News Ticker

sports

६० बर्ष सम्म न मुखनै धोए न जिउनै नुहाए।

Posted by Unknown | Saturday, February 22, 2014 | Posted in

http://meroknowledge.blogspot.com/
 80-year-old Hajii is thought to be the world's dirtiest man having not bathed for 60 years. He lives in a hole in the ground and says "cleanliness brings him sickness". Media in Iran are claiming an 80-year old man has broken the world record for the number of years without bathing. According to reports, Amou Haji of southern Iran says he hasn’t bathed in 60 years.


Upcoming Searches
Sexy Namrata Shrestha
Hot Sushma karki
Hot Nepali Model Binita Baral
Sashi Khadka sexy nepali model
International celebrity Ishani Shrestha

चीनमा एकजना युवाले आफै बाघको सिकार बन्न खोजेर यस्तै सनकी चाला देखाएका छन्

Posted by Unknown | Friday, February 21, 2014 | Posted in

मान्छेलाई सनक चढेपछि अनेक-अनेक गर्न मन लाग्छ । चीनमा एकजना युवाले आफै बाघको सिकार बन्न खोजेर यस्तै सनकी चाला देखाएका छन् ।

२७ वर्षीय याङ जिन्हाइले चिडियाखानाभित्र रहेका बाघको सामु पुगे । बाघलाई जिस्क्याए अनि आफूलाई खान प्रेरित गरे । तर, संयोग चिडियाखानाका कर्मचारी र दर्शकले उनलाई उद्धार गरे ।
चिडियाखानाभित्र थुनिएका बाघको गुणस्तरीय जीवनयापनमा ध्यान नदिइएको उनको दावी छ । ‘बाघलाई राम्रो आहार दिनुपर्छ’ खोरभित्र हाम फाल्दै उनले भने ‘उनीहरुलाई मेरो शरिर भोजनको लागि समर्पित गर्दछु ।’

परिवारजनका अनुसार यी युवा लामो समयदेखि डिप्रेसन रोगको उपचार गरिरहेका छन् ।

दक्षिण पश्चिमी सिजुवान प्रान्तमा उनले सुरक्षा गार्डको जागिर गरेका सुरुका बखत निकै उत्साहित थिए । तर, केही समयमै आफू सो जागीरबाट सन्तुष्ट हुन नसकेको उल्लेख गर्दै उनी पि्रन्टिङ कारखानामा काम गर्न पुगे । त्यहाँ पनि उनी खुसी रहन सकेनन् ।
उनमा हतासपन बढ्दै गयो । त्यसपछि स्थानीय चिडियाखाना पुगे र त्यहाँ राखिएका बाघको प्राकृतिक खुसी खोसिएको धारणा बनाए । बाघले प्राकृतिक रुपमा सिकार गर्न पाउनुपर्ने अधिकार कुण्ठित भएको भन्दै आफ्नै शरिर भोजनको लागि अर्पण गर्ने घोषणा गरे ।

प्रत्यक्षदर्शी फेङ ली का अनुसार ती युवा खोरभित्र हाम फालेपछि बाघहरु नै अचम्मित भएका थिए । खोरमा भाले र पोथी बाघ थिए । खोरभित्र मानिस हाम फालेपछि पोथी बाघ चकित हुँदै भागेको थियो । ‘ऊ बाघको लागि भोजन बन्न चाहेको थियो’ ली ले भने । आफ्नो भोजन गर्न उसले भाले बाघको मुहारमा मुक्का बजारेको थियो । यसबाट आक्रोशित भालेले उसलाई चिथोरेको थियो ।

चिडियाखानाका कर्मचारी र दर्शकहरुले आगोको लप्का बालेर उसको उद्धार गरेका थिए । आगोका लप्का देखेपछि बाघ त्रसित हुने गर्दछ ।

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

Posted by Unknown | Thursday, February 20, 2014 | Posted in


एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्षेत्रका एकजना किसानले भने एउटै भैंसी हैर राँगो पालेर वर्षकै ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) कमाएका छन् । अर्थात्, मासिक ५ लाखभन्दा बढी ।

कुरुक्षेत्र, सुनरिया गाउँका करमबीर सिंहले आफूले पालेको ‘युवराज’ नामक मुर्रा जातको राँगोबाट आकर्षक कमाइ गरेका हुन् । उनले राँगोको सिमेन (विर्य) बिक्रीबाट यति ठूलो कमाइ गरिरहेका छन् ।

‘साढे पाँच वर्षदेखि हामीले यो भैंसीबाट यथेष्ट कमाइ लिइरहेका छौं’ हिन्दुस्तान टाइम्ससित करमवीरले भने ।

युबराजको बीर्य प्रति डोज ३ सय भारुमा बेच्ने गरिएको छ । वार्षिक १५ देखि २० हजार डोज बीर्य उत्पादन भई बिक्री गर्दै आएको उनी बताउँछन् ।

शुद्ध मुर्रा जातको भैंसीले वार्षिक ४० हजार लिटरसम्म दूध दिने गर्दछ । वर्णशंकर भैंसीले मुस्किलले वार्षिक २ हजार लिटर दूध दिन्छ । करमबीरका अनुसार उनको युवराजको आमाले पनि दैनिक २७ लिटर दूध दिने गरेको करमबीरले सुनाए । दूध बढी दिने र धेरै अवधिसम्म लैनो हुने भएकोले सो जातको राँगोको बीर्यको माग उच्च भएको हो ।

उन्नत नश्लका मुर्राको बीर्य स्थानीय भैंसीमा कृत्रिम गर्भाधानमार्फत् प्रयोग गर्न सकिन्छ । यसबाट स्थानीय भैंसीको दूध क्षमता पनि उच्च वृद्धि हुने गर्दछ ।

‘दूध उत्पादकत्व बढी हुने भएकोले शुद्ध जातको मुर्रा भैंसी पालन लोकप्रिय भइरहेको छ’ पञ्जाब राज्य किसान आयोगका डेरी विशेषज्ञ अनिल कौरा भन्छन् ‘हामीले पनि सिफारिस गरेका छौं ।’

किचनमा ‘सु’ गरेको भेटिएपछि पिजाहट बन्द

Posted by Unknown | | Posted in ,

यदि तपाई पिज्जा खानुहुन्छ भने यो अब होशियार हुनुस् । जुन पिज्जा तपाई स्वाद मानेर खानुहुन्छ, त्यो यसरी पनि बन्न सक्छ ।

खबर भर्जिनियाको हो । पिज्जा हट आउटलेटका एक कर्मचारीलाई हात धुने ठाउँमा सुसु गर्दै गर्दा पक्राउ गरिएको छ । उनको यो घटिया हर्कत अनुगमनका क्रममा सीसीटीभी फुजेटमा देखिएको थियो ।

घटना लगतै त्यहाँको स्वास्थ्य विभागले पिज्जा हट बन्द गर्न आदेश दिएको छ । कम्पनीले भने कर्मचारीको व्यवहारप्रति दुःख व्यक्त गर्दै उनलाई तत्काल सेवाबाट बर्खास्त गरेको छ ।

हिउँमा नाङ्गै बञ्जी जम्प गरेर भ्यालेन्टाइन

Posted by Unknown | Wednesday, February 19, 2014 | Posted in

http://meroknowledge.blogspot.com/
मान्छेलाई आजकल अरुभन्दा फरक देखिनुपर्ने रहर छ । त्यो फरकपना सवै क्षेत्रमा देखिन्छ भने भ्यालेन्टाइनका सवालमा किन नहुनु ?

धेरैले प्रेमीलाई गुलावको फूल दिएर, कतै घुम्न गएर भ्यालेन्टाइन डे मनाए होलान् । तर, ९ जोडीले भने यो जाडोको समयमा नाङ्गै बन्जी जम्प गरेर आफ्नो प्रेम अभिब्यक्त गरेका छन् ।

उनीहरुले लाटभियाको गौजा नदीमाथि केबुलकारबाट हाम्फालेर झण्डै १५ मिनेटजति आकाशमा रमाइलो गरे । जहाँ चिसोले नदी हिउँ जस्तै जेमेको थियो ।

नाङ्गो जोडीको शरीरमा लगौंटीजस्तो लाग्ने सानो कपडाको धर्सोबाहेक केही थिएन् । उनीहरुले एकअर्कालाई अंगालोमा बाँधेर बन्जी जम्प गरेका थिए ।

तल नदी किनारमा उनीहरुलाई स्वागत गर्न पेय पदार्थ र तातो कपडासहितको टोली तयार थियो ।
http://meroknowledge.blogspot.com/2014/02/high-rank-of-google-adsense-high-paying.html

http://meroknowledge.blogspot.com/2014/02/high-rank-of-google-adsense-high-paying.html

http://meroknowledge.blogspot.com/2014/02/high-rank-of-google-adsense-high-paying.html

http://meroknowledge.blogspot.com/2014/02/high-rank-of-google-adsense-high-paying.html

- See more at: http://www.onlinekhabar.com/2014/02/167300/#sthash.NZKL7asz.dpuf

२५ प्रतिशत अमेरिकीलाई थाहा छैन पृथ्वीले सूर्यलाई घुम्छ भन्ने

Posted by Unknown | | Posted in

http://meroknowledge.blogspot.com/
 तपाईमध्ये कतिलाई थाहा छ– पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने ? सायद अधिकांशले ठान्नुहुन्छ होला यति सामान्य प्रश्न गरेर पाठकलाई मूर्ख बनाउन सावित गर्न खोजेको ?
हो, यही सामान्य बिषयमा बेखवर छन, सुपरपावर मुलुकका सुपर सिटिजन्स अर्थात अमेरिकी नागरिक ।
अमेरिकाको नेसनल साइन्स फाउण्डेसनले हालै गरेको सर्वेक्षणमा २५ प्रतिशत अमेरिकीलाई यो सामान्य बिषयमा पनि ज्ञान नभएको पाइएको छ ।
समाचार संस्था एएफपीले जनाएअनुसार सर्वेक्षणमा सहभागी करिव २ हजार दुई सयमध्ये एक चौथाईले मात्र सही जवाफ दिएका थिए । योभन्दा अझै अचम्मको कुरा त के छ भने मानिसको उत्पत्ति जनावरकै पूर्खाबाट भएको हो भन्ने कुराको जानकारी जम्मा ४८ प्रतिशत सहभागीलाई मात्र पाइयो ।

सहभागीलाई बिज्ञानका बिभिन्न ९ वटा प्रश्न गरिएको थियो ।

पृथ्वी र सूर्यको सम्बन्धका बिषयमा अमेरिकीभन्दा युरोपेली झनै झुर रहेछन् । युरोपेली युनियनका जम्मा ६६ प्रतिशत मानिसले मात्र यसको सही जवाफ दिएको समाचारमा जनाइएको छ ।

यो सर्वेक्षण रिपोर्ट राष्ट्रपति कार्यालयमा बुझाएपछि मात्र थप तथ्यहरु बाहिर आउनेछन् ।

अविस्मरणीय तीन सिन

Posted by Unknown | Sunday, February 9, 2014 | Posted in ,



निर्वस्त्र। निरीह।
१५ दिनकी भोकी जयकलाको भूमिका निर्वाह गर्न अभिनेत्री गरिमा पन्त तयार हुँदै थिइन्। 
उनी एक महिनादेखि नुहाएकी थिइनन्। कपाल कोरेकी थिइनन्। अनुहारमा भोक र थकाइको चरम रूप झल्काउन यो अभ्यास नै पर्याप्त थियो, त्यसमा सन्तु तामाङको मेकअपले अझ करुणा जगाउने काम गर्योउ।
'ल हेर त,' मेकअप सकिएपछि सन्तुले गरिमालाई ऐना दिए। 
'आबुई!'

गरिमा आफ्नै अनुहार देखेर तर्सिइन्। उनलाई आफ्नै कुरुपताले नराम्ररी झस्कायो।
करिब एक दर्जन फिल्मकी हिरोइनलाई अघिल्ला फिल्ममा यसको ठिक उल्टो अनुभूति हुन्थ्यो। मेकअप आर्टिस्टले घन्टौं लगाएर उनलाई सिंगार्थे। अनुहारमा के–के पोतिन्थ्यो, उनलाई भेउ नै हुँदैनथ्यो। खाली एउटै कौतुहल हुन्थ्यो, 'म कस्ती देखिएँ हुँला!'
हरेकपल्ट ऐनामा आफ्नो सौन्दर्य देखेर उनी दंग पर्थिन्। र, मनमनै भन्थिन्, 'आहा!'
कृष्ण धरावासीको कथामा बनेको फिल्म 'झोला'को सुटिङभरि उनले कहिल्यै 'आहा!' भन्न पाइनन्। पाउन् पनि कसरी उनी त्यस्ती निरीह सतीको भूमिकामा थिइन्, जसको जीवन नै सादा थियो। पीडा, दुःख र करुणाले भरिएको थियो। लोग्ने मरेपछि ऊसँगै चितामा जल्नुपर्ने युगकी नारीको प्रतिनिधित्व गर्दै थिइन् गरिमा। 
निर्देशक यादव भट्टराईले दृश्यलाई जीवन्तता दिन धादिङको अनकन्टार गाउँमा पस्ने निर्णय गरेकै दिन गरिमाले पनि हिरोको अघिपछि साडी उडाउँदै नाच्ने कल्पना छाडेर 'सती' बन्ने अठोट गरेकी थिइन्। 
'यतिका फिल्म खेल्दा पनि तिमी जमिनौ, अब अलि एक्सपोज गर्न थाल,' फिल्म लाइनका 'शुभचिन्तक'ले यस्तो अर्ती दिइरहेका बेला गरिमालाई 'झोला'बाट अफर आएको थियो। उनले 'एक्सपोज'को बाटो त्यागेर यथार्थ रोजिन्। चुनौतीको 'अवसर' रोजिन्। चुनौती यस अर्थमा, नेपालमा साहित्यिक कृतिमाथि बनेका फिल्म आएको र गएको पत्तो नहुने अवस्थासँग उनी परिचित थिइन्। 
बिस्तारै उनलाई आफ्नो 'कुरुपता' राम्रो लाग्न थाल्यो। अब उनले ऐनामा गरिमा हैन जयकला देख्न थालिन्। 
...
अब गरिमालाई नराम्री बन्न कसैले सिकाउनुपरेन। उनले थ्रेडिङ गरिनन्। सुटिङभरि नुहाइन। स्किन एलर्जीको वास्ता नगरी काम गरिन्। सुटिङमा खाली खुट्टा हिँड्नुपर्थ्यो, दृश्यलाई स्वाभाविक बनाउन अरू समय पनि चप्पल लगाइनन्। 
बसेको ठाउँबाट सुटिङ स्पट पुग्न चार घन्टा हिँड्नुपर्थ्यो। उनी त्यहाँ पनि नाङ्गै खुट्टा पुग्थिन्। गोडा चरचरी फुटे, उनले भ्यासलिन लगाइनन्। ठेला उठेर सोला हान्थ्यो, उनी दाह्रा किटेर सहन्थिन्।
'एक महिना आफ्नो हजुरआमा पुस्ताको जीवशैली अनुसरण गरेँ, त्यसलाई नजिकबाट चिन्न खोजेँ,' फिल्मको प्रचार/प्रसारमा व्यस्त गरिमाले नागरिकसँगको एक भेटमा भनिन्। 
आफूले निर्वाह गरेको चरित्रको वेदना सम्झना उनमा मानसिक थकान बढ्थ्यो। भूमिकालाई स्वाभाविक बनाउने धुनमा लाग्दा शारीरिक पीडा पनि कम्ती हुँदैनथ्यो। गरिमाले दुवैथोक सहिन्।
जब कलाकार र प्राविधिक थकाइले उकालो–ओरालो गर्न नसक्ने भए, फिल्मका निर्माण सल्लाहकार प्रह्लाद खतिवडाले उपाय लगाए। त्यो निर्जन सुटिङस्थलमै टेन्ट गाडेर बस्ने। 'इनर्जी लेभल शून्यमा झरेको थियो। तीन रात त आगो बालेर टेन्टमै गुजार्यौंस,' गरिमाको फिल्मी जीवनमा यो घटना अविस्मरणीय बनेको छ। 
यसअघिका फिल्ममा एक्सन र कटबीचको समय मात्र उनी चरित्रमा डुब्थिन्। 'झोला'को पूरा सुटिङ अवधि आफूले चरित्रमा डुबेर गुजारेको उनको दाबी छ। 
'अरू सुटिङमा इन्टरनेट चलाएर, किताब पढेर फुर्सद कटाउँथेँ। यो फिल्म गर्दा सन्चो–बिसन्चो सुनाउने प्रयोजन बाहेक फोन पनि चलाइनँ,' गफगाफ, हाँसोठट्टा र रमाइलोलाई नियन्त्रण गरेर खेलेको फिल्म बताउँछिन् उनी यसलाई। 
'अरूले जयकला भनेरै बोलाउँथे। म पनि आफूमा त्यही चरित्र प्रवेश गरेको ठानेर काममा लाग्थेँ,' त्यही समर्पणका कारण यत्तिको अभिनय गर्न सकेको उनी सम्झन्छिन्। 
...
चिता बलेपछि नदीमा हाम्फालेर पौडदै भाग्नुपर्ने दृश्य गर्नुअघि दिउँसैदेखि उनको मुटु कामेको थियो। माघ महिना, बिहान ५ बजे त्रिशूली नदी किनारमा हुने भयो सुटिङ। उनी थरथर काम्दै नदीमा पसिन्। 'जीउ झिनिनिन्न भयो, ब्लड सर्कुलेसन नै रोकियो कि जस्तो लाग्यो। कहिल्यै यस्तो अभ्यास गरेकी थिइनँ। तर, पार लाग्यो,' फिल्मकी अर्की कलाकार लक्ष्मी गिरीको हौसलाले साहस पाएको ठान्छिन् उनी। 
पहिला पनि उनी पानीमा नभिजेकी होइन। तर, ती दृश्यका उद्देश्य र समय फरक थिए। ती एकाबिहानै जाडोमा खिचिएका थिएनन्। 'झोला'को दृश्य पानीमा भिजाएर 'ग्ल्यामर' देखाउने उद्देश्यले रचिएको पनि थिएन। 
'कृत्रिम पानी बर्साएर त्यसमा भिज्दै पोज दिएको भन्दा कयौं गुना जीवन्त हुँदो रहेछ ठिहिर्याउउने त्रिशूलीमा डुबुल्की मार्नु,' उनी यो दृश्यलाई बिर्सनै नसक्ने सूचीमा राख्छिन्। 
...
फिल्मबाट अफर आएलगत्तै उनले 'झोला' पुनः पढिन्। पाठकका रूपमा याद नगरेको एउटा दृश्यले उनलाई पिरोल्यो। नाङ्गै चितामा सुताएको र भागेर जंगलमा बसेको दृश्य कसरी खिच्लान्? कतै त्यही 'नग्नता'ले स्क्यान्डल मच्चाउने त होइन?
उनले तुरुन्तै निर्देशकलाई फोन गरेर यी प्रश्न तेर्स्याइन्। यदि त्यो दृश्य 'हाइलाइट' गरेर फिल्म बिकाउने अस्त्र बनाउन खोजिए नखेल्ने उनको सर्त थियो। 
'यो रोमान्सका लागि नांगिने सिन हैन। सिम्बोलिक गरौंला, डराउनुपर्दैन,' निर्देशक भट्टराईले शान्त बनाउन खोजे। 
तैपनि गरिमाको मन बुझेन। फिल्म युनिटसँग त्यो सिन कसरी खिच्ने हो भन्ने छलफलमा जुटिन्। 'नग्नतालाई छरपस्ट पार्ने भए खेल्दिनँ। म कलाकार मात्र हैन यही समाजकी नारी पनि हुँ। छोप्नुपर्ने अंग देखाउन सक्दिनँ,' सुटिङ सुरु हुनै लाग्दा उनले अड्डी लिइन्। 
सुटिङका लागि चित्तबुझ्दो तरिका नबताएसम्म 'एग्रिमेन्ट' पनि गरिनन्। 
'त्यो दृश्य लङ सटमा खिच्ने र स्किन कलरको लुगा लगाएर सुटिङ गर्ने बुँदा सम्झौतापत्रमा खुलाएर मात्र सुटिङको लागि राजी भएकी हुँ,' उनलाई भनिएबमोजिम नै सुटिङ सकियो। तर, गरिमाको डर सकिएन। 
'त्यही न्युड सिनको विषयलाई लिएर हंगामा मच्चियो भने के गर्ने?' जवाफ दिन पर्‍यो भने सजिलो हुन्छ भनेर 'न्युड' देखाउने त्यो स्किन कलरको लुगा सुरक्षित राखिन्। 
एक वर्ष अघिदेखिको गरिमाको डर शुक्रबार अन्त्य भएको छ। बिहीबार फिल्मको प्रिमियर सोमा आएका महिला साभासद्हरु उनलाई अँगालो मारेर रोए। अझै राम्रो गर्ने शुभकामनाका साथ दाईजो प्रथामाथि फिल्म खेल्न सुझाव दिए।
राष्ट्रकवि माधव घिमिरेले त हात समातेर फोटो खिचाए। 'एकदमै यथार्थ अभिनय गर्यौप नानी' भन्दै थाप मारे। 
'त्यो न्युड सिनलाई सबैले मार्मिक माने, विवादित बनाएनन्,' सार्वजनिक प्रदर्शनमा पनि त्यसबारे प्रश्न नउठेपछि गरिमाले डर सकियो। -Nagarkinews.com


