मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Thursday, June 19, 2014
Posted by Unknown

जापान र ग्रिसस सफलताको खोजीमा

नाटल (एएफपी)- जापान र ग्रिससले विश्वकपमा खराब सुरुआत गरे । दुवैले पहिलो खेेल गुमाए । दुवै टिम बिहीबार एकापसमा भिड्दै छन् । यो खेलको हारले दुईमध्ये एक टिमको विश्वकप यात्रामाथि पूर्णविराम लाग्नेछ । जापानले आइभरिकोस्टसँग २-१ को हार बेहोरेको थियो भने ग्रिससलाई कोलम्बियाले शनिबार ३-० ले हरायो ।

त्यसैले यो खेलको हारले दुईमध्ये एक टिम समूह 'सी' बाट बिदा हुनेछन् ।
 कोलम्बिया र आइभरिकोस्टबीचको खेलको नतिजाले पनि दुईमध्ये एक टिमको भविष्यबारेटुंगो लाग्नेछ । जापानका डिफेन्डर माया योसिदाले ग्रिससविरुद्धको खेल महत्त्वपूर्ण रहेको बताए । उनले भने,'पक्कै हामीले पहिलो खेल हार्‍यौं । हामी निकै दुःखी पनि भयौं । तर अझै हामीसँग दुई खेल बाँकी छन् ।' एसियन जायन्ट जापान विश्वकपको इतिहासमा तेस्रो पटकमात्र नकआउट चरण पुग्न सफल भएको छ । 'ग्रिससले पनि पहिलो खेलमा हार बेहोरेको छ, तर ऊसँग राम्रा डिफेन्डर छन्,' योसिदाले भने । केइसुकी होन्डाले पहिलो हारपछि टिमले गल्ती पहिल्याएको बताए । 'हामी हाम्रो सिस्टमभन्दा बाहिर गयौं,' उनले भने,'हार हाम्रा लागि अप्रत्याशित थिएन । तर हामीले क्षमताअनुसार खेल्न सकेनौं ।' 
जापानका पूर्वकप्तान हिडेतोसी नाकटाले प्रशिक्षक अबर्टो जाचिरोनीको रणनीतिलाई लिएर प्रश्न उठाएका छन् । 'हामीले कस्तो खेल खेल्नेछांै भनेर थाहा पाउनुपर्छ,' उनले प्रशिक्षकबारे गुनासो गरे,'उनले अहिलेसम्म के गर्नर् खोजेको स्पष्ट देखिएको छैन ।' म्यानचेस्टर युनाइटेडका मिडफिल्डर सिन्जी कागावाले अघि बढ्नका लागि धेरै कुराको पछि नलाग्ने बताएका छन् ।
'ग्रिससले हामीलाई आक्रमण गर्छ, हामीसँग अब अरू तरिका छैन, हामीले पनि उनीहरूलाई त्यस्तै गर्नुपर्छ,' कागावाले भने । ग्रिससका प्रशिक्षक फर्नान्डो सान्तोसले आइभरिकोस्टसँगको प्रदर्शनपछि जापानी टिमको कमजोरी औल्याएका छन् । 'हामीले उनीहरूले आइभरिकोस्टसँग खेलेको हेर्‍यौं,' सान्तोसले भने,'हामीले रोमाञ्चक सूचना बटुलेका छौं । खेल्नुअघि हामी त्यसबारे खेलाडीलाई जानकारी दिनेछौं ।'

About the Author

Posted by Unknown on 4:43 PM. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 4:43 PM. Filed under , , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "जापान र ग्रिसस सफलताको खोजीमा"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली