News Ticker

sports

Ambassador Bodde Opens English Access Microscholarship Programs in Morang

Posted by Unknown | Friday, June 27, 2014 | Posted in

http://quick-answer.blogspot.comJune, 27- Kathmandu,  The United State(US) Ambassador Peter W. Bodde launched the English Access Microscholarship Programs in Itahari and Morang, Wednesday.

The English Access Microscholarship Program – more commonly known as the Access Program – provides a foundation of English language skills and leadership skills to disadvantaged youth.  This is done through a two-year program of after-school classes and extracurricular activities.  In addition to English, Access students learn about American culture and democratic values.  They also develop leadership skills and discover ways to help their communities through volunteer service.

Talking to the new Access students in Itahari,  mbassador Bodde said: “I want to tell you, the new Access students, that we believe in you.  If you
work hard in this program, you can achieve great things.  We’re offering
you education and training so you can go on to study in college,
university and beyond.  At the end of this two-year program, your English
and public speaking skills will be better, and we expect you to take these
skills and become leaders in your schools and in your communities.  I have
high expectations for all of you.”

The Access program is world-wide.  Since it started in 2003, over 95,000
students in more than 85 countries have participated in the program.  In
Nepal, the Access Program began in 2011, and 280 students have graduated
so far.  Currently, there are 320 students enrolled in Access classes across Nepal.

सुआरेज चम्किदा इंल्याण्ड स्तब्ध

Posted by Unknown | Thursday, June 19, 2014 | Posted in , , , ,

लुईस सुआरेजको दुई गोल गरेपछि उरुग्वेले कठिन खेलमा इंल्याण्डलाई २ १ ले हराएर नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ । चोटमुक्त भएर मैदान फर्केका सुआरेजले ३९ औं मिनेटमा हेडमार्फत गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए ।

एडिन्सन काभानीले उपलब्ध गराएको बललाई उनले पोष्टको दिशा दिएका थिए । तर, वायन रोनीले ७५ औं मिनेटमा गोल गर्दै इंल्याण्डलाई बराबरी स्थितिमा फर्काए । रोनीले ग्लेन जोनसोनको क्रसमा वान टच गोल गरेका थिए । त्यसपछि स्वारेजले उरुग्वेका लागि ८५ औं मिनेटमा निणर्ायक गोल गरेर उरुग्वेलाई ३ अंक दिलाए ।
इंल्याण्डले आकर्षक खेल पस्कियो । उसले निरन्तर आक्रमण पनि गर्यो तर उरुग्वेको बलियो डिफेन्सलाई चिर्न सकेन । त्यसैले खेल नियन्त्रणमा राखेर पनि इंल्याण्डले चाहिएको जित निकाल्न सकेन । उरुग्वेले सुआरेजको पुनरागमनमा सुधारिएको खेल पस्कियो ।
उरुग्वले समूह चरणको अन्तिम खेल इटालीविरुद्ध खेल्नेछ । इटालीसंग पराजित इंल्याण्डले अर्को खेल कोष्टारिकासंग खेल्नेछ । समूह डि को खेलमा भोलि इटाली र कोष्टारिका भिड्दैछन् । त्यसमा जित पाए इटाली एक खेल अगावै अन्तिम चरणमा पुग्नेछ । यस्तोमा अर्को टिमको छिनोफानो समूहको अन्तिम खेलबाट हुनेछ ।

जापान र ग्रिसस सफलताको खोजीमा

Posted by Unknown | | Posted in , , , ,

नाटल (एएफपी)- जापान र ग्रिससले विश्वकपमा खराब सुरुआत गरे । दुवैले पहिलो खेेल गुमाए । दुवै टिम बिहीबार एकापसमा भिड्दै छन् । यो खेलको हारले दुईमध्ये एक टिमको विश्वकप यात्रामाथि पूर्णविराम लाग्नेछ । जापानले आइभरिकोस्टसँग २-१ को हार बेहोरेको थियो भने ग्रिससलाई कोलम्बियाले शनिबार ३-० ले हरायो ।

त्यसैले यो खेलको हारले दुईमध्ये एक टिम समूह 'सी' बाट बिदा हुनेछन् ।
 कोलम्बिया र आइभरिकोस्टबीचको खेलको नतिजाले पनि दुईमध्ये एक टिमको भविष्यबारेटुंगो लाग्नेछ । जापानका डिफेन्डर माया योसिदाले ग्रिससविरुद्धको खेल महत्त्वपूर्ण रहेको बताए । उनले भने,'पक्कै हामीले पहिलो खेल हार्‍यौं । हामी निकै दुःखी पनि भयौं । तर अझै हामीसँग दुई खेल बाँकी छन् ।' एसियन जायन्ट जापान विश्वकपको इतिहासमा तेस्रो पटकमात्र नकआउट चरण पुग्न सफल भएको छ । 'ग्रिससले पनि पहिलो खेलमा हार बेहोरेको छ, तर ऊसँग राम्रा डिफेन्डर छन्,' योसिदाले भने । केइसुकी होन्डाले पहिलो हारपछि टिमले गल्ती पहिल्याएको बताए । 'हामी हाम्रो सिस्टमभन्दा बाहिर गयौं,' उनले भने,'हार हाम्रा लागि अप्रत्याशित थिएन । तर हामीले क्षमताअनुसार खेल्न सकेनौं ।' 
जापानका पूर्वकप्तान हिडेतोसी नाकटाले प्रशिक्षक अबर्टो जाचिरोनीको रणनीतिलाई लिएर प्रश्न उठाएका छन् । 'हामीले कस्तो खेल खेल्नेछांै भनेर थाहा पाउनुपर्छ,' उनले प्रशिक्षकबारे गुनासो गरे,'उनले अहिलेसम्म के गर्नर् खोजेको स्पष्ट देखिएको छैन ।' म्यानचेस्टर युनाइटेडका मिडफिल्डर सिन्जी कागावाले अघि बढ्नका लागि धेरै कुराको पछि नलाग्ने बताएका छन् ।
'ग्रिससले हामीलाई आक्रमण गर्छ, हामीसँग अब अरू तरिका छैन, हामीले पनि उनीहरूलाई त्यस्तै गर्नुपर्छ,' कागावाले भने । ग्रिससका प्रशिक्षक फर्नान्डो सान्तोसले आइभरिकोस्टसँगको प्रदर्शनपछि जापानी टिमको कमजोरी औल्याएका छन् । 'हामीले उनीहरूले आइभरिकोस्टसँग खेलेको हेर्‍यौं,' सान्तोसले भने,'हामीले रोमाञ्चक सूचना बटुलेका छौं । खेल्नुअघि हामी त्यसबारे खेलाडीलाई जानकारी दिनेछौं ।'

कोलम्बियाको लगातार दोस्रो जित

Posted by Unknown | | Posted in , , , ,

कोलम्बियाले विश्वकप २०१४ मा बिहीबार लगातार दोस्रो जित निकालेको छ । उसले समूह 'सी' को खेलमा अफ्रिकी प्रतिद्वन्द्वी आइभरीकोस्टलाई स्टाडियो नासिनाल डे ब्रासिलामा २-१ ले हरायो । दक्षिण अमेरिकी टिम यस जितसँगै छ अंकमा समूहको शीर्ष स्थानमा रह्यो र उसको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।

कोलम्बियाले विश्वकप इतिहासमा लगातार दुई जित हात पारेको यो पहिलो पल्ट हो । पराजित कोस्टारिका तीन अंकमा दोस्रो स्थानमा छ । यस समूहमा अरु दुई टिम जापान र ग्रिस जित विहीन छन् । यस समूहबाट कोलम्बियाको दोस्रो चरण पुग्ने यात्रा शुक्रबार जापान र ग्रिस हुने खेलले तय गर्नेछ । कोलम्बियाले आफ्नो पहिलो खेलमा ग्रिसलाई पराजित गरेको थियो ।

आफ्नो अन्तिम लिग खेलमा उसले जापानको सामना गर्नेछ । गोलरहित पहिलो हाफपछि खेलले रोमाञ्चक रूप लिएको हो । कोलम्बियाले ६४ औं मिनेटमा जेम्स रोडरिगेको गोलले अग्रता लिन सफल रह्यो । जुवान कुड्राडोको कर्नरमा शक्तिशाली हेड गर्दै रोड्रिग्वेजले गोलको खाता खोले । कोलम्बियाको दोस्रो गोल ७० औं मिनेटमा सम्भव भयो, जति बेला आइभरीकोस्टको कमजोर क्लियरेन्समा सब्टिच्युट जुवान क्वान्टेरोले गोल गरे ।

लगतै ७३ औं मिनेटमा आइभरीकोस्टले एक गोल फर्कायो र यसपल्टको विश्वकपको अहिलेसम्मकै उत्कृष्ट व्यक्तिगत गोल रह्यो । गेरभिन्होले कोलम्बियाली डिफेन्डरलाई एकपछि अर्को गोल गर्दै छलाएर सुन्दर गोल गरे । आइभरीकोस्टले दोस्रो हाफमा अनुभवी डिडिएर ड्रोग्बालाई उतारे उनले जादुयी प्रदर्शन दोहराउन सकेनन् ।

रोचक खेलमा नेदरल्याण्डसको जित

Posted by Unknown | Wednesday, June 18, 2014 | Posted in , , , ,

पोर्टो एलेग्रे, ब्राजिल (एजेन्सी)-सब्सिच्युट मिडफिल्डर मेम्फिस डिपायले निर्णयक गोल गरेपछि चार बर्षअघिको उपविजेता नेदरल्यान्ड्सले रोमाञ्चक खेलमा अस्टे्रेलियालाई ३-२ ले हराएर वुधबार विश्वकप फटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । योसँगै ६ अंक जोडेको नेदरल्यान्ड्स समूह 'बी'बाट नकआउट चरण पुग्ने लगभग पक्का भएको छ ।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई ५-१ ले हराएको नेदरल्यान्ड्सले अग्रता लिन धेरैबेर कुर्नुपरेन । आर्जेन रोबेनले २० औं मिनेटमै लोभलाग्दो गोल गर्दै डच टिमलाई १-० ले अघि बढाए । डेली ब्लिन्डको पासमा नियन्त्रण गर्दै अगाडि लगेको बललाई सेकेन्ड बार च्याप्दै उनले सुन्दर गोलमा परिणत गरेका थिए । उनले डिफेन्डिङ च्याम्पियन स्पेनविरुद्ध दुई गोल गरेका थिए ।

तर, नेदरल्यान्ड्सको अग्रता लामो समय टिकेन । टिम केहिलले गोल गर्दै अस्टे्रेलियालाई २१ औं मिनेटमै १-१ को बराबरीमा पुर्‍याए । यो गोल पनि निक्कै उत्कृष्ट रह्यो । रायन म्याकगोवनले मैदानको मध्य क्षेत्रबाट उपलब्ध गराएको बललाई उनले बायाँ खुट्टाले 'भली' गरेका थिए । त्यसमा बलले पोष्ट चुम्दै गोल लाइन पार गरेको थियो । उनले अल्लिो खेलमा चिलीविरुद्ध पनि गोल गरेका थिए ।
ब्रोजोभिचको क्रसमा डच खेलाडी जानमाटको हातमा बल लागेपछि रेपि|mले ५४ औं मिनेटमा अस्टे्रेलियालाई पेनाल्टी प्रहार गर्ने अवसर दियो । त्यसमा कप्तान माइल जेडिनाकले सहजै गोल गर्दै अस्टे्रलियालाई २-१ को अविश्वसनीय अग्रता दिलाए । तर, उसले अग्रता जोगाउन सकेन ।
डच कप्तान रोबिन भान पर्सीले ५८ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई २-२ को बराबरीमा पुर्‍याए । मिडफिल्डर वेस्ली स्नाइडरको चलाखीपूर्ण पासमा डिपायले दिएको बललाई भान पर्सीले उक्त गोल गरेका थिए । स्पेनविरुद्ध दुई गोल गरेका उनले यो विश्वकपमा गोल संख्या ३ पुर्‍याए । डिपाय र स्नाइडरले मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै अस्टे्रेलियन डिफेन्सलाई दबाबमा राखे ।
एसियन टिम अस्टे्रेलियाले ६७ औं मिनेटमा अग्रता लिने राम्रो अवसर पाएको थियो । ओयरको क्रसमा सिक्स यार्ड बक्सनिर रहेका लेकीले छातीले बललाई पोष्टको दिशातर्फ प्रहार गरेपनि डच किपर सिलेसेनले असफल पारिदिएका थिए । लगत्तै सिर्जना गरेको अवसरमा गोल गर्दै नेदरल्यान्ड्स फेरि अगाडि बढ्यो ।
सब्स्िटच्युट मिडफिल्डर मेम्फिस डिपेले अस्टे्रेलियन क्षेत्रमा खुलेर खेल्ने अवसर उपयोग गर्दै पेनाल्टी क्षेत्रबाहिरैबाट ६८ औं मिनेटमाप्रहार गरेको बलले जाली चुमेपछि नेदरल्यान्ड्सले ३-२ को अग्रता लियो । जोनाथन डे गुजजमानको पासमा डिपेले प्रहार गरेको बल अस्टो्रेलियन किपर रायन पनि रोक्न असफल रहे । अन्ततः त्यही अग्रता जोगाएर नेदरल्यान्ड्सले विश्वकपमा लगातार दोस्रो जित हात पार्‍यो ।
खेल निक्कै रोमाञ्चक रह्यो । दुवै टिमले आक्रमक खेल पस्किए । दुवैले एकपछि अर्को गर्दै निरन्तर गोलका अवसर सिर्जना गरे । यस्तोमा नेदरल्यान्ड्सले स्पेनविरुद्ध दोस्रो हाफमा गारेको प्रदर्शन अस्टे्रेलियाविरुद्ध देखाउन सकेन । अस्टे्रेलियाले भने चिलीविरुद्धको खेलको तुलनामा उत्कृष्ट प्रदर्शन गर्‍यो । उसले पहिलो खेलमा चिलीसँग ३-१ को हार बेहोरेको थियो ।
ब्रुनो मार्टिन्स इन्डीलाई फल गरेपछि केहिलले ४३ औं मिनेटमा पहेंलो कार्ड बेहोरे । दुई पहेंलो कार्ड भएकोले उनले समूह चरणको तेस्रो खेल गुमाउनेछन् । त्यसमा चोट बेहोरेका इन्डी तत्काल मैदानबाटै बाहिरिए । उनको स्थान मेम्पिmस डिपायले लिए । अस्टे्रेलियाका स्पिरानोभिचलाई कुहिनाले प्रहार गरेकाले पहेंलो कार्ड पाएका डच कप्तान रोबिन भान पर्सी पनि चिलीविरुद्ध खेल्न पाउने छैनन् । उनले अघिल्लो खेलमा पनि पहेंलो कार्ड बेहोरेका थिए ।
लुईस भान गालले स्पेनविरुद्धजस्तै अस्टे्रेलियासँग पनि ५-३-२ को संरचनामा टिम उतारेका थिए । उनले डिपेलाई मैदान पठाएर दोस्रो हाफमा भने ४-४-२ को स्वरुप अपनाएका थिए । अस्टे्रेलियाल ४-५-१ को शैलीमा खेलेको थियो ।
समूह 'बी'को खेलको छैटौं मिनेटमै नेदरल्यान्ड्सले अग्रता लिने अवसर पाएको थियो । तर, स्पिरानोभिचले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको बल रोबेनले नियन्त्रणमा राख्न सकेनन् र नेदरल्यान्ड्स चाँडै अग्रता लिन चुक्यो । लगत्तै अस्ट्रेलियाले पनि गोलको अवसर गुमायो । डच डिफेन्सको गल्तीमा माकयले १० औं मिनेटमा प्रहार गरेको बल डिफेन्डर गोलकिपर सिलेसेनले क्लियर गरे ।

