Posted by Unknown | Wednesday, April 9, 2014 |
Posted in
information,
science & technology,
technical education,
TECHNOLOGY
तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि सर्वाधिक रुचाइएको अपरेटिङ सिस्टम विन्डोज एक्स पी माइक्रोसफ्टले आजदेखि बन्द गरेको छ।
फेसबुक, सन्यापच्याट, इफोन र आइप्याड आउनु अगाडिको लोकप्रिय ओएस एक्सपीलाई माइक्रोसफ्टले बन्द गरेको हो। झन्डै १३ वर्ष जीवित रहेको एक्सपीका विश्वभरि अझै पनि २० देखि २५ प्रतिशत धेरै प्रयोगकर्ता छन्। अमेरिकामै ३० प्रतिशत कम्प्युटरमा एक्सपी रहेको जनाइएको छ।

अनलाइनमार्फत सिस्टम अपग्रेड गर्ने सेवा निरन्तर उपलब्ध रहने उसले जनाएको छ।
विन्डोजमा प्रवेश गर्न सक्ने हानिकारक मालवेयर तथा भाइरसबाट जोगाउन एक्सपीका लागि माइक्रोसफ्टले दिने सपोर्ट बन्द गरिएको छ। अफिसियल सुरक्षा बन्द गरिँदा विन्डोज एक्सपीका कम्प्युटरमा ह्याकरको खतरा बढेको छ।
माइक्रोसफ्टले विन्डोज एक्सपीको बिक्री सन् २००१ मा सुरु गरेको थियो । नेपालमा पनि एक्सपीका धेरै प्रयोगकर्ता छन्। सपोर्ट बन्द गरिँदा नेपालका प्रयोगकर्तालाई भने खासै असर पर्ने छैन। यहाँका अधिकांश प्रयोगकर्ता पाइरेटेड भर्सन चलाउने हुँदा उनीहरुले माइक्रोसफ्टबाट पहिलैदेखि सपोर्ट पाएका छैनन्।
Posted by Unknown | |
Posted in
technical education,
video song
भारतीय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘डीआइडी लिटिल मास्टर’का दुई चर्चित सहभागीहरुले नेपालको स्टेज तताएका छन् ।
ओम क्षेत्री, सौम्या राई लगायतका कलाकारले मंगलबार काठमाण्डौको सानो गौचरनमा आयोजना भएको कार्यक्रममा स्टेज तताएका हुन् । यस्तै बलिउड सिनेमाको समेत कोरियोग्राफी थालिसकेका सुनिल क्षेत्री, प्रदिप गुरुङ पनि कार्यक्रमको विशेष आकर्षण बनेका थिए ।कस्तुरी भिजनले आयोजना गरेको ‘लेट्स रक’ नामको कार्यक्रमका लागि चर्चित बाल डान्सरहरु नेपाल आएका हुन् । प्रचार प्रसार कमजोर हुँदा कार्यक्रममा दर्शकको संख्या भने कमजोर देखियो । ओम र सौम्या ‘डीआइडी लिटिल मास्टर सिजन २’ का चर्चित प्रतिस्पर्धी हुन् ।
Posted by Unknown | Saturday, April 5, 2014 |
Posted in
mo,
science & technology,
technical education,
TECHNOLOGY
मोबाइल अपरेटिङ सिस्टममा आफ्नो बजार हिस्सा बढाउने कोसिसमा रहेको माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको नयाँ भर्सन सार्वजनिक भएको छ ।

विन्डोज ८.१ नाम दिइएको यो नयाँ अपरेटिङ सिस्टममा विन्डोज ८ मा देखिएका प्रायः सवै समस्या समाधान गरिएको छ भने यस्ता थुप्रै नयाँ फिचर थपिएको छ जसले एन्ड्रोइड र एप्पल अपरेटिङ सिस्टमसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्छ ।
अप्रिल महिनाको अन्त्यसम्ममा नयाँ फोन किन्ने ग्राहकले विन्डोज ८.१ चलाउन पाउनेछन् । पुराना प्रयोगकर्ताले भने केही समय कुर्नुपर्ने छ ।
थपिएका सुबिधा
कोर्टानाः एप्पलको ‘सिरी’ र एन्ड्रोइडको ‘गुगल नाव’ जस्तै विन्डोजले पनि कोर्टाना फिचर थपेको छ जसले फोन प्रयोगकर्तालाई सघाउने छ । कोर्टानामा सिरी र गुगल नावको हाइब्रिड भर्सनजस्तो देखिन्छ जसले दुवै खाले सेवा सेवा दिन्छ । अर्थात तपाईले कोर्टानामार्फत् भ्वाइस कमाण्ड दिन सक्नुहुन्छ भने गुगल नावजस्तै इमेल पढने र सोहीअनुसार नोटिफिकेसन सेट गर्ने काम पनि गर्ने छ । तपाईले दिएका भ्वाइस कमाण्डको रेकर्ड स्टोर भएर पनि बस्नेछ जसले फोन प्रयोगकर्तालाई सजिलो बनाइदिने छ ।
गुगल र एप्पलभन्दा भिन्न कोर्टानाले तेस्रो पक्षले बनाएका फेसबुक लगायतका मोबाइल एप्समा पनि काम गर्ने छ । कोर्टानामा विङ सर्च इन्जिन उपलब्ध छ । तत्कालका लागि यो सेवा अमेरिकामा मात्र उपलब्ध हुनेछ ।
एक्सन सेन्टरः यो विन्डोज फोनमा जडित नोटिफिकेसन सुबिधा हो जो एन्ड्रोइड र एप्पल अपरेटिङ सिस्टममा समेत उपलब्ध छ । यसमा चारवटा अप्सन राखिएको छ– वाईफाई, ब्लुटुथ, एरोप्लेन मोड र इन्टरनेट सेयरिङ । यसले ब्याट्री र नेटवर्कको सूचना समे दिने छ ।
होम स्क्रिनमा सुधारः नयाँ भर्सनको होम स्क्रिनमा विन्डोजले धेरै सुधार गरेको छ । ठूलो साइजका विन्डोज फोन निर्माण हुँदै गर्दा हाइ डेन्सिटी अप्सन राखिएको छ जसले गर्दा प्रयोगकर्ता स्क्रिनमा आफुले चाहेका टाइल अप्सन थप्न सक्नेछन् । यसैगरि प्रयोगकर्ताले आफ्नो छनौटको तस्वीरलाई वालपेपर र ब्याकग्राउन्ड वालपेपर बनाउन सक्नेछन् ।
अन्य सुबिधाः विन्डोज ८.१ मा किवोर्ड परिवर्तन गरि स्वाईप किवोर्ड ल्याइएको छ भने इन्टरनेट एक्सप्लोरर ११ इन्स्टल गरिएको छ । यो सँगै माइक्रोसफ्टले डेस्कटप भर्सनको विन्डोज ८.१ मा पनि सुधार गरेको जसमा स्टार्ट मेनलाई पुन डेस्कटपमा ल्याइएको छ । अब प्रयोगकर्ताले स्टार्ट मेनु क्लिक गर्दा त्यहाँ इन्स्टल गरिएका एप र युजर इन्टरफेसमा पनि एक्सेस पाउने छन् ।
एप्समा ब्यापक सुधार
आजकल स्मार्टफोनको बिक्रिको मुख्य आधार नै एप्स भएका छन् । जति सजिलो एप्स स्टोर त्यति धेरै फोन बिक्रि । यहि तथ्य बुझेर होला माइक्रोसफ्ट आफ्नो एप्स रणनीतिमा ब्यापक सुधार गर्दै छ ।
एप्स सुधारसम्बन्धी मेगा परियोजना हालै डेभलपरको सम्मेलनमा सुनाइएको थियो । जसअनुसार अब एउटै एप्सले डेस्कटप, मोबाइल, ट्याबेलट र गेम कन्सोल एक्सबक्समा समेत काम गर्ने छ ।
प्रयोगकर्ताले एउटा डिभाइसमा डाउनलोड गरेको एप अर्कोमा पनि प्रयोग गर्न सक्नेछन् । तर, यस्तो अधिकार प्रयोगकर्तालाई दिने कि नदिने भन्ने कुराको निर्धारण डेभलपरले गर्न पाउने छन् ।
कम्पनीको नयाँ रणनीति सुनेका डेभलपरहरु, जो यसअघि एप्पलमा मात्र आफ्ना एप्स बेचिरहेका थिए, विन्डोजसँग काम गर्न उत्साहित देखिएका छन् । विन्डोज कोर्टानाले साँच्चै एप्पल सिरी र गुगल नावलाई चुनौती दिने उनीहरुको बुझाइ छ । एप स्टोर सुधार रणनीतिले मोबाइल बजारमा विन्डोजको बजार हिस्सा बढाउने र एप्सको बजार पनि फैलिनेमा उनीहरु आशाबादी देखिएका छन् ।