कोरिया र रुसले अंक बाडे
आफ्नै क्षेत्रमा आएको बलले अकिनफिवले रोक्दारोक्दै गोललाइन पार गरेको थियो ।
तर, कोरियाको अग्रता धेरैबेर टिकेन । अलेक्जेन्डर केर्जाकोभले ७४ औं मिनेटमा गोल गर्दै रुसलाई १-१ को बराबरीमा पुर्याएका थिए । निरन्तर आक्रमण गर्ने क्रममा आन्द्रे एसेन्कोले उपलब्ध गराएको बललाई नजिकबाट उनले गोल गर्दै रुसलाई १ अंक दिलाएका थिए ।
एरेना पन्तनल कुइएबा दक्षिण कोरियाविरुद्ध रुसको खेल विश्वकप २०१४ मा तेस्रो बराबरी नतिजा हो । यी दुई टिम रहेको समूह एचको पहिलो खेलमा वेल्जियमले अल्जेरियालाई २-१ ले पराजित गरेर ३ अंक जोड्यो । कोरियाविरुद्ध रुसको खेलसगै विश्वकप २०१४ मा समूह चरणमा एक चरणको खेल पूरा भएका छन् ।