डिफेन्डिङ च्याम्पियन स्पेन बाहिरियो

Posted by Unknown | | Posted in , , , ,

डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकप २०१४ बाट बाहिरिएको छ । अन्तर्राष्ट्रिय फुटबलमा तीन ठूला प्रतियोगिताको पछिल्लो विजेता रहेको स्पेनले समूह 'बी' मा आफ्ना सुरुआती दुवै खेल गुमाएपछि यो दुर्भाग्य बेहोर्नु परेको हो । ऐतिहासिक माराकाना फुटबल मैदानमा स्पेन चिलीको हातबाट बिहीबारको खेलमा २-० ले पराजित रह्यो ।

दुवै गोल पहिलो हाफमा भएका थिए । समूहको यसअघिको खेलमा नेदरल्यान्ड्सले अस्टे्रलियालाई ३-२ ले हराएको थियो । यस्तोमा दुई दुई खेल जितेर नेदरल्यान्ड्स र चिली यसपल्टको विश्वकपमा दोस्राे चरण पुग्ने पहिलो दुई टिम भएका छन् । समान छ अंकमा गोल अन्तरले नेदरल्यान्ड्स पहिलो स्थानमा छ । उनीहरूबीचको खेलले अब समूह विजेताको निर्णय हुनेछ ।

स्पेनको हारले लगातार दुई हार बेहोरेको अस्टे्रलियाको सम्भावना पनि समाप्त भएको छ । अब स्पेन र अस्टे्रलियाबीचको खेलले कुनै औपचारिक महत्त्व बोक्ने छैन् । स्पेन समूहको अन्तिम स्थानमा छ । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा स्पेनको प्रभुत्व पनि समाप्त भएको छ । प्रशिक्षक भिन्सेन्ट डेल बस्कको स्पेन दुई पल्टको युरोपेली उपाधिको डिफेन्डिङ च्याम्पियन नि हो ।

चिलीले २० औं मिनेटमा एडुरर्डो भारगासको गोलले अग्रता लिएको थियो । एलेक्सेस सान्चेजले सिर्जना गरेको मौकामा चाल्र्स एरागुजले पास मिलाएपछि भारगासले सुन्दर गोल गरेका हुन् । त्यस अवसरमा स्पेनी गोलरक्षक इकेर कासियासले बचाउको कुनै मौका नै पाएनन् । दोस्रो गोल कसियासकै भुलले सम्भव भएको थियो ।

सान्चेजको फ्रि-किकलाई राम्रोसँग क्लियर गर्न नसकेपछि नेपोलीको फरवार्ड एरागुजले गोल गरेका हुन् । स्पेनले ब्राजिलमा यसपल्ट दुई खेलमा सात गोल खाएको छ र यो उसले पछिल्ला १२ विश्वकप संस्करणमा समग्रमा खाएको गोल संख्या बराबर भएको छ । स्पेन नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ५-१ ले पराजित रहेको थियो ।

क्रोएसियाको ऐतिहासिक जितमा क्यामरुन निरिह

Posted by Unknown | | Posted in , , , ,

मानुस,ब्राजिल-क्यामरुनविरुद्ध ४ ० को ऐतहासिक जित दर्ता गर्दा क्यामरुनले जारी विश्वकपमा दोस्रो चरण पुगने सम्भावना खुला राखेको छ । पहिलो हाफमा एलेक्स सङले रेडकार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सीमित क्यामरुनलाई क्रोएसियालाई खेल अवधीभर निरिह बनायो ।

जितसंगै क्रोएसियाको दोस्रो चरणको सम्भावना जिवित बनेको छ । समूह ए को अन्य टोली ब्राजिल र मेक्सिकोको दुई खेलसहित समान ४ अंक छ । क्यामरुनले विश्वकपमा आज सबैभन्दा ठूलो अन्तरको जित हासिल गरेको हो ।

क्रोएसियाको लागि पहिलो हाफको ११ औं मिनेटमा ईभिका ओलिकले अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा ईभान पेरिसिकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । क्यामरुनका गोलकिपर इटाड्जे अघि बढेको मौका सदुपयोग गर्दै पेरिसिकले गोल गरेका थिए ।

७३ औं मिनेटमा मारियो मान्डुकिजले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । उनले कर्नरमा पाएको हेडमार्फत गोल गरेका हुन् । त्यसको केही बेरपछि नै मान्डुकिजले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४ ० को स्थितिमा पुर्याए ।

आजको हारसंगै क्यामरुन विश्वकपमा लगाचार ६ खेल हार्ने दोस्रो टोली बनेको छ  । यसअघि यो रेकर्ड स्वीटजरल्याण्डको नाममा थियो । घाइते स्ट्राईकर स्यामुयल ईटाको उपस्थिति बिना मैदान भित्रिएको क्यामरुन टोलीले केही राम्रा अवसर पनि सदुपयोग गर्न सकेन ।

मान्डुकिजलाई लडाएपछि रातो कार्ड पाएका सङको बहिर्गमनपछि क्यामरुन झन् कमजोर बन्यो ।

समूह ए को पहिलो खेलमा क्यामरुन ब्राजिसंग ३ १ गोल अन्तरले पराजित भएको थियो । दुई खेलमा हार व्यहोरेको क्यामरुन समूहमा अंक विहिन छ । मेक्सिकोविरुद्ध जित दर्ता गरे क्यामरुन सन् १९९८ पछि पहिलो पटक दोस्रो चरणमा पुग्नेछ । सन् १९९८ मा क्यामरुन सेमीफाइनलसम्म पुगेको थियो ।

कोरिया र रुसले अंक बाडे

Posted by Unknown | Tuesday, June 17, 2014 | Posted in , , , ,

दक्षिण कोरियाले १-० को अग्रता लिएर पनि रुसविरुद्ध १-१ नतिजा निकाल्दै अंक बाडेर विश्वकप २०१४ को यात्रा वुधबार सुरुआत गरेको छ । एसियाली महारथी दक्षिण कोरियाले सब्स्सिच्युट ली कुन-होले पेनाल्टी क्षेत्रबाहिरैबाट ६८ औं मिनेटमा प्रहार गरेको बल रुसका गोलकिपर अकिनफिवको कमजोरीमा गोलमा परिणत भएको थियो ।

आफ्नै क्षेत्रमा आएको बलले अकिनफिवले रोक्दारोक्दै गोललाइन पार गरेको थियो ।
तर, कोरियाको अग्रता धेरैबेर टिकेन । अलेक्जेन्डर केर्जाकोभले ७४ औं मिनेटमा गोल गर्दै रुसलाई १-१ को बराबरीमा पुर्‍याएका थिए । निरन्तर आक्रमण गर्ने क्रममा आन्द्रे एसेन्कोले उपलब्ध गराएको बललाई नजिकबाट उनले गोल गर्दै रुसलाई १ अंक दिलाएका थिए ।
एरेना पन्तनल कुइएबा दक्षिण कोरियाविरुद्ध रुसको खेल विश्वकप २०१४ मा तेस्रो बराबरी नतिजा हो । यी दुई टिम रहेको समूह एचको पहिलो खेलमा वेल्जियमले अल्जेरियालाई २-१ ले पराजित गरेर ३ अंक जोड्यो । कोरियाविरुद्ध रुसको खेलसगै विश्वकप २०१४ मा समूह चरणमा एक चरणको खेल पूरा भएका छन् ।

ब्राजिल मेक्सिको बराबरी

Posted by Unknown | | Posted in , , , ,

फोरटलेजा- विश्वकप २०१४ को आप\mनो दोस्रो खेलमा ब्राजिल बुधबार मेक्सिकोको हातबाट गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलले लगातार आक्रमण बुनेपनि गोल गर्न सकेन् । यससँगै समूह 'ए' मा दुवै टिम समान चार/चार अंकमा रहे । गोल अन्तरमा ब्राजिल अगाडि रहेको छ ।

 यो समूहका अरु टिम क्यामरुन र क्रोएसिया अंक विहीन छन् ।

बेल्जियमको अर्को पुर्नआमगन जित

Posted by Unknown | | Posted in , , , ,

बेलोहोरिजेन्टे- बेल्जियम विश्वकप २०१४ मा उत्कृष्ट पुर्नआगमन रच्ने अर्को टिम भएको छ । एक गोलले पछाडि रहेको स्थिति उल्टाउँदै बेल्जियमले मंगलबार स्टोडियो मेनेरियो अल्जेरियालाई २-१ ले हरायो र समूह 'एफ' मा सुरुआती अग्रता लिन सफल रह्यो ।

यसपल्टको विश्वकपमा बेल्जियम पछाडि रहेर पनि खेल जित्न सफल छैटौं टिम बनेको छ ।

उसका लागि दुवै गोल सब्टिच्युट खेलाडीले गरे । बेल्जियमका लागि डि्रस मार्टेन्सले ८० औं मिनेटमा विजयी गोल गरे । एडन हेजार्डको पासमा नेपोलीका खेलाडी मार्टेन्सले बललाई पोस्टको जाली चुमाए र कर्नरतर्फ गएर खुसीयाली मनाए । यसपल्टको विश्वकपमा 'डार्क हर्स' मानिएको बेल्जियम प्रतियोगितामा लामो समयसम्म रहन सक्ने बलियो टिमका रूपमा रहेको छ ।

म्यानचेस्टर युनाइटेडका मरोउने फेलानीले ७० औं मिनेटमा हेडबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । फेलानीले अल्जेरियाली डिफेन्सलाई तोड्दै गोल गरेका हुन् । यसअघि अल्जेरियाले २४ औं मिनेटम सोफिने फेघोलीको गोलले अग्रता लिएको थियो । उनले पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् ।

बेल्जियमका डिफेन्डर जान भेरटोगनले फेघोलीलाई आप\mनो पेनाल्टी एरियामा लडाएपछि अल्जेरियाले पेनाल्टीको अवसर पाएको थियो । बेल्जियमले दोस्रो हाफमा उत्कृष्ट पुर्नआगमन रच्दै अल्जेरियालाई दबाबमा राख्न सफल भएको हो । यो समूहका अरु टिममा रुस र दक्षिण कोरिया रहेका छन् ।

ब्राजिलको आँखा दोस्रो चरणमा

Posted by Unknown | | Posted in , , , ,

ब्राजिलले विश्वकप २०१४ को आफ्नो दोस्रो खेलमा मंगलबार मेक्सिकोको सामना गर्नेछ र उसको उद्देश्य रहनेछ, जितसँगै दोस्रो चरणमा पुग्ने । ब्राजिलले समूह 'ए' को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३-१ ले हराएको थियो । उत्तरपूर्वी सहर फोटेलेजामा हुने खेलमा ब्राजिलले मेक्सिकोलाई हराए दोस्रो चरणको बाटो खुल्नेछ ।

मेक्सिकोले आफ्नो पहिलो खेलमा क्यामरुनलाई १-० ले पन्छाएको थियो । यस्तोमा मेक्सिकोको पनि समान उद्देश्य हुनेछ, ब्राजिललाई हराएर दोस्रो चरण पुग्ने । क्यामरुन र क्रोएसियाबीचको अर्को खेल बराबरी भए मंगलबारको विजेता नकआउट चरण पुग्ने निश्चित हुनेछ । 'मेक्सिकोको सामना गर्नु अर्को कठिन खेल हुनेछ,' ब्राजिली प्ले-मेकर ओस्कार मान्छन् ।
उनका अनुसार, 'जुन खेलले अर्को चरण पुग्ने टिमको तय गर्छ, प्रायः त्यस्तो खेल गाह्रो हुने गर्छ ।' ल्याटिन अमेरिकी दुई प्रतिद्वन्द्वीबीच पछिल्ला केही वर्षमा धेरैपल्ट एकापसमा खेल भएको छ । गत वर्ष कनफेडेरेसन कपमा ब्राजिलले मेक्सिकोलाई हराएको थियो । तर सन् २०१२ को ओलम्पिकमा मेक्सिकोले नेयमर र ओस्कार सम्मिलित युवा ब्राजिली टिमलाई पराजित गरेको थियो ।
'त्यो हार अझै पीडादायी छ, हामीले त्यतिबेला मेक्सिकोविरुद्ध जित निकाल्न सक्नुपर्ने थियो,' ओस्कार मान्छन्, 'तर हामीलाई यो पनि राम्रोसँग थाहा छ कि मेक्सिको कति बलियो टिम हो भनेर । यसपल्ट ब्राजिल र मेक्सिको भिड्दा त्यो दुवैका लागि सजिलो खेल हुने छैन । हामी दोस्राे चरण प्रवेशका लागि अन्तिम खेलसम्म कुर्ने पक्षमा छैनौं र सुरुमै ढुक्क हुन चाहन्छौं ।'
कनफेडेरेसन कपको दोस्रो चरणको खेल फोटेलेजामा भएको थियो र त्यसमा ब्राजिल २-० ले विजयी रहेको थियो । त्यसमा नेयमर र जोले गोल गरेका थिए । तर मेक्सिकोले पाँचपल्टको विश्वकप विजेता ब्राजिलविरुद्धका पछिल्ला १५ खेलमध्ये सातमा जित निकालेको छ । अझ पछिल्ला चारमध्ये दुई खेल मेक्सिकोकै पक्षमा थिए ।

अल्जेरियाको सामना गर्दा बेल्जियम आत्मविश्वासी

Posted by Unknown | | Posted in , , , ,

बेलो होरिजोन्टे (एपी)-बेल्जियम १२ वर्षपछि विश्वकपमा फर्कदैछ र यो फर्काइ आत्मविश्वासले भरिएको छ । समूह 'एच' को पहिलो खेलमा अल्जेरियाको सामना गर्दा बेल्जियम राम्रो प्रदर्शनका लागि ढुक्क हुन सक्नेछ, किनभने वर्तमान टिमका खेलाडीलाई मानिएको छ, बेल्जियमको 'स्वणिर्म पुस्ता' खेलाडी ।

अहिले टिमभित्र सुरुआती ११ खेलाडीमा पर्न तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
यो प्रतिस्पर्धा कति चर्को छ भने अभ्यास सत्रमा खेलाडी खेलाडीबीच हानाहानको स्थिति पनि आएको छ । प्रशिक्षक मार्क विलमोट मान्छन्, यो तीव्र प्रतिस्पर्धाको सोचले अन्ततः टिमलाई नै फाइदा पुर्‍याउनेछ । उनको टिमले पछिल्लो समय आक्रामक फुटबल पस्केको छ, तर बेल्जियमलाई के थाहा छैन भने अफ्रिकी टिमको रणनीति के हुनेछ ।
'अल्जेरियाले कस्तो खेल्ने हो, त्यो थाहा छैन । उनीहरूको हजार उपाय होला,' उनी मान्छन्, 'तर हामी त्यसको सामना गर्न पूर्ण सक्षम
छौं ।' यो समूहमा बेल्जियम पहिलो स्थानमा रहेर नकआउट चरण प्रवेशका लागि सबैभन्दा ठूलो दाबेदार मानिएको छ ।
टिममा प्रमुख फरवार्ड क्रिस्टियन बेन्टेके चोटका कारण अनुपस्थित रहे पनि त्यसले चिन्ता उत्पन्न गराएको छैन ।
बेल्जियमसँग युवा तथा प्रतिशाली खेलाडीको लामो सूची छ, जसले स्पेन र इङलिस लिगमा लगातार उत्कृष्ट प्रदर्शन गरेका
छन् । त्यो सूचीमा प्रमुख नाम हुन्, गोलरक्षक थिबुट कोरिटोस, मिडफिल्डर एडेन हेजार्ड र कप्तान भिन्सेन्ट कोम्पनी । अल्जेरिया पनि यसपल्ट सन् १९८२ को उलटफेर नतिजा निकाल्ने उद्देश्यले ब्राजिल आएको छ ।
त्यतिबेला उसले आफ्नो पहिलो खेलमा तात्कालीन युरोपेली विजेता पश्चिम जर्मनीलाई हराएको थियो । यसलाई विश्वकप इतिहासमै अहिलेसम्मकौ सबैभन्दा ठूलो अप्रत्याशित नतिजा मानिएको छ । अहिले पनि अल्जेरियालाई उत्तर अफ्रिकाको सबैभन्दा राम्रो टिम मानिन्छ ।
अल्जेरियाली प्रशिक्षक भाहिद हलिहोडिच पनि मान्छन्, समूहमा बलियो बेल्जियम नै हो । 'हामी बेल्जियमविरुद्ध पहिलो खेल खेल्दैछौं र यो बलियो टिम हो । तर फुटबलमा सबै खाले सम्भावना खुला हुन्छ । ब्राजिलमा अप्रत्याशित नतिजा निकाल्न हामीले धेरै मिहिनेत गरेका छौं । हामीसँग
पनि बलिया पक्ष छन्, जुन ब्राजिलमा देखिनेछ ।'

दक्षिण कोरियाको अनुभवविरुद्ध रुस

Posted by Unknown | | Posted in , , , ,

कुएबा (एपी)- खेलाडीका रूपमा हङ्ग मयङ-बोले चौथो तथा अन्तिम विश्वकप खेल्दा दक्षिण कोरियालाई सन् २००२ मा सेमिफाइनल पुर्‍याएका थिए । यिनै मयङ अहिले दक्षिण कोरियाली टिमका प्रशिक्षक छन् ।

अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धिको १२ वर्षपछि उनको नेतृत्वमा दक्षिण कोरिया समूह 'एच' बाट दोस्रो चरण पुगे, त्यो उत्तिकै ठूलो उपलब्धि हुनेछ ।
दक्षिण कोरियाको एसियाली विश्वकप छनोट राम्रो हुन सकेको थिएन, त्यसैले मंगलबार फाबियो कपेलोको रुसी टिमको सामना गर्दा दक्षिण कोरियालाई आत्मविश्वासको कमी हुनेछ । तर टिमसँग विश्वकप खेल्ने पर्याप्त अनुभव भने रहेको छ । 'चार वर्ष अगाडि हामी नकआउट चरण पुगेका थियौं, यसपल्ट पनि त्यस्तै उपलब्धिका लागि मिहिनेत गर्नेछौं,' मिडफिल्डर कि सुङ-येङ मान्छन् ।
उनलाई राम्रोसँग थाहा छ, यो सजिलो हुने छैन । 'यसपल्ट समूह चरणमा हाम्रा प्रत्येक खेल कठिन छन्,' सुङ-येन मान्छन् । यही समूहमा 'गोल्डेन जेनेरेसन' युक्त बेल्जियम र अल्जेरिया छन् । दक्षिण कोरियाका लागि विश्वकप अगाडिका मैत्रीपूर्ण खेल सुखद रहन सकेको छैन । घानासँगको अन्तिम अभ्यास खेलमा कोरियाली टिम ४-० ले पराजित रहेको थियो ।
नोभेम्बरमा दुबईमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा दक्षिण कोरिया रुसको हातबाट २-१ ले पराजित रहेको थियो । रुसी प्रशिक्षक कपेलोका लागि आफ्नो सर्वाधिक प्रभावशाली खेलाडी तथा मिडफिल्डर रोमन सिरोकोभलाई गुमाउनु चर्को रहेको छ । सिरोकोभ ढाडको चोटका कारण विश्वकप खेल्न असमर्थ भएका हुन् । कपेलोले यसपल्टको ब्राजिल भ्रमण रुसका लागि सन् २०१८ मा आफ्नै देशमा हुने विश्वकपको पूर्वाभ्यास मानेका छन् ।
यस्तोमा रुसी टिममाथि राम्रो प्रदर्शनको दबाब पनि हुनेछ । केही हदसम्म कमजोर समूह रहेको स्थितिमा असफलता रुसका लागि ठूलो असफलता पनि सावित हुन सक्नेछ । 'विश्वकप जस्तो ठूलो प्रतियोगितामा खेलेको अनुभव गतिलो हुन्छ,' कपेलो मान्छन्, 'चार वर्ष अगाडि म इङलिस टिमसँग आबद्ध थिएँ ।'
'अहिले म फरक टिमसँग छु र त्यहीअनुसार काम गरिरहेको छु ।' तर पुरानो अनुभवले मलाई राम्रो काम गर्न सहयोग भने मिलेको छ,' उनको दाबी छ । दक्षिण कोरिया र रुसबीचको खेलसँगै विश्वकप २०१४ मा सबै टिमले आ-आफ्नो पहिलो खेल खेल्नेछन् ।

जर्मनीको जितमा मुलरको ह्याट्रिक

Posted by Unknown | Monday, June 16, 2014 | Posted in , , , ,


साल्भाडोर- थोमस मुलरले विश्वकप २०१४ को पहिलो ह्याटि्रक गरेपछि जर्मनीले सोमबार पोर्चुगललाई एकपक्षीय रूपमा ४-० ले हरायो । जितले जर्मन टिम समूह 'जी' को शीर्ष स्थानमा रहेर दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ । चार वर्ष अगाडि दक्षिण अफ्रिकामा सर्वाधिक पाँच गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका मुलर ब्राजिली भूमिमा छाउन सफल रहे ।
मुलरको यो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक हो र विश्वकपमा उनको व्यक्तिगत गोल संख्या सात खेलमा आठ पुगेको छ । जहाँ जर्मनीका लागि ब्राजिल यात्राको पहिलो खेल प्रभावशाली रह्यो, ठीक त्यहीं पोर्चुगलका लागि केही पनि राम्रो रहेन । पोर्चुगलले अधिकांश समय दस खेलाडीमा सीमित रहेर खेलेको थियो । रोनाल्डो पनि फिक्का देखिए र उनले कुनै जादुयी खेल प्रदर्शन गर्न सकेनन् ।

हारपछि पोर्चुगलले आफ्नो दोस्रो खेलमा उत्कृष्ट पुर्नआगमन गर्नु पर्नेछ । जर्मनीले मुलरको पेनाल्टी गोलबाट १२ औं मिनेटमा अग्रता लिएको थियो । मारियो गोट्जलाई जाओ परेराले पोर्चुगाली पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीलाई बायर्न म्युनिख खेलाडी मुलरले सजिलै गोलमा परिणत गरे । म्याट्स हुमेल्सले ३२ औं मिनेटमा दोस्रो गोल थपे ।

टोनी क्रोजको कर्नरमा बोर्सिया डर्टमन्ड डिफेन्डरले शक्तिशाली हेड गर्दै बललाई पोस्टको दिशा दिएका हुन् । लगतै मुलरलाई टाउकोले ठक्कर दिएपछि पोर्चुगाली डिफेन्डर पेपे रातो कार्ड खाँदै ३७ औं मिनेटमा मैदान छाड्न बाध्य रहे । इन्ज्युरी समयको पहिलो मिनेटमा मुलरले दुई पोर्चुगाली डिफेन्डरबीच प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

मुलरको ह्याट्रिक भने ७८ औं मिनेटमा पूरा भएको थियो । आन्द्रेयी स्कलरको पासमा मुलरले आफ्नो तेस्रो गोल पूरा गरे । अब मुलरसामु लगातार दोस्रो विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट अवार्ड जित्ने सम्भावना रहेको छ ।

ईरान र नाईजेरियाले अंक बाँडे

Posted by Unknown | | Posted in , , , ,


ईरान र नाईजेरियाले जारी विश्वकपको पहिलो गोलरहित खेल खेल्दै अंक बाँडेका छन् । एरेना डे बैछाडा रंगशालामा भएको खेलमा नाईजेरियाले बल पोसेसन आफ्नो पक्षमा पारे पनि गोल गर्न भने असफल रह्यो । सन् १९९८ देखि विश्वकपमा कुनै खेल नजितेका दुवै टोलीले आजको खेलाम जित खोजेका थिए तर असफल रहे ।

समूह एफ बाट लियोनल मेसीको अर्जेन्टिनालाई समूह विजेता अनुमान गरिएको छ । सोही समूहमा रहेको बोस्निया एण्ड हर्जगोभिनाको फुटबल पनि यि दुवै टोलीको भन्दा बलियो छ । आजको खेलमा अंक बाँडेका दुवै टोलीलाई आगामी खेल जित्नु पनि ठूलो चुनौति हुनेछ ।
पहिले अनुमान गरिएजस्तै ईरानले आफ्नो रक्षपंक्तीलाई बलियो बनाएर खेलेको थियो । ईरानविरुद्ध नाईजेरिया प्रमुख हतियार ईमेनिक चल्न सकेनन् । नाईजेरियाले खेलको सातौं मिनेटमै ईरानमाथि गोल गर्ने गरेको भएपनि रेफ्री कार्लोस भेराले त्यसलाई मान्यता दिएनन् । त्यसको दुई मिनेटपछि नै ओनाजीको कडा प्रहार गोल हुन सकेन ।
खेलो ३३ औं मिनेटमा ईरानको लागि रेजाले हेडमार्फत गरेको सुन्दर प्रहार नाइजेरियाली गोलकिपर ईन्येमाले बचाए ।

रोमाञ्चक खेलमा अमेरिकाको जित

Posted by Unknown | | Posted in , , , ,


सब्सिच्युट जोन ब्रुक्सले ८६ औं मिनेटमा निर्णयक गोल गरेपछि अमेरिकाले घानालाई २-१ ले हराएर मंगलबार विश्वकप २०१४ मा राम्रो सुरुआत गरेको छ । एस्टाडियो डास डुनास नाटलमा भएको खेलमा ब्रुक्सले ग्राहम जुसीको क्रसमा हेडद्वारा गोल गर्दै अमेरिकालाई जिताएका हुन् ।

रोमाञ्चक खेलमा अग्रता पनि अमेरिकाले नै लिएको थियो । उसको लागि  क्लिन्ट डेम्सीले पहिलो मिनेटमै गोल गरे । जेरमाइन जोन्सको पासमा उनले दुई डिफेन्सलाई छक्याएर गरेको गोल लोभलाग्दो थियो । घानाले राम्रै चुनौती दिएपनि पहिलो हाफ अमेरिकाको पक्षमा १-० मै सकियो ।
आन्द्रे अयवले ८२ औं मिनेटमा गोल गरेर घानालाई १-१ को बराबरीमा पुर्‍याएका थिए । निरन्तर आक्रमण गर्ने क्रममा उनको गोल निस्किएको थियो । तर, त्यसको चार मिनेटपछि नै जोनले गोल गर्दै अमेरिकाको जित निकाले ।
यो नतिजासगै अमेरिकाले चार बर्षअघि दक्षिण अपि|mकामा बेहोरेको हारको बदला घानासंग लिएको छ । समूह 'जी'मा अमेरिकार र जर्मनीले जितसहित ३-३
अंक जोडेका छन् । पोर्चुगल र घाना पहिलो खेलबाट अंकको खाता खोल्न असफल रहे । यो समूहको चारै टिम विश्वकप २०१० मा नकआउट चरण पुगेका थिए ।