भारत मा लुम्बिनी नक्कल

Posted by Unknown | Saturday, February 8, 2014 | Posted in

Duplicate Lumbini in India


राष्ट्रपति कार्यालयको साइट ह्याक

Posted by Unknown | | Posted in


काठमाडौ, माघ २६ - राष्ट्रपति कार्यालयको साइट शनिबार रातिबाट ह्याक गरिएको छ । राष्ट्रपति कार्यालयको साइट http:// president ofnepal.gov.np को गृह पृष्ठमा ह्याकरले ह्याक्ड बाई पी ७७७१ लेखेको छ । ह्याकरले आफ्नो परिचय 'इन्डियन ह्याकर' दिएको छ । राष्ट्रपति कार्यालयको साइट एफवन सफ्ट इन्टरनेसनलले निर्माण गरेको हो ।



कारमा ‘काम’ गर्दागर्दै जोडी परमधाम्

Posted by Unknown | Thursday, February 6, 2014 | Posted in

जुनसुकै कामका लागि आफ्नै बिशेष स्थान हुन्छन् । तर, बैंशले मात्तिएर बेडरुम पुग्न पनि हतार भएझैं सार्वजनिक स्थलमा कारभित्रै काम बिगार्दा एक जोडीको ज्यान गएको छ । अमेरिकाको न्यूजर्सीमा हालै एक नौजवान जोडी हराएपछि खोजी सुरु भयो ।

 खोज्दै जाँदा उनीहरुलाई घरको ग्यारेजमा कारभित्र मृत अबस्थामा भेटियो । २४ बषिर्य जर्ज रोडि्रगुज र २५ बषिर्य मेलिसा पेरिरा गाडीमा मृत अबस्थामा भेटिए । उनीहरु दुवै जना नग्न थिए र प्राण त्याग्नुअघि यौन कार्यमा लिन भएको प्रष्ट बुझिन्थ्यो । आखिर कारभित्र यौन कार्य गर्दा कसरी ज्यान गयो यो जोडीको ? प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले कारभित्र संर्सग गर्ने क्रममा एसी खोलेको र त्यहाँबाट उत्पादित कार्वन मोनोअक्साइडका कारण उनीहरुको ज्यान गएको निष्र्कष निकालिएको छ । चिसो कारलाई तताउन उनीहरुले हिटर चलाएको अनुमान गरिएको छ । परिवारले उनीहरु हराएको सूचना प्रहरीलाई दिएपछि खोजी तिब्र पारिएको थियो ।

Related Searches-
smita thapa
नेपाली सेक्शी भिडियो
sxey nepali gall imgaes 2014
bindu pariyar
nagpur kamptee sexy girls
www.nepali hot and sex story with rakshya shrestha.com
www.रेखा थापा.sex.com
अस्लिन भिडिओ
18 वर्षिया बालिका sex story

पतिलाई आफ्नै कपालबाट बुनेको स्वीटर उपहार

Posted by Unknown | Wednesday, February 5, 2014 | Posted in

पहिले–पहिले गाउँघरतिरका महिलाहरु आफ्नो परिवारलाई चाहिने स्वीटर लगायतका उनीका कपडा आफै बुन्थे । आजकल मेसिनको जमाना आयो र त्यो चलन हरायो । तर, चीनमा एक महिलाले उनीको हैन, आफ्नै कपालको प्रयोग गरी स्वीटर र टोपी बुनेर उपहार दिएकी छिन् ।


 चोङकिङ निवासी यी अवकाशप्राप्त शिक्षिकाले आफ्ना १ लाख १६ हजार ५८ वटा रौंको प्रयोग गरी स्वीटर बुनेकी छिन् । यसका लागि उनलाई ११ वर्ष लाग्यो । ‘बैंशका बेला म चम्किलो लामो कपालका लागि प्रसिद्ध थिएँ’ आफ्ना यौवनकाल सम्झँदै ६० बर्षीया सियान रेनसियानले भनिन–‘जब म बढ्दै गएँ, मलाई लाग्यो मेरो सौन्दर्यजस्तै यो पनि नासिएर जाँदैछ ।’ ‘मैले यसलाई सम्हालेर राख्न चाहान्थेँ’ उनले डेलीमेलसँग भनिन–‘ र, आइडिया निकालेँ– पतिका लागि केही सम्झनायोग्य चीज बनाइदिने ।’ ३४ वर्षको उमेरदेखि उनको कपाल झर्न थालेको थियो । उनले ती कपाललाई एक–एक गरी जम्मा पारेर राखिन् । त्यसलाई के मा प्रयोग गर्ने भन्ने उनीसँग केही योजना थिएन् । ४९ वर्षको उमेरमा अथार्त सन् २००३ मा उनलाई आइडिया आयो श्रीमानका लागि स्वीटर बुनिदिने । ‘पछिल्ला ११ वर्षमा मैले सवै कपालका रौं गनेँ र तीनलाई स्वीटर बुन्न प्रयोग गरिरहेँ ।’ उनी भन्छिन–‘ मैले १ लाख १६ हजार ५८ वटा रौं प्रयोग गरेर स्वीटर बनाएँ जसको तौल ३ सय ८२ दशमलव २ ग्राम छ ।’ आफ्नै कपालबाट उनले ११९ दशमलव ५ ग्रामको टोपी पनि बनाएकी छिन् । ‘जब मैले बुन्ने तरिका जानेँ, तब मलाई यो सबै गर्न कुनै कठिनाई भएन् ।’ उनी भन्छिन–‘यसका लागि मात्र धैर्यता चाहिन्छ र समय पनि ।’ ‘यो स्वीटरले मेरो जवानी सम्झाइदिने छ, मैले र मेरा पतिले बिताएका सुन्दर क्षणलाई बाँकी जीवनभर ताजा बनाइदिने छ’ उनले भनिन् । अब पतिका लागि कट्टु बनाइदिने ? संचारकर्मीको प्रश्नमा उनले भनिन– ‘यो प्रोजेक्ट त सकियो, अब के बनाउने भनेर सोच्दै छु ।’ 

ब्रेष्ट सर्जरीले ब्रेष्ट सर्जरीले निम्त्याएको यो दुखद् कहानीनिम्त्याएको यो दुखद् कहानी

Posted by Unknown | | Posted in

ब्रेस्ट सर्जरीको असर लिन्डा पेरेजले भन्दा बढी अरु कसैले बुझ्न सक्दैनन् । मियामीकी १९ वर्षीया लिन्डाले २०१३ अगष्टमा बक्षस्थल आकर्षक बनाउन सजरी गरेकी थिइन् । जसको केही घण्टामै उनी कोमामा गइन् । उनी अहिले कोमाबाट बाहिर त आएकी छिन् तर, अरुको सहारा विना न चल्न सक्छिन् न बोल्न । उनको शरीर निकै कमजोर भएको छ । 




चिकित्सकहरुले उनी अब ठिक हुनेमा आशंका गरेका छन् । उनकी आमाले भने अझै आश मारिसकेकी छैनन् । मियामी होराल्डलाई लिएको अन्तर्वार्तामा लिन्डाकी आमा मरिलाले भनिन्–मलाई अझै आश छ, किनकी उ जीउँदैछे र घरमै छे ।’ लिन्डा डिप्रेसनमा गएकी छिन् र हरेक समय रोइरहन्छिन् । लिन्डाले १८ वर्षको उमेरमा अगष्ट २०१३ मा ब्रेस्ट इनलार्ज सजरी गरेका थिइन् । सर्जरी गरेको एक घन्टामै उनको दिमागले काम गर्न छाड्यो र कोमामा गइन् । दुई महिनासम्म अस्पतालमा राखेर उपचार गरेपछि कोमाबाट निकालिएको छ । लिन्डाको सर्जरी गर्ने डाक्टरले उनको पुरानो रेकर्डहरु हेरिरहेका छन् । उनको आशंका छ कि सर्जरी गर्नुअघि लिन्डाले आफ्नो शारीरसँग जोडिएको महत्वपूर्ण जानकारी भनिनन्, जसका कारण उनी कोमामा गइन् । उनी एक सन्तानकी आमा समेत हुन् । उनका परिवारका सदस्यहरुले लिन्डाको बच्चालाई कानूनी अभिभावक बनाउन अदालतमा माग गरेका छन् । उनकी आमाले डाक्टरविरुद्ध समेत मुद्दा हालेका छिन् । 

