Posted by Unknown | Wednesday, April 16, 2014 |
Posted in
Bollywood film,
film,
Film News,
movi,
movie
बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफको प्रेम सम्बन्धले यतिबेला चर्चा पाइरहेको छ । भारतीय मिडियामा दुईको प्रेमलाई लिएर हरेक दिन जसो कुनै न कुनै समाचार आइरहेकै हुन्छ ।
यसैक्रममा यतिबेला बलिउड बजार रणवीर-कट्रिनालाई लिएर नयाँ कुरा चर्चामा छ । रणवीर यतिबेला मुम्बइको बान्द्रामा नयाँ घर खोजिरहेका छन् । बिहे पश्चात उनी कट्रिनासँग नयाँ घरमा बस्न चाहन्छन् ।
कट्रिना कैफ घरमा आएको रणवीरका पिता ऋषी कपुर र आमा नितु कपुरलाई राम्रो लाग्दैन । यसैले रणवीर नयाँ घरमा सर्न चाहेको भारतका चर्चित मिडियाहरुले जनाएका छन् ।
Posted by Unknown | |
Posted in
film,
Film News
संयुक्त राष्ट्रसंघको शैक्षिक तथा बालबालिका हेर्ने नियोग यूनिसेफको एम्ब्यासडरको रुपमा गायिका आनी छोइङ डोल्मालाई चयन गरिएको छ । बलिउडका सुपरस्टार नायक अमिताभ बच्चन, विश्व चर्चित गायिका साकिरा, विश्व चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम्प यूनिसेफको एम्ब्यासडर भैसकेका छन् ।
आनी यूनिसेफको दूत बन्ने पहिलो नेपाली सेलिब्रेटी हुन् । राष्ट्रपती डाक्टर रामबरण यादवले शितल निवासमा आयोजना गरिएको एक कार्यक्रममा उनलाई यूनिसेफको दूत घोषणा गरेका हुन् ।
उक्त इभेन्टमा युनिसेफको नयाा गीत पनि सार्वजनिक गरिएको थियो । दुर्गालाल श्रेष्ठले लेखेको उक्त गीतलाई युनिसेफले सार्वजनिक गरेको हो । न्यूह बज्राचार्यले संगीत भरेको गीतमा आनिकाका साथै रामकृष्ण ढकाल, सुजिल कर्माचार्य, श्रुतिराज्य लक्ष्मी, रेखा शाह, सिने गुरुङले स्वर दिएका छन् ।
‘फूलको आखामा फूलै संसार’ जस्तो चर्चित गीतकी गायिका आनीले बालबालिकाको बिषयमा आवाज उठाउँदै आएकी छिन् ।
Posted by Unknown | |
Posted in
amazing,
Featured
हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागेको हो । जसले गर्दा उनी आलु चिप्सबाहेक अरु हेर्नै नसक्ने भइन् । अन्य कुरा खायो कि बिरामी भइहाल्थिन ।
यहि समस्याका कारण उनी चञ्चले टीन एजमा पनि आफ्ना साथीहरुसँग बसेर कहिल्यै रमाइलो गर्न पाइनन् । कुनै रेष्टुँरा जानु पर्यो भने उनी पहिले मेन्यू हेर्छिन् । ‘अरु खानाले मलाई विरामी बनाउँछ’ उनी भन्छिन-’म साथीहरुसँग पार्टीहरुमा जान्छु तर, केही खान सक्दिन जसले गर्दा रमाइलो हुन्न ।’
उनी प्रेमीको घरमा जाँदा समेत समस्यामा परिन् । उनले आफ्नो समस्याबारे भनेकी थिएनन् । प्रेमीकी आमाले उनलाई पास्ता बनाएर ल्याइदिइन् । तर, उनले खान सकिनन् ।
यी युवतीलाई ‘सलेक्टिभ फुड डिसअर्डर’ नामको बिमार लागेको छ जसले गर्दा उनी कुनै एक प्रकारको खानाबाहेक अरु खानै सक्दिनन् ।
अहिले उपचारपछि भने उनले आफूलाई मन परेको खानेकुरा खान पाएकी छन् । उनलाई पिज्जा र आँपका परिकार निकै मनपर्छ ।
Posted by Unknown | |
Posted in
sport,
sports
३ बैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएफको सातौं शंस्करण आजबाट सुरु हुँदैछ । भारतमा लोकसभा चुनाव भइरहेका कारण आईपीएलको पहिलो चरणका खेलहरु यूएईमा हुँदैछ ।
पहिलो चरणका खेलहरु अबुधाबी, शारजाह र दुबईमा खेलाइनेछ । नेपाली समय अनुसार राती सवा ८ बजे हुने उद्घाटन खेलमा अबुधाबीमा च्याम्पियन मुम्बई इण्डियन्स र कोलकत्ता नाइटराइडर्स भिड्दैछन् ।
यो पटक आईपीएल कयौं विवादका बीच सुरु हुँदैछ । चेन्नई सुपर किङ्ग्स र राजस्थान रोयल्सको सहभागिताबारे समेत प्रश्न उठेको थियो । दुबै टिमका मालिक र खेलाडीमाथि फिक्सिङ र खेलसँग जोडिएका जानकारी अरुलाई दिएको गम्भीर आरोप लागेको छ । यो विषय अदालतमा विचाराधीन भएका कारण दुबै टोलीले आईपीएल खेल्ने मौका पाएका छन् ।
आईपीएलको यो सिजनमा मुम्बई इण्डियन्स र कोलकत्ता नाइटराइडर्सका साथै रोयल च्यालेन्जर्स बैंङ्ग्लोर, सनराइजर्स हैदराबाद, चेन्नङ सुपर किङ्ग्स, दिल्ली डेयरडेभिल्स, किङ्ग्स इलाभेन पन्जाब र राजस्थान रोयल्स छन् ।
Posted by Unknown | Tuesday, April 15, 2014 |
Posted in
amazing,
Featured
रुसमा एक घर छ, जसले गुरुत्वाकर्षणको नियमलाई चुनौती दिँदैछ । यो घरभित्र जानासाथ तपाईलाई संसार उल्टो लाग्छ । सेन्ट पिटर्सबगमा बनेको घर एक संग्राहलयको भाग हो । जसमा लिभिङ रुम, किचन, करिडोर, बाथरुम र बच्चाको बेड रुम समेत छ ।
घरका भित्र फर्निचरलाई छतमा टाँसिएको छ । जसका कारण कोठाभित्र खिचिएको तस्वीरुमा उल्टो देखिन्छ । बच्चाको बेड रुपमा खेलौनमहरु छन् भने किचनमा चाहिने सबै सामाग्री छन् ।
घरभित्र वासिङ मेसिनदेखि सबै सामान छन । यो सबै हेरपछि तपाई लाग्छ कि यो कुनै पनि बेला तपाईमाथि खस्न सक्छ ।
Posted by Unknown | |
Posted in
amazing,
Featured
हरेक कामदारको इच्छा हुन्छ– राम्रो वातावारणमा कार्यालयमा काम गर्न पाइयोस् ।
तर, केही काम यस्ता हुन्छन, जहाँ सधै हतार र धपेडी मात्र हुन्छ । आकस्मिक सेवा, अस्पताल, सञ्चार माध्यमहरुमा काम गर्नेहरु सँधै हतारोमै हुन्छन् ।
३० बर्षिय नाथन रोबट्र्स आकस्मिक सेवा उपलब्ध गराउने संस्थामा काम गर्थे । उनको काम इमर्जेन्सीका लागि गाडि यता उता दौडाइरहनु थियो । संस्थाले हरेक कर्मचारीहरुलाई कार्यालयमा छुट्टा–छुट्टै सिफ्ट पनि बनाएको थिएन ।
काम गरिरहेकै अवस्थामा पनि कहिले काँही आफू बस्दै आएको कुर्सी अरुलाई दिनु पर्ने अवस्था आउँथ्यो । यसका कारण नाथन निकै तनावमा थिए ।
यो व्यवस्था परिर्वतन गर्न उनले कम्पनीमा माग गरे । तर, सुनुवाइ भएन । उल्टै उनले जागिर छाड्नुप¥यो ।
जागिर छाडेपछि उनले आफुलाई काम गर्ने ठाउँमा कुर्सी नदिएको भन्दै अदालतमा मुद्दा दायर गरे । एकपछि अर्को गर्दै उनले तीनवटा अदालतमा मुद्दा हारे ।
अब उनको अन्तिम भरोसा छ– युरोपेली युनियनको अदालत । काम गर्ने वातावारण नदिने कम्पनीविरुद्ध मुद्दा जितेरै छाड्ने अठोटमा छन उनी ।
–मिरर दैनिकबाट
Posted by Unknown | |
Posted in
amazing,
amazmin,
Featured
अन्ततः मिराकल मिल्लीले संसारकै सानो कुकुरका रुपमा गिनिज बुकमा नाम लेखाएर ताज हात पारेको छ ।
पोर्तोरिको निवासी भेनेसा सेमलरले पालेको यो कुकुर १० सेमी भन्दा पनि सानो अर्थात ३ दशमलव ८ इन्च अग्लो छ ।
खल्तीमा अट्ने साइजको यो कुकुर सन् २०११ मा जन्मिदा एक औंश तौल पनि थिएन् । जन्मिदा यो खाना खाने चम्मामा अटेको थियो । मुख यति सानो थियो कि आँखामा औषधी हाल्न प्रयोग गरिने आइ ड्रपरले दूध खुवाउनु परेको थियो ।
मिल्ली जन्मिनुअघि अमेरिकाको केन्तुकी राज्यको रेसल्याण्ड निवासी लाना एल्सविकको बु–बु कुकुरले सवैभन्दा सानो कुकुरको ताज जितेको थियो । यसको उचाई ४ इन्चमात्र थियो । मिल्ली र बु–बु दुवै पोंथी हुन् ।
भालेमा अमेरिकाकै डक्कीको उचाई ४.९ इन्च रहेको छ ।
Posted by Unknown | |
Posted in
sport,
sports
: गोल डटकमले सार्वजनिक गरेको दक्षिण एसियाका उत्कृष्ट १० जना खेलाडीको सूचीमा विमल घर्तीमगर र रोहित चन्द परेका छन् । विमल सूचीको तेस्रो स्थानमा परेका छन् ।