स्विटजरल्यान्डद्वारा इक्वेडर स्तब्ध

Posted by Unknown | Sunday, June 15, 2014 | Posted in , , , ,


ब्रासिया- स्विट्जरल्यान्डले विश्वकप २०१४ मा आइतबार अर्को पुर्नआगमनको जित रचेको छ । इस्टाडियो नासिनाल डे ब्रासियामा भएको समूह 'ई' को पहिलो खेलमा उसले इक्वेडरलाई २-१ ले पराजित गर्‍यो । हारिस सेभेनोभिचले इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मदतले स्विट्जरल्यान्ड विजयी सुरुआत लिन सफल रहेको हो ।

स्विट्जरल्यान्डले दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराएको यो पहिलोपल्ट हो । यसका लागि उसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको थियो । खेल बराबरीमा टुंगिने छाँट देखिएको बेला इन्ज्युरी समयको तेस्रो मिनेटमा सब्टिच्युट सेभेनोभिचले विजयी गोल गरेका हुन् । उनले नजिकको दूरीबाट ट्याप गर्दै बललाई पोस्टको दिशा दिन सफल भएका थिए ।

इक्वेडरले पहिलो हाफमा अग्रता लिएयता त्यसलाई कायम राख्न सकेन् । स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुमा बराबरी गोल फर्काएको थियो । इक्वडेरले इना भ्यालेन्सियाको गोलले २२ औं मिनेटमा अग्रता लिएको थियो । वाल्टर अयोभीको फ्रि-किकमा नजिकको दूरीबाट भ्यालेन्सियाले हेडबाट गोल गरे । त्यस गोलमा स्विस गोलरक्षक डिएगो बेन्गालोको भुल देखिन्थ्यो ।

उनी त्यस अवसरमा आफ्नो गोल लाइनबाट अगाडि रहेको देखिन्थे । इक्वेडरका लागि भ्यालेन्सियाको यो पाँचौं अन्तर्राष्ट्रिय गोल हो । स्विट्जरल्यान्डले ४७ औं मिनेटमा बराबरी गोल फर्कायो । स्विस प्रशिक्षक ओटमर हिट्जफेल्डले दोस्रो हाफमा टिम संरचनामा केही परिवर्तन गरेका थिए र त्यसको असर तुरुन्त देखिएको थियो ।

बायर्न म्युनिख र बोर्सिया डर्टमन्डका पूर्व प्रशिक्षकका लागि सब्टिच्युट एडमिर मेहमेदीले बराबरी गोल गरे । इक्वडेरको कमजोर डिफेन्सको फाइदा उठाएर उलने नजिकबाट हेड गर्ने अवसर पाएका थिए । मेसेडोनियामा जन्मेका मेहमेदीले सन् २०१२ बाट स्विट्जरल्यान्डका लागि खेल्न सुरु गरेका हुन् । समूह 'ई' का अरु टिममा पूर्व विजेता फ्रान्स र होन्डुरस रहेका छन् ।

फ्रान्स सजिलै विजयी

Posted by Unknown | | Posted in , , , ,


फ्रान्सले विश्वकप २०१४ मा सोमबार विजयी सुरुआत लिएको छ । फ्रान्सले दस खेलाडीमा सीमित होन्डुरसलाई सजिलै ३-० ले पराजित गरेको हो । चार वर्ष अगाडि दक्षिण अफ्रिका भएको विश्वकपमा खराव प्रदर्शन गरेको फ्रान्स यस जितसँगै आप\mनो समूह 'ई' को शीर्ष स्थानमा रह्यो र दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाउन सफल रह्यो ।
यसअघि समूहको अर्को खेलमा स्विट्जरल्यान्डले इक्वेडरलाई २-१ ले पराजित गरेको थियो । डिडिएर डेसक्याम्पको फ्रान्सका लागि यसपल्ट सबैभन्दा विश्वास गरिएका रियल म्याडि्रड खेलाडी करिम बेन्जमाले दुई गोल गरे । उनले ४५ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । त्यसमा विल्सन प्यालेकसले फल खेलेका थिए र उनी रातो कार्ड खाँदै मैदान छाड्न बाध्य रहे ।

त्यसबीच ४८ औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको उपहार पायो । होन्डुरसका नोएल भाल्डरेस आत्मघाती गोल गर्ने अभाग्यशाली खेलाडी रहे । यो गोलले औपचारिकता पाउन 'गोल लाइन टेक्नोलजी' प्रयोग गरिएको थियो । विश्वकप इतिहासमा यो प्रविधि प्रयोग भएको यो पहिलो पल्ट हो । बेन्जमाले ७२ औं मिनेटमा तेस्रो गोल थपे ।

अर्जेन्टिनाको कठिन जित

Posted by Unknown | | Posted in , , , ,


लियोनल मेसीको आकर्षक गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकपकेा नवप्रवेशी बोस्निया एन्ड हर्जगोभिनालाई २-१ ले हराएर ब्राजिलमा सुखद् सुरुआत गरेको छ । मेसीको फ्रि-किकमा बोस्नियन डिफेन्डर कोलासिनाचले आफ्नै पोष्टमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो ।
अर्को गोलको लागि उनले गोन्जालो हिगुइनसँग वान-टु पास खेलेपछि दुई डिफेन्सलाई छक्याएर २-० ले अर्जेन्टिनालाई अगाडि बढाए । अन्ततः त्यही गोल निर्णयक सावित भयो ।

बोस्नियाको लागि भेदाद इबिसेभिचले अन्त्यतिर सान्त्वना गोल गरे । दुईपल्टको विश्वकप विजेता अर्जेन्टिनाले जितसँगै समूह 'ई'मा ३ अंक जोड्यो ।

खेल अर्जेन्टिनाले जितेपनि फुटबलप्रेमीको मन भने बोस्नियातिर मोडियो । किनभने उसले स्टारहरुले भरिएको अर्जेन्टिनालाई कडा चुनौती दियो । उसले १६ सट पोष्टमा प्रहार गर्‍यो । यो संख्या अर्जेन्टिनाको तुलनामा ४ बढी हो ।



हरियो रङका छाउरा जन्मिए

Posted by Unknown | Saturday, June 14, 2014 | Posted in ,


हरियो रङको कुकुर देख्नुभएको छ ? सायद छैन होला, अहिलेसम्म हरियो रङको भुत्ला भएको कुकुर विश्वमा कहिँकतै भएको सुनिएको थिएन । यो अभावलाई अन्त्य गर्दै स्पेनमा एक कुकुरले हरियो रङका छाउरा जन्माएको छ ।

स्पेनको लगुना दी डुएरोकी बासिन्दा अइडा मोलिनाको घरमा पालिएको कुकुरले छाउरा जन्माउने बित्तिकै बालिक्नी अइडा अचम्ममा परिन् । सुरुमा त उनले छाउराको सरीरमा कहाँबाट हरियो रङ पोखियो ? भनेर अचम्म मानिन् । तर त्यो कुनै रङ पोखिएको थिएन, कुकुरका छाउराको भुत्ला साँच्चीकै हरियो रङको थियो ।
ती हरियो रङका छाउराको नाम उनले हक पप्पिज राखेकी छिन्, एक नाटकको हिरोबाट प्रभावित भएर ।
वैज्ञानिकहरुका अनुसार आमाको गर्भाशयमा सालमा भएको बिल्लिभिडि्रन तत्वका कारण छाउराको भुत्लाको रङ हरियो भएको हो । दुखको कुरा ती दुइ छाउरामध्ये एउटा जन्मिएको केही समयमै मर्यो भने अर्काको पनि स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताइएको छ ।

ऊँट शाहिनको भविष्यवाणी फेरी मिल्यो, अब इंगल्याण्ड पनि हार्यो

Posted by Unknown | | Posted in , , , ,

–वल्र्ड कप फुटबलमा दुबईको एक ऊँट ‘शाहिन’ले अचम्मको भविष्यवाणाी गरिरहेको छ । शाहिनले शनिबार भएको इंगल्याण्ड र इटालीको खेलमा इटलीको जीत हुने भविष्यवाणी गरेको थियो र उक्त भविष्यवाणी मिलेको छ ।


 राती खेलिएको उक्त खेलमा इटलीले इंगल्याण्डलाई २–१ ले हरायो । शुक्रबार स्पेन र नेदरल्याण्ड बिच भएको खेलमा पनि शाहिनले स्पेनको हार र नेदरल्याण्डको जीतको भविष्यवाणी गरेको थियो । यस्तै क्रोयशिया विरुद्ध ब्राजिलको जीतको पनि भविष्यवाणी शाहिनले गरेको थियो । यस प्रकारले शाहिनको अहिलेसम्मको तीन भविष्यवाणीहरु सत्य सावित भएको छ । शाहिनले कसरी गर्छ भविष्यवाणी ? खेल हुने दिन शाहिनले जित्ने समूहको झण्डाको निशाना भएको लठ्ठीलाई आफ्नो नाकले छुने गर्दछ । शाहिनले ब्राजिल र क्रोएसियाको खेलमा ब्राजिलको झण्डालाई आफ्नो नाकले छोएको थियो । शुक्रबारको खेल सुरु हुनुभन्दा शाहिनले नेदरल्याण्डको झण्डा भएको लठ्ठीलाई नाकले छोएको थियो । 

आइभोरी कोष्टसँग जापान पराजित

Posted by Unknown | | Posted in , , , ,


असार १ – एशियाली देश जापान यसवर्षको विश्वकप फुटबलको पहिलो खेलमा पराजित भएको छ ।
आइतबार बिहान भएको समूह सी को खेलमा जापान आइभरिकोष्टसंग २–१ ले पराजित भएको हो । १६ औं मिनेटमा होण्डाको गोलमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा जापान पराजित भयो ।


पहिलो हाफसम्म १–० ले पछि रहेको स्थिति उल्टाउँदै आइभोरी कोष्टका लागि ६४ औं मिनेटमा विल्प्रेड बोनी र ६६ औं मिनेटमा गेर्बिन्होले गोल गरेर देशलाई जित दिलाए । समूह सी कै शनिबार राती भएको खेलमा कोलम्बियाले ग्रिसलाई पराजित गरेर शीर्ष स्थानमा पुगेको छ ।
जापान र अाइभोरी काेष्टबिचको खेलको केही तस्बिर हेर्नुहोस्:

विश्वकपमा चम्किनसक्ने सम्भावित २५ खेलाडी

Posted by Unknown | | Posted in , ,

ब्राजिल विश्वकपमा ३२ देशका ७ सय ३६ खेलाडी सहभागी बन्दैछन् तर यि मध्ये विश्वकपमा उत्कृष्ट खेल देखाएर चम्किन सक्ने २५ खेलाडीहरु यसप्रकार छन् :

 १ क्रिस्टियानो रोनाल्डो फरवार्ड, पोर्चुगल खेल : ११०, गोल : ४९ क्लब : रियल म्याडि्रड पछिल्लो सिजनका सर्बोत्कृष्ट खेलाडी रोनाल्डोकै उत्कृष्ट खेलले पोर्चुगललाई विश्वकप पुर्‍याएको हो । रियल म्याडि्रडलाई युरोपेली च्याम्पियन बनाएका उनको स्पिड, स्किल र पावरले धेरै डिफेन्सलाई दुख दिनेछन् । उनी पोर्चुगलका सर्बाधिक गोलकर्ता पनि हुन् । यी फिफा बर्ष खेलाडीले रियलका लागि यो सिजन ४७ खेलमा ५१ गोल गरे । विश्वकप छनोटको प्ले-अफमा स्वीडेनविरुद्ध ह्याटि्रकसहित ८ गोल गरेका थिए । 

लियोनल मेसी फरवार्ड, अर्जेन्टिना खेल : ८६, गोल : ३८ क्लब : बार्सिलोना चारपल्टका बर्ष खेलाडीको अवार्ड जितेका मेसी चोटमुक्त भएर फर्केपछि करिअरकै उत्कष्ट लयबाट अलि पछाडि नै छन् । तैपनि उनले बासिलोनाको लागि गर्दै आएको प्रदर्शन अर्जेन्टिनी जर्सीमा पनि देखाउन सक्छन् । उनले यो सिजनको क्लब फुटबलमा ४६ खेलमा ४१ गोल गरे । उनले दक्षिण अमेरिकी विश्वकप छनोटमा १० गोल गर्दै आफ्नो कप्तानीमा अर्जेन्टिनालाई शीर्षस्थान दिलाएका थिए । 

नेयमर फरवार्ड, ब्राजिल खेल : ४९, गोल : ३१ क्लब : बार्सिलोना नेयमरले स्पेनी क्लब बार्सिलोनामा पहिलो सिजन खासै राम्रो प्रभाव देखाएनन् । उनले राष्ट्रिय टिमबाट भने निरन्तर उत्कृष्ट खलीरहेका छन् । उनी स्किलफुल छन् । कन्फेडेरेसन्स कपजस्तै विश्वकपमा पनि ब्राजिललाई च्याम्पियन बनाउने दबाब उनमा छ । उनले बार्सिलोनासँगको पहिलो सिजनमा ४१ खेल खेल्दै १५ गोल मात्र गरेका छन् ।

 ४ लुईस सुआरेज फरवार्ड, उरुग्वे खेल : ७७, गोल : ३८ क्लब : लिभरपुल इङलिस पि्रमियर लिगमा सर्बाधिक ३१ र विश्वकप छनोटमा ११ गोल गरेका उनी विवादास्पद तर विश्वकै उत्कष्ट फरवार्ड हुन् । लिभरपुलसँग आबद्ध उरुग्वेका यी सर्बाधिक गोलकर्ता खेलाडीले चोटमुक्त हुदै विश्वकपमा उरुग्वेलाई डोर्‍याउने अपेक्षा गरिएको छ । 

डिएगो कोस्टा फरवार्ड, स्पेन खेल : १ क्लब : एट्लेटिको म्याडि्रड आफू जन्मिएको देश ब्राजिलको जर्सी मैत्रीपूर्ण खेलमा लगाएपनि नागरिकता फेर्दै स्पेनी टिम रोजेका कोस्टा चोटमुक्त छैनन् । तैपनि टिममा समावेश उनी स्पेनको अग्रपंक्तिका मुख्य खेलाडी हुन् । उनले यो सिजन एट्लेटिको म्याडि्रडबाट ३६ गोल गरे । उनी स्पेनी लिगमा रोनाल्डो र मेसीपछि धेरै गोल गरेका खेलाडी हुन् ।

टिबाउट कोर्टियस गोलकिपर, वेल्जियम खेल : १६ क्लब : एट्लेटिको म्याडि्रड कोर्टियसले चेल्सीबाट लोनमा स्पेनी क्लब एट्लेटिको म्याडि्रड गएपछि खेल निखार्दै विश्वकै उत्कृष्ट किपरमा आफूलाई उभ्याएका छन् । ला लिगा च्याम्पियनसँगै  एट्लेटिकोलाई च्याम्पियन्स लिग फाइनल पुर्‍याएका यी ६ फिट ६ इन्चका किपरले वेल्जियमको विश्वकप यात्रा सुखद् पार्नसक्छन् ।

 ७ जेम्स रोडि्रग्वेज मिडफिल्डर, कोलम्बिया खेल : २२, गोल : ५ क्लब : मोनाको रोडि्रग्वेजले प|mेन्च क्लब मोनाकोलाई लिग वान र कोलम्बियालाई विश्वकपको दक्षिण अमेरिकी छनोटमा उपविजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले चोटका कारण गुमाएका फरवार्ड राडामेल फाल्काओ बिना पनि कोलम्बियालाई विश्वकपमा सुखद् यात्रा गराउन सक्नेछन् । 

आन्द्रेस इनिस्टा मिडफिल्डर, स्पेन खेल : ९५, गोल : १२ क्लब : बार्सिलोना बार्सिलोनाका छरिता मिडफिल्डर इनिस्टाले चार बर्षअघि फाइनलमा नेदरल्यान्ड्सविरुद्ध अतिरिक्त समयमा निणर्ायक गोल गर्दै स्पेनलाई पहिलोपल्ट विश्वकप विजेता बनाएका थिए । उच्च लयमै रहेका उनी स्पेनको उपाधि रक्षा अभियानका मुख्य खेलाडी हुन् । 

रोबिन भान पर्सी फरवार्ड, नेदरल्यान्ड्स खेल : ८४, गोल : ४३ क्लब : म्यानचेस्टर युनाइटेड डच लिजेन्ड मार्को भान बास्टेनजस्तै खेल्ने रोबिन भान पर्सी अन्तर्राष्ट्रिय फुटबलमा नेदरल्यान्ड्सका सर्बाधिक गोलकर्ता हुन् । चोटमुक्त हुन संघर्षरत् उनी पूर्ण स्वस्थ भएर ब्राजिलमा खेलेमा नेदरल्यान्ड्सको अग्रपंक्ति निक्कै मजबुत हुनेछ । उनले विश्व्कप छनोटमा सर्बाधिक ११ गोल गरेका थिए । 

१० मिरोस्लाभ क्लोज फरवार्ड, जर्मनी खेल : १३२, गोल : ६९ क्लब : लाजियो मिरोस्लाभ क्लोज विश्वकप फुटबलको २० औं स.स्करण सुरु हुनु चार दिनअघि मात्र जर्मनीका सर्बाधिक गोल गर्ने खेलाडी बनेका छन् । चोटमुक्त हुदै मैदानमा फर्केका उनले आफ्नो गोल संख्या ६९ पुर्‍याउँदै गर्ड मुलरको रेकर्ड तोडेका हुन् । उनी विश्वकप इतिहासकै सर्बाधिक गोल गर्ने खेलाडी यसैपाली बन्नसक्नेछन् । उनले १४ गोल गरेका छन् । अहिलेको रेकर्ड १५ गोल गरेका ब्राजिलका रोनाल्डोको नाममा छ । उनी जर्मन टिममा समावेश एक्लो फरवार्ड हुन् । 

११ याया टुरे मिडफिल्डर, आइभरीकोस्ट खेल : ८२, गोल : १६ क्लब : म्यानचेस्टर सिटी टुरेले २० गोल गर्दै म्यानचेस्टर सिटीलाई पि्रमियर लिग च्याम्पियन बनाउन मिडफिल्डमा उत्कृष्ट खेल पस्किए । ६ फिट ३ इन्चका उनी गोलका लागि बल दिन पनि सिपालु छन् । उनी पि्रमियर लिगकै उत्कृष्ट मिडफिल्डर हुन् । 

१२ इडन हाजर्ड मिडफिल्डर, वेल्जियम खेल : ४५, गोल : ६ क्लब : चेल्सी इङलिस प्रिमियर लिगको क्लब चेल्सीमा पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गरेका हाजर्ड २३ बर्षका मात्र छन् । तर, उनी विश्वकै उत्कृष्ट खेलाडी बन्नको लागि क्षमतावान् छन् । ब्राजिलको मैदानमा वेल्जियमको प्लेमेकर उनी नै हुनेछन् । 

१३ इडिन जेको फरवार्ड, बोस्निया एन्ड हर्जगोभिना खेल : ६२, गोल : ३५ क्लब : म्यानचेस्टर सिटी बोस्नियाको अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्बाधिक गोलकर्ता हुन्, जेको । ६ फिट ४ इन्च अग्ला उनी अपत्यारिलो रुपमा बललाई पोष्टको दिशा दिन सिपालु छन् । उनले छनोटमा १० गोल गर्दै मुख्य भूमिका निर्वाह गरेपछि बोस्नियाले पहिलोपल्ट विश्वकप खेल्न लागेको हो । म्यानचेस्टर सिटीको लागि पछिल्लो सिजन उनले २६ गोल गरेका छन् ।

 १४ ल्युका मोडरिच मिडफिल्डर, क्रोएसिया खेल : ७५, गोल : ८ क्लब : रियल म्याडि्रड स्पेनी महारथी रियल म्याडि्रडलाई युारेपेली च्याम्पियन्स जिताउन मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन्, मोडरिच । उनी मिडफिल्डमा जम्दै गोलको अवसर सिर्जना गर्न माहिर छन् । उनी क्रोएसियाले निक्कै आस गरेका खेलाडी हन् ।

 १५ आन्द्रेय पिर्लो मिडफिल्डर, इटाली खेल : १०८, गोल : १३ क्लब : युभेन्ट्स सन् २००६ को विश्वकप विजेता इटालीको टिमका मुख्य सदस्य पिर्लो ३५ बर्षको पाको उमेरमा पनि मैदानमा अझै उस्तै प्रभावशाली छन् । उनकै प्रेरणामा युभेन्ट्सले लगातार दोस्रो बर्ष इटालियन सिरि 'ए' जित्यो । उनले विश्वकपमा पनि उस्तै स्तरमा प्रदर्शन गर्ने आस छ । 

१६ पउल पोग्बा मिडफिल्डर, फ्रान्स खेल : ९, गोल : २ क्लब : युभेन्ट्स म्यानचेस्टर युनाइटेडमा खेल्ने अवसर नपाएर सन् २०१२ मा युभेन्ट्स पुगेका मिडफिल्डर हुन्, पोग्बा । युभेन्ट्स पुगेलगत्तै उनले प्रभाव देखाउन थाले । लगातार दुईपल्ट इटालियन सिरि 'ए' नै जिते । लामा खुट्ट भएका २१ बषर्ीय उनले विशेष खुबी देखाउँदै लामो दूरीबाट आकर्षक गोलहरु गरेका छन् । 'पावर र सुन्दर टेक्निक प्रयोग गर्दै उनले राम्रो खेलाडी भएको पुष्टि गरिरहेका छन्,' प|mान्सका प्रशिक्षक डिडियर डेस्च्याम्पले भने, 'राम्रा खेलाडीमा हुनुपर्ने जुन विशेषता हो, ती सबै उनमा पाइन्छ ।' 

१७ रहिम स्टर्लिङ मिडफिल्डर, इङ्ल्यान्ड खेल : ४ क्लब  : लिभरपुल अविश्वनीय रुपमा खुलेर खेल्ने क्षमता प्रस्तुत गर्दै यो सिजनको पि्रमियर लिगकै स्टार बनेका खेलाडी हुन्, स्टर्लिङ । उनले केहि महत्वपूर्ण गोल गर्दै लिभरपुललाई उपाधिका दाबेदार बनाएका थिए । लिभरपुलका प्रशिक्ष्ाक ब्रेन्डन रोजर्सले उनलाई कहिलेकाहि मूख्य भूमिकामा पनि खेलाए । १९ बषर्ीय उनले घाइते रहेका इङ्ल्यान्डका राइट विङ्गर वाल्कोटको स्थान लिनेछन् । 'पेस र अरुभन्दा अगाडि बढ्नसक्ने सन्तुलन उनमा छ । उनलाई कसैले निरास पार्न सक्दैन,' इङ्ल्यान्डका प्रशिक्ष्ाक रोय हड्सनले भने ।

 १८ माइकल इसेन मिडफिल्डर, घाना खेल : ५३, गोल : ९ क्लब : एसी मिलान युरोपका ठूला क्लबहरु लियोन, चेल्सी, रियल म्याडि्रड र एसी मिलानबाट खेलीसकेका माइकल इसेन मिडफिल्डमा प्रभाव जमाउनसक्ने खुबी भएका खेलाडी हुन् । उरुग्वेका लुईस सुआरेजको 'हाते बचाउ'का कारण घाना सन् २०१० को विश्वकपको अन्तिम आठमा पुग्नबाट बञ्चित हुदा पनि उनले उत्कृष्ट खेल पस्किएका थिए । 

१९ जोन ओबी मिकेल मिडफिल्डर, नाइजेरिया खेल : ९४, गोल : ७ क्लब : चेल्सी नाइजेरियाकै सर्बाधिक क्याप जित्ने खेलाडी हुन्, मिकेल । 'सुपर इगल्स'को जर्सी १४ बर्षयता निरन्तर लगाइरहेका यी डिफेन्सिभ मिडफिल्डरले ९४ खेल खेलेका छन् । त्यसमा सात गोल गरेका उनी सन् २००६ देखि नै इङलिस क्लब चेल्सीबाट खेल्दै आएका छन् । उनी नाइजेरियन टिमका यी महत्वपूर्ण खेलाडीले चोटका कारण चार बर्षअघिको विश्वकप गुमाएका थिए ।

 २० केइसुके होन्डा मिडफिल्डर, जापान खेल : ५६, गोल : २२ क्लब : एसी मिलान इटालियन क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेल्ने केइसुके होन्डासँग अटा्किङ मिडफिल्डर, प्लेमेकर र दोस्रो फरवार्डको पोजिसनमा राम्रो खेल्नसक्ने विशेषता छ । उनी पि|m-किक प्रहार गर्न पनि माहिर छन् । जापानको नयोग ग्राम्पुस्, डच क्लब भीभीभी भेन्लो, रुसको सीएसकेए मस्को हुदै उनी जनवरी ट्रान्सफरमा एसी मिलान पुगेका हुन् । उनी पछिल्लोपल्ट एसियन कपका सर्बोत्कृष्ट खेलाडी घोषित् भएका थिए । 

२१ टिम काहिल फरवार्ड, अस्टे्रेलिया खेल : ६८, गोल : ३२ क्लब : न्यूयोर्क रेड बुल्स यी ३४ बषर्ीय भेट्रान फरवार्ड मैदानमा सँधै प्रभावशाली हुने गरेका छन् । उनी अट्याकिङ मिडफिल्डमा पनि खेल्ने गर्छन् । गोलको अवसर सिर्जना गर्न र आफै गोल गर्न उनी सिपालु छन् । उनी अस्टे्रेलियन फुटबल इतिहासकै सर्बाधिक गोलकर्ताका हुन् । इङल्यान्डको मिलवाल र पि्रमियर लिगको एभर्टनबाट लामो अवधि खेलीसकेका उनी अहिले अमेरिकाको मेजर लिग सकर खेल्ने न्यूयोक रेड बुल्ससँग आबद्ध छन् ।

 २२ सामुएल एटो फरवार्ड, क्यामरुन खेल : ११७, गोल ५६ क्लब : चेल्सी पछिल्लो सिजन इङलिस क्लब चेल्सीबाट खेलेका क्यामरुनी कप्तान एटो कुशल फरवार्ड हुन् । उनले राष्ट्रिय टिमबाट इतिहासकै सर्वाधिक ५६ गोल गरेका छन् । ३३ वषर्ीय उनी चारपल्ट अपि|mकी वर्ष खेलाडी भइसकेका छन् । उनले रियल म्याडि्रड, बार्सिलोना र इन्टर मिलानजस्ता युरोपका ठूला क्लबबाट खेलिसकेका छन् । उनी चौथोपल्ट विश्वकपमा सहभागी हँुदैछन् । 

२३ डिडियर ड्रोग्बा फरवार्ड, आइभरिकोस्ट खेल : १०१, गोल ६५ क्लब : गालातासारे हाल टर्कीको क्लब गालातासारेसँग आबद्ध ड्रोग्बा ३६ वर्षका भइसकेका छन् । तर, मैदानमा उनी प्रभावशाली नै छन् । चेल्सीको यी 'लिजेन्ड' ले आइभरिकोस्टका लागि अहिलेसम्मकै सर्वाधिक ६५ गोल गरेका छन् । उनले सन् २००६ र २०१० को विश्वकपमा एक-एक गोल गरेका थिए ।

 २४ अस्कन डेजागा अट्याकिङ मिडफिल्डर, इरान खेल : १३, गोल : ४ क्लब : फुलहम पछिल्लो सिजन फुलहमबाट इङलिस पि्रमियर लिग खेलेको अस्कन इरानी टिमको अग्रपंक्तिका भरपर्दा खेलाडी हुन् । उनले जर्मन क्लब हर्था बर्लिन र भीएफएल उल्फबर्गबाट बुन्डेस लिगा पनि खेलीसकेका छन् । उल्फबर्ग जर्मन च्याम्पियन हुदा उनी टिमका नियमित सदस्य थिए । इरानको जर्सीमा उनले १३ खेल खेल्दै ४ गोल गरेका छन् ।

 २५ कि सुङ-युङ सेन्टर मिडफिल्डर, दक्षिण कोरिया खेल : ५७, गोल : ५ क्लब : सन्डरल्यान्ड इङलिस क्लब स्वान्सीसँग आबद्ध सुङ-युङले लोनमा सन्डरल्यान्डबाट खेल्दै यो सिजन पि्रमियर लिगमा उत्कृष्ट प्रदर्शन गरे । उनले पि्रमिय लिगमा २७ खेल खेल्दै ३ गोल पनि गरे । सेल्टिक र स्वान्सीबाट खेलीसकेका छन् । 

Match Updates: Japan Vs Cote d' Ivorie

Posted by Unknown | | Posted in , ,

१६ औं मिनेटमै गोलको खाता खोलेका होन्ड इटालीको एसी मिलानबाट व्यवसायक फुटबल खेल्छन् । चार बर्षअघि दक्षिण अफ्रिकामा पनि उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका थिए । विश्वकपको लगातार दुई संस्करणमा गोल गर्ने उनी पहिलो जापानिज खेलाडी हुन् ।






2              -                   1






 उनको यो २३ औं अन्तर्राष्ट्रिय गोल हो । २८ बर्षीय उनले ५७ क्याप जितेका छन् । यी २८ बर्षीय मिडफिल्डरले नागातोमोको पासमा लिएको बललाई आइभरीकोस्टविरुद्ध फस्टब बारमै गोलमा परिणत गरेर जापानलाई १–० ले अघि बढाएका हुन् ।-

सेर्गे अउरियर जर्सी नं.१७, आइभरीकोस्ट राइट–ब्याकमा खेल्ने अउरियर छरिता र पावरफुल छन् । उनकै उत्कृष्ट क्रसमा विल्फ्रेड बोनी र जेरभिन्होले गोल गरेका हुन । उनको यो नवौं अन्तर्राष्ट्रिय खेल हो । फ्रेन्च क्लब टुलुसेमा आबद्ध उनी लिग वान २०१३–१४ का स्टार डिफेन्डर हुन् । अहिले उनी २१ वर्षका छन् । उनले १६ वर्षको उमेरमै लेन्सबाट व्यावसायिक फुटबल करिअर सुरु गरेका थिए । यो सिजनको लिगमा ६ गोल गर्दै थप ६ गोलको अवसर सिर्जना गरेका उनी लिग वानको टिम अफ दि इयरमा पनि परे । 

कोलम्बियाको प्रभावशाली सुरुआत

Posted by Unknown | | Posted in , ,


कोलम्बियाले विश्वकप २०१४ मा शनिबार प्रभावशाली सुरुआत लिएको छ । उसले समूह 'सी' को पहिलो खेलमा ग्रीसलाई ३-० ले पराजित गर्‍यो ।
 दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेर उत्कृष्ट प्रदर्शन गरेको कोलम्बियाको यस जितसँग नकआउट चरण पुग्ने सम्भावना गाढा भएको छ । कोलम्बियाले स्टाडियो मिनेरिओमा भएको खेलको दोस्रो हाफमा दुई गरेको थियो ।

यससँगै अर्जेन्टिनी प्रशिक्षक जोसे पेकरमनको नेतृत्वमा रहेको कोलम्बियाले विश्वकप इतिहासमा आप\mनो अहिलेसम्मकै सर्वाधिक राम्रो प्रदर्शनको कीर्तिमान राखेको छ । यसअघि उसले सन् १९९० मा अमेरिका र सन् १९९४ मा स्विट्जरल्यान्डलाई समान २-० ले पराजित गरेको थियो । कोलम्बियाको यो विश्वकपमा चौथो जित मात्र हो र यसका लागि प्रभुत्वशाली प्रदर्शन गर्न सफल रह्यो ।
यसपल्टको जितमा कोलम्बियाका लागि वेस्ट ह्यामका पाब्लो आरमेरोले पाँचौं मिनेटमा पहिलो गोल गरे । विश्वकपमा कोलम्बियाले गोल गरेको यो १६ वर्षयता पहिलो हो । उनलाई जुवान क्वाडड्रारोले पास मिलाएका थिए । टियोफिलो गुटिरेजले कर्नरमा ५८ औं मिनेटमा दोस्रो गोल गरे । एबेल एगुरोको हल्का टचमा गुटिरेजको गोल सम्भव भएको थियो ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा जेम्स रोडरिगेले तेस्रो गोल थपे । हारले सन् २००४ को युरो विजेताको दोस्रो चरण पुग्ने सम्भावना कठिन भएको छ । विश्वकप इतिहासमै खराव प्रदर्शनको कीर्तिमान रहेको युरोपेली टिम ग्रीस अहिलेसम्म दोस्रो चरण पुग्न सकेको छैन् । समूहको अर्को खेलमा आइरीकोस्टले जापानको सामना गर्नेछ ।

कोस्टारिकोको अप्रत्यासित जित

Posted by Unknown | | Posted in , ,


कोस्टारिकाले विश्वकप २०१४ मा आइतबार अप्रत्यासित जित निकालेको छ । उसले स्टाडियो कास्टेलाओमा भएको खेलमा दस खेलाडीमा सीमित विश्वकपको दुई पल्टको पूर्व विजेता उरुग्वेलाई ३-१ ले हरायो ।
ब्राजिलमा भइरहेको प्रतियोगिताकै सर्वाधिक कठिन मानिएको 'ग्रुप अफ डेथ' समूह 'डी' मा कोस्टारिकाले धेरैले कल्पना नगरेको जित निकाल्न सफल रहेको हो ।
यो समूहको अरु टिममा इटाली र इङ्ल्यान्ड रहेका छन् । कोस्टारिकाको यो जितले यो समूहबाट दोस्रो चरण पुग्ने टिमको अनुमान गर्न झन गार्‍हो भएको छ । उरुग्वेसँगै इटाली र इङ्ल्यान्डले एक आपसमा सात पल्ट विश्वकप जितेका छन् । इटालीले चार पल्ट विश्वकप जितेको छ र भने इङ्ल्यान्डको नाममा एक उपाधि रहेको छ ।

यस्तोमा कोस्टारिकालाई समूहको सर्वाधिक कमजोर टिम मानिएको थियो । तर सबै अनुमान गलत सावित गर्दै कोस्टारिकाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको छ । उरुग्वेले एडिसन कभानीले पेनाल्टीबाट २४ औं मिनेटमा गरेको गोलले अग्रता लिएको थियो । तर यो अग्रता लामो समय टिकेन् । कोस्टारिकाका लागि आर्सनलका जोए कोम्बेलले ५४ औं मिनेटमा बराबरी गोल फर्काए ।

लगतै ५७ औं मिनेटमा कोस्टारिकका लागि ओस्कर डुर्टेले गोल गर्दै टिमलाई पहिलो पल्ट अग्रता दिलाए । मार्को उरेनाले खेल सकिन छ मिनेट अगाडि तेस्रो गोल गरे र टिमको जित निश्चित पारे । कोस्टारिकाले विश्वकप इतिहासमै दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराएको यो पहिलो पल्ट हो । उरुग्वेले चोटग्रस्ट स्टार लुइस स्वरेजलाई मैदानमा उतारेनन् ।

इटालीको रोमाञ्चक जित

Posted by Unknown | | Posted in , ,


चारपलटको विश्वकप विजेता इटालीले इङल्यान्डलाई २–१ ले हराएर २० औं संसकरणमा राम्रो सुरुआत गरेको छ । मारियो बालोटेलीको निर्णायक गोलसगै इटालीले एरेना अमेजोनियामा चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध सफलता हात पारेको हो ।
इटाली २–१ इङल्यान्ड

उनले एन्टोनियो क्यान्डरेभाको क्रसमा हेडद्वारा ५० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
दुवै टिमले आक्रमक रुपमा उत्कृष्ट खेल पस्केका थिए । यस्तोमा इटाली राम्रो देखियो । उसले ३५ औं मिनटमै अग्रता पनि लियो । क्लाउडियो मार्किजियोले लोभलाग्दो गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । उनले मार्को भेराटीको पास उपयोग गरे । तर, त्यो अग्रता धेरैबेर टिकेन । लिभरपुलका फरवार्ड डानिएल स्टुरिजले ३७ औं मिनेटमा गोल गर्दै इङल्यान्डलाई १–१ को बराबरीमा पु¥याएका थिए । उनले यानी रोनीको क्रसमा सेट पिस गोल गरेका थिए ।
यो जितसगै इटालीले कठिन मानिएको समूह ‘डी’को पहिलो खेलबाट ३ अंक जोडेको छ । एक गोलले पछि परेको स्थिति उल्टाएर उरुग्वेलाई ३–१ ले हराएको कोस्टारिका पनि उति नै अंक छ । राम्रो गोल अन्तरको आधारमा कोस्टारिका शीर्षस्थानमा छ ।
 निर्णायक गोल गरेका बालोटेली म्यान अफ द म्याच चुनिए ।

 यसअघि १९९० मा यी दुई आमनेसामने भएका थिए । त्यसबेला तेस्रो स्थानको लागि भएको प्ले–अफमा इटाली २–१ ले विजयी भएको थियो । र, त्यसमा रोबर्टो बाजियो र साल्भाटोर सिलाचीले गोल गरेका थिए ।-eKantipur

SLC RESULT - 2070 With Marksheet

Posted by Unknown | Friday, June 13, 2014 | Posted in


Instructions (for Web, SMS & IVR)

Webpage
Type your symbol number (Example :- 0201382) in the input box above and click submit
Your result will appear on the screen

IVR System (From PSTN and CDMA phones)
Dial 1600 and follow the instructions

SMS
Type slc<space><symbolNumber> and send sms to 1400
Example :- Type SLC  0201382D and send it to 1400

SLC result 2070 Published. View the result statistics. Result will be published online

Posted by Unknown | | Posted in

SLC result 2070 Published. View the result statistics. Result will be published online
For SLC Result 2070 : http://soce.gov.np/

विश्वकपमा छुटाउन नहुने खेलहरू

Posted by Unknown | | Posted in , ,

हिजोदेखि विश्वकप २०१४ सुरु भएको छ र ब्राजिलविरुद्ध क्रोएसियाबीचको उद्घाटन खेलको नतिजा सबैको हातमा होला । यसपल्टको विश्वकपमा सहभागी ३२ टिमलाई आठ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा राउन्ड रोबिनको आधारमा छ खेल हुनेछन् । यस्तोमा पहिलो चरणमा २४ खेल हुनेछन् र त्यसमा छुट्याउनै नहुने खेलहरू यी हुन्-

 स्पेनविरुद्ध नेदरल्यान्ड्स सन् २०१० को विश्वकप फाइनलमा भिडेका दुवै टिम यसपल्ट एकै समूहमा छन् र उनीहरूको खेलसँगै समूह 'बी' पनि सुरु हुनेछ । विश्वकपसँगै तीन ठूला उपाधिमाथि कब्जा गरेको स्पेनमा पुराना दिनकै दम छ अथवा रहेन, यो डचविरुद्धको खेलमा देखिनेछ । नेदरल्यान्ड्स त्यस्तो टिम हो, जसले तीन पल्ट फाइनल खेलेको छ, कहिल्यै जित्न सकेको छैन् । स्पष्ट छ, यो कमजोर टिम त पक्कै होइन् । 

कोलम्बियाविरुद्ध आइरीकोस्ट राडमल फाल्कोले नखेल्ने भएपछि केही हदसम्म कोलम्बिया कमजोर बनेको छ । तर पनि यो टिम दमदार छ भन्नेमा सबै सहमत छन् । आाइरीकोस्ट पनि केही कम छैन् । अपि|mकी टिममध्ये सर्वाधिक बलियो यो नै हो । जुन टिममा याया टुरे, डिडिएर ड्रोग्बा र सोलमन कोलु जस्ता खलाडी छन्, त्यसलाई पक्कै पनि कमजोर प्रतिद्वन्द्वी मान्न सकिने छैन् । 

इङ्ल्यान्डविरुद्ध इटाली
 उरुग्वेविरुद्ध इङ्ल्यान्ड
 इटालीविरुद्ध उरुग्वे

यी तीनै खेल हुन्, समूह 'डी' का । इटाली, उरुग्वे र इङ्ल्यान्ड तीनै टिम पूर्व विश्वकप विजेता हुन् । इटालीले चार, उरुग्वेले दुई तथा इङ्ल्यान्डले एक पल्ट गरेर समग्रमा उनीहरूले सात पल्ट विश्वकप जितेका छन् । त्यसैले यस समूहलाई 'ग्रुफ अफ डेथ' भनिएको । तीनै खेल उत्तिकै रोमाञ्चक, तनावपूर्ण र प्रतिस्पर्धात्मक हुनेछ । अन्त्यमा तीन टिममध्ये एक पहिलो चरणबाटै बाहिरिने छ र ठहरिने छ, सर्वाधिक अभाग्यशाली टिम । 

फ्रान्सविरुद्ध होन्डुरस
 होन्डुरस खासै बलियो टिम होइन, प|mान्सले उसलाई हराउन गाह्रो हुने छैन् । तर यो खेल किन हेर्न लायक हुनेछ भने यस खेलबाट प|mान्सको परीक्षा हुनेछ । चार वर्ष अगाडि अनुशासनहीन खेल प्रदर्शन गर्दै प|mान्स दक्षिण अपि|mकामा पहिलो चरणबाटै बाहिरिएको थियो । त्यति बेला टिममा विद्रोह चलेको थियो । अब हेर्नु पर्ने हुन्छ, प|mान्सको अहिलेको टिम उस्तै छ कि फेरिएको छ ।

 अर्जेन्टिनाविरुद्ध बोस्निया
सबैले भनिरहेका छन्, लियोनल मेसीको अर्जेन्टिना यसपल्ट ब्राजिलपछि विश्वकप जित्ने बलियो दावेदार हो । अर्जेन्टिनासँग आक्रमणमा मेसी मात्र छैन्, एगुरो, हिगुएन र डि मारिया पनि छ । अर्जेन्टिनी टिमको पहिलो परीक्षा हुनेछ, बोस्नियाको हातबाट । बोन्सिया त्यस्तो टिम हो, जसले यसपल्टको विश्वकपमा डेब्यु गर्दैछ । 

जर्मनीविरुद्ध पोर्चुगल पहिलो चरणको यो अर्को हाइप्रोफाइल खेल हो । पोर्चुगलसँग विश्वकै सर्वाधिक राम्रा खेलाडी छ, क्रिस्टियानो रोनाल्डो । अर्को अर्थमा पोर्चुगल उपाधिको दावेदार हो । जर्मनी पनि त उपाधिको दावेदार हो । ब्राजिलपछि विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन कसैको छ भने त्यो तथ्यांक जर्मनीनै नाममा छ । समूह 'जी' यिनै दुई टिम अगाडि जानेछन् । उनीहरू भिड्दा यो प्रतिष्ठा भन्दा माथिको खेल हुनेछ । 

बेल्जियमविरुद्ध रुस पछिल्ला केही विश्वकप संस्करणमा बेल्जियम छनोट पनि हुन सकेन् । यस पल्ट छनोट मात्र भएको छैन्, टिम नै दमदार छ । त्यसैले धेरैले यसपल्ट ब्राजिलमा कुनै टिम अविश्सनीय नतिजा ल्याउन सक्छ भने त्यो बेल्जियम हो भनेका छन् । समूह 'एच' मा बेल्जियमले रुसको सामना गर्दा त्यो खेलले समूह विजेता को हुने हो, त्यो तय गर्न सक्नेछ । 

साँच्चीकै राक्षस : महिलालाई काटेर मासु कपाकप

Posted by Unknown | Thursday, June 12, 2014 | Posted in , ,


भनिन्छ मान्छे आफ्नै व्यवहार तथा कर्मले देवता बन्छ र आफ्नै व्यवहार तथा कर्मले दानव । देउता र दानव दुबै यहीँ मानव चोलाभित्रै पाइन्छन् । अमेरिकामा एकजना मानिसले यस्तो व्यवहार देखाएका छन् की उनलाई दानव वा राक्षस नभन्ने को होला र ?

३७ वर्षका एक पुरुषले एकजना महिलालाई मारेर उनको सरीर टुक्राटुक्रा पार्दै कपाकप मासु खाए ।
समाचार अनुसार टेनिसीका बासिन्दा ग्रेगोरी स्कट हेलले लिसा हेदर नामकी महिलाको हत्यामात्र गरेनन् उनको टाउको, खुट्टा तथा हात लगायतका अंग काटेर छुट्टाए र टुक्राटुक्रा पारे ।
समाचार अनुसार उनले ती महिलाको मासु काटेर खाए पनि । अनि बाँकी रहेको सरीर आफ्नैै घर अगाडि ग्ँडे ।
राक्षसी पुरुषले आफुले महिलाको सरीरको मासु खाएको अनुसन्धान अधिकारी समक्ष स्विकार गरेको सिएनएनले जनाएको छ ।
अनुसन्धान अधिकारीहरुका अनुसार मारिने महिला र ती पुरुषबीच पूर्व चिनजान थिएन । ती पुरुषले एक्कासी महिलालाई मारेर त्यस्तो हिंश्रक काम गरेका हुन् । हत्याको एक दिन पछि उनी पक्राउ परे ।
उनी विरुद्ध परेको मुद्दाको अभियोगपत्रमा लेखिए अनुसार महिलालाई मारेपछि ती पुरुषले उनको टाउको र हात छिनालेर एउटा बाल्टिनमा राखे भने खुट्टा र अरु सरीरुलाई अर्को बाल्टिनमा राखे । त्यसपछि केही मासु खाएर बाँकी रहेको शवका टुक्राहरु जमिनमूनि गाडे । उनीमाथि निर्मम हत्या र लासलाई समेत दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको छ ।


विश्वकप फुटबलमा ब्राजिलको विजयी सुरुवात, नेयमार चम्किए

Posted by Unknown | | Posted in , ,


३० जेठ, काठमाडौं । घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नेयमार चम्किएपछि ब्राजिल विजयी सुरुवात गरेको छ । १-० ले पछि परेको अवस्था उल्टाउँदै ब्राजिलले क्रोएसियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
साओ पाउलोमा भएको खेलमा अग्रता भने क्रोएसियाले उपहार गोलमार्फत लिएको थियो । ११ औं मिनेटमा ब्राजिलका मार्सेलोले आफ्नो पोष्टमा गोल गरे । काउन्टरमा क्रोएसियाका खेलाडीले दिएको पास क्लियर गर्नु पर्नेमा उनले आफ्नो पोष्टमा गोल गरेका थिए ।
तर, क्रोएसियाले धेरेबेर त्यसलाई जोगाउन सकेन । २९ औं मिनेटमा उनले डिबक्स बाहिरबाट हानेको लो बल बारमा लाग्दै गोलमा परिणत भयो र रंगशालामा रहेका हजारौं दर्शकले खुसी मनाए ।
खेलको ७१ औं मिनेटमा ब्राजिलले पेनाल्टी पायो । लोभरानले लोभरेनले हल्का छोएका मात्र थिए । फ्रेड डि बक्स भित्र लडेपछि जापानी रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिए । जसमा नेयमारले कुनै गल्ती गरेनन् र ब्राजिललाई २-१ को अग्रता दिलाए । यद्यपि रेफ्रीको यो निर्णय विवादास्पद बनेको छ ।
खेलको ९० औं मिनेटमा ओस्कारले गोल गर्दै ब्राजिललाई ३-१ को जित दिलाए । तर, ब्राजिलको प्रदर्शन सोचेजस्तो थिएन । बराबरीपछि क्रोएसियाविरुद्ध गोल गर्न झण्डै ४० मिनेटमसम्म कुर्नु परेको थियो ।
यसअघि २७ औं मिनेटमा नेयमारले पहेँलो कार्ड पाए । बल हेड गर्ने क्रममा क्रोएसियाका लुका मोडरिकलाई फल गरेका थिए । खेलपछि क्रोएसियाका प्रशिक्षकले भने रातो कार्ड नदिएको भन्दै असन्तुष्टि जनाए ।

वर्ल्डकप-२०१४ को सुरक्षाका लागि शक्तिशाली रोबर्ट (भिडियो सहित)

Posted by Unknown | | Posted in , ,


ब्राजीलमा आज रातिदेखि सुरु हुने फीफा विश्वकपमा बिशेष सुरक्षा व्यवस्थाको जिम्मा कुनै मानव सुरक्षाकर्मीले नभई रोबर्टले लिएको छ । यो सैन्य रोबोट्स ब्राजिलको १२ वटा ठुला शहरको सुरक्षामा तैनाथ रहनेछन् । ब्राजीलले अमेरिकाको एक कम्पनी-आईरोबोटसंग ७२ लाख डलरमा यस्तो रोबोर्ट भाडामा लिएको हो, जसले विश्वकप भर सिंगो सहरको सुरक्षा गर्नेछ ।

यस्तो प्रकृतिको सैन्य रोबोटलाई पैकबट्स भन्ने गरिन्छ र यसलाई मेसाच्यूसेट्स नामक कम्पनी आईरोबोटले बनाएको हो । यी रोबोटमा संकास्पद देखिने वा लाग्ने वस्तुको पहिचान गर्न सक्ने खास प्रोग्राम सेट गरिएको हुन्छ । सबै रोबोटले अपराधिक क्रियाकलापमा संग्लन तथा संकास्पद व्यक्तिलाई वा वस्तुलाई नौमाइल प्रतिघण्टाको रफ्तारमा पकड्न सक्छ । यो जस्तोसुकै जमीनमा हिड्न तथा दौडन सक्छ र पानी २ मिटरको गहिराईसम्म उत्रेर आफ्नो काम गर्न सक्छ ।

पैकबट्समा जीपीएस, भिडियो इमेज डिसप्ले, सिस्टम मनिटरिंग, इलेक्ट्रनिक कम्पास र टेम्प्रेचर सेंसर लगाइएको छ । यस्तो रोबोट पेंटियम आधारित कम्प्युटरबाट संचालित हुनेगर्छ ।

भिडियो समेत हेर्नुहोस यस्तो रबर्टले कसरी काम गर्छ ?

अर्जेन्टिनाको ट्रेनिङमा रोनाल्डिन्हो !

Posted by Unknown | | Posted in , , , ,


एक चिरपरिचत जस्तै व्यक्ति एकाएक मैदान प्रवेश गरेपछि अर्जेन्टिनाको ट्रेनिङ सेसन केहीबेर अवरुद्ध भयो ।
लिओनल मेस्सीसहित अर्जेन्टिनी टिम बोस्नियाविरुद्धको आइतबारको खेलको तयारीमा थिए ।
त्यसैबेला एक फ्यान मैदान प्रवेश गरे । उनी झट्ट हेर्दा ब्राजिलका पूर्व स्टार रोनाल्डिन्हो जस्तै देखिन्थे । उनी दौडिएर मैदान प्रवेश गरेपछि अफिसरहरुले रोकेका थिए ।

अर्जेन्टिनी टोलीले अभ्यास गरिरहँदा झण्डै ५ हजार फ्यान रंगशालामा पुगेका थिए । समूह एफमा रहेको अर्जेन्टिनाले नाइजेरिया र इरानसँग खेल्नेछ ।

विश्वकपमा खेल्ने सबैभन्दा महंगा खेलाडीहरु

Posted by Unknown | | Posted in , , , ,


ब्राजिलमा बिहीबार सुरु हुने विश्व फुटबलको महाकुम्भमा विश्वका एक से एक उत्कृष्ट फुटबल खेलाडीहरु सहभागि हुँदैछन् । उनीहरु खेल कौशलमा त उत्कृष्ट छन् नै कमाइमा पनि निकै छ । खेलबापतको तलवका हिसाबले सबैभन्दा धेरै कमाउने फुटबलहरु यसप्रकार छन् :

१. वाइने रुनी : बेलायती क्लब म्यानचेष्टर युनाइटेडको तर्फबाट खेल्ने इंग्ल्याण्ड स्टार वाइने रुनीको हप्ताको कमाइ ३ लाख पाउण्ड छन् । उनलाई हार्परक कोलिन्स, नाइक, इए स्पोर्टस् तथा कोकाकोला जस्ता विश्वप्रसिद्ध कम्पनीले प्रायोजन गरेका छन् । यो हिसाबले उनले एक सेकेण्डमा ५० पाउण्ड कमाउँछन् र समकालिन फुटबलरहरुमा सबैभन्दा धेरै कमाउने खेलाडीको रुपमा छन् । यद्यपिउनको यो कमाइ कर नकटाइकन कमाएको पैसाहो ।
२. लियोनेल मेस्सी : अर्जेन्टिनी स्टार मेस्सी स्पेनिस क्लब बार्सिलोनाका मुख्य खेलाडी हुन् । उनको साप्ताहिक कमाइ २ लाख ९२ हजार पाउण्ड छ । उनलाई एडिडास, टर्किस एयरलाइन्स, पेप्पीको, इए स्पोर्टस, जिलेट जस्ता कम्पनीले प्रायोजन गरेका छन् ।
३.क्रिस्टियानो रोनाल्डो : पोर्चुगलका फुटबल स्टार रोनाल्डोको साप्ताहिक कमाई २ लाख ८८ हजार पाउण्ड छ । रियाल म्याडि्रडका स्ट्राइकर रोनाल्डोलाई नाइक, कोकाकोला, कास्ट्रोल, मोटोरोला, केएफसी, फ्लाइ इमिरेट्स जस्ता कम्पनीले प्रायोजन गरेका छन् ।
४. रोविनभानपर्सी : नेदरल्याण्डका रोविन भानपर्सी बेलायती क्लब म्यानचेष्टर युनाइटेसँग आबद्ध छन् । उनको साप्ताहिक आम्दानी अढाइ लाख पाउण्ड छ । उनलाई पनि नाइक, एडिडास, पेप्सी जस्ता कम्पनीले स्पोन्सर गरेका छन् ।
५. याया टोरे : टोरे सबैभन्दा बढी कमाउने अपि|mकी फुटबलर हुन् । आइभरी कोष्टका टोर म्यानचेष्टर सिटीसँग पनि आबद्ध छन् र उनको साप्ताहिक आम्दानी २ लाख ३० हजार पाउण्ड छन् ।
६. सर्जियो अगुइरो : अर्जेन्टिनी अगुइरोको साप्ताहिक आम्दानी २ लाख २० हजार पाउण्ड छ । उनी इंगलिस क्लब म्यानचेष्टर सिटीसँग आबद्ध छन् ।
७. लुइस सुआरेज : कमाइको हिसाबले उरुग्वेका खेलाडी सुआरेज अगुइरोकै समकक्षमा छन् । लिभरपुलका स्टार सुआरेजको साप्ताहिक कमाइ २ लाख २० हजार पाउण्ड छ ।
८. डेभिड सिल्भा : साप्ताहिक आम्दानी २ लाख पाउण्डका साथ स्पेनका सिल्भा आठौँ स्थानमा रहेका छन् । एडिडास कम्पनीले प्रायोजन गरेको छ, सिल्भालाई । उनी इंग्लिस क्लब सिटीसँग आबद्ध छन् ।
९. इडेन हजार्ड : बेल्जियमका हजार्डको कमाइ माथि नै छ । चेल्सीका हजार्डले हप्तामा १ लाख ८५ हजार पाउण्ड कमाउँछन् ।
१०. फर्नाण्डो टोरेस : कमाइको हिसाबले चेल्सीका स्पेनिस स्टार टोरेस दशौँ स्थानमा छन् । ३० वर्षे टोरेसले एक हप्तामा १ लाख ७५ हजार पाउण्ड आम्दानी गर्छन् ।

एसएलसी फेल हुनेको संख्या बढ्दा राज्यलाई तनाव

Posted by Unknown | | Posted in ,


२९ जेठ, काठमाडौं । यस वर्षको एसएलसी परीक्षाको नतिजा सम्भवतः शुक्रवार साँझसम्म बाहिर आउनेछ । विद्यालय शिक्षाको अन्तिम खुड्किलो एसएलसीलाई ‘फलामे ढोका’ भनिएका कारण पनि यो ढोका पार गरेपछि खुला संसारको यात्रा गर्न पाउने आशा विद्यार्थीमा हुन्छ ।

फलामे ढोका पार गर्ने पर्खाइमा रहेका करीव ५ लाख ६० हजार विद्यार्थीको मुटुको धड्कन बढाइरहेको एसएलसी नतिजाले राज्यको पनि धड्कन बढाइरहेको छ । एसएसली फेल हुँदा गत वर्ष १५ छात्रछात्राले आत्महत्या गरे । बिगतका नतिजा पल्टाउने हो भने यसपाली पनि बढिमा २ लाख विद्यार्थी पास हुनेछन् र ३ लाख भन्दा बढि विद्यार्थी फेल हुन सक्छन् । फेल हुने विद्यार्थीको आत्महत्याको संख्या जसरी बढिरहेको छ, पास हुनेको संख्या घट्दा राज्य झन् ठूलो नोक्सानी ब्यहोरिरहेको छ ।

यसपाली पनि उस्तै

दातृनिकायको समेत अर्बाैं लगानीमा विद्यालय शिक्षाको गुणस्तर बृद्दि अभियान चलाइरहँदा एसएलसीको नतिजा भने प्रत्येक वर्ष ओरालो लागिरहेको छ । सरकारले शिक्षा विकासमा लगानी बढाइरहेका बेला एसएलसीको नतिजाले भने देशलाई नै निराश पारेको छ । ‘यस वर्षको नतिजामा पनि धेरै भिन्नता हुदैन, केही प्र्रतिशत गणित तलमाथि हुनेमात्र हो’ पूर्व परीक्षा नियन्त्रक खगराज बराल भन्छन् ।
एसएलसीको उत्तीर्णदर केही वर्षयता ४० प्रतिशतबाट ओरालो लाग्ने क्रम जारी छ । गुणस्तर बढाउन सरकारले अर्बौं रुपैयाँ लगानी गरिरहँदा गत वर्ष पनि करिब ५९ प्रतिशत विद्यार्थीले ‘फलामे ढोका’ बाहिर बस्नुपरेको थियो ।

निरन्तर ओरालो

सरकारले विद्यालय शिक्षाको गुणस्तर बढाउन थालेका अभियानहरु विगत वर्षका एसएलसीका नतिजालाई हेर्ने हो भने हावादारी लाग्छन् । सरकार माओवादी द्वन्द्वको उत्कर्षको साल ०६१ मा ३८.७२ प्रतिशत विद्यार्थी मात्र एसएलसीको फलामे ढोका पार गर्न सफल भएका थिए ।
०६१ सालमा कम्जोर बनेको एसएलसीको नतिजा त्यसयताका केही साल सुधारिने क्रममा थियो । ०६५ सालसम्म ५० प्रतिशतबाट उकालो लागेको एसएलसीको नतिजा फेरि त्यसयता ओरालो लाग्ने क्रम जारी छ ।
०६९ सालमा आइपुग्दा उत्तीर्णदर हृवात्तै घटेर ४० को छेउमा पुगेको छ । ०६९ सालमा ४१.५७ प्रतिशत विद्यार्थीले मात्र एसएलसीको फलामे ढोका पार गर्न सफल भएका थिए ।
झन बिजोग

सरकारले सन् २०१५ सम्ममा देशमा सबै नागरिक साक्षर बनाउने भन्दै ‘सबैका लागि शिक्षा’ कार्यक्रम चलाएको ५ वर्ष भइसकेको छ । यो कार्यक्रम चलाएपछि विद्यार्थी भर्ना अभियान चलाएर ‘साक्षर गाउँ र जिल्ला’ घोषणा अभियान पनि जारी छ । अभियानकै क्रममा सरकारले शैक्षिक गुणस्तर सुधार र विद्यालयमा भौतिक पूर्वाधारका लागि करिब ५ अर्ब रुपैयाँ खर्चिसकेको छ ।

सरकारी स्कूलमा अंग्रेजी गरौं

सरकारी तथा सामुदायिक विद्यालयमा समेत अनिवार्य अंग्रेजी शिक्षा लागु नगरेसम्म एसएलसी नतिजामा सुधार नआउने ठम्याइ छ पूर्व शिक्षामन्त्री माधव पौडेलको । उनले दुई खाले शैक्षिक जनशक्ति उत्पादन अन्त्य गर्न र सरकार तथा निजी विद्यालयबाट पास हुने विद्यार्थीको संख्या समान बनाउन अनिवार्य अंग्रेजीको प्रस्ताव तयार पारेका थिए । ‘अंग्रेजी भाषामा पठन पाठन नगराउने हो भने रिजल्ट ओह्रालो लागिरहन्छ’ पौडेल भन्छन् ‘धेरै विद्यार्थी सरकारी विद्यालयमा छन् अनि फेल हुने पनि उनीहरुनै छन’ ।
पुनर्विचारको खाँचो शैक्षिक गुणस्तर सुधार्न ०६५ बाट थालिएको सबैका लागि शिक्षा कार्यक्रम परिणाम भने एसएलसीले उल्टो देखाइरहेको छ । यो कार्यक्रमका लागि सरकारले वर्षमा एक अर्ब बढी खर्चिरहेको छ । ०६५ सालमा ६८.४७ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।

०६६ यता लगातार घटिरहेको एसएलसीको उत्तीर्ण दर भने प्रत्येक वर्ष करिब ६ प्रतिशतका दरले घटिरहेको छ । ’एसएलसीको नतिजाले सरकारको लगानी बालुवामा पानी जस्तै बनाएको छ ।’ अनेरास्ववियुका पूर्व अध्यक्ष माधव ढुंगेल भन्छन्-’अब लगानीमा पुनर्विचार गरि उचित परिणाम दिने उपाय खोज्नुपर्छ, हामीले राष्ट्रिय शैक्षिक गोष्ठीबाट यहि निष्कर्ष निकालेका छौं ।’

०६६ मा ६४.५९ प्रतिशत उतिर्ण भए भने ०६७ सालमा उत्तीर्ण दर झण्डै १० प्रतिशले घटेर ५५.९५ मा झर्‍यो । ०६८ को उत्तीर्णदर अझ निराशाजनक रहृयो । त्यो वर्ष ४७.१६ प्रतिशत विद्यार्थीले मात्रै फलामे ढोका पार गर्न सफल भए ।

०६९ सालमा आइपुग्दा ४१.५७ विद्यार्थी उर्त्तीण हुँदा करिब ६० प्रतिशत विद्यार्थी निराश हुन बाध्य भए । २०७० को एसएलसी परीक्षामा ५ लाख ६६ हजार हजार परीक्षार्थीले भाग लिएका छन् ।

विश्‍व फुटबल महामेला आजदेखि

Posted by Unknown | | Posted in , ,


काठमाडौं : फुटबलको महाकुम्भ अर्थात् विश्वकप फुटबल बिहीबार रातिदेखि ब्राजिलमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राजिल र क्रोएसियाबीच नेपाली समयअनुसार राति १.४५ बजे हुनेछ। त्यसअघि करिब आधा घन्टा चल्ने उद्घाटन समारोहमा ब्राजिलको परम्परा झल्कने विभिन्‍न कार्यक्रम प्रस्तुत गरिनेछ।

एक महिनासम्म चल्ने प्रतियोगितामा विश्‍वका ३२ देशका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विश्वकप फुटबलको यो २० औं सस्करण हो। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक ब्राजिलले जनाएको छ। ब्राजिल विश्वकपको हरेक संस्करणमा सहभागी हुँदै आएको छ। ब्राजिल सर्वाधिक पाँचपटक उपाधि विजेता पनि हो। सन् १९५० पछि पहिलोपटक ब्राजिलमा विश्वकप हुन लागेको हो। विश्वकप सुरक्षाका लागि एक लाख प्रहरी र ५७ हजार सेना परिचालित हुनेछन्।

विश्‍वकपको १९ औं संस्करणसम्म युरोपेली राष्ट्रले १० पटक र दक्षिण अमेरिकी मुलुकले नौ पटक उपाधि उचालेका छन्। तर युरोपेली मुलुकले दक्षिण अमेरिकामा विश्वकप जित्न सकेका छैनन्। चार वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप जित्दा स्पेन युरोपबाहिर विश्वकप जित्ने पहिलो युरोपेली टोली बनेको थियो। यसपटक जर्मनी, स्पेन, ब्राजिल र अर्जेन्टिनालाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ। इटाली, नेदरल्यान्ड्स, उरुग्वे, फ्रान्स र इङल्यान्ड पनि बलिया टोली हुन्।

ब्राजिलका १२ वटा सहरमा हुने प्रतियोगितामा कुल ६४ वटा खेल सञ्चालन हुनेछन्। ब्राजिल विश्वकपमा पहिलोपटक 'गोल लाइन' प्रविधि प्रयोग हुने भएको छ। यो प्रविधि लागू भएकाले ब्राजिल विश्‍वकप विगतको तुलनामा कम विवादित हुने आशा छ।

ब्राजिलियन गाियका क्लाउडिया लेइट्टी वर्ल्डकपको थिम गीतको लागि एक पोज दिदै।


विश्‍वकपको समूह 'ए' मा क्रोएसिया, मेक्सिको, क्यामरुन र ब्राजिल छन्। समूह 'बी' मा नेदरल्यान्ड्स, स्पेन, चिली र अस्ट्रेलिया छन्। समूह 'सी' मा कोलम्बिया, ग्रिस, आइभोरी कोस्ट र जापान छन्। ग्रुफ अफ डेथका रूपमा हेरिएको समूह 'डी' मा उरुग्वे, कोस्टारिका, इङल्यान्ड र इटाली छन्। समूह 'ई' मा स्स्विट्जरल्यान्ड, इक्वेडर, फ्रान्स र होन्डुरस तथा समूह 'एफ' मा अर्जेन्टिना, बोस्निया हर्जगोभिना, इरान र नाइजेरिया छन्। यसैगरी समूह 'जी' मा जर्मनी, पोर्चुगल, घाना र अमेरिका तथा समूह 'एच' मा बेल्जियम, अल्जेरिया, रूस र दक्षिण कोरिया छन्। हरेक समूहबाट दुई शीर्ष टिम प्रिक्वार्टरफाइनलमा पुग्नेछन्। प्रिक्वार्टर फाइनलदेखिको खेल नकआउटका आधारमा हुनेछन्।

यसपटक बोस्निया पहिलोपटक विश्वकपमा छानिएको टिम हो। प्रतियोगिताको अर्को विशेषता भनेको यो विश्‍वकपमा पूर्वविजेताहरू सबै सहभागी छन्। यसअघि उपविजेता भएका हंगेरी, स्विडेन र चेक गणतन्त्र (तत्कालीन चेकोस्लोभाकिया) भने विश्वकपका लागि छानिन सकेनन्।

उद्घाटन समारोह साउपाओलोस्थित डे एरिना साउपाओलो रंगशालामा हुनेछ। उक्त रंगशालाको दर्शक क्षमता ६२ हजार छ। तर आमदर्शक भने रंगशालामा करिब २५ हजार मात्र हुनेछन्। अन्य आमन्त्रित विशिष्ट व्यक्तिहरू हुनेछन्। एक हजार सिट विशिष्ट विदेशी पाहुनालाई सुरक्षित राखिएको छ।

विश्‍वकप विजेताले तीन करोड ५० लाख अमेरिकी डलर पुरस्कार हात पार्नेछ। यसैगरी दोस्रो हुनेले दुई करोड ५० लाख अमेरिकी डलर जित्नेछ। तेस्रो हुनेलाई दुई करोड २० लाख अमेरिकी डलर पुरस्कार दिइनेछ। १८ क्यारेट सुनले बनेको ६ किलो एक सय ७५ ग्राम तौल भएको विश्वकप ट्रफी कसले उचाल्ने हो त्यो भने विश्वभरका फुटबल समर्थकका लागि एक महिनासम्म कौतूहलकै विषय रहनेछ।

विश्वकपको ३३ लाख टिकट बिक्री गर्ने लक्ष्य आयोजक ब्राजिलको छ। ३० लाख टिकट बिक्री भइसकेको छ।

ब्राजिलले पाँचपटक, इटालीले चारपटक, जर्मनीले तीनपटक, अर्जेन्टिना र उरुग्वेले दुईपटक तथा स्पेन, फ्रान्स र इङल्यान्डले एकएक पटक विश्वकपको उपाधि जितेका छन्।उद्घाटन समारोहमा ब्राजिलकी राष्ट्रपति डिल्मा रोसेफ, विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरलगायत विश्‍वका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनेछन्। उद्घाटनमा विश्वकपको आधिकारिक गीत गाएका तीनजनामध्ये जेनिफर लोपेजको प्रस्तुति रहने छैन। अन्य दुईजना टिबल र क्लाउडिढो लिट भने सहभागी हुनेछन्। उदघाट्नको आक र्षण ९० हजार बल्बले बनाइएको विशाल फुटबल पनि हुनेछ। त्यस अवसरमा पक्षघात भएका व्यक्तिले रोबटको सहायताले फुटबल खेलेर विश्वलाई चकित बनाउनेछन्। 'फेरी हिँड' नाम दिइएको उक्त अवधारणालाई मूर्तरूप दिन एक सयजना वैज्ञानिक लागिपरेका थिए। -एजेन्सीहरू

Click Down for More

Popular Posts

Powered by Blogger.

    Blog Archive