Posted by Unknown | Monday, June 2, 2014 |
Posted in
420 Ko Jhadka,
amazing,
TECHNOLOGY
एयरपोर्टको साझा नियति हो गह्रौं सुटकेश गुडाउँदै ट्याक्सी खोज्नु । चाहे नेपालमा होस् वा अन्य बिकशित देशमा ट्याक्सी नै मनोमानी भाडा त लिइहाल्छन नै ।
तर, कल्पना गर्नुस् त, गुडाउँदै गरेको सुटकेशमाथि बसेर घर पुग्न पाए कस्तो हुन्छ होला ? ट्याक्सी भाडा पनि बचत, गुडाउने झण्झट पनि अन्त्य ।
हो, यस्तै कल्पना अब पुरा हुँदैछ । एक चिनियाँले यस्तो सुटकेशको आबिस्कार गरेका छन् जसमा बसेर तपाईं आरामले घर पुग्न सक्नुहुन्छ ।
ही लियाङकाईले बनाएको इलेक्ट्रोनिक सुटकेसको तौल १५ पाउण्ड छ । यसमा व्याट्री लगाइएको छ । यो फुल चार्ज भएको समयमा दुई जना बसेर ३७ माइलसम्म यात्रा गर्न सकिन्छ ।
गुडाउनका लागि अगाडिको भागमा ह्याण्डलको व्यवस्था गरिएको छ, जसमा ब्रेकसमेत छ । चीनको हुनान प्रान्तका ही लियाङकाई यही सुटकेटमा बसेर रेल स्टेशनको ७ माइल आसपास पुग्छन् ।
उनले इलेक्ट्रोनिक सुटकेस १० वर्ष लगाएर बनाएका हुन् । सन् १९९९ मा उनले कार सेफ्टी सिस्टम बनाएका थिए, जसका कारण अमेरिकामा अवार्ड समेत जिते ।
Posted by Unknown | Wednesday, May 28, 2014 |
Posted in
TECHNOLOGY
(एजेन्सी)– झाडीहरुको माझमा एक रोबोट ट्यांकी आफ्नो ‘क्याटरपिलर ट्रयाक’ मा तुफानी तरिकाले अगाडि बढिरहेको छ । त्यसपछि अचानक यो रोकिन्छ र आफ्नो मेसीनगनले गोलीहरु बर्साउन थाल्दछ ।
यो कुनै साइन्स फिक्सन फिल्मको दृश्यजस्तो लाग्दछ तर वास्तवमा यो एक रोबोटको भिडियो हो जसको परिक्षण अमेरिकी सेनाले गरिरहेको छ ।
भोलीको साइन्स फिक्सन फिल्मको कल्पना आजको युद्ध मैदानमा यथार्थमा बदल्न सक्ने यो एउटा उदाहरण मात्र हो ।
एक मिटर लामो यो सानो ट्यांकीलाई उत्तरी अमेरिकाको क्विनेटिङ कम्पनीले बनाएको हो । आज ९० भन्दा बढि देशहरुमा यस्तो प्रवृधिको प्रयोग गरिएको छ र शोध कम्पनी आइएचएसको अनुसार २०१४–२३ सम्म यो उद्योग ५७.३२ खर्ब रुपैँयाको हुनेछ ।
आइएचएसका डेरिक म्यापल भन्छन्, ‘अमेरिका यसको मुख्य बजार र मुख्य खेलाडी रहनेछ तर थुप्रै देशहरु मानवरहित सिस्टमको क्षमताको विकासमा अग्रसर रहेका छन् । ’
Posted by Unknown | |
Posted in
420 Ko Jhadka,
amazing,
science & technology,
TECHNOLOGY
(एजेन्सी)– गुगलले विभिन्न टेक्नोलोजीको प्रयोग गरेर विभिन्न उपकरणहरुको विकास गर्ने क्रम जारी छ यस्तैमा अब यसले आफैँ चल्ने कार निकाल्ने भएको छ ।
उक्त कारमा ‘स्टप–गो’ अर्थात् ‘चल्ने–बन्द हुने’ बटन मात्र राखिएको छ, यसमा कन्ट्रोल, स्टिरिङ व्हिल र पेडल केहि पनि हुँदैन ।
गुगल कारको यी तस्बिरहरुले यो कार चलाउनमा निकै सजिलो, राम्रो डिजाइन भएको र मानिसहरुलाई आफै चल्ने प्रविधिसँग जानकार गराउँदछ ।
यसका सह–संस्थापक सर्जे ब्रिनले क्यालिफोर्नियामा भएको सम्मलेनमा यसको भावी योजनाको बारेमा खुलासा गरे ।
‘हामी यो कारका निम्ति धेरै खुसी छौँ । यो एउटा यस्तो प्रविधि हो जसले कारको आफैँ चल्ने क्षमताका बारेमा प्रयोगकर्ताहरुलाई जानकार गराउँदछ र यसको सिमाको बारेमा पनि मानिसहरुलाई सचेत गराउँदछ । ’
उक्त कारले मानिसहरुको गतिशीलतालाई बदलेर जीवन सुधार्ने पनि उनले थपे ।
Posted by Unknown | Wednesday, May 14, 2014 |
Posted in
science & technology,
TECHNOLOGY
सामसुङ ग्यालेक्सी एस फाइभ स्मार्टफोन नेपाली बजारमा कपर गोल्ड कलरमा पनि उपलब्ध भएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेजले एस फाइभ कपर गोल्ड कलरमा उपलब्ध गराएको हो ।
कपर गोल्ड कलर सबै उमेर समुहलाई सुहाउनुका साथै उपभोक्तालाई प्रोफेशनल समेत देखाउँछ । हरेक समुहका उद्योगी व्यवसायी तथा पेशाकर्मीहरुलाई यो कलर उपयुक्त हुने कम्पनीले दाबी गरेको छ ।
कपर गोल्ड कलरसँगे एस फाइभ विभिन्न ४ कलरमा उपलब्ध भएको छ । यसअगाडी कम्पनीले सेतो, कालो र इलेक्टि्रक ब्लु कलरमा एस फाइभ उपलब्ध गराइसकेको छ । अहिले नेपाली बजारमा एस फाइभको मूल्य ७६ हजार रुपैयाँ पर्छ ।
Posted by Unknown | Thursday, April 10, 2014 |
Posted in
information,
science & technology,
TECHNOLOGY
गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको अर्को उद्देश्य हो यस्ता डिभाइसका एप बनाउनेलाई आकर्षित गर्नु।
प्रविधिको संसार अहिले एप केन्द्रित हुँदै गएकाले नयाँ ग्याजेटतर्फ डेभलपरहरूलाई आकर्षित नगरे अगाडि बढ्न सकिन्न।
'हामी सधैँ मानिसको जीवनलाई प्रविधिबाट कसरी सहज बनाउन सकिन्छ भन्ने ध्येयमा सक्रिय छौँ र यो त्यसैको परिणाम हो,' गुगलको एन्ड्रोइड एन्ड क्रोम डिभिजनका प्रमुख सुन्दर पछाईले कम्पनीको आधिकारिक ब्लगमा लेखेका छन्। एन्ड्रोइड वेयर नाम दिइएको यो स्मार्ट घडीले प्रयोगकर्ताको आवश्यकताअनुसार सूचना प्रवाह गर्छ। साथै स्मार्टफोनसँग कनेक्ट गराएर प्रयोगकर्ता र ग्याजेटबीच पुलको पनि काम गर्छ।

गुगल घडीको डेमो भिडियोमा देखाइएअनुसार यो डिभाइसले गुगलको नेक्ससले जस्तै काम गर्छ। जस्तो कि गुगल म्यापबाट तपाईं सुन्धाराबाट बौद्ध जाने बाटो जसरी पहिचान गर्नुहुन्छ गुगलको यो घडीमा पनि त्यस्तै सुविधा उपलब्ध हुनेछ। गुगलकै भ्वाइस पहिचान गर्ने प्रविधि पनि यसमा समेटिएको छ। नाडी घडीलाई प्रश्न गर्नुस् उसले तपाईंको बोली पहिचान गरेर सोधेको कुराको जबाफ दिन्छ। बोलीलाई टेक्स्टमा रूपान्तरण गरी सर्च इन्जिनमा पठाउँदै यो प्रविधिले काम गर्छ। यसमा एन्ड्रोइड फोनमा हुने धेरैखाले फिचर उपलब्ध छन्। गुगल नेक्ससका धेरै सुविधा यसमा पनि छ।
औपचारिक ब्लग बाहेक गुगलले यो ग्याजेटमा अरू के–के उपलब्ध छ भन्ने चाहिँ खुलाएको छैन। गुगलले हातेघडी सार्वजनिक गर्नुअघि नै गुगल ग्लास सार्वजनिक गरिसकेको छ। यो ग्याजेट एउटा चस्मा हो जसबाट प्रयोगकर्ताले स्मार्ट फोनका धेरै सुविधाहरू प्रयोग गर्नसक्छन।
यसअघि यस्तै सुविधाको हातेघडी सामसुङ, एलजीजस्ता कम्पनीले पनि बजारमा ल्याइसकेका छन्। प्रविधि बजारमा पहिलो स्थानमा रहेको एप्पल पनि के कम। एप्पलले पनि यस्तै प्रविधिमा आधारित हातेघडी तयार पारिरहेको छ। मोबाइलको बजार बढ्ने क्रमसँगै एकाएक हातेघडीको बजार विस्थापित भएको थियो। तर, स्मार्ट प्रविधिमा आधारित भएर घडी आउनेक्रम सुरु भएपछि के हातेघडी पहिलेकै अवस्थामा पुग्ला? यसका लागि केही समय प्रतीक्षा नै गर्नुपर्ला।
Posted by Unknown | Wednesday, April 9, 2014 |
Posted in
Featured,
information,
science & technology,
TECHNOLOGY
लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

अध्ययनअनुसार २५ वर्षभन्दा कम उमेरका युवा मोबाइल फोनको प्रयोग दिनमा ३२ पटकभन्दा बढी गर्दछन्।स्मार्टफोनका साथै कम्प्युटर, ट्याबलेट र फ्ल्याट स्त्रि्कन भएका टिभीको अत्यधिक प्रयोगले पनि आँखामा दीर्घकालीन असर पर्ने अध्ययनमा देखिएको छ।
'स्मार्टफोनको स्क्रिनबाट निस्कने नीलो प्रकाश आँखाका लागि हानिकारक छ,' अप्टिसियन एन्ड्र हेपवर्थले भन्छन्, 'यो आँखाको पछिल्लो भागका लागि खतरनाक हुन्छ।'
उनका अनुसार यो नीलो प्रकाशकमा 'म्याकुलर डिजेनेरेसन'को खतरा हुन्छ, जसले मानिस अन्धोसमेत हुन सक्छ। निरन्तर नीलो प्रकाशमा हेर्नाले निद्रा र दिमागमा असर गर्छ। स्मार्टफोन चलाउँदा हामी आँखा कमै झिम्क्याउँछौं। फोनसँग आँखाको दुरी पनि कम हुन्छ, जसले गर्दा आँखामा बढी असर पर्दछ।
'आँखाको समस्या र स्मार्टफोनसँग त्यसको सम्बन्धबारे हामी अनभिज्ञ छौं,' हेपवर्थ भन्छन्, 'तर प्रयोगशालामा गरिएको परीक्षणबाट स्मार्टफोनले आँखालाई असर गर्ने कुराको ठोस प्रमाण प्राप्त भएको छ।'
Posted by Unknown | |
Posted in
information,
science & technology,
technical education,
TECHNOLOGY
तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि सर्वाधिक रुचाइएको अपरेटिङ सिस्टम विन्डोज एक्स पी माइक्रोसफ्टले आजदेखि बन्द गरेको छ।
फेसबुक, सन्यापच्याट, इफोन र आइप्याड आउनु अगाडिको लोकप्रिय ओएस एक्सपीलाई माइक्रोसफ्टले बन्द गरेको हो। झन्डै १३ वर्ष जीवित रहेको एक्सपीका विश्वभरि अझै पनि २० देखि २५ प्रतिशत धेरै प्रयोगकर्ता छन्। अमेरिकामै ३० प्रतिशत कम्प्युटरमा एक्सपी रहेको जनाइएको छ।

अनलाइनमार्फत सिस्टम अपग्रेड गर्ने सेवा निरन्तर उपलब्ध रहने उसले जनाएको छ।
विन्डोजमा प्रवेश गर्न सक्ने हानिकारक मालवेयर तथा भाइरसबाट जोगाउन एक्सपीका लागि माइक्रोसफ्टले दिने सपोर्ट बन्द गरिएको छ। अफिसियल सुरक्षा बन्द गरिँदा विन्डोज एक्सपीका कम्प्युटरमा ह्याकरको खतरा बढेको छ।
माइक्रोसफ्टले विन्डोज एक्सपीको बिक्री सन् २००१ मा सुरु गरेको थियो । नेपालमा पनि एक्सपीका धेरै प्रयोगकर्ता छन्। सपोर्ट बन्द गरिँदा नेपालका प्रयोगकर्तालाई भने खासै असर पर्ने छैन। यहाँका अधिकांश प्रयोगकर्ता पाइरेटेड भर्सन चलाउने हुँदा उनीहरुले माइक्रोसफ्टबाट पहिलैदेखि सपोर्ट पाएका छैनन्।
Posted by Unknown | Saturday, April 5, 2014 |
Posted in
mo,
science & technology,
technical education,
TECHNOLOGY
मोबाइल अपरेटिङ सिस्टममा आफ्नो बजार हिस्सा बढाउने कोसिसमा रहेको माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको नयाँ भर्सन सार्वजनिक भएको छ ।

विन्डोज ८.१ नाम दिइएको यो नयाँ अपरेटिङ सिस्टममा विन्डोज ८ मा देखिएका प्रायः सवै समस्या समाधान गरिएको छ भने यस्ता थुप्रै नयाँ फिचर थपिएको छ जसले एन्ड्रोइड र एप्पल अपरेटिङ सिस्टमसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्छ ।
अप्रिल महिनाको अन्त्यसम्ममा नयाँ फोन किन्ने ग्राहकले विन्डोज ८.१ चलाउन पाउनेछन् । पुराना प्रयोगकर्ताले भने केही समय कुर्नुपर्ने छ ।
थपिएका सुबिधा
कोर्टानाः एप्पलको ‘सिरी’ र एन्ड्रोइडको ‘गुगल नाव’ जस्तै विन्डोजले पनि कोर्टाना फिचर थपेको छ जसले फोन प्रयोगकर्तालाई सघाउने छ । कोर्टानामा सिरी र गुगल नावको हाइब्रिड भर्सनजस्तो देखिन्छ जसले दुवै खाले सेवा सेवा दिन्छ । अर्थात तपाईले कोर्टानामार्फत् भ्वाइस कमाण्ड दिन सक्नुहुन्छ भने गुगल नावजस्तै इमेल पढने र सोहीअनुसार नोटिफिकेसन सेट गर्ने काम पनि गर्ने छ । तपाईले दिएका भ्वाइस कमाण्डको रेकर्ड स्टोर भएर पनि बस्नेछ जसले फोन प्रयोगकर्तालाई सजिलो बनाइदिने छ ।
गुगल र एप्पलभन्दा भिन्न कोर्टानाले तेस्रो पक्षले बनाएका फेसबुक लगायतका मोबाइल एप्समा पनि काम गर्ने छ । कोर्टानामा विङ सर्च इन्जिन उपलब्ध छ । तत्कालका लागि यो सेवा अमेरिकामा मात्र उपलब्ध हुनेछ ।
एक्सन सेन्टरः यो विन्डोज फोनमा जडित नोटिफिकेसन सुबिधा हो जो एन्ड्रोइड र एप्पल अपरेटिङ सिस्टममा समेत उपलब्ध छ । यसमा चारवटा अप्सन राखिएको छ– वाईफाई, ब्लुटुथ, एरोप्लेन मोड र इन्टरनेट सेयरिङ । यसले ब्याट्री र नेटवर्कको सूचना समे दिने छ ।
होम स्क्रिनमा सुधारः नयाँ भर्सनको होम स्क्रिनमा विन्डोजले धेरै सुधार गरेको छ । ठूलो साइजका विन्डोज फोन निर्माण हुँदै गर्दा हाइ डेन्सिटी अप्सन राखिएको छ जसले गर्दा प्रयोगकर्ता स्क्रिनमा आफुले चाहेका टाइल अप्सन थप्न सक्नेछन् । यसैगरि प्रयोगकर्ताले आफ्नो छनौटको तस्वीरलाई वालपेपर र ब्याकग्राउन्ड वालपेपर बनाउन सक्नेछन् ।
अन्य सुबिधाः विन्डोज ८.१ मा किवोर्ड परिवर्तन गरि स्वाईप किवोर्ड ल्याइएको छ भने इन्टरनेट एक्सप्लोरर ११ इन्स्टल गरिएको छ । यो सँगै माइक्रोसफ्टले डेस्कटप भर्सनको विन्डोज ८.१ मा पनि सुधार गरेको जसमा स्टार्ट मेनलाई पुन डेस्कटपमा ल्याइएको छ । अब प्रयोगकर्ताले स्टार्ट मेनु क्लिक गर्दा त्यहाँ इन्स्टल गरिएका एप र युजर इन्टरफेसमा पनि एक्सेस पाउने छन् ।
एप्समा ब्यापक सुधार
आजकल स्मार्टफोनको बिक्रिको मुख्य आधार नै एप्स भएका छन् । जति सजिलो एप्स स्टोर त्यति धेरै फोन बिक्रि । यहि तथ्य बुझेर होला माइक्रोसफ्ट आफ्नो एप्स रणनीतिमा ब्यापक सुधार गर्दै छ ।
एप्स सुधारसम्बन्धी मेगा परियोजना हालै डेभलपरको सम्मेलनमा सुनाइएको थियो । जसअनुसार अब एउटै एप्सले डेस्कटप, मोबाइल, ट्याबेलट र गेम कन्सोल एक्सबक्समा समेत काम गर्ने छ ।
प्रयोगकर्ताले एउटा डिभाइसमा डाउनलोड गरेको एप अर्कोमा पनि प्रयोग गर्न सक्नेछन् । तर, यस्तो अधिकार प्रयोगकर्तालाई दिने कि नदिने भन्ने कुराको निर्धारण डेभलपरले गर्न पाउने छन् ।
कम्पनीको नयाँ रणनीति सुनेका डेभलपरहरु, जो यसअघि एप्पलमा मात्र आफ्ना एप्स बेचिरहेका थिए, विन्डोजसँग काम गर्न उत्साहित देखिएका छन् । विन्डोज कोर्टानाले साँच्चै एप्पल सिरी र गुगल नावलाई चुनौती दिने उनीहरुको बुझाइ छ । एप स्टोर सुधार रणनीतिले मोबाइल बजारमा विन्डोजको बजार हिस्सा बढाउने र एप्सको बजार पनि फैलिनेमा उनीहरु आशाबादी देखिएका छन् ।
Posted by Unknown | Thursday, April 3, 2014 |
Posted in
success of life,
TECHNOLOGY,
Top Stories
सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले गत वर्ष शेयर बेचेर ३.३ अर्ब डलर कमाएका छन् । फेसबुकको शेयर आम मानिसका लागि खुला गरेपछि उनीसँग शेयर आपूर्तिको विकल्प सकिएको थियो ।
यो बर्ष उनले आफ्नो बाषिर्क तलव घटाउँदै जम्मा १ डलरमा सिमित गरेका छन् । गूगलका प्रमुख कार्यकारी ल्यारी पेज र एपलका तत्कालिन प्रमुख कार्यकारी स्टीव जब्सको पदचाप पछ्याउँदै उनले बाषिर्क तलव १ डलरमा सिमति गरेका हुन् ।
यद्यपि उनले गत वर्ष कुल ६ लाख ५३ हजार १ सय ६५ डलर खर्च गरेका छन् । २०१२ मा यो रकम १९.९ लाख डलर पुगेको थियो ।
यो रकमको अधिंकाश हिस्सा जुकरबर्गको यात्राका लागि विमान भाडामा लिन प्रयोग गरिएको र यो सुरक्षाका कारण आवश्यक रहेको फेसबुकले जनाएको छ । हाल जुकरबर्गसँग ४२६३ करोड फेसबुक शेयर छ । जसको बजार मूल्य २५.७ अर्ब डलर छ ।