भने रोहित ७ औँ स्थानमा छन् । गोल डटकमले विमललाई ब्राजिल र बार्सिलोनाका स्टार नेयमारसँग तुलना गरेको छ ।
‘विमल घर्ती मगरलाई दक्षिण एसियाको नेयमार मानिन्छ, उनी यसक्षेत्रमै सबैकम उमेरमा राष्ट्रिय टिमबाट खेल्ने र गोल गर्ने खेलाडी हुन्’ गोलडटकमले लेखेको छ । विमल अहिले दुई महिने ट्रायलका क्रममा बेल्जियमको सबैभन्दा सफल पहिलो श्रेणीको क्लव एन्डरलेजमा छन् ।
सूचीको सातौ स्थानमा रहेका रोहितलाई पनि गोल डटकमले युरोपियन क्लवमा खेल्न लायक खेलाडीको रुपमा व्याख्या गरेको छ । उनी अहिले इन्डोनेसियाको परसिजा जाकर्ताबाट व्यवसायिक फुटबल खेल्छन् । उनी नेपालकै सबैभन्दा महंगा खेलाडी हुन् ।
सूचीमा विमलभन्दा माथि गत साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका अफ्गानिस्तानका गोलकिपर मनसुर फकिरयार छन् । भने साफका उच्च गोलकर्ता माल्दिभ्सका अलि अस्फाक पहिलो नम्बरमा छन् ।
यस्तो छ सूची
१. अलि अस्फाक, माल्दिभ्स
२. मनसुर फकिरयार, अफगानिस्तान
३. विमल घर्तीमगर, नेपाल
४. सुनील क्षेत्री, भारत
५. जेस रेहमान, पाकिस्तान
६. बलाल आर्जेउ, अफगानिस्तान
७. रोहित चन्द, नेपाल
८. सुव्रत पल, भारत
९. जमल भुयान, बंगलादेश
१०. सान्दजार अहमादी, अफगानिस्तान
Posted by Unknown | |
Posted in
film,
Film News,
movi,
movie,
Nepali movie
सिनेमाभित्र नायिका नम्रता श्रेष्ठले चर्चित र्यापर लाहुरेसँग हट सिन दिएकी छिन् । अनलाइनखबरलाई श्रोतले बताएअनुसार यो चलचित्रमा नम्रता र लाहुरेका थुप्रै हट दृश्यहरु छन् । तर निर्माता मोहन डोटेल पनि यस बिषयमा मौन हुन चाहन्छन् ।
चलचित्र ‘ताण्डव’मा नम्रता ‘कल गर्ल’को भूमिकामा छिन् । वेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको सिनेमाको छायांकन हालै मात्र सकिएको छ । नेपालगञ्ज, महेन्द्रनगर लगायतका क्षेत्रमा चलचित्रको छायांकन गरिएको छ ।
४६ दिनमा सिनेमाको छायांकन सकिएको हो । निर्माणपक्षले लाहुरेसँग ‘ताण्डव’ प्रदर्शन अगावै अन्य सिनेमा नगर्ने संझौता गरेको छ । नेपालमा लाहुरेका थुप्रै फ्यान छन् । नायिका नम्रता श्रेष्ठका लागि पनि यो सिनेमाको भूमिका केही विशेष हुनसक्छ । ‘ताण्डव’ ग्याङस्टारहरुको कथा हो । जहाँ लाहुरले शिर्ष भूमिका निर्वाहा गरेका छन् ।
Posted by Unknown | Thursday, April 10, 2014 |
Posted in
information,
science & technology,
TECHNOLOGY
गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको अर्को उद्देश्य हो यस्ता डिभाइसका एप बनाउनेलाई आकर्षित गर्नु।
प्रविधिको संसार अहिले एप केन्द्रित हुँदै गएकाले नयाँ ग्याजेटतर्फ डेभलपरहरूलाई आकर्षित नगरे अगाडि बढ्न सकिन्न।
'हामी सधैँ मानिसको जीवनलाई प्रविधिबाट कसरी सहज बनाउन सकिन्छ भन्ने ध्येयमा सक्रिय छौँ र यो त्यसैको परिणाम हो,' गुगलको एन्ड्रोइड एन्ड क्रोम डिभिजनका प्रमुख सुन्दर पछाईले कम्पनीको आधिकारिक ब्लगमा लेखेका छन्। एन्ड्रोइड वेयर नाम दिइएको यो स्मार्ट घडीले प्रयोगकर्ताको आवश्यकताअनुसार सूचना प्रवाह गर्छ। साथै स्मार्टफोनसँग कनेक्ट गराएर प्रयोगकर्ता र ग्याजेटबीच पुलको पनि काम गर्छ।
गुगल घडीको डेमो भिडियोमा देखाइएअनुसार यो डिभाइसले गुगलको नेक्ससले जस्तै काम गर्छ। जस्तो कि गुगल म्यापबाट तपाईं सुन्धाराबाट बौद्ध जाने बाटो जसरी पहिचान गर्नुहुन्छ गुगलको यो घडीमा पनि त्यस्तै सुविधा उपलब्ध हुनेछ। गुगलकै भ्वाइस पहिचान गर्ने प्रविधि पनि यसमा समेटिएको छ। नाडी घडीलाई प्रश्न गर्नुस् उसले तपाईंको बोली पहिचान गरेर सोधेको कुराको जबाफ दिन्छ। बोलीलाई टेक्स्टमा रूपान्तरण गरी सर्च इन्जिनमा पठाउँदै यो प्रविधिले काम गर्छ। यसमा एन्ड्रोइड फोनमा हुने धेरैखाले फिचर उपलब्ध छन्। गुगल नेक्ससका धेरै सुविधा यसमा पनि छ।
औपचारिक ब्लग बाहेक गुगलले यो ग्याजेटमा अरू के–के उपलब्ध छ भन्ने चाहिँ खुलाएको छैन। गुगलले हातेघडी सार्वजनिक गर्नुअघि नै गुगल ग्लास सार्वजनिक गरिसकेको छ। यो ग्याजेट एउटा चस्मा हो जसबाट प्रयोगकर्ताले स्मार्ट फोनका धेरै सुविधाहरू प्रयोग गर्नसक्छन।
यसअघि यस्तै सुविधाको हातेघडी सामसुङ, एलजीजस्ता कम्पनीले पनि बजारमा ल्याइसकेका छन्। प्रविधि बजारमा पहिलो स्थानमा रहेको एप्पल पनि के कम। एप्पलले पनि यस्तै प्रविधिमा आधारित हातेघडी तयार पारिरहेको छ। मोबाइलको बजार बढ्ने क्रमसँगै एकाएक हातेघडीको बजार विस्थापित भएको थियो। तर, स्मार्ट प्रविधिमा आधारित भएर घडी आउनेक्रम सुरु भएपछि के हातेघडी पहिलेकै अवस्थामा पुग्ला? यसका लागि केही समय प्रतीक्षा नै गर्नुपर्ला।
Posted by Unknown | |
Posted in
sport,
sports
ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।
श्रीलंकाले अघिल्लो दिन भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० को उपाधि जितेको थियो।
उत्कृष्ट खेलाडीमा भारतका ४, दक्षिण अफ्रिका र वेस्ट इन्डिजका २–२ तथा अस्ट्रेलिया, नेदरल्यान्ड्स र श्रीलंकाका १–१ खेलाडी परेका छन्। आइसिसी इमिरेट्स प्यानलका म्याच रेफ्री डेविड बुनको संयोजकत्वमा उत्कृष्ट खेलाडी छनोट गरिएको हो। छनोट समितिमा इमिरेट्स प्यानलका अम्प्यार मारिएस इरासमुस, पाकिस्तान र इङ्ल्यान्डका पूर्वकप्तान क्रमशः वसिम अक्रम र नासिर हुसैन, वेस्ट इन्डिजका पूर्वबलर इआन बिसप र बंगलादेशका वरिष्ठ पत्रकार उत्पल सुभ्रो थिए।
छनोट भएका उत्कृष्ट खेलाडीमा भारतका धोनीसहित, विराट कोहली, रोहित शर्मा र रविचन्द्रन अश्विन छन्। त्यस्तै वेस्ट इन्डिजका डारेन सामी र सामुइल बद्री, दक्षिण अफ्रिकाका जेपी डुमिनी र डेल स्टेयन, श्रीलंकाका लासिथ मालिङ्गा, नेदरल्यान्ड्सका स्टेफन मिबर्ग, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन्। १२औं खेलाडीमा वेस्ट इन्डिजका क्रिसकुमार सान्तोकी छन्।
‘बलरहरूले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे, त्यसमध्ये तीन प्रभावशाली बलर डेल स्टेयन, सामुइल बद्री र लासिथ मालिङ्गालाई हामीले छनोट गरेका छौं,' आइसिसीको विज्ञप्तिमा अस्ट्रेलियाका पूर्वब्याट्सम्यान बुनले भनेका छन्, ‘यसमा नेदरल्यान्ड्सका ओपनिङ ब्याट्सम्यान स्टेफन मिबर्ग पनि छन्। तीन अलराउन्डरमध्ये महेन्द्रसिंह धोनी विकेटकिपर/ब्याट्सम्यान हुन्।'
भारतका अमित मिश्रा, पाकिस्तानका अहमद शेहजाद, दक्षिण अफ्रिकाका एबी डी भिलियर्स र इमरान ताहिर, श्रीलंकाका एन्जेलो म्याथ्युज र रंगना हेराथ तथा वेस्ट इन्डिजका डारेन ब्राभो र सुनील नारिनलाई उत्कृष्ट खेलाडी सूचीबाट बाहिर राख्ने निर्णय निकै कठिन भएको छनोट समितिले जनाएको छ।
Posted by Unknown | Wednesday, April 9, 2014 |
Posted in
information,
science & technology
सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार पार्न बाध्य पारेको छ। करिब एक अर्ब मानिस अहिले यो सामाजिक सञ्जालमा अटाएका छन्। यस अर्थमा फेसबुक संसारकै सबैभन्दा ठूलो परिवार बन्न सकेको छ।
मार्क जुकरबर्ग र उनका केही साथीको प्रयासमा फेसबुक तयार भएको थियो। सन् २००४ फेब्रुअरी ४ बाट सामाजिक सञ्जालले सामाजिक र आर्थिक जीवनका धेरै पक्षलाई प्रभावित पार्योए। फेसबुकले १० वर्षमा विश्वलाई एउटै छाताभित्र समेट्यो।
परम्परागत मिडियाका रेटिङहरू यो सामाजिक सञ्जालसामु निरीह बन्दै गए। फेसबुक सामाजिक सञ्जालको दुनियाँमा शीर्ष स्थानमा रह्यो। चर्चित सर्च इन्जिन गुगललाई समेत धेरै देशमा पछि पार्दै लोकप्रिय रहन सफल फेसबुकले कुनै पनि समाज, जाति, लिंग र परिवेशलाई आफूभन्दा बाहिर राखेन। फेसबुक आफैँ भने यस बीचमा अपग्रेड हुने क्रम जारी रह्यो। फेसबुक आफू धनी त भयो, समाजमा पनि यसले विशिष्ट छाप छाड्न सफल भयो। 'ह्याप्पी ए डिकेड फेसबुक!' भनिरहँदा यो सामाजिक सञ्जालले विश्व समुदायमा छाडेका प्रभावलाई बिर्सन सकिन्न।
जन्मदिनको शुभकामना
आफ्ना निकट जो कसैको पनि जन्मदिन सम्झाइदिन फेसबुकले महत्वपूर्ण भूमिका निर्वाह गर्योभ। जन्मदिन सम्झँदैमा हुने त केही होइन तर यसले सम्बन्धलाई नजिक्याउँछ। फेसबुकमा दर्ता भएकाहरूले आफ्नो जन्मदिन इन्ट्री गरेअनुसार उनीहरूसँग जोडिएका सबैले जन्मदिनको नोटिफिकेसन पाउन सके। फेसबुक आउनुअघि जन्मदिनको शुभकामना दिने १० जना हुन्थे भने त्यो दुई सयभन्दा माथि पुग्ने स्थिति बन्यो। कतिपय अवस्थामा सँगै रहेकाले समेत जन्मदिन बिर्सन्थे, फेसबुक नभएको भए।
भर्चुअल एल्बमले लियो ठाउँ
तपाईंको घरमा रहेको एल्बमबाट फोटो गायब भएको सम्झना छ? प्रिन्टको विकल्प नहुँदा मानिसहरू आफ्नो फोटो संग्रह गर्न अरूको एल्बम रित्याइदिन पछि पर्दैन थिए। फेसबुक आएपछि अभौतिक एल्बमले ठाउँ लियो। तपाईंका एल्बमबाट फोटो झिकिने दिन सकिए। अझ भनौँ, तपाईंको घरमा एल्बम राख्ने चलन नै सकिन थाल्यो। फोटो धुलाउने र साट्ने परम्परा समाप्त भयो। सामाजिक सञ्जालमा रहेको फोटोमा ट्याग गरिदिने प्रचलन सुरु भयो। फोटो हराउने पिर त गयो–गयो, धुलाउने परम्परा पनि सकियो। फोटो सेयर गर्ने र टाइमलाइनमा समावेश गर्ने प्रचलनले सबैभन्दा बढी त फोटोको व्यापार गर्नेलाई असर पार्योप। अनौपचारिक गतिविधिका फोटो धुलाउने प्रचलन अहिले समाप्तप्रायः भएको छ।
जोड्यो पुराना सम्बन्ध
फेसबुकले यो १० वर्षमा धेरैलाई पुनर्मिलन गराएको छ। साथीभाइ हुन् या नातागोता, लामो समयदेखि टाढा रहेको भए पनि यो सामाजिक सञ्जालले जोड्दै ल्यायो। नयाँ सम्बन्धका लागि आधार थियो नै तर पुराना साथीभाइलाई भर्चुअल दुनियाँमा भेट गराउनु आफैँमा महत्वपूर्ण घटना हुन्थ्यो। देशभित्र या बाहिर रहेकाबीच पुनर्मिलन हुन थाल्यो। यसले टुटेका सम्बन्धमा नयाँ आयाम ल्यायो। सँगै, समान रुचि र पेशा भएकालाई पनि एकता गराउने थलोको रूपमा विकास भयो फेसबुक। शिक्षक, पत्रकार, लेखक, कलाकार यसैबाट परिचित हुन थाले।
समाज सुधार्ने थलो
फेसबुक समाजका विभिन्न पक्षबारे आवाज उठाउने थलो बन्यो। कतिपय एजेन्डा फेसबुकमा तय हुन थाले। मिडियाले नदेखेका कुरा सामाजिक सञ्जालले उठाउन थाले। मिडियामाथि 'वाचडग'को भूमिकामा पनि रहन थाल्यो फेसबुक। च्यारिटीदेखि रक्तदानसम्मका गतिविधि यो सामाजिक सञ्जालको भरमा सफल हुन थाले। उपचार नपाएर थलिएकाले फेसबुकको सहयोगले उपचार पाउनसक्ने अवस्था भयो। सहयोगी हातहरूकै सञ्जाल बन्न थाल्यो।
व्यापार प्रवर्द्धनमा सहयोगी
व्यापार विस्तारका लागि सामाजिक सञ्जाल गतिलो थलो हो। फेसबुकमा कुनै प्रोडक्ट राख्नुस् र प्रवर्द्धन गर्नुस्। पैसा हुनेका लागि फेसबुकमा आफैँले विज्ञापन गर्नसकिने सुविधासमेत छ। फेसबुकमा कुनै पनि उमेर समूहको उपस्थिति छ। युवा पुस्ताको उपस्थिति त सबैभन्दा बलियो रहेको छ। यस अर्थमा व्यापार गर्न चाहनेका लागि यो राम्रो फोरम हो। पैसा तिरेर विज्ञापन नै गर्ने हो भने पनि फेसबुकसँग रहेको डेटाबेसका आधारमा लक्षित समूहमा मात्र पुग्ने गरी प्रचार गर्न सकिन्छ। पछिल्लो समय त कुनै उत्पादनलाई लाइक र सेयर गराउने होडबाजी नै चलेको छ। यसले ठूलो लगानीमा पत्रिका, टेलिभिजन वा रेडियोमा विज्ञापन नै नगरी प्रवर्द्धन गर्न सकिने अवस्था ल्याएको छ। धेरै कम्पनीले यसबाट फाइदा लिइरहेका पनि छन्।
सेलिब्रिटीसँग सम्बन्ध
तपाईं सेलिब्रिटी हुनुहुन्छ भने फेसबुकबाट तपाईं आफूलाई मन पर्ने फ्यानसँग जोडिन सक्नुहुन्छ। उनीहरूसमक्ष आफ्ना कुरा राख्न सक्नुहुन्छ र उनीहरूको प्रतिक्रिया थाहा पाउन सक्नुहुन्छ। कुनै पनि मुलुकमा रहेर कुनै पनि मुलुकका सेलिब्रिटीसँग नजिकिनु आफैँमा रमाइलो विषय हो। फ्यान पेजबाट पनि सेलिब्रिटीसँग नजिकिन सकिन्छ। टेलिभिजन कलाकारदेखि नेतासम्म फेसबुकभन्दा बाहिर छैनन्। भर्चुअल रूपमा उनीहरूसँग सम्बन्ध राख्ने यो अब्बल माध्यम बन्यो।
पारिवारिक सम्बन्धमा चिसोपन
फेसबुकले धेरैको जीवनमा नकारात्मक असर पनि पारेको छ। सामाजिक जीवनमा गरिने टिप्पणीबाहेक निजी जीवनमा पनि फेसबुक प्रभावकारी माध्यम बनेको छ। यसैकारण फेसबुकमा गरिने टिप्पणी, च्याटलगायत गतिविधिले पारिवारिक सम्बन्धमा जटिलता ल्याउने गरेको छ। फेसबुकका कारण सम्बन्ध–विच्छेदका घटना पनि सार्वजनिक भएका छन। तर, राम्रा पक्षका तुलनामा यस्ता घटनाको संख्या भने ज्यादै न्यून रहने गरेको छ।
आपराधिक गतिविधि र दुष्प्रचार
फेसबुकले सबैलाई लागेको कुरा लेख्न दियो। यसको प्रयोग राम्रोका लागि जसरी भयो, नकारात्मक प्रचारका लागि पनि हुने क्रम सुरु भयो। कसैको विरुद्ध जेहाद नै छेड्ने अभियानहरू पनि यो सामाजिक सञ्जालबाट हुन थाल्यो। अश्लील तस्बिर पोस्ट गर्ने र मानिसका निजी कुरालाई सार्वजनिक गरिदिने माध्यम पनि बन्यो यो।
०००
सिक्काका दुइटा पाटा हुन्छन्। सामाजिक सञ्जाल फेसबुकका पनि दुवै पाटा छन्। तर, महत्वपूर्ण के हो भने यसको सकारात्मक पाटो यति धेरै बलियो छ कि त्योसँग टाँसिएको नकारात्मक पक्ष तुलनात्मक रूपमा ज्यादै कमजोर छ। अर्को कुरा, फेसबुक आफैँमा राम्रो या नराम्रो भन्ने होइन। राम्रा या नराम्रा मानिसले फेसबुकलाई राम्रो या नराम्रो दुई भागमा विभाजित गरिदिएका छन्।
Posted by Unknown | |
Posted in
Featured,
information,
science & technology,
TECHNOLOGY
लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।
अध्ययनअनुसार २५ वर्षभन्दा कम उमेरका युवा मोबाइल फोनको प्रयोग दिनमा ३२ पटकभन्दा बढी गर्दछन्।स्मार्टफोनका साथै कम्प्युटर, ट्याबलेट र फ्ल्याट स्त्रि्कन भएका टिभीको अत्यधिक प्रयोगले पनि आँखामा दीर्घकालीन असर पर्ने अध्ययनमा देखिएको छ।
'स्मार्टफोनको स्क्रिनबाट निस्कने नीलो प्रकाश आँखाका लागि हानिकारक छ,' अप्टिसियन एन्ड्र हेपवर्थले भन्छन्, 'यो आँखाको पछिल्लो भागका लागि खतरनाक हुन्छ।'
उनका अनुसार यो नीलो प्रकाशकमा 'म्याकुलर डिजेनेरेसन'को खतरा हुन्छ, जसले मानिस अन्धोसमेत हुन सक्छ। निरन्तर नीलो प्रकाशमा हेर्नाले निद्रा र दिमागमा असर गर्छ। स्मार्टफोन चलाउँदा हामी आँखा कमै झिम्क्याउँछौं। फोनसँग आँखाको दुरी पनि कम हुन्छ, जसले गर्दा आँखामा बढी असर पर्दछ।
'आँखाको समस्या र स्मार्टफोनसँग त्यसको सम्बन्धबारे हामी अनभिज्ञ छौं,' हेपवर्थ भन्छन्, 'तर प्रयोगशालामा गरिएको परीक्षणबाट स्मार्टफोनले आँखालाई असर गर्ने कुराको ठोस प्रमाण प्राप्त भएको छ।'
Posted by Unknown | |
Posted in
information,
science & technology,
technical education,
TECHNOLOGY
तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि सर्वाधिक रुचाइएको अपरेटिङ सिस्टम विन्डोज एक्स पी माइक्रोसफ्टले आजदेखि बन्द गरेको छ।
फेसबुक, सन्यापच्याट, इफोन र आइप्याड आउनु अगाडिको लोकप्रिय ओएस एक्सपीलाई माइक्रोसफ्टले बन्द गरेको हो। झन्डै १३ वर्ष जीवित रहेको एक्सपीका विश्वभरि अझै पनि २० देखि २५ प्रतिशत धेरै प्रयोगकर्ता छन्। अमेरिकामै ३० प्रतिशत कम्प्युटरमा एक्सपी रहेको जनाइएको छ।
अनलाइनमार्फत सिस्टम अपग्रेड गर्ने सेवा निरन्तर उपलब्ध रहने उसले जनाएको छ।
विन्डोजमा प्रवेश गर्न सक्ने हानिकारक मालवेयर तथा भाइरसबाट जोगाउन एक्सपीका लागि माइक्रोसफ्टले दिने सपोर्ट बन्द गरिएको छ। अफिसियल सुरक्षा बन्द गरिँदा विन्डोज एक्सपीका कम्प्युटरमा ह्याकरको खतरा बढेको छ।
माइक्रोसफ्टले विन्डोज एक्सपीको बिक्री सन् २००१ मा सुरु गरेको थियो । नेपालमा पनि एक्सपीका धेरै प्रयोगकर्ता छन्। सपोर्ट बन्द गरिँदा नेपालका प्रयोगकर्तालाई भने खासै असर पर्ने छैन। यहाँका अधिकांश प्रयोगकर्ता पाइरेटेड भर्सन चलाउने हुँदा उनीहरुले माइक्रोसफ्टबाट पहिलैदेखि सपोर्ट पाएका छैनन्।
Posted by Unknown | |
Posted in
Good Work,
government,
information
काठमाडौं-राजधानीमा भित्री बजारका साँघुरा गल्ली सम्झेर जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख किशोरकुमार भट्टराई बेलाबेला झस्किइरहन्थे। गल्लीका घरपसलमा आगलागी हुँदा दमकल छिराउन नसकेर ठूलो क्षति बेहोर्नुपरेको उनी आफैंले पटकपटक देखिसकेका थिए।
दमकल छिर्नै नसक्ने यी गल्लीमा आगो निभाउने विकल्प के होला? सोच्दासोच्दै उनले जुक्ति मात्र फुराएनन्, अहिले उनका अगाडि त्यस्ता दस ‘फायर मोटरबाइक' तम्तयार छन् जसले आगो निभाउन सघाउन सक्छन्।
‘अब राजधानीका साँघुरा गल्ली, ट्राफिक जामले आगलागी नियन्त्रणमा अवरोध पुर्याउने छैन,' भट्टराईले सोमबार नागरिकसँग भने, ‘राजधानीको कुनै पनि स्थानमा आगलागी हुनासाथ पहिला फायर बाइक पुग्नेछ। त्यसले प्राथमिक रूपमा आगलागी नियन्त्रण गरेपछि आवश्यकता हेरेर मात्र दमकल पठाउनेछौं।'
साँघुरो सडक, सवारी जाम र लत्रिएका तारको अवरोधका कारण घटनास्थलमा समयमै दमकल पुर्याउन नसक्नु काठमाडौं उपत्यकाका अग्निनियन्त्रकको टाउको दुखाइ नै हो।
‘हामी आगलागीको खबर पाएको एक मिनेटमै दमकल लिएर निस्कन्छौं, तर घटनास्थल पुग्न समय लाग्दा क्षति धेरै भइसकेको हुन्छ,' भट्टराईले भने, ‘साँघुरा सडक, जाम र अनियन्त्रित तारको अवरोध छिचोल्नै हम्मेहम्मे पर्छ। समयमै पुग्दा सजिलै नियन्त्रण गर्न सकिने आगो ढिला पुग्दा दन्किसकेको हुन्छ, अब यस्तो समस्यामा हामीलाई फायर बाइकले सघाउनेछ।'
पानीको सट्टा ‘ड्राई केमिकल पाउडर' लगायत रसायन प्रयोग गरेर सुरुआती आगो फैलिनबाट रोक्न सकिने र त्यसपछि दमकल ल्याएर आगो साम्य पार्न सकिने मोटरसाइकल प्रयोगमा ल्याएर आगलागी नियन्त्रण र उद्धार मात्र होइन, सवारी दुर्घटना, बाढीपहिरो र इनारमा खसेकाको उद्धार गर्न पनि सजिलो हुने उनले बताए।
आफ्नो जुक्तिलाई सफल बनाउन भट्टराईले हंसराज हुलासचन्द एन्ड कम्पनीको साथ पाएका छन्। कम्पनीले भट्टराईकै योजना पत्याएर कार्यालयलाई दसवटा ‘एभेन्जर' मोटरसाइकल दिएको छ। सुरुमा एउटा मोटरसाइकललाई अग्निनियन्त्रक सवारीमा रूपान्तरण गरेर देखाउनुपर्ने सर्तमा सफल भएपछि कम्पनीले एकसाथ दसवटा मोटरबाइक दिएको उनले सुनाए।
‘हामी नमुनाका रूपमा एउटा भए पनि फायर बाइक चलाउने भनेर कम्पनीसँग मोटरसाइकल माग्ने योजनामा थियौं,' भट्टराईले भने, ‘कम्पनीले डिजाइन हेर्छु, मन परे १० वटा दिन्छु भन्यो।'
ती दसवटै मोटरसाइकल आगलागी नियन्त्रणका उपकरणलगायत सामग्री जडान भएर काठमाडौंका गल्लीमा कुद्न तयार पारिएको उनले जानकारी दिए।
कम्पनीले निःशुल्क उपलब्ध गराएका फायर बाइकको सोमबारबाट औपचारिक सुरुआत गरिएको हो। त्यसलाई ‘तुफान' नाम दिइएको छ। उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सोमबार फायर बाइक सेवाको औपचारिक शुभारम्भ गरे।
जापान, सिंगापुरलगायत देशमा समेत फायर बाइक प्रयोग हुँदै आए पनि यो दमकलको विकल्प भने होइन। यसले दमकलको काममा सहयोगसम्म गर्न सक्छ।
कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत ३५ लाख रुपैयाँबराबरका १० मोटरसाइकल फायर बाइक बनाउन उपलब्ध गराइएको जानकारी दिए।
आगलागी हु“दा वा कसैले १०१ नम्बरमा फोन गरेर आगो लागेको सूचना दिए सुरुमै फायर बाइक कुदाउने व्यवस्था गरिएको छ। त्यसपछि आवश्यकताअनुसार दमकल पठाइनेछ। ती बाइकमा आगलागी नियन्त्रण गर्न आवश्यक साधन र यन्त्र जडान गरिएको छ। आगो निभाउन आवश्यक कार्बनडाइअक्साइड, ड्राई केमिकल पाउडर, फायर एक्स (आगलागी हु“दा प्रयोग गर्ने बन्चरो), हाइड्रोलिक कटर, अक्सिजन, धुवा“ नियन्त्रण गर्ने सेट, पानीको पाइप, डोरीलगायत सामग्री बाइकमै राखिएको वारुणयन्त्र कार्यालयले जनाएको छ।
हरेक बाइकमा आवश्यकताअनुसार छुट्टाछुट्टै प्रविधि जडान गरिएको भट्टराईले जानकारी दिए। उनका अनुसार दमकल पुग्नै नसक्ने अग्लो ठाउँ वा साँघुरो गल्लीभित्र आगो लाग्दा नियन्त्रण गर्ने उपकरण पनि यसमा जोडिएको छ।
गोल्छाले राजधानीमा आगलागी नियन्त्रणका लागि ठूला दमकल समयमा पुग्न नसक्ने अवस्थामा बाइकलाई नै अग्निनियन्त्रकका रूपमा प्रयोग गर्न सकिने बताए। ‘यसबाट धेरैले चाँडो र सहजै उद्धार पाउनेछन्,' उनले भने, ‘फायर बाइकलाई उपत्यकाबाहिर पनि विस्तार गर्न सहयोग गर्ने विचार गरेका छौं।'
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले आगलागी तथा विपद परेका ठाउँमा दमकलभन्दा चा“डो पुगेर फायर बाइकले घटना नियन्त्रणमा लिने बताए।
‘यो दमकलको विकल्प भने होइन,' उनले भने, ‘यसले आगलागीका सुरुआती अवस्थालाई नियन्त्रणमा लिन सहयोग पुर्याउनेछ, त्यसपछि आगलागीको प्रकृति र अवस्था हेरेर दमकल पनि बोलाएर घटनालाई पूर्ण नियन्त्रणमा ल्याइनेछ।'
Posted by Unknown | |
Posted in
420 Ko Jhadka,
accident,
amazing,
Featured
साउदी अरब– बीस महिनाअघि आत्महत्या गरेकी एक घरेलु कामदार नेपाली महिलाकोे शव सद्गत भइनसक्दै उनी नेपालमा ज्युँदै रहेको पाइएको छ।नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लेखित ठेगानाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनी जीवितै रहेको जानकारी प्राप्त भएको हो।
कागजपत्रअनुसार नेपाली राहदानी नम्बर ४००५६०५ का लमजुङ जिल्ला प्याराजुंग गाविस– ८ निवासी ४२ वर्षीय दुर्गाकुमारी गुरुङ घरेलु कामदारका रूपमा सन् २०११ डिसेम्बर ७ मा साउदी अरब आएकी थिइन्। त्यसको ८ महिना १३ दिनपछि २०१२ अगस्ट २० मा उनले आत्महत्या गरिन्। लमजुङ जिल्ला प्रशासन कार्यालयबाटै प्रदान गरिएको राहदानी र नागरिकता मृतकको साथमै फेला परेका थिए। त्यसमा उनकै तस्बिर छ। यसले नेपाली राहदानीको दुरुपयोग खुलासा गरेको छ।
उनको नागरिकता लमजुङ जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी जेपी अर्यालको हस्ताक्षरमा जारी गरिएको उल्लेख छ। नागरिकता नम्बर ४५२६३/४८७ भएको र जन्ममिति २०२६ कात्तिक २८ गते उल्लेख गरिएको नागरिकता प्रमाणपत्रमा बाबुको नाम हेमराज गुरुङ लेखिएको छ।
सन् २००८ जुन २९ मा जारी गरिएको र २०१८ जुन २८ सम्म म्याद रहेको राहदानीमा निकटतम नातेदारका रूपमा देवराज गुरुङको नाम छ। राहदानीमा गुरुङको जन्ममिति सन् १९७० जुलाइ २८ उल्लेख छ। यो जन्ममिति नागरिकतामा उल्लेखितभन्दा ८ महिना १५ दिन फरक पाइएको छ।
राहदानी र नागरिकतामा भएको विवरणका आधारमा दूतावासले सोधखोज गर्दा जिल्ला प्रशासन कार्यालय लमजुङले ...दुर्गाकुमारी गुरुङ विदेश नगएको र हालसम्म गाउँमै बसोबास गरिरहेको' पत्र पठाएको थियो।
दूतावासका अनुसार मृतक महिला भारतीय हुनसक्ने र उनी विदेशमा महिला बेचबिखन गर्ने गिरोहमार्फत साउदी अरब आएकी हुनसक्छिन्। उनले सम्पर्क गरेका टेलिफोन र मोबाइल नम्बरमा भारतीय कोड नम्बर भएकाले पनि उनी भारतीय भएको अनुमान गरिएको हो। मृतक महिलाले ००९१–७११०४४०५१, ००९१–९४०४९६६४३९ लगायत नम्बरमा फोन गरेको पाइएको छ। उनले पैसासमेत भारततर्फ नै पठाउने गरेको उनको मालिकले बताएका छन्।
मृतक नेपाली नागरिक नभएको दूतावासले पुष्टि गरेपछि उनको शव बेवारिसे भएको छ। सनाखत हुन नसकेको शवलाई साउदी सरकारले देश बाहिर लान अनुमति नदिने भएकाले बेवारिसेसरह मुस्लिम संस्कारअनुसार दफन गरिने छ।
दूतावासका अनुसार नेपाली नागरिकले नै अन्य नेपालीको राहदानी प्रयोग गरेर आएको भए राहदानीबमोजिमै सनाखत गरेर नेपाल पठाउने र काठमाडौं विमानस्थलमा मृतकको सम्बन्धित नातेदारलाई नै बुझाउने गरिएको छ। त्यसैगरी मृतकले पाउने बिमा रकमसमेत सम्बन्धित हकदारलाई नै उपलब्ध गराउने गरिएको छ।
दूतावासमा नेपाली राहदानी लिएर भारत हुँदै साउदी अरबमा आउने नेपाली मात्रै नभई भारतीय महिलासमेत प्रशस्त पाइएको छ। दूतावासका अनुसार अन्य मुलुकका महिला भए पनि नेपाली राहदानी भएकै कारण साउदी सरकारले नेपाली दूतावासलाई जिम्मा लगाउने गरेको छ। उनीहरूलाई मानवताका आधारमा दूतावासले उद्धार गर्दै आएको छ। नेपाली राहदानीमा विशेष गरेर भारतीय महिला आउने गरेका छन्।
Posted by Unknown | |
Posted in
technical education,
video song
भारतीय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘डीआइडी लिटिल मास्टर’का दुई चर्चित सहभागीहरुले नेपालको स्टेज तताएका छन् ।
ओम क्षेत्री, सौम्या राई लगायतका कलाकारले मंगलबार काठमाण्डौको सानो गौचरनमा आयोजना भएको कार्यक्रममा स्टेज तताएका हुन् । यस्तै बलिउड सिनेमाको समेत कोरियोग्राफी थालिसकेका सुनिल क्षेत्री, प्रदिप गुरुङ पनि कार्यक्रमको विशेष आकर्षण बनेका थिए ।कस्तुरी भिजनले आयोजना गरेको ‘लेट्स रक’ नामको कार्यक्रमका लागि चर्चित बाल डान्सरहरु नेपाल आएका हुन् । प्रचार प्रसार कमजोर हुँदा कार्यक्रममा दर्शकको संख्या भने कमजोर देखियो । ओम र सौम्या ‘डीआइडी लिटिल मास्टर सिजन २’ का चर्चित प्रतिस्पर्धी हुन् ।
Posted by Unknown | Tuesday, April 8, 2014 |
Posted in
film,
Film News,
kalliwood,
kallywood,
movi,
movie,
Nepali movie
आर्यन नम्रताका ‘एलियन’, नम्रता आर्यनकी ‘नमी’ । यि दुइको केमेष्ट्री गजबकै छ । एक अर्कामा घनिष्ट मित्रता रहेको बताउने आर्यन र नम्रता यतिबेला वैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ चलचित्र ‘नोभेम्बर रेन’को प्रचारमा व्यस्त छन् ।
नम्रता बिरामी छिन् । आर्यनलाई उनको स्वास्थ्यको चिन्ता अझ बढि छ । वैशाख ६ गते बिहे बन्धनमा बाधिन लागेका आर्यनलाई प्रेमिकालाई समय दिनुपनि पर्ने हुन्छ । आज काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा आर्यन र नम्रताको केमेष्ट्री गजबको देखियो ।
कार्यक्रमको बिचमै आर्यन र नम्रता केही समय हराए । कारण खोतल्दै जाँदा नम्रता बिरामी भएका कारण उनीहरु हराएका रहेछन् । एसीडीटी बढेपछि नम्रतालाई अचानक टाउको दुख्यो, आर्यनले मित्रताको भूमिका निर्वाहा गरे । कार्यक्रम चलिरहदा उनीहरु बाथरुममा पुगे, नम्रता फ्रेस भइन् अनि दुबै जना फर्किए ।
कार्यक्रम सकिएपछि पनि आर्यन नम्रताको स्वास्थ्यको बिषयमा खुबै सजग देखिएका थिए । उनले नम्रतालाई कार्यक्रम स्थलमा लामो समय बस्न दिएनन् । ‘मेरो एउटा साथी छ’ चलचित्रका यी दुई जोडी लामो समयपश्चात ‘नोभेम्बर रेन’मा देखिदैछन् । तर ‘नोभेम्बर रेन’ले यी दुइलाई अझ नजिक बनाएको छ । सायद आर्यन र नम्रता यतिबेला भनिरहेका होलान्, ‘मेरो एउटा साथी छ’ ।
Posted by Unknown | |
Posted in
sport,
sports
ट्वान्टी–ट्वान्टी विश्वकपको फाइनलमा निराशाजनक व्याटिङका कारण आलोचना खेपिरहेका भारतीय व्याट्सम्यान युवराज सिंहलाई सचिन तेन्दुलकरले साथ दिएका छन् ।
युवराजको बचाउ गर्दै सचिनले शानदार व्याटिङ गर्दै युवराजले आलोचकहरुलाई छिट्टै गलत सावित गर्ने विश्वास व्यक्त गरेका छन् ।
सचिनले आफ्नो फेसबुक पेजमा लेखेका छन्–गएको साँझ युवीका लागि एक कठिना दिन थियो र उनको आलोचना गर्न सकिन्छ । तर, सूलीमा चढाउन हुँदैन र टिमबाट बाहिर राख्न पनि हुँदैन ।’
युवराजको पछिल्लो प्रदर्शन स्मरण गराउँदै उनले लेखेका छन्–‘हामी सबैलाई युवीकोत ती साहसपूर्ण प्रदर्शनमा गर्व छ, जब हामीले २००७ को टी–२० विश्वकप जितेका थियौं । २०११ मा वनडे विश्वकपमा उनको असाधारण योगदान हामीलाई सम्झिरहने छौं ।’
युवराजले मैदानभित्र र बाहिर अनेक चुनौती सामना गरिरहेको भन्दै सचिनले उनी फेरि मजबुत भएर आउने विश्वास व्यक्त गरेका छन् ।
बंगलादेशमा भएको ट्वान्टी–ट्वान्टी विश्वकपको फाइनलमा युवराजले श्रीलंकाविरुद्ध २१ बलमा मात्र ११ रन बनाएका थिए । विराट कोहलीले आक्रामक व्याटिङ गरिरहँदा युवराजले भने रन जोड्न नसकेपछि उनको आलोचना भएको थियो । विश्वकपको उपाधि श्रीलंकाले जितेको छ ।
तर, खेलपछि भारतीय कप्तान महेन्द्रसिंह धोनीले युवराजको बचाउ गरेका थिए । युवराजले खेल जिताउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको भन्दै उनले उनको दिनै खराब भएको बताएका थिए ।
Posted by Unknown | |
Posted in
amazing,
Featured
बयस्क मानिस को शरिरबाट एक प्रकारको गन्ध आउँछ, जसले एक अर्का (महिला र पुरुष)लाई नजिक बनाउँछ र आर्कषण बढाउँछ । तर, एक अधबैंसे महिलालाई भने उनको शरिरबाट आउने गन्धले जीवन नै नर्क बनाइदिएको छ ।
दक्षिण पूर्वी इंग्ल्यिाण्डकी एली जेम्सले आफ्नो शरिरबाट आउन अनौठो गन्धका कारण सार्वजनिक यातायात, कार्यालय र साथीभाईको बिचमा अपमान सहनु परेको छ । उनको नजिक आउन सवै डराउँछन, बाटो हिड्दा छेउछाउका मानिस नाक समातेर हिडछन् ।
यसरी नजिक पर्ने नक्सने गरि गन्हाउने यी महिलाको रहर हैन, न त उनले सरसफाईमा पर्याप्त ध्यान नदिएर नै हो ।
४४ बर्षिय जेम्सको शरिरबाट कुहिएको माछा र अण्डाको जस्तो गन्ध आउँछ जसले कसैलाई पनि छेउ पर्न दिदैन् । ३० बर्षको उमेरमा पहिलोपटक उनले आफ्नो शरिरबाट यस्तो घिनलाग्दो गन्ध आएको पत्तो पाएकी थिइन् । उनको शरिरले माछा, मासु, दुध र अण्डा लगायतका बस्तुसँग सहजता महसुस गर्न सकेन् । उनले त्यस्ता खानेकुरा खानै छाडिदिइन् । तर पनि उनको शरिरबाट दुषित गन्ध आउन रोकिएन् । त्यसयता उनले यसको उपचारका लागि चिकित्सकहाँ धाइरहेकी छिन् । तर, चिकित्सकले यो दुर्लभ रोगको उपचार गर्न सकेका छैैनन् । केवल सरसफाई बढाउन सुझावमात्र दिन्छन् ।
यो ट्रिमिथाएल्यामुनरिया (टीएमएयू्) नामक विश्वका दुर्लभ रोग हो । यो रोग लागेकाहरुको शरीरबाट कुहिएको माछा र अण्डाको जस्तो गन्ध आउँछ । यो रोगबाट पीडित भएपछि एलीका सबै साथीहरु उनीबाट टाढा भए । उनी भन्छिन्–‘मलाई चिन्दै नचिनेका मानिसहरु समेत मलाई साबुन, स्प्रे र परफ्यूम जस्ता बस्तु उपहार दिएर मेरो मजाक उडाउँछन् ।’
कम दुर्गन्ध होस् भनेर उनी विशेष प्रकारको परफ्यूम प्रयोग गर्छिन र पाएसम्म दिनमा पाँचपटकसम्म नुहाउँछिन् ।
Posted by Unknown | Saturday, April 5, 2014 |
Posted in
Bollywood,
Bollywood film,
movi,
movie
पर्दामा आकर्षक देखिनका लागि स्टारहरु शरीरका विभिन्न अंगको सर्जरी गराइरहन्छन् । तर सर्जरीले उनीहरुको रुपलाई आकर्षक मात्र होइन कहिलेकाँही बिगारी पनि दिन्छ ।
बलिउड नायिका अनुष्का शर्माले ओठको सर्जरी गराइन् । तर सर्जरी पश्चात उनको ओठ पहिलेको तुलानामा झनै नराम्रो देखियो । यतिबेला उनलाई यो कुराले हैरानी बनाइरहेको छ ।
अर्की नायिका आयसा टाकियाले पनि बक्षस्थलको सर्जरी गराइन् । तर सर्जरी पश्चात उनको बक्षस्थल आवश्यकता भन्दा ठूलो हुन पुग्यो । जसले गर्दा उनलाई पर्दामा देखिन झनै गाह्रो भयो ।
राखी सावन्तले पनि आफ्नो बक्षस्थल ठूलो बनाउन सबै उपाय अपनाइसकेकी छिन् । तर उनमा कुनै भिन्नता आएको छैन । श्रीदेवीले आफ्नो अनुहारको सर्जरी गराएकी थिइन् । जसका कारण उनी खुलेर हाँस्न सक्दिनन् ।
बलिउडमा अन्य थुप्रै नायिकाहरु छन् जसले सर्जरी गरेपश्चात आलोचना बढि भोग्दै आएका छन् ।
Posted by Unknown | |
Posted in
sport,
sports
२२ चैत, काठमाडौं । नेपाल क्रिकेट एकेडेमी (एनसीए) को यू-१८ टोलीले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकेडेमी टोलीलाई १ सय १८ रनले पराजित गरेको छ ।
कीर्तिपुरमा पहिले व्याटिङ गरेको एनसीएल २० ओभरमा ४विकेट गुमाएर १ सय ९० रन बनायो । उसका लागि प्रदिप टण्डनले २३ बलमा ४२ रन बनाए भने रोशन अधिकारीले ३८ रन जोडे ।
जवाफमा मैदान उत्रिएको आईसीसीको टोली १४.३ ओभरमा ६२ रन जोड्दा अलआउट भयो । उसका लागि अक्सत धवनले २९ रन बनाएपनि अन्य व्याट्सम्यान चलेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा एनसीएका प्रजन नापित, जितेन्द्र सिंह र विशाल बाबु अधिकारीले समान २-२ विकेट लिए ।
यू-१३ मा पनि एनसीएको टोलीले आईसीसीको टोलीलाई ६८ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको एनसीएलले सुबोध ऐरको अर्धशतकको मदतमा २० ओभरमा ३ विकेट गुमाएर २ सय २ रन बनायो । ऐर ५८ रनमा आउट भए भने रित गौतमले ३९ रन बनाए ।
जवाफमा मैदान उत्रिएको आईसीसीको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा मात्र जोड्न सक्यो । उसका लागि अजुृन सावन्तले ३३ रन बनाए पनि अन्य व्याट्सम्यान चलेनन् ।
१३ वर्षमुनि ४ ट्वान्टी-२० तथा एक ४० ओभरको खेल तथा १८ वर्षमुनि ४ ट्वान्टी-२० तथा एक ४० ओभरको खेल हुने कार्यक्रम छ। शनिबार यु-१३ र यु-१८ का १-१ खेल हुनेछ। एनसिए यु-१३ टोलीको कप्तानी सार्थक सेढाइँले र यू-१८ टोलीको नेतृत्व प्रदीप टन्डनले गर्नेछन्।
२२ चैत, काठमाडौं । नेपाल क्रिकेट एकेडेमी (एनसीए) को यू-१८ टोलीले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकेडेमी टोलीलाई १ सय १८ रनले पराजित गरेको छ ।
कीर्तिपुरमा पहिले व्याटिङ गरेको एनसीएल २० ओभरमा ४विकेट गुमाएर १ सय ९० रन बनायो । उसका लागि प्रदिप टण्डनले २३ बलमा ४२ रन बनाए भने रोशन अधिकारीले ३८ रन जोडे ।
जवाफमा मैदान उत्रिएको आईसीसीको टोली १४.३ ओभरमा ६२ रन जोड्दा अलआउट भयो । उसका लागि अक्सत धवनले २९ रन बनाएपनि अन्य व्याट्सम्यान चलेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा एनसीएका प्रजन नापित, जितेन्द्र सिंह र विशाल बाबु अधिकारीले समान २-२ विकेट लिए ।
यू-१३ मा पनि एनसीएको टोलीले आईसीसीको टोलीलाई ६८ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको एनसीएलले सुबोध ऐरको अर्धशतकको मदतमा २० ओभरमा ३ विकेट गुमाएर २ सय २ रन बनायो । ऐर ५८ रनमा आउट भए भने रित गौतमले ३९ रन बनाए ।
जवाफमा मैदान उत्रिएको आईसीसीको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा मात्र जोड्न सक्यो । उसका लागि अजुृन सावन्तले ३३ रन बनाए पनि अन्य व्याट्सम्यान चलेनन् ।
१३ वर्षमुनि ४ ट्वान्टी-२० तथा एक ४० ओभरको खेल तथा १८ वर्षमुनि ४ ट्वान्टी-२० तथा एक ४० ओभरको खेल हुने कार्यक्रम छ। शनिबार यु-१३ र यु-१८ का १-१ खेल हुनेछ। एनसिए यु-१३ टोलीको कप्तानी सार्थक सेढाइँले र यू-१८ टोलीको नेतृत्व प्रदीप टन्डनले गर्नेछन्।
- See more at: http://www.onlinekhabar.com/2014/04/184743/#sthash.XNfVcGM9.dpuf
Posted by Unknown | |
Posted in
amazing,
sex crime,
sex education,
sex law,
sex story,
sex tips,
sex toy,
sexy
अमेरिकामा एक महिलामाथि अनौठो अभियोगमा ४० वर्ष जेल सजायको मागदावीसहित मुद्दा परेको छ । उनीमाथि अरोप छ कि, अश्लिल भिडियोका लागि यौन सम्वन्ध राख्दै गर्दा निर्दोष जनावरको हत्या गरेको ।
२८ वर्षकी सारा जमोरालाई मियामी प्रहरीले पक्राउ गरेको छ । अश्लिल फिल्ममा अभिनय गर्ने उनी आफुलाई मोडलका रुपमा चिनाउँछिन् ।
अश्लिल भिडियोमा अभिनय गर्ने क्रममा उनले कुखुराको शिर कोटेको र खरायोलाई कुटेर मारेको प्रहरीले जनाएको छ । उनले यो सबै हर्कत एडम रेडफोर्डको घरमा गरेकी थिइन् ।
प्रहरीले यसलाई अल्लील पोर्नेग्राफीकै रुपमा लिएको छ, जसलाई क्रस भनिन्छ । यसले यौन सन्तुष्टिका लागि यसो गरेको हुन सक्ने बताइएको छ । मियामी हेराल्डका अनुसार यी मोडललाई यसअघि क्रिडिटकार्ड ठगी र लागू औषध प्रयोगका मुद्दामा दोषी ठहर गरिसकिएको छ ।
Related TAgs-
नेपाली सेक्शी भिडियो
smita thapa
sxey nepali gall kimages
hot and sexy bindu pariyar
bindu pariyar
evernepal2.blogsport.com
dharan girls of nepal
http://evernepal2.blogspot.com/search/label/sex%20tips?updated-max=2013-06-03t05:28:00-07:00&max-results=20&start=180&by-date=false
bikini girls of nepal
sexy photos and images of nepali girls
nagpur kamptee sexy girls
nepali bikini hot model nude maya
sexy nepali girls and models
www.nepali hot and sex story with rakshya shrestha.com
www.nepali sex yon jankari
Posted by Unknown | |
Posted in
420 Ko Jhadka,
amazing,
Featured
चीनको एउटा प्रान्तमा यस्तो अचम्मको परिकार खाने चलन छ जुन सुन्दा तपाईंलाई घिन लाग्नसक्छ । यो यस्तो मेनू हो, जुन पुरुषको पिसाबमा अण्डा उसिनिन्छ र खाने गरिन्छ ।
चीनको झेजियाङ प्रान्तको डोङयाङ सहरमा यो मेनू प्रचलित छ । तर यो परिकार नौलो होइन, हजारौं वर्षदेखि यहाँका उपभोक्ताहरुले खाइरहेका छन् । होटलका सेफहरु यो परिकार निकै स्वास्थवर्द्धक भएको दावी गर्छन् । स्थानीय एक होटलका सेफ लू मिङ भन्छन् ‘अलि अमिलो स्वाद हुन्छ, उपभोक्ताहरु रमाइ-रमाइ खान्छन् ।’
यो प्रान्तमा हजारौं वर्षदेखि बच्चाको पिसाबमा अण्डा उसिनेर खाने चलन भएकोले यो परिकारले सांस्कृतिक पहिचान बोकेको छ ।
उनका अनुसार होटलले स्थानीय विद्यालयहरुमा केटाकेटीका पिसाब संकलन गर्न बाल्टिन राखेका हुन्छन् । हरेक दिन ताजा पिसाब संकलन गरिने उनको भनाइ छ ।
उनी पिसाबमा उमालिएको अण्डा निकै स्वास्थ्यवर्द्धक हुने दावी गर्छन् । यो अण्डा खाँदा ज्वरो नियन्त्रण र थकानको बेला ताजगी महसुस हुने उनी बताउँछन् ।
उनी यो परिकार निर्यात पनि गर्नुपर्ने बताउँछन् । ‘म चाहन्छु, चीनभन्दा बाहिरका उपभोक्ताले पनि यो परिकारको प्रशंसा गरुन्’ उनले भने ।
सन् २००८ मा स्थानीय सहरले यो अण्डा परिकारलाई सांस्कृतिक पहिचान दिएको छ । युनेस्कोको विश्व पहिचान सूचीमा राखिदिन पनि स्थानीय नगरपालिकाले आवेदन दिएपछि यसको चर्चा निकै भएको थियो ।
स्थानीय बासिन्दा वाङ जुग्सिङ पिसाबमा उमालिएको अण्डाको सेवनले रुघाखोकी, फ्लू आदि निको हुने स्थानीय मान्यता रहेको बताउँछन् । ‘तर मलाई यो मान्यतामा विश्वास छैन र खान्न पनि’ उनी भन्छन् ।
अण्डा उमाल्न प्रयोग गरिने पिसाव स्थानीय स्कूलबाट संकलन गरिन्छ जहाँ केटाहरुलाई पिसाव फर्ने वाल्टीहरु राखिएको हुन्छ । सेफ भन्छन- हामी हरेक दिन पिसाव संकलन गर्न जान्छौं ।
Posted by Unknown | |
Posted in
sport,
sports
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल मड्रिडले लिग लिडर एथ्लेटिको मड्रिडमाथिको दबाव कायमै राखेका छन् ।
शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले भिल्लारियललाई १–० ले पराजित गरेको थियो । लगतै भएको खेलमा बर्सिलोनाले रियल बाटिसलाई ३–० ले तथा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० ले पराजित गरेको छ ।
घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले १४ औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । बाटिसका डिफेण्डर जोर्डीले एलेक्स सान्चेजलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो, जसमा लिओनल मेस्सीले सहजै गोल गरे ।
खेलको ६७ औं मिनेटमा जोर्डीले आत्माघाती गोल गर्दा बार्सिलोनाले २–० को अग्रता लियो । तर, लगतै बाटिसका रुबिन कास्ट्रोले गोल गरे । खेलको ८५ औैं मिनेटमा बार्सिलोनाले अर्को पेनाल्टी पायो तर, मेस्सीको प्रहार बाटिसका गोलरक्षकले असफल पारे ।
लगतै मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ गोल अन्तरको जित दिलाएका छन् ।
रियल मड्रिड भने क्रिष्टियानो रोनाल्डो विना मैदान उत्रिएको थियो । उनी चोटका कारण मैदान बाहिर छन् । पहिलो हापको अन्तिम मिनेटमा इलरमेन्डीको गोलबाट अग्रता रियलले दोस्रो हाफमा तीन गोल गरेको थियो ।
उसका लागि ६६ औं मिनेटमा ग्यारेथ बेल, ८५ औं मिनेटमा पेपे र ८८ औं मिनेटमा ल्भारो मोराटाले गोल गरेका थिए ।
Posted by Unknown | |
Posted in
cars and automobiles,
science & technology
काठमाडौं । जपानीज प्रख्यात अटो निर्माता कम्पनी होन्डाले भविष्यको सुन्दर स्कुटरको नमुना सार्वजनिक गरेको छ । कम्पनीले जापानमा भएको ओसाका मोटरसाइकल शोमा सुन्दर स्कुटर ‘एनएम ४ वल्टस’ को नमुना सार्वजनिक गरेको हो ।
झट्ट हेर्दा वल्टस कुनै एनिमेटेड फिल्ममा हावामा उड्ने सुपर बाइकभन्दा कम देखिदैन् । आकर्षक र सानदार डिजाइनमा रहने वल्टस देख्दा जो सुकै पनि आकषिर्त हुनेछन् । होन्डाले यस डिजाइनलाई छिट्टै पुर्णता दिने बताएको छ ।
कम्पनीको युवा डिजाइन टिमले वल्टसको डिजाइन गरेका थिए । टिमले फ्युचर स्कुटरको सानदार नमुना पेश गरेका छन् । जस्ले स्कुटरका पारखीहरुलाई आकषिर्त गर्ने निश्चित छ । स्कुटरको बनावट र स्टाइल बेजोड प्रकारको रहेको छ ।
हेर्दा हेभी बाइकको झल्को लाग्ने गरि डिजाइन गरिएको वल्टसले पूर्णता पाएपछि स्कुटर बजारमा हंगमा मच्चाउने अपेक्षा गरिएको छ । डिजाइनहरुले वल्टसको अगाडीको भागमा धेरै फोकस गरेका छन् । वल्टसको हेडलाइट, टेल लाइट, इन्डिकेटर्स लाइटहरु एलइडी हुनुका साथै आकर्षक समेत रहेका छन् ।
वल्टसको डिजाइनलाई जापानी एनिमेशनका असली उदाहरणका रुपमा लिन सकिने भारतीय सञ्चार माध्यम दैनिक भाष्करले बताएको छ । यस सानदार स्कुटरमा पछाडीको सिट फोल्ड गरेर स्कुटर चलाउनेले आडेस लाग्न सक्छ । यसलाई स्कुटर जगतकै चमत्कारका रुपमा लिइएको छ ।
वल्टससमा ७४५ सीसीको डबल सिलिन्ड इञ्जिनको प्रयोग हुने छ । सिक्स स्पीड डबल क्लच ट्रान्समिशनले यसको अगाडीको चक्कामा पावर दिने छ । स्कुटर चलाउँदा चालकले अटोमेटिक र म्यानुअल मोडमध्ये कुन मोडमा चलाउने छान्न सक्नेछ ।
Posted by Unknown | |
Posted in
mo,
science & technology,
technical education,
TECHNOLOGY
मोबाइल अपरेटिङ सिस्टममा आफ्नो बजार हिस्सा बढाउने कोसिसमा रहेको माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको नयाँ भर्सन सार्वजनिक भएको छ ।
विन्डोज ८.१ नाम दिइएको यो नयाँ अपरेटिङ सिस्टममा विन्डोज ८ मा देखिएका प्रायः सवै समस्या समाधान गरिएको छ भने यस्ता थुप्रै नयाँ फिचर थपिएको छ जसले एन्ड्रोइड र एप्पल अपरेटिङ सिस्टमसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्छ ।
अप्रिल महिनाको अन्त्यसम्ममा नयाँ फोन किन्ने ग्राहकले विन्डोज ८.१ चलाउन पाउनेछन् । पुराना प्रयोगकर्ताले भने केही समय कुर्नुपर्ने छ ।
थपिएका सुबिधा
कोर्टानाः एप्पलको ‘सिरी’ र एन्ड्रोइडको ‘गुगल नाव’ जस्तै विन्डोजले पनि कोर्टाना फिचर थपेको छ जसले फोन प्रयोगकर्तालाई सघाउने छ । कोर्टानामा सिरी र गुगल नावको हाइब्रिड भर्सनजस्तो देखिन्छ जसले दुवै खाले सेवा सेवा दिन्छ । अर्थात तपाईले कोर्टानामार्फत् भ्वाइस कमाण्ड दिन सक्नुहुन्छ भने गुगल नावजस्तै इमेल पढने र सोहीअनुसार नोटिफिकेसन सेट गर्ने काम पनि गर्ने छ । तपाईले दिएका भ्वाइस कमाण्डको रेकर्ड स्टोर भएर पनि बस्नेछ जसले फोन प्रयोगकर्तालाई सजिलो बनाइदिने छ ।
गुगल र एप्पलभन्दा भिन्न कोर्टानाले तेस्रो पक्षले बनाएका फेसबुक लगायतका मोबाइल एप्समा पनि काम गर्ने छ । कोर्टानामा विङ सर्च इन्जिन उपलब्ध छ । तत्कालका लागि यो सेवा अमेरिकामा मात्र उपलब्ध हुनेछ ।
एक्सन सेन्टरः यो विन्डोज फोनमा जडित नोटिफिकेसन सुबिधा हो जो एन्ड्रोइड र एप्पल अपरेटिङ सिस्टममा समेत उपलब्ध छ । यसमा चारवटा अप्सन राखिएको छ– वाईफाई, ब्लुटुथ, एरोप्लेन मोड र इन्टरनेट सेयरिङ । यसले ब्याट्री र नेटवर्कको सूचना समे दिने छ ।
होम स्क्रिनमा सुधारः नयाँ भर्सनको होम स्क्रिनमा विन्डोजले धेरै सुधार गरेको छ । ठूलो साइजका विन्डोज फोन निर्माण हुँदै गर्दा हाइ डेन्सिटी अप्सन राखिएको छ जसले गर्दा प्रयोगकर्ता स्क्रिनमा आफुले चाहेका टाइल अप्सन थप्न सक्नेछन् । यसैगरि प्रयोगकर्ताले आफ्नो छनौटको तस्वीरलाई वालपेपर र ब्याकग्राउन्ड वालपेपर बनाउन सक्नेछन् ।
अन्य सुबिधाः विन्डोज ८.१ मा किवोर्ड परिवर्तन गरि स्वाईप किवोर्ड ल्याइएको छ भने इन्टरनेट एक्सप्लोरर ११ इन्स्टल गरिएको छ । यो सँगै माइक्रोसफ्टले डेस्कटप भर्सनको विन्डोज ८.१ मा पनि सुधार गरेको जसमा स्टार्ट मेनलाई पुन डेस्कटपमा ल्याइएको छ । अब प्रयोगकर्ताले स्टार्ट मेनु क्लिक गर्दा त्यहाँ इन्स्टल गरिएका एप र युजर इन्टरफेसमा पनि एक्सेस पाउने छन् ।
एप्समा ब्यापक सुधार
आजकल स्मार्टफोनको बिक्रिको मुख्य आधार नै एप्स भएका छन् । जति सजिलो एप्स स्टोर त्यति धेरै फोन बिक्रि । यहि तथ्य बुझेर होला माइक्रोसफ्ट आफ्नो एप्स रणनीतिमा ब्यापक सुधार गर्दै छ ।
एप्स सुधारसम्बन्धी मेगा परियोजना हालै डेभलपरको सम्मेलनमा सुनाइएको थियो । जसअनुसार अब एउटै एप्सले डेस्कटप, मोबाइल, ट्याबेलट र गेम कन्सोल एक्सबक्समा समेत काम गर्ने छ ।
प्रयोगकर्ताले एउटा डिभाइसमा डाउनलोड गरेको एप अर्कोमा पनि प्रयोग गर्न सक्नेछन् । तर, यस्तो अधिकार प्रयोगकर्तालाई दिने कि नदिने भन्ने कुराको निर्धारण डेभलपरले गर्न पाउने छन् ।
कम्पनीको नयाँ रणनीति सुनेका डेभलपरहरु, जो यसअघि एप्पलमा मात्र आफ्ना एप्स बेचिरहेका थिए, विन्डोजसँग काम गर्न उत्साहित देखिएका छन् । विन्डोज कोर्टानाले साँच्चै एप्पल सिरी र गुगल नावलाई चुनौती दिने उनीहरुको बुझाइ छ । एप स्टोर सुधार रणनीतिले मोबाइल बजारमा विन्डोजको बजार हिस्सा बढाउने र एप्सको बजार पनि फैलिनेमा उनीहरु आशाबादी देखिएका छन् ।
Posted by Unknown | Thursday, April 3, 2014 |
Posted in
poltical,
poltical News,
Poltics
संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरले तोकिएकै मितिमा संविधान जारी हुने बताएका छन् । उनले पछिल्लो समयमा दलहरुबीच वार्ता र संवाद सकारात्मक हुँदै गइरहेकाले अबको आठ महिनाभित्र संविधान जारी हुने विश्वास व्यक्त गरेकी हुन् ।
क्रान्तिकारी पत्रकार सङ्घले बिहीवार रोल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण हुनु नै संविधान बन्ने मुख्य आधार भएकाले तोकिएकै मितिमा संविधान जारी हुने बताइन् । लोकतान्त्रिक संविधान पाउनका लागि जनताले निकै लामो समयदेखि प्रतीक्षा गरिरहेकाले जनतालाई त्यस्तो संविधान दिन दलहरु एक हुनुको विकल्प नरहेको उनको भनाई थियो ।
उनले संविधानसभाको निर्वाचनमा दलहरुले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता जनाइसकेकाले पनि यस विषयमा दलहरुले मतभेद गर्न नहुनेमा जोड दिइन् । रोल्पा क्षेत्र नं २ का सभासद्समेत रहेकी उपाध्यक्ष घर्तीमगरले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि सहमतिमा ल्याएर संविधान निर्माण गर्नुको विकल्प नरहेको बताइन् ।
संविधानसभामा महिलाको सहभागिता निकै कम भएकाले कम्तीमा ३३ प्रतिशत महिला सहभागिताका लागि आफूले दबाब दिइरहेको उनले जानकारी दिइन् । रासस
Posted by Unknown | |
Posted in
sport,
sports
च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले बोरुसिया डर्टमन्डमाथि सहज जित हात पारेको छ । क्वाटरफाइनलका पहिलो लेगमा ९ पटकको विजेता रियल मड्रिडले डर्टमन्डमाथि ३–० को जित निकालेको हो ।
घरेलु मैदान सान्टिएगोमा भएको खेलमा रियलले तेस्रो मिनेटमा नै ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । २७ औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे ।
खेलको ५७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि रियल ३–० ले अघि रह्यो । यससँगै रोनाल्डोले एकै च्याम्पियन्स लिगमा १४ गोलको लिओनल मेस्सीको कीर्तिमानसँग बराबरी गरेका छन् ।
निलम्बनमा परेका कारण रोवर्ट लेभान्डोस्की विना मैदानमा उत्रिएको डर्टमन्डले रियललाई खासै दबाव दिन सकेन । उनले १२ पटक गोलका लागि प्रयास गरेको थियो, जसमा २ प्रहार पोष्टमा थियो ।
Posted by Unknown | |
Posted in
success of life,
TECHNOLOGY,
Top Stories
सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले गत वर्ष शेयर बेचेर ३.३ अर्ब डलर कमाएका छन् । फेसबुकको शेयर आम मानिसका लागि खुला गरेपछि उनीसँग शेयर आपूर्तिको विकल्प सकिएको थियो ।
यो बर्ष उनले आफ्नो बाषिर्क तलव घटाउँदै जम्मा १ डलरमा सिमित गरेका छन् । गूगलका प्रमुख कार्यकारी ल्यारी पेज र एपलका तत्कालिन प्रमुख कार्यकारी स्टीव जब्सको पदचाप पछ्याउँदै उनले बाषिर्क तलव १ डलरमा सिमति गरेका हुन् ।
यद्यपि उनले गत वर्ष कुल ६ लाख ५३ हजार १ सय ६५ डलर खर्च गरेका छन् । २०१२ मा यो रकम १९.९ लाख डलर पुगेको थियो ।
यो रकमको अधिंकाश हिस्सा जुकरबर्गको यात्राका लागि विमान भाडामा लिन प्रयोग गरिएको र यो सुरक्षाका कारण आवश्यक रहेको फेसबुकले जनाएको छ । हाल जुकरबर्गसँग ४२६३ करोड फेसबुक शेयर छ । जसको बजार मूल्य २५.७ अर्ब डलर छ ।
Posted by Unknown | |
Posted in
420 Ko Jhadka,
accident,
amazing,
crime,
Featured,
Other,
World news
काठमाडौं, २० चैत्र (एजेन्सी) : चीनमा एक व्यक्तिको शव एक वर्षसम्म होर्डिङबोर्डमा झुन्डिरह्यो, तर कसैको पनि ध्यान त्यतातिर गएन । शवलाई जब बोर्डबाट उतारियो, त्यसवेला अस्थिपञ्जरबाहेक केही पनि बाँकी थिएन । बोर्ड मर्मतका लागि गएका मजदुरले त्यसमा लास झुन्डिएको थाहा पाएका थिए ।
प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले बोर्डमा झुन्डिएर कसैले आत्महत्या गरेको हुन सक्ने बताएको छ । शव भेटिएको बोर्ड भएको सडक चीनको डेजियांग प्रान्तको डोंगयांग सहरको राजमार्ग हो । जहाँ दैनिक हजारौँ गाडी गुड्छन् । स्थानीय प्रहरीका अनुसार उक्त सडक धेरै व्यस्तमध्येको एक हो ।
प्रहरीको अनुमान छ, वर्षभरिमा कैयौँ मानिसले शव देखे होलान्, तर उनीहरूले विज्ञापनका लागि गरिएको ‘स्टन्ट’ सम्झेर पुलिसलाई खबर नगरेका होलान् ।
प्रहरी अधिकारीका अनुसार शव चिन्न सम्भव छैन । यो पूरै सडिसकेको छ । तर, अनुसन्धानका लागि फोरेन्सिक जाँचमा पठाइएको छ । मृतकको शरीरको मासु चराले खाइसकेको प्रहरीले अनुमान गरेको छ ।
Posted by Unknown | |
Posted in
sport,
sports
एसिसी महिला प्रिमियर ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई २२१ को फराकिलो रनअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
थाइल्यान्डको चियाङमाइस्थित जिमखानामा मंगलबार भएको प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै २८४ रन बनायो ।
यस्तै नेपालले दिएको २८५ रनको लक्ष्यलाई पच्छाएको इरान ३० दशमलव ५ ओभरमा ६३ रन बनाउँदै अलआउट भयो ।
नेपालको जितमा सरिता मगरले सर्वाधिक ७२ रनको योगदान दिइन्. भने सीता मगरले ६१ रन जोडिन् ।
यसैगरी निरा राजोपाध्यायले ४७, सरस्वती चौधरीले १२, रुबीन क्षेत्रीले ९, शोभा आलले ८, ममता चौधरीले ५ तथा ममता थापाले एक रनको योगदान दिएका थिए ।
यसैगरी बलिङतर्फ नेपालकी सीता मगरले ४ विकेट लिइन् भने रुबीना क्षेत्रीले २ तथा सरिता मगरले एक विकेट लिएकी थिइन् ।