मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Tuesday, June 17, 2014
Posted by Unknown

दक्षिण कोरियाको अनुभवविरुद्ध रुस

कुएबा (एपी)- खेलाडीका रूपमा हङ्ग मयङ-बोले चौथो तथा अन्तिम विश्वकप खेल्दा दक्षिण कोरियालाई सन् २००२ मा सेमिफाइनल पुर्‍याएका थिए । यिनै मयङ अहिले दक्षिण कोरियाली टिमका प्रशिक्षक छन् ।

अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धिको १२ वर्षपछि उनको नेतृत्वमा दक्षिण कोरिया समूह 'एच' बाट दोस्रो चरण पुगे, त्यो उत्तिकै ठूलो उपलब्धि हुनेछ ।
दक्षिण कोरियाको एसियाली विश्वकप छनोट राम्रो हुन सकेको थिएन, त्यसैले मंगलबार फाबियो कपेलोको रुसी टिमको सामना गर्दा दक्षिण कोरियालाई आत्मविश्वासको कमी हुनेछ । तर टिमसँग विश्वकप खेल्ने पर्याप्त अनुभव भने रहेको छ । 'चार वर्ष अगाडि हामी नकआउट चरण पुगेका थियौं, यसपल्ट पनि त्यस्तै उपलब्धिका लागि मिहिनेत गर्नेछौं,' मिडफिल्डर कि सुङ-येङ मान्छन् ।
उनलाई राम्रोसँग थाहा छ, यो सजिलो हुने छैन । 'यसपल्ट समूह चरणमा हाम्रा प्रत्येक खेल कठिन छन्,' सुङ-येन मान्छन् । यही समूहमा 'गोल्डेन जेनेरेसन' युक्त बेल्जियम र अल्जेरिया छन् । दक्षिण कोरियाका लागि विश्वकप अगाडिका मैत्रीपूर्ण खेल सुखद रहन सकेको छैन । घानासँगको अन्तिम अभ्यास खेलमा कोरियाली टिम ४-० ले पराजित रहेको थियो ।
नोभेम्बरमा दुबईमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा दक्षिण कोरिया रुसको हातबाट २-१ ले पराजित रहेको थियो । रुसी प्रशिक्षक कपेलोका लागि आफ्नो सर्वाधिक प्रभावशाली खेलाडी तथा मिडफिल्डर रोमन सिरोकोभलाई गुमाउनु चर्को रहेको छ । सिरोकोभ ढाडको चोटका कारण विश्वकप खेल्न असमर्थ भएका हुन् । कपेलोले यसपल्टको ब्राजिल भ्रमण रुसका लागि सन् २०१८ मा आफ्नै देशमा हुने विश्वकपको पूर्वाभ्यास मानेका छन् ।
यस्तोमा रुसी टिममाथि राम्रो प्रदर्शनको दबाब पनि हुनेछ । केही हदसम्म कमजोर समूह रहेको स्थितिमा असफलता रुसका लागि ठूलो असफलता पनि सावित हुन सक्नेछ । 'विश्वकप जस्तो ठूलो प्रतियोगितामा खेलेको अनुभव गतिलो हुन्छ,' कपेलो मान्छन्, 'चार वर्ष अगाडि म इङलिस टिमसँग आबद्ध थिएँ ।'
'अहिले म फरक टिमसँग छु र त्यहीअनुसार काम गरिरहेको छु ।' तर पुरानो अनुभवले मलाई राम्रो काम गर्न सहयोग भने मिलेको छ,' उनको दाबी छ । दक्षिण कोरिया र रुसबीचको खेलसँगै विश्वकप २०१४ मा सबै टिमले आ-आफ्नो पहिलो खेल खेल्नेछन् ।

About the Author

Posted by Unknown on 7:29 PM. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 7:29 PM. Filed under , , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "दक्षिण कोरियाको अनुभवविरुद्ध रुस"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली