News Ticker

sports

‘तितो सत्य’बाट बाहिरिए दीपक, ‘बेइमान’को ग्रुप फर्कदै

Posted by Unknown | Wednesday, June 4, 2014 | Posted in , , ,



चर्चित हाँस्य सिरियल ‘तितो सत्य’का निर्देशक एवं कलाकार दीपकराज गिरी ‘छ एकान छ’ सिनेमाको प्रदर्शनताका खुबै मिडियामा आए । जसका कारण पनि दर्शकका लागि आफू रुचिकर हुन्न कि भन्ने डर उनमा छ ।

यही कारणले दीपकले ‘तितो सत्य’को अभिनयलाई केही समय विश्राम दिने भएका छन् । उनले केही महिनाका लागि ‘तितो सत्य’को निर्देशन मात्र गर्न लागेका हुन् । केही समय रोकिएर प्रशारणमा आएको ‘तितो सत्य’मा दीपक देखिएका छैनन् ।

उनले कलाकार कम एक्सपोज हुनु हानिकार हो भन्दै धेरै एक्सपोज हुनु महाहानिकारक भएको बताए । चलचित्र ‘वडा नम्बर छ’ को काममा नै व्यस्त रहेका दीपकले भनेे, ‘संभवत अब म चलचित्रको पर्दामा एकैचोटी देखिन्छु होला ।’

अब यो सिरियलमा पहिला छुट्टिएर गएका रवी डंगोल र उनको ग्रुप आउने भएको छ । संभवत विचमा कुरा विग्रिएन भने साउनबाट यो सिरियलमा ‘बेइमान’ नामले परिचित रवि डंगोल र अन्य कलाकारलाई देख्न सकिन्छ । ‘भूइचालो’ बन्द भएपछि रविको ग्रुप ‘तितो सत्य’मा नै फर्कन लागेको हो ।

नेपालकी दृष्टिले जितिन् ‘लिटिल मिस युनिभर्स २०१४’को उपाधि

Posted by Unknown | Thursday, May 15, 2014 | Posted in , , ,

 नेपालकी दृष्टि दाहालले लिटिल मिस वल्र्ड युनिभर्स २०१४ को उपाधि जितेकी छिन् । टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा सोमबार राती भएको ‘लिटिल मिस वल्र्ड युनिभर्स’को प्रतियोगितामा दाहालले शीर्ष उपाधि लिटिल मिस वल्र्ड युनिभर्स जितेकी हुन् ।




मोरङ उर्लाबारी घर भई हाल डिल्लीबजारस्थित एनआइसी एकेडेमीमा कक्षा आठमा अध्ययनरत १२ वषर्ीया दाहालले २२ मुलुकका ४३ प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेकी हुन् । उनले शीर्ष उपाधिसँगै ‘मिस ट्यालेन्ट’ को विधागत उपाधि पनि आफ्नो पोल्टामा पारेकी छन् । दृष्टि गत फागुन ३ गते राजधानीमा इप्लानेटले आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन् ।

दृष्टिले उपाधिसँगै प्रशंशा पत्र तथा विभिन्न उपहार र पुरस्कार पनि हात पारिन् । प्रतियोगितामा उनले डिजाइनर विन्जना गुरुङले तयार पारेको पहिरनमा नेपालको संस्कृति झल्कने आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् । दृष्टि आमा यशोदाका साथ टर्की गएकी थिईन् ।
प्रतियोगितामा सहभागिता जनाउनु अघि उनलाई कलाकार शिरोमणी दवाडी, सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मी लगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए ।

इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार विगत २१ वर्षदेखि टर्कीमा आयोजना हुंदै आएको बालबालिका सम्बन्धी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।

राजधानी र मोफसलमा बालबालिका तथा किशोरी र युवतीदेखि गृहिणीहरुसम्मका लागि प्रतिभामुखी तथा सौन्दर्यमुखी प्रतियोगिताहरु आयोजना गर्दै आएको ईप्लानेटले विभिन्न अन्तराष्ट्रयि प्रतियोगितामा सात उपाधि नेपाल भित्रयाईसकेको छ ।

संस्थाले ‘गौतम बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदाको सम्वर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल’ आयोजना गर्ने तयारी गरिरहेको छ ।

‘धुम ४’ मा सलमान खान भिलेन बन्दै

Posted by Unknown | Saturday, March 29, 2014 | Posted in , , , , , , ,

३ वटा सिक्वेल सफल भएसँगै बलिउडको चर्चित फिल्म कम्पनी यशराज ब्यानरले ‘धुम ४’ को तयारी गरेको छ । जोन अब्राहिम, ऋतिक रोशन, आमिर खानको सफलता पश्चात बलिउडका दबंग खान सलमानले धुमको चौथो सिरिजमा काम गर्न लागेका हुन् ।


यशराजले सलमानलाई आजसम्म नदेखिएको अवतारमा प्रस्तुत गर्ने तयारी गरेको हो । सलमान यो सिनेमामा भिलेनको भूमिकामा देखिनेछन् । जसमा उनले खतरनाक स्टन्ट पनि गर्ने जनाइएको छ । नायिका भने सिनेमामा पक्का भैसकेका छैनन् ।

राष्ट्रपति कार्यालयको साइट ह्याक

Posted by Unknown | Saturday, February 8, 2014 | Posted in


काठमाडौ, माघ २६ - राष्ट्रपति कार्यालयको साइट शनिबार रातिबाट ह्याक गरिएको छ । राष्ट्रपति कार्यालयको साइट http:// president ofnepal.gov.np को गृह पृष्ठमा ह्याकरले ह्याक्ड बाई पी ७७७१ लेखेको छ । ह्याकरले आफ्नो परिचय 'इन्डियन ह्याकर' दिएको छ । राष्ट्रपति कार्यालयको साइट एफवन सफ्ट इन्टरनेसनलले निर्माण गरेको हो ।



Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive