एक बर्षसम्म ब्यस्त सडकमै झुण्डीएको शव कसैले नदेख्दा
प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले बोर्डमा झुन्डिएर कसैले आत्महत्या गरेको हुन सक्ने बताएको छ । शव भेटिएको बोर्ड भएको सडक चीनको डेजियांग प्रान्तको डोंगयांग सहरको राजमार्ग हो । जहाँ दैनिक हजारौँ गाडी गुड्छन् । स्थानीय प्रहरीका अनुसार उक्त सडक धेरै व्यस्तमध्येको एक हो ।
प्रहरीको अनुमान छ, वर्षभरिमा कैयौँ मानिसले शव देखे होलान्, तर उनीहरूले विज्ञापनका लागि गरिएको ‘स्टन्ट’ सम्झेर पुलिसलाई खबर नगरेका होलान् ।
प्रहरी अधिकारीका अनुसार शव चिन्न सम्भव छैन । यो पूरै सडिसकेको छ । तर, अनुसन्धानका लागि फोरेन्सिक जाँचमा पठाइएको छ । मृतकको शरीरको मासु चराले खाइसकेको प्रहरीले अनुमान गरेको छ ।