Search Terms:

    Hot and sexy rakhi sawant
    Bollywood item girl Rakhi Shawant
    Rakhi Shawant Hot Photos
    Fashion of Rakhi Shawant Hot Girl
    Latest sexy image of bollywood actress Rakhi Shawant

किशोरीको आँखाबाट आँसुको सट्टा ढुंगा

Posted by Unknown | | Posted in

यमनमा एक जना किशोरीको आँखाबाट आँसुको सट्टा ढुंगा झर्न थालेपछि चिकित्सक छक्क परेका छन् ।
यमनको एक गाउँमा बस्ने १२ बर्षिय किशोरी सादिया सालेहको आँखाबाट सानो–सानो आकारका कडा ढुंगा खस्छन् । आँसुजस्तै ती ढुंगा आँखाको बिच भागमा आइ पुगेर गालामा खस्छन् ।


यो अनौठो घटनापछि उनलाई डाक्टरकहाँ पुराइयो । तर, डाक्टर पनि यो देखेर छक्क परिरहेका छन र किन यस्तो भयो भन्ने बताउन सकिरहेका छैनन् ।यमनको एजल टीभीले प्रसारण गरेको भिडियोमा यी किशोरीलाई अस्पतालमा उपचारका लागिएको दृष्य देखाइएको छ । जहाँ चिकित्सकले उनको आँखाबाट कपडाको सहयोगले काला ढुंगा निकालिरहेका छन् । केहीबेरपछि उनले प्लाष्टिकको भाँडोमा एक दर्जनबढि ढुंगा देखाउँछन जुन उनको आँखाबाट केही घण्टाको अबधिमा झरेका हुन् । सालेहका गाउँलेहरु भने उनलाई राक्षसले कब्जा गरेको र टुनामुना गरिएको भन्दै डराएका छन् ।उनको स्वास्थ्यमा कुनै खराबी नदेखिएको डाक्टरले बताएका छन् । तर, के कारण उनका आँखाबाट ढुंगा खसिरहेको हो भन्नेबारे अझै निष्र्कषमा पुग्न नसकिएको र अनुसन्धान जारी रहेको उनीहरुले बताए ।

यो पनि पढ्नोस-बान्ता गरेर पेन्टिङ बनाउने युवती

बान्ता गरेर पेन्टिङ बनाउने युवती

Posted by Unknown | | Posted in

मानिसहरु बिरामी नभई बान्ता गर्दैनन् । तर, बेलायतकी एक शाकाहारी युवती दिनमा दर्जनौंपटक बान्ता गर्छिन र सुन्दर चित्र बनाउँछिन् ।२७ वर्षीया मिली ब्राउन सफा क्यान्भासमा रंगीन उल्टी गरेर अमूर्त चित्र बनाउँछिन् । पेन्टिङ गर्ने परम्परागत आर्ट शैलीबाट दिक्क भएपछि उनलाई केही नयाँपन दिने जोस जाग्यो ।

 सन् २००५ बाट बान्ता गरेर आर्ट बनाउन सुरु गरेकी मिलीले अहिले लाइभ परफर्मेन्स दिँदै आएकी छिन् । लाइभ परफर्मेन्स गर्नु पर्ने भएपछि उनी दुई दिनअघि देखि नै खाना खान बन्द गर्छिन् । जसका कारण उनको पेट पूर्ण रुपमा खाली हुन्छ, ताकि उनलाई जुन रंगले पेन्टिङ गर्नुछ, त्यो पेटको भित्रसम्म पुग्न सकोस् । उनी रंगलाई दुधमा मिसाएर पिउँछिन् । चार लिटरसम्म तरल पदार्थ पिउन सक्ने उनको दावी छ । एउटा रंगको झोल पिएर बान्ता गरेपछि उनले १५ मिनेट जति आराम गर्छिन् । दुई रंग नमिसिउन भनेर यसो गरिएको हो । उनको बान्ता कलाका पारखी बढिरहेका छन् । ती फ्यानमा लेडी गागा समेत पर्छिन् । गागाको एउटा भिडियोमा मिलीले रंगीन बान्ता गरेको दृष्यसमेत देख्न सकिन्छ । 

एक किलो महको मूल्य ७ लाख रुपैयाँ ?

Posted by Unknown | Monday, February 3, 2014 | Posted in

एक किलो महको मूल्य कति पर्ला ? तपाईको सहज अनुमान हुनसन्छ २/४ सयदेखि बढीमा हजार । तर, आज हामी तपाईलाई यस्तो महबारे जानकारी दिँदै छौं-जसको मूल्य कारको भन्दा बढि पर्छ । टर्किमा उत्पादित ‘एल्विस’ नामको यो महको मूल्य प्रतिकिलो ५ हजार युरो अर्थात् झण्डै ७ लाख रुपैयाँ पर्छ । यो महको मूल्य यति महंगो पर्नुमा खास कारण छ । यो १८ सय मिटर गहिरो गुफामा उत्पादित प्राकृतिक मह हो । हुन त संसारमै टर्कीको मह अब्बल मानिन्छ । तर, त्यहाँको सारिकायर उपत्याकाको गुफामा उत्पादित यो मह झनै खास छ । स्थानीय माहुरी पालक गुनाय भन्छन्-यो सबैभन्दा महंगो मह हो । यो मह बनाउने क्रममा महुरीले गोला बनाउँदैन ।’ यो उपत्याकामा थुप्रै औषधिजन्य बनपस्ति रहेका कारण पनि यो मह खास रहेको उनले भनाई छ । गुनायको तीन पुस्ताले महुरी पालन गर्दै आएको छ ।

२००९ मा गुफामा माहुरी आवत जावत गरिरहेको देखेपछि यो मह भएको आशंका गरिएको थियो । ब्यबसायिक आरोहीको सहयोगमा गुफाभित्र गएपछि १८ किलो मह भेटिएको थियो । उक्त मह फ्रान्सेली ल्याबमा परिक्षण गर्दा यो सात बर्ष पुरानो भएको र महत्वपूर्ण तत्वले भरिपूर्ण पाइएको थियो । २००९ मा फ्रान्सको स्टाक एक्सचेन्जमा पहिलो पटक एक किलो मह ४ हजार ५ सय यूरोमा बेचिएको थियो । त्यसको एक वर्षपछि चीनका फर्मासिस्टले २८ हजार यूरोमा मा किनेका थिए । अहिले यसको मूल्य ५ हजार युरो प्रतिकिलो तोकिएको छ । टर्कीमा सामान्यतयाः ५ हजार भन्दा कम मूल्यमै नयाँ कार आउँछ । तर, कारभन्दा महंगो यो महको चर्चा र माग पनि उत्तिकै छ । 

दैनिक तीन घण्टा खानुस्, मासिक ५ लाख बसि-बसि कमाउनुस्

Posted by Unknown | Sunday, February 2, 2014 | Posted in

मानिसहरु पैसा कमाउन अनेक उपाय लगाउँछन् । त्यस्ता उपाय कतिपय निकै दुःखपूर्ण पनि हुन्छन् । तर, तपाईलाई कसैले टेवलमा बसेर आनन्दले मिठा मिठा परिकार खान दिन्छ र त्यसबापत मनग्ये पैसा पनि कमाउहुन्छ भने त्यसलाई तालुमा आलु फलेको भन्दा फरक पर्दैन् । आजकल कोरियामा यस्तै तालुमा आलु फल्न लागेको एक महिलालाई । उनले टेवलमा बसेर खाना खाएकै भरमा झण्डै ५ हजार ६ सय अमेरिकी डलर-करिव साढे पाँच लाख रुपैयाँ) कमाउँछिन् । दक्षिण कोरियाको राजधानी सियोलकी ३४ वर्षीया पार्क सियो इआन हरेक दिन क्यामेराअगाडी बसेर मजाले मिठो मिठो खान्छिन् । उनले खाएको दृष्य भिडियो स्टि्रमिङ वेबसाइटमार्फत् लाइभ प्रसारण भइरहेको हुन्छ । मानिसहरु उनले खाएको हेर्न मात्रै इन्टरनेटअगाडी बस्छन् । यो क्रम हरेक दिन झण्डै तीन घण्टासम्म चल्छ ।

 पार्क खाना खान झण्डै तीन घण्टा लगाउँछिन् । वेबसाइटमा विज्ञापन र अन्य सहयोगबाट उनले मासिक ५ हजार ६ सय डलरभन्दा बढी कमाउँछिन् । दक्षिण कोरियामा पछिल्ला दिनमा प्रचलनमा आएको यो प्रबृत्तिलाई ‘फुड पोर्न’ अर्थात अश्लिल खावाईका रुपमा चिनिन्छ । कोरियामा एकल परिवारको संख्या बढ्दै गएको र यसले खानासम्बन्धी यस्ता साइट लोकप्रिय हुँदै गएको द डेलि मेलले जनाएको छ । अर्गनाइजेशन फर इकोनोमिक को-अपरेशन एण्ड डेभलोपमेन्ट रिसर्चका अनुसार कोरियामा एकल परिवारका संख्या २०१२ को भन्दा २५.३ प्रतिशतले बढेको छ ।


Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive