News Ticker

sports

‘तितो सत्य’बाट बाहिरिए दीपक, ‘बेइमान’को ग्रुप फर्कदै

Posted by Unknown | Wednesday, June 4, 2014 | Posted in , , ,



चर्चित हाँस्य सिरियल ‘तितो सत्य’का निर्देशक एवं कलाकार दीपकराज गिरी ‘छ एकान छ’ सिनेमाको प्रदर्शनताका खुबै मिडियामा आए । जसका कारण पनि दर्शकका लागि आफू रुचिकर हुन्न कि भन्ने डर उनमा छ ।

यही कारणले दीपकले ‘तितो सत्य’को अभिनयलाई केही समय विश्राम दिने भएका छन् । उनले केही महिनाका लागि ‘तितो सत्य’को निर्देशन मात्र गर्न लागेका हुन् । केही समय रोकिएर प्रशारणमा आएको ‘तितो सत्य’मा दीपक देखिएका छैनन् ।

उनले कलाकार कम एक्सपोज हुनु हानिकार हो भन्दै धेरै एक्सपोज हुनु महाहानिकारक भएको बताए । चलचित्र ‘वडा नम्बर छ’ को काममा नै व्यस्त रहेका दीपकले भनेे, ‘संभवत अब म चलचित्रको पर्दामा एकैचोटी देखिन्छु होला ।’

अब यो सिरियलमा पहिला छुट्टिएर गएका रवी डंगोल र उनको ग्रुप आउने भएको छ । संभवत विचमा कुरा विग्रिएन भने साउनबाट यो सिरियलमा ‘बेइमान’ नामले परिचित रवि डंगोल र अन्य कलाकारलाई देख्न सकिन्छ । ‘भूइचालो’ बन्द भएपछि रविको ग्रुप ‘तितो सत्य’मा नै फर्कन लागेको हो ।

कतै बेडसिन त कतै बेहाल बनाउने निशाको आइटम

Posted by Unknown | Saturday, May 31, 2014 | Posted in , , ,

चलचित्र ‘मायाज बार’ पश्चात नायिका निशा अधिकारीले चलचित्र ‘मुखौटा’को एक आइटम गीतमा हट नृत्य गरेकी छिन् । ‘बेहाल हुन्छ मन’ बोलको गीतमा निशाको जवानी छल्किएको हो । संभवत निशालाई कुनै चलचित्रको गीतमा यती धेरैको खुलेको देखिएको थिएन ।

जेठ ३० गतेबाट प्रदर्शनमा आउने यो सिनेमालाई अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निशा र अर्पणको हट बेडसिन पनि समावेश गरिएको छ । चलचित्रमा नेपालका मल्टिस्टार कलाकारहरुको अभिनय छ । राजेश हमाल, सौगता मल्ल, दयाहाङ राई, सुनिल थापा, प्रशान्त ताम्राकार, रबिन तामाङ, हर्षिका श्रेष्ठलाई पनि चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रले ९ पात्रको १८ वटा मुखको कथा बोल्छ । रविन श्रेष्ठले निर्माण गरेको सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको हो । यो गीतलाई रिनशा राइले नृत्य निर्देशन गरेकी हुन् ।

बिहे प्रस्ताव राख्दै हमालले यसरी सार्वजनिक गरे प्रेमिका

Posted by Unknown | Thursday, May 15, 2014 | Posted in , , , , ,

राजेश हमालले पहिलो पटक प्रेमिका सार्वजनिक गर्ने कार्यक्रम भएकाले पनि शंकर होटलको माहोल केही तातिएको थियो । हमालले प्रेमिकालाई कसरी सार्वजनिक गर्छन्, आखिर उनको विशेष कार्यक्रम कस्तो रहला भन्ने कौतुहलता सबैमा हुनु स्वभाविक नै हो ।


करिब आधा घन्टा  कुराएपछि बल्ल पत्रकारहरुलाई हमाल भएको कोठामा प्रवेश दिइयो । नायक राजेश हमालकी प्रेमिकाको तस्बिर सार्वजनिक भएपनि पहिलो पटक मिडियाले उनको आधिकारीक तस्बिर खिच्ने अवसर पाएको थियो ।

