News Ticker

sports

कसरी फैलियो हनी सिंहको निधनको खबर ?

Posted by Unknown | Wednesday, June 4, 2014 | Posted in , , , ,

‘लुङ्गी डान्स’ गीतको कोरियोग्राफी गरेपछि गायक हनी सिंहको चर्चा बलिउडमा मात्र नभई विश्वमै भयो । हनी सिंह आइटम नृत्यको कोरियोग्राफीमा अब्बल देखिए । उनै हनी सिंहको निधनको खबरले बलिउड बजारलाई सोमबार दिनैभरी ततायो । हनी सिंहको निधन भएको भन्दै सामाजिक संजालमा खुबै चर्चा भयो ।

तर उनै चर्चित र्‍यापरले दुबइमा मस्ती गरिरहेको खबर आएको छ । दुबइमा रहेका हनीले आफ्नो निधन नभएको खुलाए । उनको निधन भएको भन्दै जुन तस्बिर सार्वजनिक गरियो, त्यो हनी सिंहको नै थियो ।
तर एक गीतको भिडियोमा हनीलाई यस्तो रुपमा देखिने छ । ‘बि्रंग मी बैंक’ बोलको गीतमा हनी सिंह यस्तो अवतारमा देखिने छन् । जुन तस्बिरलाई आधार बनाएर उनको निधनको हल्ला फैलाइएको थियो ।

कतै बेडसिन त कतै बेहाल बनाउने निशाको आइटम

Posted by Unknown | Saturday, May 31, 2014 | Posted in , , ,

चलचित्र ‘मायाज बार’ पश्चात नायिका निशा अधिकारीले चलचित्र ‘मुखौटा’को एक आइटम गीतमा हट नृत्य गरेकी छिन् । ‘बेहाल हुन्छ मन’ बोलको गीतमा निशाको जवानी छल्किएको हो । संभवत निशालाई कुनै चलचित्रको गीतमा यती धेरैको खुलेको देखिएको थिएन ।

जेठ ३० गतेबाट प्रदर्शनमा आउने यो सिनेमालाई अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निशा र अर्पणको हट बेडसिन पनि समावेश गरिएको छ । चलचित्रमा नेपालका मल्टिस्टार कलाकारहरुको अभिनय छ । राजेश हमाल, सौगता मल्ल, दयाहाङ राई, सुनिल थापा, प्रशान्त ताम्राकार, रबिन तामाङ, हर्षिका श्रेष्ठलाई पनि चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रले ९ पात्रको १८ वटा मुखको कथा बोल्छ । रविन श्रेष्ठले निर्माण गरेको सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको हो । यो गीतलाई रिनशा राइले नृत्य निर्देशन गरेकी हुन् ।

सफल भयो अर्जुन र आलियाको चुम्बन

Posted by Unknown | Wednesday, May 14, 2014 | Posted in , , , , ,

अन्तत बलिउडमा यस बर्ष अर्को एक चलचित्रले सय करोडको क्लबमा आफूलाई उभ्याएको छ । जनवरी महिनामा प्रदर्शनमा आएको चलचित्र ‘जय हो’ ले सय करोड कमाएको थियो । यसपश्चात चलचित्र ‘गुण्डे’ले हिटको व्यापार गरेतापनि सय करोडको मार्क भने छोएको थिएन ।


‘टु स्टेट’ नामक सिनेमाले सय करोडको क्लबमा आफूलाई उभ्याएको हो । धर्म प्रोडक्शनको ब्यानरमा तयार भएको यो सिनेमा चेतन भगतको ‘टु स्टेट’ नामक पुस्तकमाथि आधारित रहेर तयार पारिएको हो ।

सिनेमाले प्रदर्शनमा आएको चौथो हप्तामा सय करोडको मार्क छोएको हो । बलिउड बक्स अफिसमा यो बर्ष सय करोड कमाएने ‘टु स्टेट’ दोश्रो चलचित्र बनेको छ । यसले आलिया र अर्जुनको सिने करिअरलाई पनि निक्कै माथि पुर्‍याइदिएको छ । चलचित्रमा नायिका आलिया भट्ट र नायक अर्जुन कपुरले थुप्रै चुम्बनका दृश्य दिएका छन् । उनीहरुको चुम्बन पनि बक्स अफिसमा सफल भएको छ ।

पैसा कमाउन हैन, कमाएर बनेको ‘हँसिया’

Posted by Unknown | | Posted in , , , , , ,

सिनेमा बनाएर प्रशस्त आम्दानी गरौला भन्ने सोच जो कोही लगानीकर्ताको पनि हुन्छ । सिनेमा व्यापारको एक माध्यम पनि हो । तर ‘हँसिया’ निर्देशक मिलन चाम्स भने यसो ठान्दैनन् । उनले बारम्बार विभिन्न कार्यक्रममा भन्दै आएका छन्, ‘हँसिया पैसा कमाउन बनाएको होइन, कमाएर बनाएको हो ।’

उनको यो भनाई अनौठो लाग्दो छ । बेलायतमा बसेर सम्पत्ती कमाएपछि उनले दुर्गा घलेसँग मिलेर ‘हँसिया’ बनाएको वुझ्न धेरै समय लगाउनु पर्दैन । उसो त मिलनको यो प्रचार गर्ने नयाँ तरिका पनि हुनसक्छ ।

उसो त ‘हँसिया’ हिरोइन हेमा श्रेष्ठ नै यतिबेला हराएपछि निर्माण यूनिट चिन्तित छ । तर नायक राजेश हमालले ‘हँसिया’लाई साथ दिइरहेका छन् । पूर्णतया एक्सन प्रधान यो सिनेमा जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई लिएर दर्शकमा एक प्रकारको उत्साह पनि थपिएको छ ।

पैसा कमाएर बनाएको ‘हँसिया’को व्यापार भन्दा पनि दर्शकको प्रतिक्रिया निर्माणपक्षका लागि महत्वपूर्ण हो कि, कुराले त यही वुझिन्छ ।

कट्रिनाका लागि घर छोड्दै रणवीर

Posted by Unknown | Wednesday, April 16, 2014 | Posted in , , , ,

बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफको प्रेम सम्बन्धले यतिबेला चर्चा पाइरहेको छ । भारतीय मिडियामा दुईको प्रेमलाई लिएर हरेक दिन जसो कुनै न कुनै समाचार आइरहेकै हुन्छ ।


यसैक्रममा यतिबेला बलिउड बजार रणवीर-कट्रिनालाई लिएर नयाँ कुरा चर्चामा छ । रणवीर यतिबेला मुम्बइको बान्द्रामा नयाँ घर खोजिरहेका छन् । बिहे पश्चात उनी कट्रिनासँग नयाँ घरमा बस्न चाहन्छन् ।

कट्रिना कैफ घरमा आएको रणवीरका पिता ऋषी कपुर र आमा नितु कपुरलाई राम्रो लाग्दैन । यसैले रणवीर नयाँ घरमा सर्न चाहेको भारतका चर्चित मिडियाहरुले जनाएका छन् ।

अमिताभ र साकिरासँगै आनी छोइङ यूनिसेफको दूत

Posted by Unknown | | Posted in ,

संयुक्त राष्ट्रसंघको शैक्षिक तथा बालबालिका हेर्ने नियोग यूनिसेफको एम्ब्यासडरको रुपमा गायिका आनी छोइङ डोल्मालाई चयन गरिएको छ । बलिउडका सुपरस्टार नायक अमिताभ बच्चन, विश्व चर्चित गायिका साकिरा, विश्व चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम्प यूनिसेफको एम्ब्यासडर भैसकेका छन् ।

आनी यूनिसेफको दूत बन्ने पहिलो नेपाली सेलिब्रेटी हुन् । राष्ट्रपती डाक्टर रामबरण यादवले शितल निवासमा आयोजना गरिएको एक कार्यक्रममा उनलाई यूनिसेफको दूत घोषणा गरेका हुन् ।

उक्त इभेन्टमा युनिसेफको नयाा गीत पनि सार्वजनिक गरिएको थियो । दुर्गालाल श्रेष्ठले लेखेको उक्त गीतलाई युनिसेफले सार्वजनिक गरेको हो । न्यूह बज्राचार्यले संगीत भरेको गीतमा आनिकाका साथै रामकृष्ण ढकाल, सुजिल कर्माचार्य, श्रुतिराज्य लक्ष्मी, रेखा शाह, सिने गुरुङले स्वर दिएका छन् ।
‘फूलको आखामा फूलै संसार’ जस्तो चर्चित गीतकी गायिका आनीले बालबालिकाको बिषयमा आवाज उठाउँदै आएकी छिन् ।

‘कल गर्ल’ नम्रतासँग लाहुरको तातो ‘ताण्डव’

Posted by Unknown | Tuesday, April 15, 2014 | Posted in , , , ,

सिनेमाभित्र नायिका नम्रता श्रेष्ठले चर्चित र्‍यापर लाहुरेसँग हट सिन दिएकी छिन् । अनलाइनखबरलाई श्रोतले बताएअनुसार यो चलचित्रमा नम्रता र लाहुरेका थुप्रै हट दृश्यहरु छन् । तर निर्माता मोहन डोटेल पनि यस बिषयमा मौन हुन चाहन्छन् ।


चलचित्र ‘ताण्डव’मा नम्रता ‘कल गर्ल’को भूमिकामा छिन् । वेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको सिनेमाको छायांकन हालै मात्र सकिएको छ । नेपालगञ्ज, महेन्द्रनगर लगायतका क्षेत्रमा चलचित्रको छायांकन गरिएको छ ।

४६ दिनमा सिनेमाको छायांकन सकिएको हो । निर्माणपक्षले लाहुरेसँग ‘ताण्डव’ प्रदर्शन अगावै अन्य सिनेमा नगर्ने संझौता गरेको छ । नेपालमा लाहुरेका थुप्रै फ्यान छन् । नायिका नम्रता श्रेष्ठका लागि पनि यो सिनेमाको भूमिका केही विशेष हुनसक्छ । ‘ताण्डव’ ग्याङस्टारहरुको कथा हो । जहाँ लाहुरले शिर्ष भूमिका निर्वाहा गरेका छन् ।

मञ्चदेखि बाथरुमसम्म, नम्रतालाई आर्यनको साथ

Posted by Unknown | Tuesday, April 8, 2014 | Posted in , , , , , ,

आर्यन नम्रताका ‘एलियन’, नम्रता आर्यनकी ‘नमी’ । यि दुइको केमेष्ट्री गजबकै छ । एक अर्कामा घनिष्ट मित्रता रहेको बताउने आर्यन र नम्रता यतिबेला वैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ चलचित्र ‘नोभेम्बर रेन’को प्रचारमा व्यस्त छन् ।

नम्रता बिरामी छिन् । आर्यनलाई उनको स्वास्थ्यको चिन्ता अझ बढि छ । वैशाख ६ गते बिहे बन्धनमा बाधिन लागेका आर्यनलाई प्रेमिकालाई समय दिनुपनि पर्ने हुन्छ । आज काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा आर्यन र नम्रताको केमेष्ट्री गजबको देखियो ।

कार्यक्रमको बिचमै आर्यन र नम्रता केही समय हराए । कारण खोतल्दै जाँदा नम्रता बिरामी भएका कारण उनीहरु हराएका रहेछन् । एसीडीटी बढेपछि नम्रतालाई अचानक टाउको दुख्यो, आर्यनले मित्रताको भूमिका निर्वाहा गरे । कार्यक्रम चलिरहदा उनीहरु बाथरुममा पुगे, नम्रता फ्रेस भइन् अनि दुबै जना फर्किए ।

कार्यक्रम सकिएपछि पनि आर्यन नम्रताको स्वास्थ्यको बिषयमा खुबै सजग देखिएका थिए । उनले नम्रतालाई कार्यक्रम स्थलमा लामो समय बस्न दिएनन् । ‘मेरो एउटा साथी छ’ चलचित्रका यी दुई जोडी लामो समयपश्चात ‘नोभेम्बर रेन’मा देखिदैछन् । तर ‘नोभेम्बर रेन’ले यी दुइलाई अझ नजिक बनाएको छ । सायद आर्यन र नम्रता यतिबेला भनिरहेका होलान्, ‘मेरो एउटा साथी छ’ ।

सारी विकिनीमा पुग्यो, पैसा बढेन : कट्रिना कैफ

Posted by Unknown | Sunday, March 30, 2014 | Posted in , , , ,

बलिउड नायिका कट्रिना कैफको यस्तो भनाइले सबैलाई अचम्ममा पार्न सक्छ । तर ‘वुम’ सिनेमामा विकिनी लगाएर बलिउड करिअर सुरु गरेकी नायिका कैफले यस्तै गुनासो गरेकी छिन् ।

बलिउडमा प्रवेश गरेको १० बर्षमै कैफको चर्चा शिखरमा पुगेको छ । बलिउडमा यतिबेला नायिका कट्रिना सिनेमाहरुले बक्स अफिसमा कमाल मच्चाएका छन् । कट्रिनाले भनिन्, ‘सारी लगाउने बलिउडको परम्परा विकिनीमा आइपुगेको छ, तर हिरोइनको पारिश्रमिक जस्ताको तस्तै छ ।’

प्रियंका चोपडाको ‘फेशन’, विद्या बालनको ‘कहानी’, कंगना रनोटको ‘क्विन’ हिरोइन केन्द्रित सिनेमा हुन् । बक्स अफिसमा यि सिनेमाहरुले कमाल मच्चाएका थिए । तर नायिकाहरुको स्टारपावर चलेपनि पारिश्रमिक नबढेको बिषयमा कैफले दुःख लागेको बताइन् ।

कट्रिना आज बलिउडको सबैभन्दा आकर्षक नायिका हुन् । उनको ब्रान्ड भ्यालू र पारिश्रमिक उच्च छ । तर पनि उनी हिरोइनको काम अुनसार पारिश्रमिक नभएको गुनासो गरिरहेकी छिन् ।

सुव्रिनाको हट अवतारले ‘झेली’ गर्ला ?

Posted by Unknown | | Posted in , , , , , ,




सिनेमाको भिडन्तले निर्माताहरुलाई आक्रान्त बनाएको छ । तर आजबाट प्रदर्शनमा आएको चलचित्र ‘झेली’को हकमा भने यो कुरा खासै लागू नहुने देखिएको छ । उसो त आजबाट ‘अकाल’ र भोजपुरी भाषामा बनेको चलचित्रलाई नेपालीमा डबिङ गरी प्रदर्शनमा ल्याइएको ‘सुटर’ पनि हलमा लागेको छ ।

तर ‘झेली’को प्रचारका अघि दुबै सिनेमा कमजोर देखिएका छन् । भेषमान श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रलाई कमल दाहालले निर्देशन गरेका हुन् । चलचित्रमा अनिल थापा, सुव्रिना कार्की, दीपासा वीसी लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्र ‘झेली’को कथावस्तु उत्कृष्ट बनेकाले पनि दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ । ‘अकाल’ र ‘सुटर’को व्यापारले ‘झेली’लाई कुनै असर नगर्ने देखिन्छ ।

‘धुम ४’ मा सलमान खान भिलेन बन्दै

Posted by Unknown | Saturday, March 29, 2014 | Posted in , , , , , , ,

३ वटा सिक्वेल सफल भएसँगै बलिउडको चर्चित फिल्म कम्पनी यशराज ब्यानरले ‘धुम ४’ को तयारी गरेको छ । जोन अब्राहिम, ऋतिक रोशन, आमिर खानको सफलता पश्चात बलिउडका दबंग खान सलमानले धुमको चौथो सिरिजमा काम गर्न लागेका हुन् ।


यशराजले सलमानलाई आजसम्म नदेखिएको अवतारमा प्रस्तुत गर्ने तयारी गरेको हो । सलमान यो सिनेमामा भिलेनको भूमिकामा देखिनेछन् । जसमा उनले खतरनाक स्टन्ट पनि गर्ने जनाइएको छ । नायिका भने सिनेमामा पक्का भैसकेका छैनन् ।

ढिलो आउने र रिसाउने नायिकाको विचमा ‘नागबेली’

Posted by Unknown | | Posted in , ,

करिब डेढ घन्टा कार्यक्रममा ढिलो आएर उपस्थित अतिथी र पत्रकारहरुलाई कुराउने नायिका हर्षिका श्रेष्ठले गल्ती महुशश गरिनन् । चलचित्र ‘नागबेली’को पत्रकार सम्मेलनमा नायिका श्रेष्ठ डेढ घन्टा ढिलो आइन् । किन र केका लागि उनी ढिलो आइन्, खुल्न सकेन ।


तर सँगै आएका नायक विक्की मल्लले आफू ढिलो उपस्थित भएको भन्दै माफी माग्दै गर्दा हर्षिकाले त्यसको आवश्यकता पनि देखिनन् । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले पत्रकारलाई अतिथीको रुपमा बोलाएर कलाकार नै ढिलो आउने, कार्यक्रम निर्धारित समयमा सुरु नगर्ने प्रवृत्ती हट्नुपर्ने बताए ।

समिक्षक दिपेन्द्र लामाले चलचित्र ‘नागबेली’को कथा आफूले पेटका लागि लेखेको बताउँदै गर्दा निर्देशक गोविन्द राइले भने देशका लागि सिनेमा बनाएको बताए ।

चलचित्रको प्रदर्शन मिति घोषणा गर्न आयोजित कार्यक्रम निर्धारित समय भन्दा निक्कै ढिलो सुरु भएको थियो । दयाहाङ राई, यशराज, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरवी जैन बिष्ट, संभव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा असार २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक राईसँग सम्बन्ध चिसिएपछि नायिका सुरभी भने प्रचारमा संलग्न छैनन् । चलचित्रले यूवाहरुको राष्ट्रप्रेमलाई बोलेको छ ।

लामो समयदेखि नृत्य निर्देशनमा व्यस्त गोविन्द राइले निर्देशन गरेकाले पनि यो सिनेमा प्रतिक्षामा छ ।

प्रेम टुटेको खबर सेलाउन नपाउँदै रणबीर र कट्रिनाको विहेको चर्चा

Posted by Unknown | | Posted in , ,

एक पटक फेरि बलिउडका चक्लेटी हिरो रणबीर कपुर र सुन्दर र सेक्सी हिरोइनकट्रिना कैफको विहेको खबरले बलिउड तताएको छ । गसिप बजारलार्इ यो खबरले राम्ररी तताएको छ । दुबैजना सन् २०१५ मा मायाको डोरीलार्इ विहेमा परिणत गर्न तयार भएका हुन् । समाचार अनुसार कट्रिनाले रणबीर विहेका लागि राजी नभएमा छोडिदिने धम्की दिएपछि रणबीरले यो निर्णय लिएका हुन् ।


यो कहानी नयाँ सालको हो । नयाँ वर्ष मनाउन दुबैजना न्यूयोर्क पुगेकाबेला कट्रिनाले रणबीरलार्इ बिहेका लागि तयार नभए छोडिदिने धम्की दिएकी थिइन् । नयाँ वर्ष मनाउने क्रममा क्याटरिनाले रणबीरबाट नयाँ वर्षको उपहारको रूपमा केही कसम र बाचा गर्न भनेकी थिइन् । रणबीरले भने क्याटरिनाले गर्न लाएको बाचा कमस खान इन्कार गरेका थिए । रणबीरले बाचा गर्न नमानेपछि कट्रिना रिसाएर लण्डन गएकी थिइन् भने रणबीर एक्लै भारत फर्केका थिए ।

स्पेनको समुद्री किनारमा रणबीरका साथमा विकीनी लगाएको अवस्थामा भेटिएकी क्याटरिना र रणबीरबी यो घटनापछि ब्रेकअप भएको चर्चा बलिउडमा थियो । यो घटनापछि हुने चलचित्रसम्बन्धी कार्यक्रमहरूमा दुबैजना एक्ला एक्लै सहभागी हुने गरेका थिए । दुबै अलग अलग भेटिन थालेपछि उनीहरूको सम्बन्मा पूर्णविराम लागेको अनुमान धेरैले गरे ।

तर अहिले तीन महिनापछि दुबैबीच विहेको खबरले धेरैलार्इ अचम्मा पारेको छ । अहिले दुबै बलिउडस्टारका फ्यान अलमलमा छन्, विहेको खबर पत्याउने कि ब्रेकअको खबर पत्याउने । ‘यदि बिहे नै गर्ने भए तीन महिनायता दुबै अलग रहेको नाटक किन गर्नुपरेको ?’ उनीहरूका फ्यानको भनार्इ छ ।

तर पनि दुबैको विहेको खबरले उनीहरूलार्इ चाहने फ्यानहरूलार्इ भने खुसी बनाएको छ । तथापि अहिले दुबै फिल्मीस्टार र उनका साथी तथा परिवारले यो खबरको पुष्टि भने गरेका छैनन् ।

अविस्मरणीय तीन सिन

Posted by Unknown | Sunday, February 9, 2014 | Posted in ,



निर्वस्त्र। निरीह।
१५ दिनकी भोकी जयकलाको भूमिका निर्वाह गर्न अभिनेत्री गरिमा पन्त तयार हुँदै थिइन्। 
उनी एक महिनादेखि नुहाएकी थिइनन्। कपाल कोरेकी थिइनन्। अनुहारमा भोक र थकाइको चरम रूप झल्काउन यो अभ्यास नै पर्याप्त थियो, त्यसमा सन्तु तामाङको मेकअपले अझ करुणा जगाउने काम गर्योउ।
'ल हेर त,' मेकअप सकिएपछि सन्तुले गरिमालाई ऐना दिए। 
'आबुई!'

गरिमा आफ्नै अनुहार देखेर तर्सिइन्। उनलाई आफ्नै कुरुपताले नराम्ररी झस्कायो।
करिब एक दर्जन फिल्मकी हिरोइनलाई अघिल्ला फिल्ममा यसको ठिक उल्टो अनुभूति हुन्थ्यो। मेकअप आर्टिस्टले घन्टौं लगाएर उनलाई सिंगार्थे। अनुहारमा के–के पोतिन्थ्यो, उनलाई भेउ नै हुँदैनथ्यो। खाली एउटै कौतुहल हुन्थ्यो, 'म कस्ती देखिएँ हुँला!'
हरेकपल्ट ऐनामा आफ्नो सौन्दर्य देखेर उनी दंग पर्थिन्। र, मनमनै भन्थिन्, 'आहा!'
कृष्ण धरावासीको कथामा बनेको फिल्म 'झोला'को सुटिङभरि उनले कहिल्यै 'आहा!' भन्न पाइनन्। पाउन् पनि कसरी उनी त्यस्ती निरीह सतीको भूमिकामा थिइन्, जसको जीवन नै सादा थियो। पीडा, दुःख र करुणाले भरिएको थियो। लोग्ने मरेपछि ऊसँगै चितामा जल्नुपर्ने युगकी नारीको प्रतिनिधित्व गर्दै थिइन् गरिमा। 
निर्देशक यादव भट्टराईले दृश्यलाई जीवन्तता दिन धादिङको अनकन्टार गाउँमा पस्ने निर्णय गरेकै दिन गरिमाले पनि हिरोको अघिपछि साडी उडाउँदै नाच्ने कल्पना छाडेर 'सती' बन्ने अठोट गरेकी थिइन्। 
'यतिका फिल्म खेल्दा पनि तिमी जमिनौ, अब अलि एक्सपोज गर्न थाल,' फिल्म लाइनका 'शुभचिन्तक'ले यस्तो अर्ती दिइरहेका बेला गरिमालाई 'झोला'बाट अफर आएको थियो। उनले 'एक्सपोज'को बाटो त्यागेर यथार्थ रोजिन्। चुनौतीको 'अवसर' रोजिन्। चुनौती यस अर्थमा, नेपालमा साहित्यिक कृतिमाथि बनेका फिल्म आएको र गएको पत्तो नहुने अवस्थासँग उनी परिचित थिइन्। 
बिस्तारै उनलाई आफ्नो 'कुरुपता' राम्रो लाग्न थाल्यो। अब उनले ऐनामा गरिमा हैन जयकला देख्न थालिन्। 
...
अब गरिमालाई नराम्री बन्न कसैले सिकाउनुपरेन। उनले थ्रेडिङ गरिनन्। सुटिङभरि नुहाइन। स्किन एलर्जीको वास्ता नगरी काम गरिन्। सुटिङमा खाली खुट्टा हिँड्नुपर्थ्यो, दृश्यलाई स्वाभाविक बनाउन अरू समय पनि चप्पल लगाइनन्। 
बसेको ठाउँबाट सुटिङ स्पट पुग्न चार घन्टा हिँड्नुपर्थ्यो। उनी त्यहाँ पनि नाङ्गै खुट्टा पुग्थिन्। गोडा चरचरी फुटे, उनले भ्यासलिन लगाइनन्। ठेला उठेर सोला हान्थ्यो, उनी दाह्रा किटेर सहन्थिन्।
'एक महिना आफ्नो हजुरआमा पुस्ताको जीवशैली अनुसरण गरेँ, त्यसलाई नजिकबाट चिन्न खोजेँ,' फिल्मको प्रचार/प्रसारमा व्यस्त गरिमाले नागरिकसँगको एक भेटमा भनिन्। 
आफूले निर्वाह गरेको चरित्रको वेदना सम्झना उनमा मानसिक थकान बढ्थ्यो। भूमिकालाई स्वाभाविक बनाउने धुनमा लाग्दा शारीरिक पीडा पनि कम्ती हुँदैनथ्यो। गरिमाले दुवैथोक सहिन्।
जब कलाकार र प्राविधिक थकाइले उकालो–ओरालो गर्न नसक्ने भए, फिल्मका निर्माण सल्लाहकार प्रह्लाद खतिवडाले उपाय लगाए। त्यो निर्जन सुटिङस्थलमै टेन्ट गाडेर बस्ने। 'इनर्जी लेभल शून्यमा झरेको थियो। तीन रात त आगो बालेर टेन्टमै गुजार्यौंस,' गरिमाको फिल्मी जीवनमा यो घटना अविस्मरणीय बनेको छ। 
यसअघिका फिल्ममा एक्सन र कटबीचको समय मात्र उनी चरित्रमा डुब्थिन्। 'झोला'को पूरा सुटिङ अवधि आफूले चरित्रमा डुबेर गुजारेको उनको दाबी छ। 
'अरू सुटिङमा इन्टरनेट चलाएर, किताब पढेर फुर्सद कटाउँथेँ। यो फिल्म गर्दा सन्चो–बिसन्चो सुनाउने प्रयोजन बाहेक फोन पनि चलाइनँ,' गफगाफ, हाँसोठट्टा र रमाइलोलाई नियन्त्रण गरेर खेलेको फिल्म बताउँछिन् उनी यसलाई। 
'अरूले जयकला भनेरै बोलाउँथे। म पनि आफूमा त्यही चरित्र प्रवेश गरेको ठानेर काममा लाग्थेँ,' त्यही समर्पणका कारण यत्तिको अभिनय गर्न सकेको उनी सम्झन्छिन्। 
...
चिता बलेपछि नदीमा हाम्फालेर पौडदै भाग्नुपर्ने दृश्य गर्नुअघि दिउँसैदेखि उनको मुटु कामेको थियो। माघ महिना, बिहान ५ बजे त्रिशूली नदी किनारमा हुने भयो सुटिङ। उनी थरथर काम्दै नदीमा पसिन्। 'जीउ झिनिनिन्न भयो, ब्लड सर्कुलेसन नै रोकियो कि जस्तो लाग्यो। कहिल्यै यस्तो अभ्यास गरेकी थिइनँ। तर, पार लाग्यो,' फिल्मकी अर्की कलाकार लक्ष्मी गिरीको हौसलाले साहस पाएको ठान्छिन् उनी। 
पहिला पनि उनी पानीमा नभिजेकी होइन। तर, ती दृश्यका उद्देश्य र समय फरक थिए। ती एकाबिहानै जाडोमा खिचिएका थिएनन्। 'झोला'को दृश्य पानीमा भिजाएर 'ग्ल्यामर' देखाउने उद्देश्यले रचिएको पनि थिएन। 
'कृत्रिम पानी बर्साएर त्यसमा भिज्दै पोज दिएको भन्दा कयौं गुना जीवन्त हुँदो रहेछ ठिहिर्याउउने त्रिशूलीमा डुबुल्की मार्नु,' उनी यो दृश्यलाई बिर्सनै नसक्ने सूचीमा राख्छिन्। 
...
फिल्मबाट अफर आएलगत्तै उनले 'झोला' पुनः पढिन्। पाठकका रूपमा याद नगरेको एउटा दृश्यले उनलाई पिरोल्यो। नाङ्गै चितामा सुताएको र भागेर जंगलमा बसेको दृश्य कसरी खिच्लान्? कतै त्यही 'नग्नता'ले स्क्यान्डल मच्चाउने त होइन?
उनले तुरुन्तै निर्देशकलाई फोन गरेर यी प्रश्न तेर्स्याइन्। यदि त्यो दृश्य 'हाइलाइट' गरेर फिल्म बिकाउने अस्त्र बनाउन खोजिए नखेल्ने उनको सर्त थियो। 
'यो रोमान्सका लागि नांगिने सिन हैन। सिम्बोलिक गरौंला, डराउनुपर्दैन,' निर्देशक भट्टराईले शान्त बनाउन खोजे। 
तैपनि गरिमाको मन बुझेन। फिल्म युनिटसँग त्यो सिन कसरी खिच्ने हो भन्ने छलफलमा जुटिन्। 'नग्नतालाई छरपस्ट पार्ने भए खेल्दिनँ। म कलाकार मात्र हैन यही समाजकी नारी पनि हुँ। छोप्नुपर्ने अंग देखाउन सक्दिनँ,' सुटिङ सुरु हुनै लाग्दा उनले अड्डी लिइन्। 
सुटिङका लागि चित्तबुझ्दो तरिका नबताएसम्म 'एग्रिमेन्ट' पनि गरिनन्। 
'त्यो दृश्य लङ सटमा खिच्ने र स्किन कलरको लुगा लगाएर सुटिङ गर्ने बुँदा सम्झौतापत्रमा खुलाएर मात्र सुटिङको लागि राजी भएकी हुँ,' उनलाई भनिएबमोजिम नै सुटिङ सकियो। तर, गरिमाको डर सकिएन। 
'त्यही न्युड सिनको विषयलाई लिएर हंगामा मच्चियो भने के गर्ने?' जवाफ दिन पर्‍यो भने सजिलो हुन्छ भनेर 'न्युड' देखाउने त्यो स्किन कलरको लुगा सुरक्षित राखिन्। 
एक वर्ष अघिदेखिको गरिमाको डर शुक्रबार अन्त्य भएको छ। बिहीबार फिल्मको प्रिमियर सोमा आएका महिला साभासद्हरु उनलाई अँगालो मारेर रोए। अझै राम्रो गर्ने शुभकामनाका साथ दाईजो प्रथामाथि फिल्म खेल्न सुझाव दिए।
राष्ट्रकवि माधव घिमिरेले त हात समातेर फोटो खिचाए। 'एकदमै यथार्थ अभिनय गर्यौप नानी' भन्दै थाप मारे। 
'त्यो न्युड सिनलाई सबैले मार्मिक माने, विवादित बनाएनन्,' सार्वजनिक प्रदर्शनमा पनि त्यसबारे प्रश्न नउठेपछि गरिमाले डर सकियो। -Nagarkinews.com


Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive