मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Wednesday, June 18, 2014
Posted by Unknown

रोचक खेलमा नेदरल्याण्डसको जित

पोर्टो एलेग्रे, ब्राजिल (एजेन्सी)-सब्सिच्युट मिडफिल्डर मेम्फिस डिपायले निर्णयक गोल गरेपछि चार बर्षअघिको उपविजेता नेदरल्यान्ड्सले रोमाञ्चक खेलमा अस्टे्रेलियालाई ३-२ ले हराएर वुधबार विश्वकप फटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । योसँगै ६ अंक जोडेको नेदरल्यान्ड्स समूह 'बी'बाट नकआउट चरण पुग्ने लगभग पक्का भएको छ ।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई ५-१ ले हराएको नेदरल्यान्ड्सले अग्रता लिन धेरैबेर कुर्नुपरेन । आर्जेन रोबेनले २० औं मिनेटमै लोभलाग्दो गोल गर्दै डच टिमलाई १-० ले अघि बढाए । डेली ब्लिन्डको पासमा नियन्त्रण गर्दै अगाडि लगेको बललाई सेकेन्ड बार च्याप्दै उनले सुन्दर गोलमा परिणत गरेका थिए । उनले डिफेन्डिङ च्याम्पियन स्पेनविरुद्ध दुई गोल गरेका थिए ।

तर, नेदरल्यान्ड्सको अग्रता लामो समय टिकेन । टिम केहिलले गोल गर्दै अस्टे्रेलियालाई २१ औं मिनेटमै १-१ को बराबरीमा पुर्‍याए । यो गोल पनि निक्कै उत्कृष्ट रह्यो । रायन म्याकगोवनले मैदानको मध्य क्षेत्रबाट उपलब्ध गराएको बललाई उनले बायाँ खुट्टाले 'भली' गरेका थिए । त्यसमा बलले पोष्ट चुम्दै गोल लाइन पार गरेको थियो । उनले अल्लिो खेलमा चिलीविरुद्ध पनि गोल गरेका थिए ।
ब्रोजोभिचको क्रसमा डच खेलाडी जानमाटको हातमा बल लागेपछि रेपि|mले ५४ औं मिनेटमा अस्टे्रेलियालाई पेनाल्टी प्रहार गर्ने अवसर दियो । त्यसमा कप्तान माइल जेडिनाकले सहजै गोल गर्दै अस्टे्रलियालाई २-१ को अविश्वसनीय अग्रता दिलाए । तर, उसले अग्रता जोगाउन सकेन ।
डच कप्तान रोबिन भान पर्सीले ५८ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई २-२ को बराबरीमा पुर्‍याए । मिडफिल्डर वेस्ली स्नाइडरको चलाखीपूर्ण पासमा डिपायले दिएको बललाई भान पर्सीले उक्त गोल गरेका थिए । स्पेनविरुद्ध दुई गोल गरेका उनले यो विश्वकपमा गोल संख्या ३ पुर्‍याए । डिपाय र स्नाइडरले मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै अस्टे्रेलियन डिफेन्सलाई दबाबमा राखे ।
एसियन टिम अस्टे्रेलियाले ६७ औं मिनेटमा अग्रता लिने राम्रो अवसर पाएको थियो । ओयरको क्रसमा सिक्स यार्ड बक्सनिर रहेका लेकीले छातीले बललाई पोष्टको दिशातर्फ प्रहार गरेपनि डच किपर सिलेसेनले असफल पारिदिएका थिए । लगत्तै सिर्जना गरेको अवसरमा गोल गर्दै नेदरल्यान्ड्स फेरि अगाडि बढ्यो ।
सब्स्िटच्युट मिडफिल्डर मेम्फिस डिपेले अस्टे्रेलियन क्षेत्रमा खुलेर खेल्ने अवसर उपयोग गर्दै पेनाल्टी क्षेत्रबाहिरैबाट ६८ औं मिनेटमाप्रहार गरेको बलले जाली चुमेपछि नेदरल्यान्ड्सले ३-२ को अग्रता लियो । जोनाथन डे गुजजमानको पासमा डिपेले प्रहार गरेको बल अस्टो्रेलियन किपर रायन पनि रोक्न असफल रहे । अन्ततः त्यही अग्रता जोगाएर नेदरल्यान्ड्सले विश्वकपमा लगातार दोस्रो जित हात पार्‍यो ।
खेल निक्कै रोमाञ्चक रह्यो । दुवै टिमले आक्रमक खेल पस्किए । दुवैले एकपछि अर्को गर्दै निरन्तर गोलका अवसर सिर्जना गरे । यस्तोमा नेदरल्यान्ड्सले स्पेनविरुद्ध दोस्रो हाफमा गारेको प्रदर्शन अस्टे्रेलियाविरुद्ध देखाउन सकेन । अस्टे्रेलियाले भने चिलीविरुद्धको खेलको तुलनामा उत्कृष्ट प्रदर्शन गर्‍यो । उसले पहिलो खेलमा चिलीसँग ३-१ को हार बेहोरेको थियो ।
ब्रुनो मार्टिन्स इन्डीलाई फल गरेपछि केहिलले ४३ औं मिनेटमा पहेंलो कार्ड बेहोरे । दुई पहेंलो कार्ड भएकोले उनले समूह चरणको तेस्रो खेल गुमाउनेछन् । त्यसमा चोट बेहोरेका इन्डी तत्काल मैदानबाटै बाहिरिए । उनको स्थान मेम्पिmस डिपायले लिए । अस्टे्रेलियाका स्पिरानोभिचलाई कुहिनाले प्रहार गरेकाले पहेंलो कार्ड पाएका डच कप्तान रोबिन भान पर्सी पनि चिलीविरुद्ध खेल्न पाउने छैनन् । उनले अघिल्लो खेलमा पनि पहेंलो कार्ड बेहोरेका थिए ।
लुईस भान गालले स्पेनविरुद्धजस्तै अस्टे्रेलियासँग पनि ५-३-२ को संरचनामा टिम उतारेका थिए । उनले डिपेलाई मैदान पठाएर दोस्रो हाफमा भने ४-४-२ को स्वरुप अपनाएका थिए । अस्टे्रेलियाल ४-५-१ को शैलीमा खेलेको थियो ।
समूह 'बी'को खेलको छैटौं मिनेटमै नेदरल्यान्ड्सले अग्रता लिने अवसर पाएको थियो । तर, स्पिरानोभिचले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको बल रोबेनले नियन्त्रणमा राख्न सकेनन् र नेदरल्यान्ड्स चाँडै अग्रता लिन चुक्यो । लगत्तै अस्ट्रेलियाले पनि गोलको अवसर गुमायो । डच डिफेन्सको गल्तीमा माकयले १० औं मिनेटमा प्रहार गरेको बल डिफेन्डर गोलकिपर सिलेसेनले क्लियर गरे ।

About the Author

Posted by Unknown on 5:20 PM. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 5:20 PM. Filed under , , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "रोचक खेलमा नेदरल्याण्डसको जित"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली