पैसा कमाउन हैन, कमाएर बनेको ‘हँसिया’
उनको यो भनाई अनौठो लाग्दो छ । बेलायतमा बसेर सम्पत्ती कमाएपछि उनले दुर्गा घलेसँग मिलेर ‘हँसिया’ बनाएको वुझ्न धेरै समय लगाउनु पर्दैन । उसो त मिलनको यो प्रचार गर्ने नयाँ तरिका पनि हुनसक्छ ।
उसो त ‘हँसिया’ हिरोइन हेमा श्रेष्ठ नै यतिबेला हराएपछि निर्माण यूनिट चिन्तित छ । तर नायक राजेश हमालले ‘हँसिया’लाई साथ दिइरहेका छन् । पूर्णतया एक्सन प्रधान यो सिनेमा जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई लिएर दर्शकमा एक प्रकारको उत्साह पनि थपिएको छ ।
पैसा कमाएर बनाएको ‘हँसिया’को व्यापार भन्दा पनि दर्शकको प्रतिक्रिया निर्माणपक्षका लागि महत्वपूर्ण हो कि, कुराले त यही वुझिन्छ ।