काठमाडौं २२ जेठ (ओएनएस) : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आगामी असारको पहिलो हप्ताभित्र गर्नेगरी तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार असारको पहिलो हप्ताभित्रमा परीक्षाफल प्रकाशन गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले काम तीब्ररुपमा अघि बढाइरहेको छ ।
यस वर्षको एसएलसी परीक्षामा जम्मा पाँच लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ चार लाख १९ हजार ३५२ जना र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार ७३३ जना सहभागी भएका थिए ।
परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन यस वर्ष कार्यालयले ३५ बुँदे आचारसंहितासमेत जारी गरेको थियो ।
Tags for SLC Result Online- SLC 2070 Result Online, Slc Result 2070 Result of SLC Online, SLC Result Online, Nepal SLC Result Online, HOt SLC Result ONline, ONLINE SLC Result
About the Author
Posted by
Unknown
on 8:13 PM. Filed under
Education
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response
By Unknown
on 8:13 PM. Filed under
Education
.
Follow any responses to the RSS 2.0. Leave a response