Published On:Thursday, June 12, 2014
Posted by Unknown
वर्ल्डकप-२०१४ को सुरक्षाका लागि शक्तिशाली रोबर्ट (भिडियो सहित)
ब्राजीलमा आज रातिदेखि सुरु हुने फीफा विश्वकपमा बिशेष सुरक्षा व्यवस्थाको जिम्मा कुनै मानव सुरक्षाकर्मीले नभई रोबर्टले लिएको छ । यो सैन्य रोबोट्स ब्राजिलको १२ वटा ठुला शहरको सुरक्षामा तैनाथ रहनेछन् । ब्राजीलले अमेरिकाको एक कम्पनी-आईरोबोटसंग ७२ लाख डलरमा यस्तो रोबोर्ट भाडामा लिएको हो, जसले विश्वकप भर सिंगो सहरको सुरक्षा गर्नेछ ।
यस्तो प्रकृतिको सैन्य रोबोटलाई पैकबट्स भन्ने गरिन्छ र यसलाई मेसाच्यूसेट्स नामक कम्पनी आईरोबोटले बनाएको हो । यी रोबोटमा संकास्पद देखिने वा लाग्ने वस्तुको पहिचान गर्न सक्ने खास प्रोग्राम सेट गरिएको हुन्छ । सबै रोबोटले अपराधिक क्रियाकलापमा संग्लन तथा संकास्पद व्यक्तिलाई वा वस्तुलाई नौमाइल प्रतिघण्टाको रफ्तारमा पकड्न सक्छ । यो जस्तोसुकै जमीनमा हिड्न तथा दौडन सक्छ र पानी २ मिटरको गहिराईसम्म उत्रेर आफ्नो काम गर्न सक्छ ।
पैकबट्समा जीपीएस, भिडियो इमेज डिसप्ले, सिस्टम मनिटरिंग, इलेक्ट्रनिक कम्पास र टेम्प्रेचर सेंसर लगाइएको छ । यस्तो रोबोट पेंटियम आधारित कम्प्युटरबाट संचालित हुनेगर्छ ।
भिडियो समेत हेर्नुहोस यस्तो रबर्टले कसरी काम गर्छ ?