शंकर होटलको एक कोठामा पत्रकारलाई प्रवेश दिएलगतै, माहोल निक्कै आकर्षक देखियो । विचमा राखिएको हमालको आमावुवाको तस्बिर, फूलैफुलको सौन्दर्यता, वाइन पिउँदै गरेका हमाल दम्पत्ती साच्चिकै माहोल आकर्षक थियो ।

पैसा कमाउन हैन, कमाएर बनेको ‘हँसिया’

Posted by Unknown | Wednesday, May 14, 2014 | Posted in , , , , , ,

सिनेमा बनाएर प्रशस्त आम्दानी गरौला भन्ने सोच जो कोही लगानीकर्ताको पनि हुन्छ । सिनेमा व्यापारको एक माध्यम पनि हो । तर ‘हँसिया’ निर्देशक मिलन चाम्स भने यसो ठान्दैनन् । उनले बारम्बार विभिन्न कार्यक्रममा भन्दै आएका छन्, ‘हँसिया पैसा कमाउन बनाएको होइन, कमाएर बनाएको हो ।’

उनको यो भनाई अनौठो लाग्दो छ । बेलायतमा बसेर सम्पत्ती कमाएपछि उनले दुर्गा घलेसँग मिलेर ‘हँसिया’ बनाएको वुझ्न धेरै समय लगाउनु पर्दैन । उसो त मिलनको यो प्रचार गर्ने नयाँ तरिका पनि हुनसक्छ ।

उसो त ‘हँसिया’ हिरोइन हेमा श्रेष्ठ नै यतिबेला हराएपछि निर्माण यूनिट चिन्तित छ । तर नायक राजेश हमालले ‘हँसिया’लाई साथ दिइरहेका छन् । पूर्णतया एक्सन प्रधान यो सिनेमा जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई लिएर दर्शकमा एक प्रकारको उत्साह पनि थपिएको छ ।

पैसा कमाएर बनाएको ‘हँसिया’को व्यापार भन्दा पनि दर्शकको प्रतिक्रिया निर्माणपक्षका लागि महत्वपूर्ण हो कि, कुराले त यही वुझिन्छ ।

मञ्चदेखि बाथरुमसम्म, नम्रतालाई आर्यनको साथ

Posted by Unknown | Tuesday, April 8, 2014 | Posted in , , , , , ,

आर्यन नम्रताका ‘एलियन’, नम्रता आर्यनकी ‘नमी’ । यि दुइको केमेष्ट्री गजबकै छ । एक अर्कामा घनिष्ट मित्रता रहेको बताउने आर्यन र नम्रता यतिबेला वैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ चलचित्र ‘नोभेम्बर रेन’को प्रचारमा व्यस्त छन् ।

नम्रता बिरामी छिन् । आर्यनलाई उनको स्वास्थ्यको चिन्ता अझ बढि छ । वैशाख ६ गते बिहे बन्धनमा बाधिन लागेका आर्यनलाई प्रेमिकालाई समय दिनुपनि पर्ने हुन्छ । आज काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा आर्यन र नम्रताको केमेष्ट्री गजबको देखियो ।

कार्यक्रमको बिचमै आर्यन र नम्रता केही समय हराए । कारण खोतल्दै जाँदा नम्रता बिरामी भएका कारण उनीहरु हराएका रहेछन् । एसीडीटी बढेपछि नम्रतालाई अचानक टाउको दुख्यो, आर्यनले मित्रताको भूमिका निर्वाहा गरे । कार्यक्रम चलिरहदा उनीहरु बाथरुममा पुगे, नम्रता फ्रेस भइन् अनि दुबै जना फर्किए ।

कार्यक्रम सकिएपछि पनि आर्यन नम्रताको स्वास्थ्यको बिषयमा खुबै सजग देखिएका थिए । उनले नम्रतालाई कार्यक्रम स्थलमा लामो समय बस्न दिएनन् । ‘मेरो एउटा साथी छ’ चलचित्रका यी दुई जोडी लामो समयपश्चात ‘नोभेम्बर रेन’मा देखिदैछन् । तर ‘नोभेम्बर रेन’ले यी दुइलाई अझ नजिक बनाएको छ । सायद आर्यन र नम्रता यतिबेला भनिरहेका होलान्, ‘मेरो एउटा साथी छ’ ।

सुव्रिनाको हट अवतारले ‘झेली’ गर्ला ?

Posted by Unknown | Sunday, March 30, 2014 | Posted in , , , , , ,




सिनेमाको भिडन्तले निर्माताहरुलाई आक्रान्त बनाएको छ । तर आजबाट प्रदर्शनमा आएको चलचित्र ‘झेली’को हकमा भने यो कुरा खासै लागू नहुने देखिएको छ । उसो त आजबाट ‘अकाल’ र भोजपुरी भाषामा बनेको चलचित्रलाई नेपालीमा डबिङ गरी प्रदर्शनमा ल्याइएको ‘सुटर’ पनि हलमा लागेको छ ।

तर ‘झेली’को प्रचारका अघि दुबै सिनेमा कमजोर देखिएका छन् । भेषमान श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रलाई कमल दाहालले निर्देशन गरेका हुन् । चलचित्रमा अनिल थापा, सुव्रिना कार्की, दीपासा वीसी लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्र ‘झेली’को कथावस्तु उत्कृष्ट बनेकाले पनि दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ । ‘अकाल’ र ‘सुटर’को व्यापारले ‘झेली’लाई कुनै असर नगर्ने देखिन्छ ।

अविस्मरणीय तीन सिन

Posted by Unknown | Sunday, February 9, 2014 | Posted in ,



निर्वस्त्र। निरीह।
१५ दिनकी भोकी जयकलाको भूमिका निर्वाह गर्न अभिनेत्री गरिमा पन्त तयार हुँदै थिइन्। 
उनी एक महिनादेखि नुहाएकी थिइनन्। कपाल कोरेकी थिइनन्। अनुहारमा भोक र थकाइको चरम रूप झल्काउन यो अभ्यास नै पर्याप्त थियो, त्यसमा सन्तु तामाङको मेकअपले अझ करुणा जगाउने काम गर्योउ।
'ल हेर त,' मेकअप सकिएपछि सन्तुले गरिमालाई ऐना दिए। 
'आबुई!'

गरिमा आफ्नै अनुहार देखेर तर्सिइन्। उनलाई आफ्नै कुरुपताले नराम्ररी झस्कायो।
करिब एक दर्जन फिल्मकी हिरोइनलाई अघिल्ला फिल्ममा यसको ठिक उल्टो अनुभूति हुन्थ्यो। मेकअप आर्टिस्टले घन्टौं लगाएर उनलाई सिंगार्थे। अनुहारमा के–के पोतिन्थ्यो, उनलाई भेउ नै हुँदैनथ्यो। खाली एउटै कौतुहल हुन्थ्यो, 'म कस्ती देखिएँ हुँला!'
हरेकपल्ट ऐनामा आफ्नो सौन्दर्य देखेर उनी दंग पर्थिन्। र, मनमनै भन्थिन्, 'आहा!'
कृष्ण धरावासीको कथामा बनेको फिल्म 'झोला'को सुटिङभरि उनले कहिल्यै 'आहा!' भन्न पाइनन्। पाउन् पनि कसरी उनी त्यस्ती निरीह सतीको भूमिकामा थिइन्, जसको जीवन नै सादा थियो। पीडा, दुःख र करुणाले भरिएको थियो। लोग्ने मरेपछि ऊसँगै चितामा जल्नुपर्ने युगकी नारीको प्रतिनिधित्व गर्दै थिइन् गरिमा। 
निर्देशक यादव भट्टराईले दृश्यलाई जीवन्तता दिन धादिङको अनकन्टार गाउँमा पस्ने निर्णय गरेकै दिन गरिमाले पनि हिरोको अघिपछि साडी उडाउँदै नाच्ने कल्पना छाडेर 'सती' बन्ने अठोट गरेकी थिइन्। 
'यतिका फिल्म खेल्दा पनि तिमी जमिनौ, अब अलि एक्सपोज गर्न थाल,' फिल्म लाइनका 'शुभचिन्तक'ले यस्तो अर्ती दिइरहेका बेला गरिमालाई 'झोला'बाट अफर आएको थियो। उनले 'एक्सपोज'को बाटो त्यागेर यथार्थ रोजिन्। चुनौतीको 'अवसर' रोजिन्। चुनौती यस अर्थमा, नेपालमा साहित्यिक कृतिमाथि बनेका फिल्म आएको र गएको पत्तो नहुने अवस्थासँग उनी परिचित थिइन्। 
बिस्तारै उनलाई आफ्नो 'कुरुपता' राम्रो लाग्न थाल्यो। अब उनले ऐनामा गरिमा हैन जयकला देख्न थालिन्। 
...
अब गरिमालाई नराम्री बन्न कसैले सिकाउनुपरेन। उनले थ्रेडिङ गरिनन्। सुटिङभरि नुहाइन। स्किन एलर्जीको वास्ता नगरी काम गरिन्। सुटिङमा खाली खुट्टा हिँड्नुपर्थ्यो, दृश्यलाई स्वाभाविक बनाउन अरू समय पनि चप्पल लगाइनन्। 
बसेको ठाउँबाट सुटिङ स्पट पुग्न चार घन्टा हिँड्नुपर्थ्यो। उनी त्यहाँ पनि नाङ्गै खुट्टा पुग्थिन्। गोडा चरचरी फुटे, उनले भ्यासलिन लगाइनन्। ठेला उठेर सोला हान्थ्यो, उनी दाह्रा किटेर सहन्थिन्।
'एक महिना आफ्नो हजुरआमा पुस्ताको जीवशैली अनुसरण गरेँ, त्यसलाई नजिकबाट चिन्न खोजेँ,' फिल्मको प्रचार/प्रसारमा व्यस्त गरिमाले नागरिकसँगको एक भेटमा भनिन्। 
आफूले निर्वाह गरेको चरित्रको वेदना सम्झना उनमा मानसिक थकान बढ्थ्यो। भूमिकालाई स्वाभाविक बनाउने धुनमा लाग्दा शारीरिक पीडा पनि कम्ती हुँदैनथ्यो। गरिमाले दुवैथोक सहिन्।
जब कलाकार र प्राविधिक थकाइले उकालो–ओरालो गर्न नसक्ने भए, फिल्मका निर्माण सल्लाहकार प्रह्लाद खतिवडाले उपाय लगाए। त्यो निर्जन सुटिङस्थलमै टेन्ट गाडेर बस्ने। 'इनर्जी लेभल शून्यमा झरेको थियो। तीन रात त आगो बालेर टेन्टमै गुजार्यौंस,' गरिमाको फिल्मी जीवनमा यो घटना अविस्मरणीय बनेको छ। 
यसअघिका फिल्ममा एक्सन र कटबीचको समय मात्र उनी चरित्रमा डुब्थिन्। 'झोला'को पूरा सुटिङ अवधि आफूले चरित्रमा डुबेर गुजारेको उनको दाबी छ। 
'अरू सुटिङमा इन्टरनेट चलाएर, किताब पढेर फुर्सद कटाउँथेँ। यो फिल्म गर्दा सन्चो–बिसन्चो सुनाउने प्रयोजन बाहेक फोन पनि चलाइनँ,' गफगाफ, हाँसोठट्टा र रमाइलोलाई नियन्त्रण गरेर खेलेको फिल्म बताउँछिन् उनी यसलाई। 
'अरूले जयकला भनेरै बोलाउँथे। म पनि आफूमा त्यही चरित्र प्रवेश गरेको ठानेर काममा लाग्थेँ,' त्यही समर्पणका कारण यत्तिको अभिनय गर्न सकेको उनी सम्झन्छिन्। 
...
चिता बलेपछि नदीमा हाम्फालेर पौडदै भाग्नुपर्ने दृश्य गर्नुअघि दिउँसैदेखि उनको मुटु कामेको थियो। माघ महिना, बिहान ५ बजे त्रिशूली नदी किनारमा हुने भयो सुटिङ। उनी थरथर काम्दै नदीमा पसिन्। 'जीउ झिनिनिन्न भयो, ब्लड सर्कुलेसन नै रोकियो कि जस्तो लाग्यो। कहिल्यै यस्तो अभ्यास गरेकी थिइनँ। तर, पार लाग्यो,' फिल्मकी अर्की कलाकार लक्ष्मी गिरीको हौसलाले साहस पाएको ठान्छिन् उनी। 
पहिला पनि उनी पानीमा नभिजेकी होइन। तर, ती दृश्यका उद्देश्य र समय फरक थिए। ती एकाबिहानै जाडोमा खिचिएका थिएनन्। 'झोला'को दृश्य पानीमा भिजाएर 'ग्ल्यामर' देखाउने उद्देश्यले रचिएको पनि थिएन। 
'कृत्रिम पानी बर्साएर त्यसमा भिज्दै पोज दिएको भन्दा कयौं गुना जीवन्त हुँदो रहेछ ठिहिर्याउउने त्रिशूलीमा डुबुल्की मार्नु,' उनी यो दृश्यलाई बिर्सनै नसक्ने सूचीमा राख्छिन्। 
...
फिल्मबाट अफर आएलगत्तै उनले 'झोला' पुनः पढिन्। पाठकका रूपमा याद नगरेको एउटा दृश्यले उनलाई पिरोल्यो। नाङ्गै चितामा सुताएको र भागेर जंगलमा बसेको दृश्य कसरी खिच्लान्? कतै त्यही 'नग्नता'ले स्क्यान्डल मच्चाउने त होइन?
उनले तुरुन्तै निर्देशकलाई फोन गरेर यी प्रश्न तेर्स्याइन्। यदि त्यो दृश्य 'हाइलाइट' गरेर फिल्म बिकाउने अस्त्र बनाउन खोजिए नखेल्ने उनको सर्त थियो। 
'यो रोमान्सका लागि नांगिने सिन हैन। सिम्बोलिक गरौंला, डराउनुपर्दैन,' निर्देशक भट्टराईले शान्त बनाउन खोजे। 
तैपनि गरिमाको मन बुझेन। फिल्म युनिटसँग त्यो सिन कसरी खिच्ने हो भन्ने छलफलमा जुटिन्। 'नग्नतालाई छरपस्ट पार्ने भए खेल्दिनँ। म कलाकार मात्र हैन यही समाजकी नारी पनि हुँ। छोप्नुपर्ने अंग देखाउन सक्दिनँ,' सुटिङ सुरु हुनै लाग्दा उनले अड्डी लिइन्। 
सुटिङका लागि चित्तबुझ्दो तरिका नबताएसम्म 'एग्रिमेन्ट' पनि गरिनन्। 
'त्यो दृश्य लङ सटमा खिच्ने र स्किन कलरको लुगा लगाएर सुटिङ गर्ने बुँदा सम्झौतापत्रमा खुलाएर मात्र सुटिङको लागि राजी भएकी हुँ,' उनलाई भनिएबमोजिम नै सुटिङ सकियो। तर, गरिमाको डर सकिएन। 
'त्यही न्युड सिनको विषयलाई लिएर हंगामा मच्चियो भने के गर्ने?' जवाफ दिन पर्‍यो भने सजिलो हुन्छ भनेर 'न्युड' देखाउने त्यो स्किन कलरको लुगा सुरक्षित राखिन्। 
एक वर्ष अघिदेखिको गरिमाको डर शुक्रबार अन्त्य भएको छ। बिहीबार फिल्मको प्रिमियर सोमा आएका महिला साभासद्हरु उनलाई अँगालो मारेर रोए। अझै राम्रो गर्ने शुभकामनाका साथ दाईजो प्रथामाथि फिल्म खेल्न सुझाव दिए।
राष्ट्रकवि माधव घिमिरेले त हात समातेर फोटो खिचाए। 'एकदमै यथार्थ अभिनय गर्यौप नानी' भन्दै थाप मारे। 
'त्यो न्युड सिनलाई सबैले मार्मिक माने, विवादित बनाएनन्,' सार्वजनिक प्रदर्शनमा पनि त्यसबारे प्रश्न नउठेपछि गरिमाले डर सकियो। -Nagarkinews.com


Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive