मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Monday, June 16, 2014
Posted by Unknown

जर्मनीको जितमा मुलरको ह्याट्रिक


साल्भाडोर- थोमस मुलरले विश्वकप २०१४ को पहिलो ह्याटि्रक गरेपछि जर्मनीले सोमबार पोर्चुगललाई एकपक्षीय रूपमा ४-० ले हरायो । जितले जर्मन टिम समूह 'जी' को शीर्ष स्थानमा रहेर दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ । चार वर्ष अगाडि दक्षिण अफ्रिकामा सर्वाधिक पाँच गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका मुलर ब्राजिली भूमिमा छाउन सफल रहे ।
मुलरको यो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक हो र विश्वकपमा उनको व्यक्तिगत गोल संख्या सात खेलमा आठ पुगेको छ । जहाँ जर्मनीका लागि ब्राजिल यात्राको पहिलो खेल प्रभावशाली रह्यो, ठीक त्यहीं पोर्चुगलका लागि केही पनि राम्रो रहेन । पोर्चुगलले अधिकांश समय दस खेलाडीमा सीमित रहेर खेलेको थियो । रोनाल्डो पनि फिक्का देखिए र उनले कुनै जादुयी खेल प्रदर्शन गर्न सकेनन् ।

हारपछि पोर्चुगलले आफ्नो दोस्रो खेलमा उत्कृष्ट पुर्नआगमन गर्नु पर्नेछ । जर्मनीले मुलरको पेनाल्टी गोलबाट १२ औं मिनेटमा अग्रता लिएको थियो । मारियो गोट्जलाई जाओ परेराले पोर्चुगाली पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीलाई बायर्न म्युनिख खेलाडी मुलरले सजिलै गोलमा परिणत गरे । म्याट्स हुमेल्सले ३२ औं मिनेटमा दोस्रो गोल थपे ।

टोनी क्रोजको कर्नरमा बोर्सिया डर्टमन्ड डिफेन्डरले शक्तिशाली हेड गर्दै बललाई पोस्टको दिशा दिएका हुन् । लगतै मुलरलाई टाउकोले ठक्कर दिएपछि पोर्चुगाली डिफेन्डर पेपे रातो कार्ड खाँदै ३७ औं मिनेटमा मैदान छाड्न बाध्य रहे । इन्ज्युरी समयको पहिलो मिनेटमा मुलरले दुई पोर्चुगाली डिफेन्डरबीच प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

मुलरको ह्याट्रिक भने ७८ औं मिनेटमा पूरा भएको थियो । आन्द्रेयी स्कलरको पासमा मुलरले आफ्नो तेस्रो गोल पूरा गरे । अब मुलरसामु लगातार दोस्रो विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट अवार्ड जित्ने सम्भावना रहेको छ ।

About the Author

Posted by Unknown on 5:15 PM. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 5:15 PM. Filed under , , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "जर्मनीको जितमा मुलरको ह्याट्रिक"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली