News Ticker

sports
Published On:Wednesday, May 14, 2014
Posted by Unknown

अख्तियारले देखायो एनपीएल क्रिकेटमा चासो

३१ बैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल)बारे चासो देखाएको क्रिकेट संघका पदाधिकारीले बताएका छन् ।

अख्तियारले एनपीएलको हिसाब पारदर्शी नभए क्यान जिम्मेवार हुने बताएका कारण उपाध्यक्ष चरतुबहादुर चन्द, श्रीनिवास राणा, महासचिव अशोकनाथ प्याकुरलसहित १६ सदस्यले एपीएलमा क्यान संलग्न नभएको घोषणा गरेका हुन । ‘व्यवस्थापनको जिम्मा लिएको जोहराले सबै काम आफू खुसी गरेको छ’ एक पदाधिकारीले भने-अख्तियारले आय व्ययको हिसाव किताब भएन भने क्यान जिम्मेवार हुन्छ भनेपछि हामी पछि हटेका हौं ।’

जोहरालाई खेलाडी, एम्पायर, प्राविधिक लगायतलाई दिन २९ लाख रुपैयाँ मंगलबार अपराहृनसम्म क्यानको खातामा जम्मा गर्न भनिएको थियो । तर, आफूहरुको आग्रहलाई अस्वीकार गरेकाले बाध्य भएर एपीएलबाट हटेको उनले बताए ।

एनपीएलमा संलग्न नभएको घोषणा गर्ने १६ जनाले प्रतियोगितामा फिक्सिङ हुन सक्ने भन्दै एन्टी करप्सन युनिट बनाउनुपर्ने, सबै हिसाब किताब पारदर्शी हुनु पर्ने माग राखेका थिए । ‘प्रतियोगिताबारे आईसीसी/एसीसीको चासो छ’ एक पदाधिकारीले भने-मैदान राम्रो छैन भन्ने रिपोर्ट आएको छ । खेलाडी घाइते भए उपचार कसले गर्ने ? यस्ता अनेकौं प्रश्न छन् ।’

स्रोतका अनुसार एनपीएलबाट हात झिक्ने निर्णय गर्ने क्रममा उपस्थित भएका छ सदस्यले भने हस्ताक्षर गर्न मानेनन् । सदस्यहरु संजिप पाण्डे, धर्म बज्राचार्य, रंजित तामाङ, पूर्ण तामाङ र अमृता पौडेल केही नभनी हिँडेका थिए । माओवादी कार्यकर्ता रहेका सदस्य दीपक साउदले अध्यक्षको कार्यशैली गलत भएपनि पार्टीका कारण हस्ताक्षर गर्न नसक्ने बताएका थिए । बरु क्रिकेट छोड्न सक्छु । पार्टी छोड्न सक्दिँन’ उनको भनाइ उद्धृत गर्दै एक सहभागीले भने ।

यसैवीच ३१ सदस्यीय क्यानको कार्यसमितिमा आफूहरुको बहुमत रहेको भन्दै एनपीएलबाट हात झिकेकाहरुले अध्यक्ष टंक आङबुहाङको राजीनामा मागेका छन् ।

‘नैतिकताका आधारमा अध्यक्षले राजीनामा दिनुपर्छ’ एक उपाध्यक्षले भने अनलाइनखबरसँग भने-नभए मैले त विशेष अधिवेशनको माग गरेको छु । अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव लैजान्छु ।’

About the Author

Posted by Unknown on 4:30 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 4:30 AM. Filed under , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "अख्तियारले देखायो एनपीएल क्रिकेटमा चासो"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive