मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Friday, June 13, 2014
Posted by Unknown

विश्वकपमा छुटाउन नहुने खेलहरू

हिजोदेखि विश्वकप २०१४ सुरु भएको छ र ब्राजिलविरुद्ध क्रोएसियाबीचको उद्घाटन खेलको नतिजा सबैको हातमा होला । यसपल्टको विश्वकपमा सहभागी ३२ टिमलाई आठ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा राउन्ड रोबिनको आधारमा छ खेल हुनेछन् । यस्तोमा पहिलो चरणमा २४ खेल हुनेछन् र त्यसमा छुट्याउनै नहुने खेलहरू यी हुन्-

 स्पेनविरुद्ध नेदरल्यान्ड्स सन् २०१० को विश्वकप फाइनलमा भिडेका दुवै टिम यसपल्ट एकै समूहमा छन् र उनीहरूको खेलसँगै समूह 'बी' पनि सुरु हुनेछ । विश्वकपसँगै तीन ठूला उपाधिमाथि कब्जा गरेको स्पेनमा पुराना दिनकै दम छ अथवा रहेन, यो डचविरुद्धको खेलमा देखिनेछ । नेदरल्यान्ड्स त्यस्तो टिम हो, जसले तीन पल्ट फाइनल खेलेको छ, कहिल्यै जित्न सकेको छैन् । स्पष्ट छ, यो कमजोर टिम त पक्कै होइन् । 

कोलम्बियाविरुद्ध आइरीकोस्ट राडमल फाल्कोले नखेल्ने भएपछि केही हदसम्म कोलम्बिया कमजोर बनेको छ । तर पनि यो टिम दमदार छ भन्नेमा सबै सहमत छन् । आाइरीकोस्ट पनि केही कम छैन् । अपि|mकी टिममध्ये सर्वाधिक बलियो यो नै हो । जुन टिममा याया टुरे, डिडिएर ड्रोग्बा र सोलमन कोलु जस्ता खलाडी छन्, त्यसलाई पक्कै पनि कमजोर प्रतिद्वन्द्वी मान्न सकिने छैन् । 

इङ्ल्यान्डविरुद्ध इटाली
 उरुग्वेविरुद्ध इङ्ल्यान्ड
 इटालीविरुद्ध उरुग्वे

यी तीनै खेल हुन्, समूह 'डी' का । इटाली, उरुग्वे र इङ्ल्यान्ड तीनै टिम पूर्व विश्वकप विजेता हुन् । इटालीले चार, उरुग्वेले दुई तथा इङ्ल्यान्डले एक पल्ट गरेर समग्रमा उनीहरूले सात पल्ट विश्वकप जितेका छन् । त्यसैले यस समूहलाई 'ग्रुफ अफ डेथ' भनिएको । तीनै खेल उत्तिकै रोमाञ्चक, तनावपूर्ण र प्रतिस्पर्धात्मक हुनेछ । अन्त्यमा तीन टिममध्ये एक पहिलो चरणबाटै बाहिरिने छ र ठहरिने छ, सर्वाधिक अभाग्यशाली टिम । 

फ्रान्सविरुद्ध होन्डुरस
 होन्डुरस खासै बलियो टिम होइन, प|mान्सले उसलाई हराउन गाह्रो हुने छैन् । तर यो खेल किन हेर्न लायक हुनेछ भने यस खेलबाट प|mान्सको परीक्षा हुनेछ । चार वर्ष अगाडि अनुशासनहीन खेल प्रदर्शन गर्दै प|mान्स दक्षिण अपि|mकामा पहिलो चरणबाटै बाहिरिएको थियो । त्यति बेला टिममा विद्रोह चलेको थियो । अब हेर्नु पर्ने हुन्छ, प|mान्सको अहिलेको टिम उस्तै छ कि फेरिएको छ ।

 अर्जेन्टिनाविरुद्ध बोस्निया
सबैले भनिरहेका छन्, लियोनल मेसीको अर्जेन्टिना यसपल्ट ब्राजिलपछि विश्वकप जित्ने बलियो दावेदार हो । अर्जेन्टिनासँग आक्रमणमा मेसी मात्र छैन्, एगुरो, हिगुएन र डि मारिया पनि छ । अर्जेन्टिनी टिमको पहिलो परीक्षा हुनेछ, बोस्नियाको हातबाट । बोन्सिया त्यस्तो टिम हो, जसले यसपल्टको विश्वकपमा डेब्यु गर्दैछ । 

जर्मनीविरुद्ध पोर्चुगल पहिलो चरणको यो अर्को हाइप्रोफाइल खेल हो । पोर्चुगलसँग विश्वकै सर्वाधिक राम्रा खेलाडी छ, क्रिस्टियानो रोनाल्डो । अर्को अर्थमा पोर्चुगल उपाधिको दावेदार हो । जर्मनी पनि त उपाधिको दावेदार हो । ब्राजिलपछि विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन कसैको छ भने त्यो तथ्यांक जर्मनीनै नाममा छ । समूह 'जी' यिनै दुई टिम अगाडि जानेछन् । उनीहरू भिड्दा यो प्रतिष्ठा भन्दा माथिको खेल हुनेछ । 

बेल्जियमविरुद्ध रुस पछिल्ला केही विश्वकप संस्करणमा बेल्जियम छनोट पनि हुन सकेन् । यस पल्ट छनोट मात्र भएको छैन्, टिम नै दमदार छ । त्यसैले धेरैले यसपल्ट ब्राजिलमा कुनै टिम अविश्सनीय नतिजा ल्याउन सक्छ भने त्यो बेल्जियम हो भनेका छन् । समूह 'एच' मा बेल्जियमले रुसको सामना गर्दा त्यो खेलले समूह विजेता को हुने हो, त्यो तय गर्न सक्नेछ । 

About the Author

Posted by Unknown on 12:20 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 12:20 AM. Filed under , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "विश्वकपमा छुटाउन नहुने खेलहरू"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली