News Ticker
सफल भयो अर्जुन र आलियाको चुम्बन
Posted by Unknown | Wednesday, May 14, 2014 | Posted in Bollywood, Bollywood film, film, Film News, movi, movie
‘टु स्टेट’ नामक सिनेमाले सय करोडको क्लबमा आफूलाई उभ्याएको हो । धर्म प्रोडक्शनको ब्यानरमा तयार भएको यो सिनेमा चेतन भगतको ‘टु स्टेट’ नामक पुस्तकमाथि आधारित रहेर तयार पारिएको हो ।
सिनेमाले प्रदर्शनमा आएको चौथो हप्तामा सय करोडको मार्क छोएको हो । बलिउड बक्स अफिसमा यो बर्ष सय करोड कमाएने ‘टु स्टेट’ दोश्रो चलचित्र बनेको छ । यसले आलिया र अर्जुनको सिने करिअरलाई पनि निक्कै माथि पुर्याइदिएको छ । चलचित्रमा नायिका आलिया भट्ट र नायक अर्जुन कपुरले थुप्रै चुम्बनका दृश्य दिएका छन् । उनीहरुको चुम्बन पनि बक्स अफिसमा सफल भएको छ ।
कट्रिनाका लागि घर छोड्दै रणवीर
Posted by Unknown | Wednesday, April 16, 2014 | Posted in Bollywood film, film, Film News, movi, movie
यसैक्रममा यतिबेला बलिउड बजार रणवीर-कट्रिनालाई लिएर नयाँ कुरा चर्चामा छ । रणवीर यतिबेला मुम्बइको बान्द्रामा नयाँ घर खोजिरहेका छन् । बिहे पश्चात उनी कट्रिनासँग नयाँ घरमा बस्न चाहन्छन् ।
कट्रिना कैफ घरमा आएको रणवीरका पिता ऋषी कपुर र आमा नितु कपुरलाई राम्रो लाग्दैन । यसैले रणवीर नयाँ घरमा सर्न चाहेको भारतका चर्चित मिडियाहरुले जनाएका छन् ।
सर्जरीले बिगार्यो अनुष्काको ओठदेखि आयसाको बक्षस्थल
Posted by Unknown | Saturday, April 5, 2014 | Posted in Bollywood, Bollywood film, movi, movie
बलिउड नायिका अनुष्का शर्माले ओठको सर्जरी गराइन् । तर सर्जरी पश्चात उनको ओठ पहिलेको तुलानामा झनै नराम्रो देखियो । यतिबेला उनलाई यो कुराले हैरानी बनाइरहेको छ ।
अर्की नायिका आयसा टाकियाले पनि बक्षस्थलको सर्जरी गराइन् । तर सर्जरी पश्चात उनको बक्षस्थल आवश्यकता भन्दा ठूलो हुन पुग्यो । जसले गर्दा उनलाई पर्दामा देखिन झनै गाह्रो भयो ।
राखी सावन्तले पनि आफ्नो बक्षस्थल ठूलो बनाउन सबै उपाय अपनाइसकेकी छिन् । तर उनमा कुनै भिन्नता आएको छैन । श्रीदेवीले आफ्नो अनुहारको सर्जरी गराएकी थिइन् । जसका कारण उनी खुलेर हाँस्न सक्दिनन् ।
बलिउडमा अन्य थुप्रै नायिकाहरु छन् जसले सर्जरी गरेपश्चात आलोचना बढि भोग्दै आएका छन् ।
सारी विकिनीमा पुग्यो, पैसा बढेन : कट्रिना कैफ
Posted by Unknown | Sunday, March 30, 2014 | Posted in Bollywood, Bollywood film, film, Film News, movie
बलिउडमा प्रवेश गरेको १० बर्षमै कैफको चर्चा शिखरमा पुगेको छ । बलिउडमा यतिबेला नायिका कट्रिना सिनेमाहरुले बक्स अफिसमा कमाल मच्चाएका छन् । कट्रिनाले भनिन्, ‘सारी लगाउने बलिउडको परम्परा विकिनीमा आइपुगेको छ, तर हिरोइनको पारिश्रमिक जस्ताको तस्तै छ ।’
प्रियंका चोपडाको ‘फेशन’, विद्या बालनको ‘कहानी’, कंगना रनोटको ‘क्विन’ हिरोइन केन्द्रित सिनेमा हुन् । बक्स अफिसमा यि सिनेमाहरुले कमाल मच्चाएका थिए । तर नायिकाहरुको स्टारपावर चलेपनि पारिश्रमिक नबढेको बिषयमा कैफले दुःख लागेको बताइन् ।
कट्रिना आज बलिउडको सबैभन्दा आकर्षक नायिका हुन् । उनको ब्रान्ड भ्यालू र पारिश्रमिक उच्च छ । तर पनि उनी हिरोइनको काम अुनसार पारिश्रमिक नभएको गुनासो गरिरहेकी छिन् ।
‘धुम ४’ मा सलमान खान भिलेन बन्दै
Posted by Unknown | Saturday, March 29, 2014 | Posted in Bollywood film, Featured, film, Film News, movi, movie, news, Top Stories
यशराजले सलमानलाई आजसम्म नदेखिएको अवतारमा प्रस्तुत गर्ने तयारी गरेको हो । सलमान यो सिनेमामा भिलेनको भूमिकामा देखिनेछन् । जसमा उनले खतरनाक स्टन्ट पनि गर्ने जनाइएको छ । नायिका भने सिनेमामा पक्का भैसकेका छैनन् ।
प्रेम टुटेको खबर सेलाउन नपाउँदै रणबीर र कट्रिनाको विहेको चर्चा
Posted by Unknown | | Posted in Bollywood, Bollywood film, Film News
यो कहानी नयाँ सालको हो । नयाँ वर्ष मनाउन दुबैजना न्यूयोर्क पुगेकाबेला कट्रिनाले रणबीरलार्इ बिहेका लागि तयार नभए छोडिदिने धम्की दिएकी थिइन् । नयाँ वर्ष मनाउने क्रममा क्याटरिनाले रणबीरबाट नयाँ वर्षको उपहारको रूपमा केही कसम र बाचा गर्न भनेकी थिइन् । रणबीरले भने क्याटरिनाले गर्न लाएको बाचा कमस खान इन्कार गरेका थिए । रणबीरले बाचा गर्न नमानेपछि कट्रिना रिसाएर लण्डन गएकी थिइन् भने रणबीर एक्लै भारत फर्केका थिए ।
स्पेनको समुद्री किनारमा रणबीरका साथमा विकीनी लगाएको अवस्थामा भेटिएकी क्याटरिना र रणबीरबी यो घटनापछि ब्रेकअप भएको चर्चा बलिउडमा थियो । यो घटनापछि हुने चलचित्रसम्बन्धी कार्यक्रमहरूमा दुबैजना एक्ला एक्लै सहभागी हुने गरेका थिए । दुबै अलग अलग भेटिन थालेपछि उनीहरूको सम्बन्मा पूर्णविराम लागेको अनुमान धेरैले गरे ।
तर अहिले तीन महिनापछि दुबैबीच विहेको खबरले धेरैलार्इ अचम्मा पारेको छ । अहिले दुबै बलिउडस्टारका फ्यान अलमलमा छन्, विहेको खबर पत्याउने कि ब्रेकअको खबर पत्याउने । ‘यदि बिहे नै गर्ने भए तीन महिनायता दुबै अलग रहेको नाटक किन गर्नुपरेको ?’ उनीहरूका फ्यानको भनार्इ छ ।
तर पनि दुबैको विहेको खबरले उनीहरूलार्इ चाहने फ्यानहरूलार्इ भने खुसी बनाएको छ । तथापि अहिले दुबै फिल्मीस्टार र उनका साथी तथा परिवारले यो खबरको पुष्टि भने गरेका छैनन् ।









