News Ticker

sports
Published On:Saturday, June 14, 2014
Posted by Unknown

कोस्टारिकोको अप्रत्यासित जित


कोस्टारिकाले विश्वकप २०१४ मा आइतबार अप्रत्यासित जित निकालेको छ । उसले स्टाडियो कास्टेलाओमा भएको खेलमा दस खेलाडीमा सीमित विश्वकपको दुई पल्टको पूर्व विजेता उरुग्वेलाई ३-१ ले हरायो ।
ब्राजिलमा भइरहेको प्रतियोगिताकै सर्वाधिक कठिन मानिएको 'ग्रुप अफ डेथ' समूह 'डी' मा कोस्टारिकाले धेरैले कल्पना नगरेको जित निकाल्न सफल रहेको हो ।
यो समूहको अरु टिममा इटाली र इङ्ल्यान्ड रहेका छन् । कोस्टारिकाको यो जितले यो समूहबाट दोस्रो चरण पुग्ने टिमको अनुमान गर्न झन गार्‍हो भएको छ । उरुग्वेसँगै इटाली र इङ्ल्यान्डले एक आपसमा सात पल्ट विश्वकप जितेका छन् । इटालीले चार पल्ट विश्वकप जितेको छ र भने इङ्ल्यान्डको नाममा एक उपाधि रहेको छ ।

यस्तोमा कोस्टारिकालाई समूहको सर्वाधिक कमजोर टिम मानिएको थियो । तर सबै अनुमान गलत सावित गर्दै कोस्टारिकाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको छ । उरुग्वेले एडिसन कभानीले पेनाल्टीबाट २४ औं मिनेटमा गरेको गोलले अग्रता लिएको थियो । तर यो अग्रता लामो समय टिकेन् । कोस्टारिकाका लागि आर्सनलका जोए कोम्बेलले ५४ औं मिनेटमा बराबरी गोल फर्काए ।

लगतै ५७ औं मिनेटमा कोस्टारिकका लागि ओस्कर डुर्टेले गोल गर्दै टिमलाई पहिलो पल्ट अग्रता दिलाए । मार्को उरेनाले खेल सकिन छ मिनेट अगाडि तेस्रो गोल गरे र टिमको जित निश्चित पारे । कोस्टारिकाले विश्वकप इतिहासमै दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराएको यो पहिलो पल्ट हो । उरुग्वेले चोटग्रस्ट स्टार लुइस स्वरेजलाई मैदानमा उतारेनन् ।

About the Author

Posted by Unknown on 6:50 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 6:50 PM. Filed under , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "कोस्टारिकोको अप्रत्यासित जित"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive