News Ticker

sports

अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई

Posted by Unknown | Tuesday, October 14, 2014 | Posted in

अर्काको लोग्नेसँग सुतेको आरोपमा चीनमा एक महिलालाई व्यस्त सडकमा नांगेझार पारेर कुटपिट गरिएको छ । ३८ वर्षकी ली याओ नामकी महिलालाई नांगेझार पारी सडकमै लछारपछार गरी ४ जना महिलाले कुटपिट गरेको रमिता धेरै हेरेपछि कसैले केही गर्न सकेनन् ।चीनको हेनान प्रान्तस्थित पुयान सहरमा किनमेल गरेर आफ्नो घरतर्फ फर्किँदै गरेकी ली माथि अनायासै महिलाको एक झुण्डले आक्रमण गर्यो । उनलाई कपडा च्यातचुत पारेर नांगेझार पारियो अनि यौनांग, वक्षस्थल तथा सरीरका अन्य भागमा समेत गोँदगाद पार्दै लछारपछार गरियो ।




ली माथि त्यसरी आक्रमण गरिनुको खास कारण रहेछ । आक्रमणकारी मध्येकी एक महिलाका श्रीमानसँग ली ले यौन सम्बन्ध राखेकी रहेछिन् । आफ्नो लोग्नेसँग सल्किएको आरोपमा ती महिलाले अन्य ३ जना साथीहरु सँग मिलेर ली लाई रामधुलाई गरेकी रहेछिन् ।
उनीहरुको मामिला आन्तरिक ठानेर बाटो हिड्नेले पनि झगडा छुट्टाउने आँट गरेनन् । ४ जना महिलाहरु ली लाई भकुरेर आफ्नो बाटो लागेपछि मात्र स्थानीय जुन फेंग नामका व्यक्तिले ली को उद्धार गरे । उनलाई पछि अस्पतालमा लगियो । उनको सरीरमा निकै चोटपटक लागेको रहेछ ।
चिनिया समाजमा यस्ता घटनाहरु पछिल्लो समयमा बढ्दै गएका छन् । अघिल्लो महिना चीनको जिनान सहरमा पनि यस्तै घटना भएको थियो । जुलाई महिलामा युलिन सहरमा पनि एक महिलामाथि यस्तै आरोपमा कुटपिट भएको थियो ।

गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली

Posted by Unknown | Monday, October 13, 2014 | Posted in ,

तस्वीरमा एकजना हजुरबालाई गोरु बाँध्ने किलोमा मोटो डोरीले टनटनी बाँधिएको छ । गम्छा बेरेको एक व्यक्तिले हातमा कागज बोकेर बूढा मान्छेका दुबै हात कुल्चिएको देखिन्छ भने अर्को व्यक्तिले बूढोमान्छेलाई दाम्लाले कसिरहेको देखिन्छ । छेउछाउमा अरु मानिस पनि छन् ।

यो कुनै नाटकको दृश्य होइन । मधेसमा अहिले पनि १८ औं शताब्दीको जंगबहादुर राणाकालीन सामन्ती परिपाटी हटेको छैन भन्ने एउटा कुरुप घटनाको दृश्य हो यो ।

दसैंका बेला गोरु बाँध्ने थलोमा बाँधिने व्यक्ति धनुषा, परवाहा-२ निवासी ज्येष्ठ नागरिक ७० वर्षीय मुलहु साह हुन् ।
साहलाई आफ्नै भाइ र भतिजा मिलेर बाँधेका हुन् ।

बाँध्ने टोलीको नेतृत्व गर्ने शिवजी साह नेपाली कांग्रेसमा सक्रिय कार्यकर्ता हुन् । प्रत्यक्षदर्शीका अनुसार शिवजीले आफ्ना तिनैजना छोरा झगरु साह, मनोज साह र पप्पु साहको सहयोगमा आफ्ना बुढा दाजुलाई गोरुजस्तै बाँधेर कागजमा औंठाछाप गराएका छन् ।

दाजुसँग जग्गा माग्दै आएका उनले जग्गा हडप्नका लागि त्यसरी बाँधेर औंठाछाप गराएको बताइएको छ । दाजुलाई बाँध्ने शिवजी यसअघि स्थानीय निकायको निर्वाचनमा लड्ने गरेका र गाँउमा पञ्च भलादमीको भूमिका समेत खेल्ने गरेका कांग्रेस नेतासमेत हुन् ।

समाजकै अगाडि यत्रो अत्याचार हुँदासमेत शिवजीमाथि कारवाही हुन सकेको छैन । घटनाको तस्वीर र भिडियो प्रहरीसमक्ष पुगेपछि स्थानीइ प्रहरीले घटना भएको चार दिनपछि शिवजीका दुई छोरालाई पक्राउ गरेको छ । शिवजी र उनका एक छोरा मनोज भने फरार छन् ।

कांग्रेस कार्यकर्ता शिवजीले सुरुमा सभासद रामकृष्ण यादवको दबावमा औरही प्रहरी चौकीबाट घटनाको ढाकछोप गर्न खोजेका थिए । तर, स्थानीयको अग्रसरतापछि प्रहरीले उनीहरुलाई वारेन्ड काटेको हो ।

पीडित पक्षले सभासद यादवलाई घटनाको प्रमाणबारे जानकारी गराएपछि उनले प्रहरीलाई दबाव दिन छाडेको र पछि हटेको स्थानीयले बताए ।

मुलहुलाई बाँधेर औंठाछाप लगाएकोमा स्थानीय बल्वा पण्डितले रोक्न खोज्दा उनीमाथि पनि पीडक चारैजनाले दुर्वव्यवहार एवं हातपात गरेको भिडियोसमेत प्रहरीसमक्ष पुगेको छ ।

यद्यपि अहिले पनि कांग्रेस कार्यकर्ता भएकै कारण शिवजीलाई पक्रन र दोषीउपर कारवाही अगाडि बढाउन प्रहरीले ढिलासुस्ती गरिरहेको स्थानीयको गुनासो छ ।

फरार दुबैजना सीमावर्ती भारतको हरिनेस्थित अाफ्ना छोरी/ज्वाँइको घर रहेको तर, प्रहरी उनीहरुलाई पक्रन तदरुकता नदेखाएको स्थानीय बताउँछन् ।

पाल्पामा छुरी हानी महिलाको हत्या, चार लुटेरा पक्राउ

Posted by Unknown | | Posted in

२७ असोज, पाल्पा । पूर्वी पाल्पाको रामपुरमा सोमवार दिउँसो छुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । हत्यामा संलग्न चार जनालाई स्थानीयबासीले पक्राउ गरेका छन् ।

चार जनाको समूहमा रहेका लुटेराले रामपुर नगरपालिका-७ की ५१ वर्षीया कोपिलादेवी मल्लको हत्या गरेको प्रहरीले जनाएको छ । सोमवार दिउँसो एक बजेतिर लुटपाट गर्न छिरेका उनीहरुले घरमा एक्लै रहेकी मल्ललाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते भएकी मल्लको स्थानीय रामपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरीक्षक केशरबहादुर थापाले बताए ।

वाणिज्य वैंकको शाखा कार्यालयको आडैमा रहेको घरमा चिच्याएको आवाज सुनेपछि स्थानीयले भारत विहार पटनाका १८ वषर्ीय कृष्ण साहनी, वीरगञ्जका सन्तोष साह, शंकर साह कानु र लालबाबु साह कानुलाई पक्रेर प्रहरीलाई बुझाएका छन् ।

स्थानीयबासीको कुटपिटबाट साहनी गम्भीर घाइते भएका छन् । उनलाई मिसन अस्पताल तानसेन लगिएको छ ।

साँच्चीकै राक्षस : महिलालाई काटेर मासु कपाकप

Posted by Unknown | Thursday, June 12, 2014 | Posted in , ,


भनिन्छ मान्छे आफ्नै व्यवहार तथा कर्मले देवता बन्छ र आफ्नै व्यवहार तथा कर्मले दानव । देउता र दानव दुबै यहीँ मानव चोलाभित्रै पाइन्छन् । अमेरिकामा एकजना मानिसले यस्तो व्यवहार देखाएका छन् की उनलाई दानव वा राक्षस नभन्ने को होला र ?

३७ वर्षका एक पुरुषले एकजना महिलालाई मारेर उनको सरीर टुक्राटुक्रा पार्दै कपाकप मासु खाए ।
समाचार अनुसार टेनिसीका बासिन्दा ग्रेगोरी स्कट हेलले लिसा हेदर नामकी महिलाको हत्यामात्र गरेनन् उनको टाउको, खुट्टा तथा हात लगायतका अंग काटेर छुट्टाए र टुक्राटुक्रा पारे ।
समाचार अनुसार उनले ती महिलाको मासु काटेर खाए पनि । अनि बाँकी रहेको सरीर आफ्नैै घर अगाडि ग्ँडे ।
राक्षसी पुरुषले आफुले महिलाको सरीरको मासु खाएको अनुसन्धान अधिकारी समक्ष स्विकार गरेको सिएनएनले जनाएको छ ।
अनुसन्धान अधिकारीहरुका अनुसार मारिने महिला र ती पुरुषबीच पूर्व चिनजान थिएन । ती पुरुषले एक्कासी महिलालाई मारेर त्यस्तो हिंश्रक काम गरेका हुन् । हत्याको एक दिन पछि उनी पक्राउ परे ।
उनी विरुद्ध परेको मुद्दाको अभियोगपत्रमा लेखिए अनुसार महिलालाई मारेपछि ती पुरुषले उनको टाउको र हात छिनालेर एउटा बाल्टिनमा राखे भने खुट्टा र अरु सरीरुलाई अर्को बाल्टिनमा राखे । त्यसपछि केही मासु खाएर बाँकी रहेको शवका टुक्राहरु जमिनमूनि गाडे । उनीमाथि निर्मम हत्या र लासलाई समेत दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको छ ।


विश्वप्रख्यात पत्रिका ‘गार्डीयन’को खुलासा: ‘दिलशोभाले घरेलु कामदारमा पठाएकी बालिकामाथि बलात्कार प्रयास भएको थियो’

Posted by Unknown | Friday, May 30, 2014 | Posted in ,

समाजसेवी दिलशोभा श्रेष्ठको ‘आमा घर’मा आश्रय लिएकी एक बालिकाले आफुलाई घरेलु कामदारका रुपमा काम गर्न पठाउँदा यातनाका साथ बलात्कारको प्रयास समेत भएको बयान दिएकी छन् । विश्वको प्रतिष्ठित पत्रिका ‘गार्डीयन’ले आफ्नो अनलाईन संस्करणमा त्यससम्बधी रिपोर्टका साथ बालिकाको बयान समावेश गरेको छ । त्यसमा आमा घरबाट घरेलु श्रममा पठाइएकी बालिकाले आफुलाई एकजनाले बलात्कारसमेत गर्न खोजेको बताएकी छन् ।

विश्वकै तेस्रो सबैभन्दा बढी पढिने न्युजपेपरको अनलाइन संस्करणमा बालिकाले भनेकी छन्,
‘म आमाको घरमा १२ वर्षको हुँदा आएको थिएँ । म यहाँ आएको एक वर्षपछि मलाई घरेलु कामदारका रुपमा काम गर्न पठाइयो, कसैको घरमा । म त्यहाँ करीब ४ वर्ष बसें । जो श्रीमती हुनुहुन्थ्यो, त्यो घरको, उहाँले मेरो कपाल तान्ने, मलाई गाली गर्ने पिटने गर्नुहुन्थ्यो । कहिलेकाँही त मलाई थुक्ने पनि गर्नुहुन्थ्यो । त्यहाँ एकजान बृद्ध पनि हुनुहुन्थ्यो मान्छे, उहाँले मलाई बलात्कार गर्न …….

एक बर्षसम्म ब्यस्त सडकमै झुण्डीएको शव कसैले नदेख्दा

Posted by Unknown | Thursday, April 3, 2014 | Posted in , , , , , ,

 काठमाडौं, २० चैत्र (एजेन्सी) : चीनमा एक व्यक्तिको शव एक वर्षसम्म होर्डिङबोर्डमा झुन्डिरह्यो, तर कसैको पनि ध्यान त्यतातिर गएन । शवलाई जब बोर्डबाट उतारियो, त्यसवेला अस्थिपञ्जरबाहेक केही पनि बाँकी थिएन । बोर्ड मर्मतका लागि गएका मजदुरले त्यसमा लास झुन्डिएको थाहा पाएका थिए ।


प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले बोर्डमा झुन्डिएर कसैले आत्महत्या गरेको हुन सक्ने बताएको छ । शव भेटिएको बोर्ड भएको सडक चीनको डेजियांग प्रान्तको डोंगयांग सहरको राजमार्ग हो । जहाँ दैनिक हजारौँ गाडी गुड्छन् । स्थानीय प्रहरीका अनुसार उक्त सडक धेरै व्यस्तमध्येको एक हो ।

प्रहरीको अनुमान छ, वर्षभरिमा कैयौँ मानिसले शव देखे होलान्, तर उनीहरूले विज्ञापनका लागि गरिएको ‘स्टन्ट’ सम्झेर पुलिसलाई खबर नगरेका होलान् ।

प्रहरी अधिकारीका अनुसार शव चिन्न सम्भव छैन । यो पूरै सडिसकेको छ । तर, अनुसन्धानका लागि फोरेन्सिक जाँचमा पठाइएको छ । मृतकको शरीरको मासु चराले खाइसकेको प्रहरीले अनुमान गरेको छ ।

चीनमा एकजना युवाले आफै बाघको सिकार बन्न खोजेर यस्तै सनकी चाला देखाएका छन्

Posted by Unknown | Friday, February 21, 2014 | Posted in

मान्छेलाई सनक चढेपछि अनेक-अनेक गर्न मन लाग्छ । चीनमा एकजना युवाले आफै बाघको सिकार बन्न खोजेर यस्तै सनकी चाला देखाएका छन् ।

२७ वर्षीय याङ जिन्हाइले चिडियाखानाभित्र रहेका बाघको सामु पुगे । बाघलाई जिस्क्याए अनि आफूलाई खान प्रेरित गरे । तर, संयोग चिडियाखानाका कर्मचारी र दर्शकले उनलाई उद्धार गरे ।
चिडियाखानाभित्र थुनिएका बाघको गुणस्तरीय जीवनयापनमा ध्यान नदिइएको उनको दावी छ । ‘बाघलाई राम्रो आहार दिनुपर्छ’ खोरभित्र हाम फाल्दै उनले भने ‘उनीहरुलाई मेरो शरिर भोजनको लागि समर्पित गर्दछु ।’

परिवारजनका अनुसार यी युवा लामो समयदेखि डिप्रेसन रोगको उपचार गरिरहेका छन् ।

दक्षिण पश्चिमी सिजुवान प्रान्तमा उनले सुरक्षा गार्डको जागिर गरेका सुरुका बखत निकै उत्साहित थिए । तर, केही समयमै आफू सो जागीरबाट सन्तुष्ट हुन नसकेको उल्लेख गर्दै उनी पि्रन्टिङ कारखानामा काम गर्न पुगे । त्यहाँ पनि उनी खुसी रहन सकेनन् ।
उनमा हतासपन बढ्दै गयो । त्यसपछि स्थानीय चिडियाखाना पुगे र त्यहाँ राखिएका बाघको प्राकृतिक खुसी खोसिएको धारणा बनाए । बाघले प्राकृतिक रुपमा सिकार गर्न पाउनुपर्ने अधिकार कुण्ठित भएको भन्दै आफ्नै शरिर भोजनको लागि अर्पण गर्ने घोषणा गरे ।

प्रत्यक्षदर्शी फेङ ली का अनुसार ती युवा खोरभित्र हाम फालेपछि बाघहरु नै अचम्मित भएका थिए । खोरमा भाले र पोथी बाघ थिए । खोरभित्र मानिस हाम फालेपछि पोथी बाघ चकित हुँदै भागेको थियो । ‘ऊ बाघको लागि भोजन बन्न चाहेको थियो’ ली ले भने । आफ्नो भोजन गर्न उसले भाले बाघको मुहारमा मुक्का बजारेको थियो । यसबाट आक्रोशित भालेले उसलाई चिथोरेको थियो ।

चिडियाखानाका कर्मचारी र दर्शकहरुले आगोको लप्का बालेर उसको उद्धार गरेका थिए । आगोका लप्का देखेपछि बाघ त्रसित हुने गर्दछ ।

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive