हुँदै आए पनि यो दमकलको विकल्प भने होइन। यसले दमकलको काममा सहयोगसम्म गर्न सक्छ।
कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत ३५ लाख रुपैयाँबराबरका १० मोटरसाइकल फायर बाइक बनाउन उपलब्ध गराइएको जानकारी दिए।
आगलागी हु“दा वा कसैले १०१ नम्बरमा फोन गरेर आगो लागेको सूचना दिए सुरुमै फायर बाइक कुदाउने व्यवस्था गरिएको छ। त्यसपछि आवश्यकताअनुसार दमकल पठाइनेछ। ती बाइकमा आगलागी नियन्त्रण गर्न आवश्यक साधन र यन्त्र जडान गरिएको छ। आगो निभाउन आवश्यक कार्बनडाइअक्साइड, ड्राई केमिकल पाउडर, फायर एक्स (आगलागी हु“दा प्रयोग गर्ने बन्चरो), हाइड्रोलिक कटर, अक्सिजन, धुवा“ नियन्त्रण गर्ने सेट, पानीको पाइप, डोरीलगायत सामग्री बाइकमै राखिएको वारुणयन्त्र कार्यालयले जनाएको छ।
हरेक बाइकमा आवश्यकताअनुसार छुट्टाछुट्टै प्रविधि जडान गरिएको भट्टराईले जानकारी दिए। उनका अनुसार दमकल पुग्नै नसक्ने अग्लो ठाउँ वा साँघुरो गल्लीभित्र आगो लाग्दा नियन्त्रण गर्ने उपकरण पनि यसमा जोडिएको छ।
गोल्छाले राजधानीमा आगलागी नियन्त्रणका लागि ठूला दमकल समयमा पुग्न नसक्ने अवस्थामा बाइकलाई नै अग्निनियन्त्रकका रूपमा प्रयोग गर्न सकिने बताए। ‘यसबाट धेरैले चाँडो र सहजै उद्धार पाउनेछन्,' उनले भने, ‘फायर बाइकलाई उपत्यकाबाहिर पनि विस्तार गर्न सहयोग गर्ने विचार गरेका छौं।'
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले आगलागी तथा विपद परेका ठाउँमा दमकलभन्दा चा“डो पुगेर फायर बाइकले घटना नियन्त्रणमा लिने बताए।
‘यो दमकलको विकल्प भने होइन,' उनले भने, ‘यसले आगलागीका सुरुआती अवस्थालाई नियन्त्रणमा लिन सहयोग पुर्याउनेछ, त्यसपछि आगलागीको प्रकृति र अवस्था हेरेर दमकल पनि बोलाएर घटनालाई पूर्ण नियन्त्रणमा ल्याइनेछ।'
Posted by Unknown | Friday, March 28, 2014 |
Posted in
information
Want to buy a new cloth, a book, a mobile phone or even order your lunch online from your home. Yes, it is possible in Nepal and there are a lot of companies offering these services. Though problems like lack of proper payment gateway, transportation and internet reliability are existent in Nepal, many innovators have developed some innovative e-commerce services in Nepal.

We have made a list of some e-commerce sites in Nepal. Most of them are used primarily by Nepalis living aboard who wish to send gifts to Nepal.
Traditional e-commerce sites:
Muncha.com: Muncha is probably the most popular e-commerce site in Nepal. It is popular among non-residential Nepalis to send gifts to any part of Nepal. The site is popular for buying birthday cakes, flowers, gifts, toys as well as electronic items. You can pay via. E-banking, credit card or even cash-on delivery.
YesKantipur.com: Launched by Kantipur Publications, Yeskantipur aims to provide everything to your doorstep. A wide variety of items including books, electronic items, home appliances, food and beverages are available from different vendors. The services are available only inside Kathmandu valley with cash-on-delivery or e-banking. There is no delivery charge for items inside ring road. Special discounts are announced on the site in regular interval.
Rojeko.com: Rojeko has a wide variety of items for those willing to buy products inside Nepal or those willing to send gifts to Nepal. Rojeko is mostly focused on electronic items. Payment can be done via. Paypal, credit cards, e-sewa or cash-on-delivery. There is always a crazy offer with heavy discount for a product.
Bhatbhatenionline.com: The popular departmental store, Bhatbhateni has its own e-commerce site. Different types of items available on departmental store are also available on its online portal. Payment can be done via. Paypal, e-banking or credit card.
Some innovative e-commerce products:
Apart from traditional e-commerce sites, some entrepreneurs have implemented revolutionary ideas in Nepali market. With features of viewing and ordering products online, these services have their specialties which make them different from other sites. Here are a few innovative ideas implement in Nepal:
Harilo.com: Harilo allows people in Nepal to buy good from US retails and pay from Nepal. You can simply oder products from any US-based websites like Amazon and get them delivered to you in Nepal via. Harilo. In other words, you get the same services as US citizen. You can pay via. E-banking, Paypal and a lot of other options which also includes writing a check to Harilo.
MetroTarkari.com: Recently launched by a group of young enterpreneurs, Metrotarkari is a unique product in Nepal which delivers vegetables at your doorstep. With an ambition of reducing the gap between farmers and customers, the site allows users to select vegetables, fruits or meat online and get them delivered at the doorstep with cash-on-delivery facility.
Foodmandu.com: Foodmandu is another unique service, which delivers food from different restaurants in Kathmandu and Lalitpur to your doorstep. It has a list of 75 different restaurants in valley and their menus from which you order any items of your choice. The items get delivered within an hour and payment can be cash-on-delivery.
- See more at: http://kalopati.com/469/the-top-e-commerce-sites-in-nepal/#sthash.u59YUtT5.dpuf