मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Saturday, June 14, 2014
Posted by Unknown

विश्वकपमा चम्किनसक्ने सम्भावित २५ खेलाडी

ब्राजिल विश्वकपमा ३२ देशका ७ सय ३६ खेलाडी सहभागी बन्दैछन् तर यि मध्ये विश्वकपमा उत्कृष्ट खेल देखाएर चम्किन सक्ने २५ खेलाडीहरु यसप्रकार छन् :

 १ क्रिस्टियानो रोनाल्डो फरवार्ड, पोर्चुगल खेल : ११०, गोल : ४९ क्लब : रियल म्याडि्रड पछिल्लो सिजनका सर्बोत्कृष्ट खेलाडी रोनाल्डोकै उत्कृष्ट खेलले पोर्चुगललाई विश्वकप पुर्‍याएको हो । रियल म्याडि्रडलाई युरोपेली च्याम्पियन बनाएका उनको स्पिड, स्किल र पावरले धेरै डिफेन्सलाई दुख दिनेछन् । उनी पोर्चुगलका सर्बाधिक गोलकर्ता पनि हुन् । यी फिफा बर्ष खेलाडीले रियलका लागि यो सिजन ४७ खेलमा ५१ गोल गरे । विश्वकप छनोटको प्ले-अफमा स्वीडेनविरुद्ध ह्याटि्रकसहित ८ गोल गरेका थिए । 

लियोनल मेसी फरवार्ड, अर्जेन्टिना खेल : ८६, गोल : ३८ क्लब : बार्सिलोना चारपल्टका बर्ष खेलाडीको अवार्ड जितेका मेसी चोटमुक्त भएर फर्केपछि करिअरकै उत्कष्ट लयबाट अलि पछाडि नै छन् । तैपनि उनले बासिलोनाको लागि गर्दै आएको प्रदर्शन अर्जेन्टिनी जर्सीमा पनि देखाउन सक्छन् । उनले यो सिजनको क्लब फुटबलमा ४६ खेलमा ४१ गोल गरे । उनले दक्षिण अमेरिकी विश्वकप छनोटमा १० गोल गर्दै आफ्नो कप्तानीमा अर्जेन्टिनालाई शीर्षस्थान दिलाएका थिए । 

नेयमर फरवार्ड, ब्राजिल खेल : ४९, गोल : ३१ क्लब : बार्सिलोना नेयमरले स्पेनी क्लब बार्सिलोनामा पहिलो सिजन खासै राम्रो प्रभाव देखाएनन् । उनले राष्ट्रिय टिमबाट भने निरन्तर उत्कृष्ट खलीरहेका छन् । उनी स्किलफुल छन् । कन्फेडेरेसन्स कपजस्तै विश्वकपमा पनि ब्राजिललाई च्याम्पियन बनाउने दबाब उनमा छ । उनले बार्सिलोनासँगको पहिलो सिजनमा ४१ खेल खेल्दै १५ गोल मात्र गरेका छन् ।

 ४ लुईस सुआरेज फरवार्ड, उरुग्वे खेल : ७७, गोल : ३८ क्लब : लिभरपुल इङलिस पि्रमियर लिगमा सर्बाधिक ३१ र विश्वकप छनोटमा ११ गोल गरेका उनी विवादास्पद तर विश्वकै उत्कष्ट फरवार्ड हुन् । लिभरपुलसँग आबद्ध उरुग्वेका यी सर्बाधिक गोलकर्ता खेलाडीले चोटमुक्त हुदै विश्वकपमा उरुग्वेलाई डोर्‍याउने अपेक्षा गरिएको छ । 

डिएगो कोस्टा फरवार्ड, स्पेन खेल : १ क्लब : एट्लेटिको म्याडि्रड आफू जन्मिएको देश ब्राजिलको जर्सी मैत्रीपूर्ण खेलमा लगाएपनि नागरिकता फेर्दै स्पेनी टिम रोजेका कोस्टा चोटमुक्त छैनन् । तैपनि टिममा समावेश उनी स्पेनको अग्रपंक्तिका मुख्य खेलाडी हुन् । उनले यो सिजन एट्लेटिको म्याडि्रडबाट ३६ गोल गरे । उनी स्पेनी लिगमा रोनाल्डो र मेसीपछि धेरै गोल गरेका खेलाडी हुन् ।

टिबाउट कोर्टियस गोलकिपर, वेल्जियम खेल : १६ क्लब : एट्लेटिको म्याडि्रड कोर्टियसले चेल्सीबाट लोनमा स्पेनी क्लब एट्लेटिको म्याडि्रड गएपछि खेल निखार्दै विश्वकै उत्कृष्ट किपरमा आफूलाई उभ्याएका छन् । ला लिगा च्याम्पियनसँगै  एट्लेटिकोलाई च्याम्पियन्स लिग फाइनल पुर्‍याएका यी ६ फिट ६ इन्चका किपरले वेल्जियमको विश्वकप यात्रा सुखद् पार्नसक्छन् ।

 ७ जेम्स रोडि्रग्वेज मिडफिल्डर, कोलम्बिया खेल : २२, गोल : ५ क्लब : मोनाको रोडि्रग्वेजले प|mेन्च क्लब मोनाकोलाई लिग वान र कोलम्बियालाई विश्वकपको दक्षिण अमेरिकी छनोटमा उपविजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले चोटका कारण गुमाएका फरवार्ड राडामेल फाल्काओ बिना पनि कोलम्बियालाई विश्वकपमा सुखद् यात्रा गराउन सक्नेछन् । 

आन्द्रेस इनिस्टा मिडफिल्डर, स्पेन खेल : ९५, गोल : १२ क्लब : बार्सिलोना बार्सिलोनाका छरिता मिडफिल्डर इनिस्टाले चार बर्षअघि फाइनलमा नेदरल्यान्ड्सविरुद्ध अतिरिक्त समयमा निणर्ायक गोल गर्दै स्पेनलाई पहिलोपल्ट विश्वकप विजेता बनाएका थिए । उच्च लयमै रहेका उनी स्पेनको उपाधि रक्षा अभियानका मुख्य खेलाडी हुन् । 

रोबिन भान पर्सी फरवार्ड, नेदरल्यान्ड्स खेल : ८४, गोल : ४३ क्लब : म्यानचेस्टर युनाइटेड डच लिजेन्ड मार्को भान बास्टेनजस्तै खेल्ने रोबिन भान पर्सी अन्तर्राष्ट्रिय फुटबलमा नेदरल्यान्ड्सका सर्बाधिक गोलकर्ता हुन् । चोटमुक्त हुन संघर्षरत् उनी पूर्ण स्वस्थ भएर ब्राजिलमा खेलेमा नेदरल्यान्ड्सको अग्रपंक्ति निक्कै मजबुत हुनेछ । उनले विश्व्कप छनोटमा सर्बाधिक ११ गोल गरेका थिए । 

१० मिरोस्लाभ क्लोज फरवार्ड, जर्मनी खेल : १३२, गोल : ६९ क्लब : लाजियो मिरोस्लाभ क्लोज विश्वकप फुटबलको २० औं स.स्करण सुरु हुनु चार दिनअघि मात्र जर्मनीका सर्बाधिक गोल गर्ने खेलाडी बनेका छन् । चोटमुक्त हुदै मैदानमा फर्केका उनले आफ्नो गोल संख्या ६९ पुर्‍याउँदै गर्ड मुलरको रेकर्ड तोडेका हुन् । उनी विश्वकप इतिहासकै सर्बाधिक गोल गर्ने खेलाडी यसैपाली बन्नसक्नेछन् । उनले १४ गोल गरेका छन् । अहिलेको रेकर्ड १५ गोल गरेका ब्राजिलका रोनाल्डोको नाममा छ । उनी जर्मन टिममा समावेश एक्लो फरवार्ड हुन् । 

११ याया टुरे मिडफिल्डर, आइभरीकोस्ट खेल : ८२, गोल : १६ क्लब : म्यानचेस्टर सिटी टुरेले २० गोल गर्दै म्यानचेस्टर सिटीलाई पि्रमियर लिग च्याम्पियन बनाउन मिडफिल्डमा उत्कृष्ट खेल पस्किए । ६ फिट ३ इन्चका उनी गोलका लागि बल दिन पनि सिपालु छन् । उनी पि्रमियर लिगकै उत्कृष्ट मिडफिल्डर हुन् । 

१२ इडन हाजर्ड मिडफिल्डर, वेल्जियम खेल : ४५, गोल : ६ क्लब : चेल्सी इङलिस प्रिमियर लिगको क्लब चेल्सीमा पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गरेका हाजर्ड २३ बर्षका मात्र छन् । तर, उनी विश्वकै उत्कृष्ट खेलाडी बन्नको लागि क्षमतावान् छन् । ब्राजिलको मैदानमा वेल्जियमको प्लेमेकर उनी नै हुनेछन् । 

१३ इडिन जेको फरवार्ड, बोस्निया एन्ड हर्जगोभिना खेल : ६२, गोल : ३५ क्लब : म्यानचेस्टर सिटी बोस्नियाको अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्बाधिक गोलकर्ता हुन्, जेको । ६ फिट ४ इन्च अग्ला उनी अपत्यारिलो रुपमा बललाई पोष्टको दिशा दिन सिपालु छन् । उनले छनोटमा १० गोल गर्दै मुख्य भूमिका निर्वाह गरेपछि बोस्नियाले पहिलोपल्ट विश्वकप खेल्न लागेको हो । म्यानचेस्टर सिटीको लागि पछिल्लो सिजन उनले २६ गोल गरेका छन् ।

 १४ ल्युका मोडरिच मिडफिल्डर, क्रोएसिया खेल : ७५, गोल : ८ क्लब : रियल म्याडि्रड स्पेनी महारथी रियल म्याडि्रडलाई युारेपेली च्याम्पियन्स जिताउन मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन्, मोडरिच । उनी मिडफिल्डमा जम्दै गोलको अवसर सिर्जना गर्न माहिर छन् । उनी क्रोएसियाले निक्कै आस गरेका खेलाडी हन् ।

 १५ आन्द्रेय पिर्लो मिडफिल्डर, इटाली खेल : १०८, गोल : १३ क्लब : युभेन्ट्स सन् २००६ को विश्वकप विजेता इटालीको टिमका मुख्य सदस्य पिर्लो ३५ बर्षको पाको उमेरमा पनि मैदानमा अझै उस्तै प्रभावशाली छन् । उनकै प्रेरणामा युभेन्ट्सले लगातार दोस्रो बर्ष इटालियन सिरि 'ए' जित्यो । उनले विश्वकपमा पनि उस्तै स्तरमा प्रदर्शन गर्ने आस छ । 

१६ पउल पोग्बा मिडफिल्डर, फ्रान्स खेल : ९, गोल : २ क्लब : युभेन्ट्स म्यानचेस्टर युनाइटेडमा खेल्ने अवसर नपाएर सन् २०१२ मा युभेन्ट्स पुगेका मिडफिल्डर हुन्, पोग्बा । युभेन्ट्स पुगेलगत्तै उनले प्रभाव देखाउन थाले । लगातार दुईपल्ट इटालियन सिरि 'ए' नै जिते । लामा खुट्ट भएका २१ बषर्ीय उनले विशेष खुबी देखाउँदै लामो दूरीबाट आकर्षक गोलहरु गरेका छन् । 'पावर र सुन्दर टेक्निक प्रयोग गर्दै उनले राम्रो खेलाडी भएको पुष्टि गरिरहेका छन्,' प|mान्सका प्रशिक्षक डिडियर डेस्च्याम्पले भने, 'राम्रा खेलाडीमा हुनुपर्ने जुन विशेषता हो, ती सबै उनमा पाइन्छ ।' 

१७ रहिम स्टर्लिङ मिडफिल्डर, इङ्ल्यान्ड खेल : ४ क्लब  : लिभरपुल अविश्वनीय रुपमा खुलेर खेल्ने क्षमता प्रस्तुत गर्दै यो सिजनको पि्रमियर लिगकै स्टार बनेका खेलाडी हुन्, स्टर्लिङ । उनले केहि महत्वपूर्ण गोल गर्दै लिभरपुललाई उपाधिका दाबेदार बनाएका थिए । लिभरपुलका प्रशिक्ष्ाक ब्रेन्डन रोजर्सले उनलाई कहिलेकाहि मूख्य भूमिकामा पनि खेलाए । १९ बषर्ीय उनले घाइते रहेका इङ्ल्यान्डका राइट विङ्गर वाल्कोटको स्थान लिनेछन् । 'पेस र अरुभन्दा अगाडि बढ्नसक्ने सन्तुलन उनमा छ । उनलाई कसैले निरास पार्न सक्दैन,' इङ्ल्यान्डका प्रशिक्ष्ाक रोय हड्सनले भने ।

 १८ माइकल इसेन मिडफिल्डर, घाना खेल : ५३, गोल : ९ क्लब : एसी मिलान युरोपका ठूला क्लबहरु लियोन, चेल्सी, रियल म्याडि्रड र एसी मिलानबाट खेलीसकेका माइकल इसेन मिडफिल्डमा प्रभाव जमाउनसक्ने खुबी भएका खेलाडी हुन् । उरुग्वेका लुईस सुआरेजको 'हाते बचाउ'का कारण घाना सन् २०१० को विश्वकपको अन्तिम आठमा पुग्नबाट बञ्चित हुदा पनि उनले उत्कृष्ट खेल पस्किएका थिए । 

१९ जोन ओबी मिकेल मिडफिल्डर, नाइजेरिया खेल : ९४, गोल : ७ क्लब : चेल्सी नाइजेरियाकै सर्बाधिक क्याप जित्ने खेलाडी हुन्, मिकेल । 'सुपर इगल्स'को जर्सी १४ बर्षयता निरन्तर लगाइरहेका यी डिफेन्सिभ मिडफिल्डरले ९४ खेल खेलेका छन् । त्यसमा सात गोल गरेका उनी सन् २००६ देखि नै इङलिस क्लब चेल्सीबाट खेल्दै आएका छन् । उनी नाइजेरियन टिमका यी महत्वपूर्ण खेलाडीले चोटका कारण चार बर्षअघिको विश्वकप गुमाएका थिए ।

 २० केइसुके होन्डा मिडफिल्डर, जापान खेल : ५६, गोल : २२ क्लब : एसी मिलान इटालियन क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेल्ने केइसुके होन्डासँग अटा्किङ मिडफिल्डर, प्लेमेकर र दोस्रो फरवार्डको पोजिसनमा राम्रो खेल्नसक्ने विशेषता छ । उनी पि|m-किक प्रहार गर्न पनि माहिर छन् । जापानको नयोग ग्राम्पुस्, डच क्लब भीभीभी भेन्लो, रुसको सीएसकेए मस्को हुदै उनी जनवरी ट्रान्सफरमा एसी मिलान पुगेका हुन् । उनी पछिल्लोपल्ट एसियन कपका सर्बोत्कृष्ट खेलाडी घोषित् भएका थिए । 

२१ टिम काहिल फरवार्ड, अस्टे्रेलिया खेल : ६८, गोल : ३२ क्लब : न्यूयोर्क रेड बुल्स यी ३४ बषर्ीय भेट्रान फरवार्ड मैदानमा सँधै प्रभावशाली हुने गरेका छन् । उनी अट्याकिङ मिडफिल्डमा पनि खेल्ने गर्छन् । गोलको अवसर सिर्जना गर्न र आफै गोल गर्न उनी सिपालु छन् । उनी अस्टे्रेलियन फुटबल इतिहासकै सर्बाधिक गोलकर्ताका हुन् । इङल्यान्डको मिलवाल र पि्रमियर लिगको एभर्टनबाट लामो अवधि खेलीसकेका उनी अहिले अमेरिकाको मेजर लिग सकर खेल्ने न्यूयोक रेड बुल्ससँग आबद्ध छन् ।

 २२ सामुएल एटो फरवार्ड, क्यामरुन खेल : ११७, गोल ५६ क्लब : चेल्सी पछिल्लो सिजन इङलिस क्लब चेल्सीबाट खेलेका क्यामरुनी कप्तान एटो कुशल फरवार्ड हुन् । उनले राष्ट्रिय टिमबाट इतिहासकै सर्वाधिक ५६ गोल गरेका छन् । ३३ वषर्ीय उनी चारपल्ट अपि|mकी वर्ष खेलाडी भइसकेका छन् । उनले रियल म्याडि्रड, बार्सिलोना र इन्टर मिलानजस्ता युरोपका ठूला क्लबबाट खेलिसकेका छन् । उनी चौथोपल्ट विश्वकपमा सहभागी हँुदैछन् । 

२३ डिडियर ड्रोग्बा फरवार्ड, आइभरिकोस्ट खेल : १०१, गोल ६५ क्लब : गालातासारे हाल टर्कीको क्लब गालातासारेसँग आबद्ध ड्रोग्बा ३६ वर्षका भइसकेका छन् । तर, मैदानमा उनी प्रभावशाली नै छन् । चेल्सीको यी 'लिजेन्ड' ले आइभरिकोस्टका लागि अहिलेसम्मकै सर्वाधिक ६५ गोल गरेका छन् । उनले सन् २००६ र २०१० को विश्वकपमा एक-एक गोल गरेका थिए ।

 २४ अस्कन डेजागा अट्याकिङ मिडफिल्डर, इरान खेल : १३, गोल : ४ क्लब : फुलहम पछिल्लो सिजन फुलहमबाट इङलिस पि्रमियर लिग खेलेको अस्कन इरानी टिमको अग्रपंक्तिका भरपर्दा खेलाडी हुन् । उनले जर्मन क्लब हर्था बर्लिन र भीएफएल उल्फबर्गबाट बुन्डेस लिगा पनि खेलीसकेका छन् । उल्फबर्ग जर्मन च्याम्पियन हुदा उनी टिमका नियमित सदस्य थिए । इरानको जर्सीमा उनले १३ खेल खेल्दै ४ गोल गरेका छन् ।

 २५ कि सुङ-युङ सेन्टर मिडफिल्डर, दक्षिण कोरिया खेल : ५७, गोल : ५ क्लब : सन्डरल्यान्ड इङलिस क्लब स्वान्सीसँग आबद्ध सुङ-युङले लोनमा सन्डरल्यान्डबाट खेल्दै यो सिजन पि्रमियर लिगमा उत्कृष्ट प्रदर्शन गरे । उनले पि्रमिय लिगमा २७ खेल खेल्दै ३ गोल पनि गरे । सेल्टिक र स्वान्सीबाट खेलीसकेका छन् । 

About the Author

Posted by Unknown on 7:45 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 7:45 PM. Filed under , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "विश्वकपमा चम्किनसक्ने सम्भावित २५ खेलाडी"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली